Part 5

“आज जम्मा 3 वटा मात्र क्लास हुने भयो| फुलबारी जाने हो घुम्न?” प्रियंकाले मौकाको सहि सदुपयोग गर्दै पंकज सामु घुम्न जाने प्रताभ गरिन्| यसरि सुरु भयो कलेजमा प्रियंका र पंकजको पहिलो बोलचाल| प्रियंकाले राखेको प्रस्ताभमा पन्कज्को प्रतिक्रिया के होला?
****
“हामी भमरा हो र फुलबारी जानको लागि?” प्रियंकाको चाहना र प्रश्न दुबैलाई एकैपल्ट बिथोल्ने गरि आयो पन्कज्को जवाफ|
“तिमि भमरा हैन, भमरा म पो हु| तिमि त पुष्प हो, सुन्दर पुष्प|” सायद मानव सभ्यताको इतिहासमा पहिलो पटक हुदैछ यस्तो घटना| केटाले केटीको तारिफ गरेको धेरैले धेरै पटक सुनेको होलान् तर यहाँ केटीले केटाको तारिफ गर्दैछिन्| त्यो पनि मन जित्न सफल हुने तारिफ, अब पन्कज्को मन कसो नपग्लेला|
“हुन्छ जाउ| घुम्न मात्र हो कि केहि बिषेश कारण छ?” प्रियंकाको बोल्ने शैलीले पंकजलाइ मनाएर नै छाड्यो, उनीसंग फुलबारी जानको लागि|
“तिमिसंग समय बिताउन पाउदै छु| तिमीसंग यसरि समय बिताउनु नै बिशेष कारण हो|” चिनी पनि धेरै खाएपछी तितो हुन्छ भन्छन, प्रियंका भने आफ्नो हरेक सम्बादमा उनको लागि पंकजको महत्व के हो भनि झल्काउन खोज्दै छिन्|
“तिमीलाई समय खेर फ्याल्न त्यति मन लाग्छ हो?” पंकज र प्रियंका कोहि कम छैनन्, दुवै गफ गर्न सिपालु| पंकजले प्रियंकाको धैर्यताको परिक्षा लिदै गरेको त हैन नि?
“ तिमि समयको कुरा गर्छौ| यसरि तिमिसंग समय बिताउन पाएभने त पुरै जीवन पनि यसरि नै दिन सक्छु|” प्रियंकाले यति भनिसक्दा पनि पंकजलाइ प्रियंका प्रति माया पलाएन भने कि त पन्कजलाइ केटा मनपर्छ या प्रियंकाले गलत जमिनमा कोदालो चलाउदै छिन्|
“तिमि सधै यसरि नै यत्तिकै बोल्छौ हो?” पंकज अघि सम्म प्रियंकासंग पाइला संगै पाइला चाल्दै बोल्दै थियो र अहिले पंकजको बोल्ने शैलीमा अकेही बदलाव आएको छ| बदलाब आएको हो कि पंकजले आफै बदलाव ल्याएको, त्यो बताउनको लागि पंकज मात्र काबिल छ|
“ पहिले देखिको कुरा गर्छौ| म त अहिले पनि यस्तो छैन| तिमिले गर्दा हो तिमिसंग यसरि बोलेको|” प्रियंकाको मनमा र दिमागमा खै के चल्छ, उसको हरेक जवाफमा अभिमन्युको चक्रबियु भेटिन्छ|
“अब दोष मलाई पो? मैले के गरे त्यस्तो?” प्रियंकाको जवाफको चक्रबियुमा पंकज पनि फस्दै गयो, पन्कज्को वाक्यमा खुल्दुलीको चस्को भेटिन लाग्यो|
“तिमीले एउटा भनाइ सुनेकै होलाउ पंकज| बोल्नेको पिठो बिक्छ नबोल्ने चामल बिक्दैन| त्यसैले तिम्रो अघि बोल्न सिक्दै छु|” प्रियंकाको यो वाक्य पछि अब पन्कज्को जवाफ के आउछ मलाई बखुबी थाहाछ| अनि पन्कज्को जवाफको जवाफ प्रियंकासंग पहिले देखि नै छ, उनि तैयार छिन्|
“तिमि के बेच्न खोज्दै छौ र? फेरी मसंग के बेच्न लागेउ?” प्रियंकाले चाहे जस्तै पन्कज्को जवाफ आयो, पंकज अब पूर्ण रुपमा फसीसक्यो प्रियंकाको शब्दजालमा|
“ मेरो माया, मेरो भावना, आफ्नो जीवन, अनि आफुलाई| हो यो सबै तिमीलाई सुम्पिन खोज्दैछु|” धेरै समय देखी प्रियंकाको मनमा रहेको भावना उनले पंकज सामु राखी| पंकजले प्रियंकाको यो कदमलाइ कसरि लिन्छ भनि अब केहि बेरमा थाहा हुन्छ|
“यति धेरै दिन खोजेकी रैछौ तिमीले, तर म संग यो सबै लिने सामर्थ्य छैन जस्तो लाग्छ| यति धेरै दिएको बदलामा तिमीले पनि केहि उमिद लिएर बसेकी छौ होलि|” पंकजले न आक्रोश देखायो न केहि भावना पनि, उसले प्रियंकालाइ प्रश्न गर्यो|
“ दिन सक्छौ भने मेरो मायाको बदलामा माया देउ| केहि दिएनौ भने पनि म खुसि नै हुन्छु| मैले माया गरेको हो ब्यापार हैन|” प्रियंकाको यो जवाफले मायाको हरेक लडाई जित्न सक्ने सामर्थ राख्छ|
“अनि अघि भर्खर बेच्नु छ भन्थियौ त?” धेरै अघिको प्रियंकाले बोलेको शब्दलाइ पंकजले समात्यो र त्यसकै वरीपरि प्रश्न गर्न लाग्यो|

To be continue…

Previous article
Next article

Latest Posts