“ल भुसा नै छ रे| मतलब तिमीले भुसा खायौ, अब तिमि प्रियंका भुसाल हैन प्रियंका भैसी भयौ|”
पंकजले यति भनेपछी प्रियंकाले पन्कज्को ढाडमा चिमातीन् र तर्के आखाले हेरिन् पंकजलाइ| पंकज आफ्नो सुरमा हास्दैछ र प्रियंका रिसाएकी छिन्|
***
प्रियंका रिसाएकी भन्न पनि नमिल्ला कि, उनि रिसाएको जस्तो गर्दैछिन्| बोलचालमा नाकाबन्दी भएर, शब्दको आदान प्रदान केहि बेरको लागि रोकिएको छ, त्यसैले हो प्रियंकाको भाउ बढेको, काला बजारी भनौ यसलाई|
“ तिम्रो मुहारको चमकलाइ रिसको कालो बादलले ढाक्यो त| अब आखाँबाट दर्के पानीको बर्सात हुने त हैन नि?” सुरु भयो पंकजको प्रयास, प्रियंकालाइ फकाउने प्रयास|
“ म रुन्छु भनेको तिमीले? मलाई हेर्दा म रुंची देखेउ?” प्रियंकाको रिस अझै बढेको हो कि हराएको, उनको शब्द र बोल्ने शैलीले छुट्ट्याउन नै गाह्रो पर्यो|
“ मान्छेको अनुहार हेरेर स्वभाव भन्नलाइ म ज्योतोषी परिन|” पंकजको जवाफ दिने शैली सधै नै भिन्न हुन्छ| उसले कुन बखत कस्तो जवाफ दिन्छ कसैले अनुमान गर्न सक्दैन|
“ मनको भाव नबुझ्ने तिमिले स्वभाव झन् के बुझ्लाउ|” यदि पंकज आगो भए, प्रियंका आगो निभाउने पानि हुन्| यदि पंकज पानि हो भने, प्रियंका पानि सोस्ने बालुवा हुन्| यदि पंकज बालुवा हो भने, त्यो बालुवा बगाउने नदि हुन् प्रियंका| यदि पंकज नदि हो भने, त्यो नदिको अन्तिम गन्तब्य, समुन्द्र हुन् प्रियंका|
“मैले तिम्रो मनको भाव बुझिन? कहिले? कसरि?” अघि सम्म अर्जुनको तिर जस्तै सतिक जवाफ दिदै गरेको पंकज, अहिले भने धृतराष्ट्र जस्तै प्रश्न गर्दैछ|
“ अहिले सम्म बुझेको छौ र?” प्रश्नको जवाफमा जब प्रश्न आउछ, त्यसपछि बुझ्नु पर्छ, संबाद लम्बिन्छ अनि केहि फरक बार्तालाप हुन्छ|
“ खै के भनौ म| तिमीले घुम्न जाउ भनेउ, तिम्रो मनको भाव बुझेकोले नै हामि अहिले यहाँ संगै छौ सोच्दै थिए म|” पंकजले नम्र स्वरमा प्रियंकाको प्रश्नको जवाफ दियो|
“ अनि यहाँ आएपछि मैले जे जे भने, त्यो खै बुझेको?” पन्कज्को मायाको कैदमा प्रियंका परेकी हुन्| कैदीले नै प्रश्न गर्दै गरेको दृश्य निकै दुर्लभ हुन्छ र अहिले त्यहि हुदैछ|
“ बुझेको सबै भावना, बुझे भनेर जताउन जरुरि छ र?” अब पन्कज्को पालि| प्रियंकाको प्रश्नको जवाफमा पंकजले पनि प्रश्न नै गर्यो|
“ न जताउनुको केहि कारण?” एक पछी अर्को प्रश्न थपिदै छ यो सम्बादमा| सबै प्रश्नलाइ एक पछी अर्को गरि ताती लगाउने भए, ताती चन्द्रमा सम्म पुग्छ होला|
“जताउनुको फाइदा के?” फेरी अर्को प्रश्न थपियो पंकजको तर्फबाट|
“जतायौ भने मेरो मन खुसि हुन्छ, नत्र खिन्न हुन्छ|” प्रश्न पछी प्रश्न आउदा म स्वयं दिक्क भइसकेको थिए, बल्ल एउटा सतिक जवाफ आयो प्रियंकाबाट|
“ के थाहा, मैले जताए भने चाही तिमि खिन्न हुन्छौ कि?” पंकजलाइ के भएको? प्रश्नको साटो जवाफ दिन त्यति गारो छ र उसलाई? के पंकजलाइ प्रियंका मन पर्दिनन् हो?
“आशलाइ नास गर्नुनै छ भने अहिले गर्दा राम्रो हुन्छ नि| किन आशलाई बडेमानको आकार दिनु?” छिनोफानो गर्ने हिसाबले बार्तालाप अघि लगिन् प्रियंकाले|
“ मैले केहि आश राख त भनेको थिइन नि तिमीलाई|” पंकज अचानक रुखो भयो र कठोर जवाफ दिन लाग्यो|
“ गल्ति मेरै हो| मैले आफ्नो मनको भावना पोखे, तिम्रो बुझ्न खोजिन| तिम्रो मनमा के छ भन|” पन्कज्को रुखो जवाफको बदलामा प्रियंकाले सतिक जवाफ फर्काइन्|
“ मैले अघि भने नि, माया गर्ने मान्छे मुर्ख हुन्| तिमि जस्तै म पनि मुर्ख हो|” थोरै मुस्कुराउदै पंकजले जवाफ दियो तर यो जवाफको अर्थ के? के पंकजले पनि प्रियंकालाइ माया गर्छ? यदि गर्छ भने अघि देखि किन पंकजले नाटक गर्दै थियो बेतुकको कुरा गर्दै थियो?
“मतलब?” प्रियंकाले पनि पन्कज्को जवाफको अर्थ बुझ्न सकिन र अचम्मित हुदै प्रश्न गरिन्|
“मतलब यो हो कि……”
