Part 6

“अनि अघि भर्खर बेच्नु छ भन्थियौ त?” धेरै अघिको प्रियंकाले बोलेको शब्दलाइ पंकजले समात्यो र त्यसकै वरीपरि प्रश्न गर्न लाग्यो|
***
“बेच्दैमा ब्यापार गरेको हुन्छ भन्ने कहाँ हुन्छ र| त्यो पनि फाइदाको आश नगरी तिमीलाई केहि दिदैछु, ब्यापारी हैन परोपकारी भन मलाई|” पंकजको हरेक वाक्यको जवाफ प्रियंकासंग नि तैयार छ| लोक दोहोरि खेल्नको निम्ति यिनीहरु दुबैलाई रोधी घरमा राखी दिनु पर्ने हो|
“ परोपकारी हैन मुर्ख भन्छन यस्तो मान्छेलाइ| मुर्खता गर्नु भन्छ यस्तोलाइ|” उता प्रियंका आफ्नो माया जिकिर गर्न ब्यस्त छिन् भने यता पंकज मायाबाट अन्जान बन्न ब्यस्त छ|
“मुर्खता हैन माया भन्छन| तिमि चाही झुक्कियौ जस्तो छ पंकज|” फेसबुकमा, फोनमा उनीहरुको गफ नहुने हैन, निकै नै हुन्थियो| सामान्य भन्दा केहि भिन्न गफ हुन्थियो तर भेटेर गरेको गफको गहिराइ यति सम्म होला भनेर कसले सोचेको थियो र|
“माया र मुर्खतामा म केहि भिन्नता देख्दिन नि त प्रियंका| मुर्खहरुले गर्ने चिज नै माया हो|” पंकज किन अन्जान हुन खोज्दैछ प्रियंकाको मायाबाट| प्रियंका मन पर्दैन भने सिधै भन्दा पनि हुन्थियो तर पंकजले त्यसो पनि गरेको छैन|
“ तिमिसंग चाहेर पनि सहमत हुन सकिन पंकज म| माया गर्ने व्यक्तिलाइ मुर्ख भन, म केहि आपत्ति जनाउदीन तर मायालिया नै मुर्ख भन्न मिल्दैन पंकज|” प्रियंकाले मायाको पक्षमा रहेर आफ्नो बुंदा पेश गरिन्| दुवै एकै बिषयमा बोल्दै छन् तर भिन्न पक्ष लिई|
“मैले मायालाई मुर्खता भनेको छु त?” पंकजबाट धेरै पछी यति साधारण जवाफ आयो| प्रियंकाले पन्कजबाट यति फित्तलो र साधारण जवाफको अपेक्षा गरेको थिइन होला|
“मतलब तिमीले मलाई मुर्ख भन्न खोजेको हो?” जसरि केहि समय अघि पंकजले प्रियंकाको कुनै शब्दलाइ समातेर रयाक् रयाक् गरेको थियो, पालो अब प्रियंकाको| अब पन्कज्को जवाफ के आउछ त?
“मैले त्यस्तो भने र?” पंकजमा अचानक बदलाव आयो| उसले जवाफ फर्काउने तरिका पुरै बदलियो, के भयो त्यस्तो अचानक? पन्कज्को दिमागमा के खेल्दैछ अब?
“ भन्न पनि पाउदैनौ| मलाई मुर्ख भनेको भए मैले जानेको थिए|” यो बार्तालापमा अघि सम्म पंकज माथि थियो, तर अहिले माथिलो स्थान प्रियंकाको छ|
“ मैले तिमीलाई मुर्ख नभन्नुको कारण एउटा मात्र छ| मोटो मान्छेलाई मोटो भन्दा रिस उठ्छ, बाहुनलिया टपरी भन्दा रिस उठ्छ, तिमीलाई म मुर्ख कसरि भनौ?” पंकजको मन खिन्न भएको हैन, उसको दिमाग चाहिने भन्दा बेसी चलेको रैछ| उसले फाल हाल्न केहि कदम पछाडी लिएको रैछ|
यति भनिसकेर पंकजले सनिरालाइ सम्झियो र आफुलाई मुर्खको संज्ञा दिदै मुस्कुराउन थाल्यो| पंकजको मुहारमा मुस्कान देखेर प्रियंका पनि मुस्कुराउन थालिन्| तर प्रियंकाले पन्कज्को मुहारको मुस्कान देख्दैछे, मुस्कानको कारण देखेकी छैन, प्रियंकाले पन्कज्लाई आफ्नो भबिस्यमा देख्दैछे तर पंकजले आफ्नो अतित मेटेको छैन| दुवै मुस्कुराउदै छन्, दुबैको कारण भिन्न छ र एक अर्काको कारण एक अर्कालाई थाहाछैन|थप केहि गफ अनि सम्झिन लायक केहि मिठा पल बन्यो दुवैबीच|फूलबारीमा केहि समय, अनि दुवै त्यहाँबाट बाहिरिए|
“तिमीलाई भोक लागेको त छैन होला|” पंकजले अचानक प्रश्न राख्यो प्रियंकाको निम्ति|
“छैन| किन र?” पंकजबाट अचानक प्रश्न आउदा प्रियंकापनि एकछिन अकबक भइन्| किन भने बार्तालापको सुरुवात प्रियंकाले गर्ने जहिले, अहिले पंकजले गरेको थियो|
“थाहा थियो मलाई, अघि देखि मेरो दिमाग खादै छौ| पेट भर्यो होला त|” पंकज यति चाडै घुल्यो प्रियंकासंग, मानौ उनीहरु बिचको सम्बन्ध धेरै अघि देखि नै छ|
“तिम्रो दिमाग छ र?”
“तिमीले मेरो टाउको र टाउको भित्रको गिद्दी दुवै खायौ| अलिकति कम भयो अघि भन्दा||”
“तिम्रो टाउको भित्र गिद्दी पो छ? मैले त भुसा छ सोचेको|”
“ल भुसा नै छ रे| मतलब तिमीले भुसा खायौ, अब तिमि प्रियंका भुसाल हैन प्रियंका भैसी भयौ|”
पंकजले यति भनेपछी प्रियंकाले पन्कज्को ढाडमा चिमातीन् र तर्के आखाले हेरिन् पंकजलाइ| पंकज आफ्नो सुरमा हास्दैछ र प्रियंका रिसाएकी छिन्|

To be continue…

Previous article
Next article

Latest Posts