Part 4


“तिमि कलेज चाही किन कहिले आउदैनौ?” सधै कलेज जाने मान्छेलाइ प्रियंका यो कस्तो प्रश्न गरेकी हुन्? पंकज अनि कलेज नजाने भन्ने त हुने सक्दैन| यो प्रश्न सोध्नु पछिको प्रियंकाको तात्पर्य के हो? पंकज केहि बेर अक्बकियो र ……
****
“लौ, आउछु नि सधै| जे पनि भन्दिने है|” पंकजले जे बुझ्यो त्यहि जवाफ फर्कायो तर प्रियंकाको भनाइको मुख्य सार थाहाछैन पंकजलाइ|
“खुब आउछु रे! कहिले देखेको छैन मैले|” जहिले कलेजमा पंकजलाइ देकर मख्ख हुने गर्छिन् प्रियंका| पंकजको सामु गइ पंकजसंग बोल्न मन छ उनलाई| पंकजको आवाज सुनेर लठ्ठ हुने इच्छा छ उनको| कलेजमा धेरै जस्तो बखत प्रियंकाको आखा पंकजलाइ नै हेरेर बस्छ| फेरी पनि किन उनले पंकजलाइ कहिले कलेजमा देखिन भनेकी?
“ अनि तिमीले देखिनौ भन्दैमा म कलेज नै आउदिन भन्ने हुन्छ? तिमीलाई जहिले देखि रहेको हुन्छु म|” प्रियंका खुसि पन्कज्को हरेक वाक्य संगै बढ्दै छ| पंकजले पनि प्रियंकालाइ हेर्दो रहेछ सोच्दै प्रियंका खुसि हुदै गइ|
“देख्ने मान्छेले बोल्न किन नजानेको त?” प्रियंकाले अघि देखि भूमिका बनाएर कलेजमा बोल्ने बातावरणको सिर्जना गर्दै थिइन् र उनि सफल भइन् आफ्नो मनको कुरा पंकज सामु राख्न| प्रियंकाले एक पछी अर्को पाइला अघि बढाउदै छिन् यो सम्बन्ध, मात्र एउटा डर छ| कहिँ उनि बास्तबिकता भन्दा धेरै पर नपुगुन्|
“ किन तिमीले बोल्दा चाही पैसा लाग्छ हो?” पंकजले पनि स्वादिलो जवाफ फर्कायो प्रियंकालाइ| अरु केटि भएको भए रिसले रातो हुन्थी होला तर प्रियंका खुसि छिन्| पंकज यति खुलेर बोल्दै छ, प्रियंकालाइ यसभन्दा के चाहिएको छ र|
“ फेसबुकमा पनि पहिले मैले हो मेसेज गरेको| कलेजमा पनि म आफै बोल्न आउनु?” प्रियंकाले जे बोल्दैछिन् सत्य बोल्दैछिन्| सम्बन्धमा एउटाली मात्र प्रयास गरेर हुन्न, दुबैले जमर्को गर्नु पर्छ| अनि मात्र सम्बन्धको यात्रा गन्तब्यमा पुग्छ|
“ किन जिन्दगिमा दुइ पल्ट पहिलो हुने बानि छैन?” पंकजबाट एक पछी अर्को गरि गहकिलो जवाफ आउदैछ| यहि ताल हो भने दुबैको बोलचाल फोनमा र फेसबुकमा मात्र सिमित हुनेछ| यता प्रियंका हार मान्न चाहन्न र पंकजले प्रियंकालाइ जित्न दिएको छैन| पर्खाइको फल मिठो हुन्छ तर पाकी सकेको आप खान कार्तिक सम्म पर्खिन्छु भनेर पनि त हुन्न|
सधै कलेजमा पंकजलाइ हेरेर मन मनै मख्ख हुने प्रियंका, आज उनलाई ठुलो झट्का लाग्यो| पंकजले पनि उसलाई हेरेर मुस्कुरायो, उनको हृदयको गति र अनुहारको रंग दुवै संगै परिवर्तन हुन लाग्यो| उनको हृदयको गति तिब्र भएको छ र त्यो गति बढ्दै नै छ| अनुहार लाज र खुसिले सिन्दुर जस्तै रातो भएर आयो| उनको शरीरको ताप्क्रम बढेर ज्वरो आएको झैँ भएको छ| प्रियंकालाइ रोग लागेको त छ तर त्यो प्रेम रोग हो|
प्रियंकाले आफ्नै संसार रच्दै गइन् र त्यो संसारलाइ खुसीले सजाउन लागिन् तर यो सबै केहि पलको लागि मात्र भयो| उनको खुसि कृतिम साबित भयो| पंकजले उनीलाई हेरेर मुस्कुराएको थियो तर त्यहाँ खुसि हुने उनि मात्र हैनन् उनको साथि पनि थिए| प्रियंकाको संगिनीहरु पनि प्रियंका जसरि नै खुसि हुदैछन्| उनीहरुले पनि प्रियंकाले जे सोचिन् त्यहि सोचेर खुसि भएका रैछन्| उनको संगिनीहरुलाइ के थाहा, पंकज प्रियंकाको लागि मुस्कुराएको थियो उनीहरुको लागि हैन| प्रियंकालाइ सहन नसक्नु भयो यो पल| आफ्नै साथि संग रिसाउनु उचित हैन थाहाछ प्रियंकालाइ तर यो पलको भाव खेर फ्याल्न मन छैन प्रियंकालाइ|
आफ्नु रिसलाइ साथि सामु नपोखी, त्यो रिसलाई मार्न खोज्दैछिन् प्रियंका| खुसि र रिस यस्तो चिज हो, मन भित्र राख्न नसकिने| प्रियंकाको दिमाग फेरी चल्यो र आफ्नो रिसलाई मेट्ने उसले एउटा उपाय निकालिन्| यदि उनि पंकजसंग गएर बोलिन् भने, उनको सबै साथीले देख्नेछन् र उनको रिस पनि मर्नेछ| प्रियंकाको कोशिश सुरु भयो अब| कसरि बोल्ने भन्दै सोच्दै गर्दा पहिलो क्लास सकियो र दोस्रो क्लासमा नोट माग्ने बहानाले बोल्न खोजिन् तर सकिन उसले| उनलाई भित्र भित्रै उकुसमुकुस भइसकेको छ तर उसले केहि गर्न सकेको छैनन्| उपाय हजार छन् तर हरेक उपायले आट माग्छ र त्यो आट उनीसंग छैन| दोस्रो क्लास सक्ने बित्तिकै प्रियंका पंकज सामु गइ र पंकजसंग आखा मिलाउदै पकज्लाई मुस्कुराइन्|
“आज जम्मा 3 वटा मात्र क्लास हुने भयो| फुलबारी जाने हो घुम्न?” प्रियंकाले मौकाको सहि सदुपयोग गर्दै पंकज सामु घुम्न जाने प्रताभ गरिन्| यसरि सुरु भयो कलेजमा प्रियंका र पंकजको पहिलो बोलचाल| प्रियंकाले राखेको प्रस्ताभमा पन्कज्को प्रतिक्रिया के होला? …

Previous article
Next article

Latest Posts