“यति धेरै तनाब थियो हामि बीच| तिमीलाई झन् तनाब हुन्छ भनि मैले तिमीलाई भनेको थिइन|” कन्चन यति भनेर रोकिईन्|
“यति तनाब छ, यस भन्दा ठुलो तनाब के होला र? के हो भन|” जिन्दगि दामाडोल छ, कहिले नसोचेको कहिले नचिताएको घटना हुदैछ| यसभन्दा नराम्रो के हुनसक्छ र अब|
“ तिमीलाई नभनेर पनि हुदैन तर भन्न पनि सकेको छैन| सायद सुरु देखि नै तिमीलाई भन्नु पर्थियो होला तर समय पर्खेर बसे| अनि त्यो सहि समय कहिले आएन|” कन्चनको हरेक वाक्य पछी मनमा थोरै डर छ र कन्चनले के भन्न लागिन् भनेर मन पनि खुल्दुल छ|
“ हुन चाही के हो भन न| मलाई भनेउ भने तिम्रो तनाब पनि कम हुन्छ| दुख र चुरोट जति बाढयो त्यति कम हुदै जान्छ तर आनन्द पनि पुग्छ मनलाइ|” दिमागमा परजुनाले अघि भनेको हरेक शब्दले गोला बारुदको काम गर्दैछ| यस्तो बखतमा कन्चनसंग के बोले आफैलाई पत्तो भएन नत्र चुरोटको कुरो किन गर्थिए मैले|
“तिमीलाई भेटेदेखि मेरो पेरिओद भएको छैन| १४ दिन कति सक्यो|” कन्चनले यति भन्ने बित्तिकै उनको घरमा बिताएको त्यो रातको पलहरु एक एक गरि मेरो आखा अगाडी आउन लागे| माया भुल हैन र माया जिकिर गर्नु कुनै गल्ति हैन| चाहे जिकिर गर्ने तरिका शारीरिक नै किन नहोस्| माया गर्नु गलत हैन तर केहि सावाधानी अपनाउनु पर्ने थियो हामीले पनि, भुल यहाँ भयो हामिबाट|
“यति ढिलो किन भनेको मलाई? पहिले देखि केहि सोच्न हुन्थियो नि|” केहि गुनासो छ कन्चनसंग, गुनासो पोखे कन्चनसंग|
“भनेको भए पनि के हुन्थियो र? तिमि आफै भन त| परजुनाले गर्दा केहि सोच्न भ्याएको छौ हामीले?छैनौ नि? अनि अनायसै तिमीलाई किन तनाब दिनु भनेर नभनेको|” कन्चनले आफ्नो सफाईमा केहि तर्क पेस गरिन्|
“आज चाही किन भनेको त्यसो भए?” अघिको मेरो तनाब अहिले रिसमा परिणत भयो|
“नभन्नु पर्ने थियो र?” मेरो प्रश्न नै गलत थियो अघिको, जब प्रश्न नै गलत थियो भने जवाफ सहि कसरि आउछ| म रिसाएको मात्र हो तर कन्चन म भन्दा रिसाईन्|
“ तिमि आफै भन त, तिमीलाई पिडा हुदा मलाई पिडा हुन्छ| तिमीलाई पिडा हुदा मलाई पनि त पिडा हुन्छ| अनि तिमीले मसंग यति दिन सम्म केहि लुकाउदा मलाई रिस उठ्दैन होला?” म पनि कम छैन, मेरो रिस पनि बढ्दै गयो|
“ सरि बाबा| नरिसाउ न| अब के गर्ने?” म रिसाएपछी कन्चन आफै साम्य भइन्|
“ म भोलि सबै बुझ्छु अनि तिमीलाई भन्छु के गर्ने| तिमीले केहि चिन्ता लिनु पर्दैन|” कन्चनको एउटा सरिले मेरो रिस सबै मर्यो र उनीलाई सम्हाल्न खोज्दैछु अब|
अरु धेरै गफगाफ बीच सुत्ने बेला पनि भयो| कन्चनको मनमा धेरै प्रश्न र डर अबस्य छ र त्यहि डर मेरो मनमा पनि| भोलि के हुन्छ थाहा छैन हामीलाई तर भोलिको चिन्ता छैन हामि दुबैलाई| भोलि नहाम्रो हातमा छ न अरु कसैको| भोलिको चिन्ता लिएर आज किन बर्बाद पार्नु| त्यसैले हामि एक एक पल पनि ब्यर्थ जान नदि एक अर्काको मायाको आवासमा जीवन जिउन खोज्दैछौ| कलेजमा हुदा फेरी पनि कन्चनको फोन आयो, केहि जरुरि नै परेर उनले फोन गरेको हो|
“ बुझेउ तिमीले?”
“छैन, अहिले कलेजमा छु| यहाँपछी म बुझ्छु|”
“बुझ्ने बित्तिकै मलाई फोन गर ल|”
“तिमीलाई फोन नगरी कसलाई फोन गर्नु ल| मेरो तिमि बाहेक को छ र?”
“है, गफ हान्न सुरु भयो है फेरी|”
“तिमि कहाँ छौ अहिले?”
“पशुपति छु?”
“किन र? एक्लै नहिड के यसरि, परजुनाले जे पनि गर्न सक्छे|”
“म एक्लै आएको हैन| सुजि र त्यसको परिवारसंग आएको हो|”
“ ठिक छ त्यसो भए| तर पनि राम्ररि बस|”
“हुन्छ, अनि सुनन……..” कन्चनले आफ्नो वाक्य पुरा गर्न नपाउदै उनको फोन काटियो| मैले आफैले फोन गर्न खोजे तर फोन उठेन उनको| अब भने मनमा डर बढेर आयो| एकछिन सम्म पनि फोन उठेन| कलेज भन्दा उनि महत्वपुर्ण छिन्, कलेज छाडी ………
