कलेज सकिएको ६ महिना पछी मात्र रिजल्ट आउने| यो छ महिनामा सबैको आफ्नो आफ्नो योजना हुन्छ| कसैले घुम्न जाने योजना बनाएको हुन्छ र कसैले कुन कुन किताब पढ्ने भनेर सुची नै तैयार बनाएको हुन्छ| कोहि स्नातकको लागि तैयारि गर्छन, कोहि विदेशको लागि हौसिन्छन्| कोहि रुची पन्छाउछु भनि पर्खेर बसेको हुनछन र कोहि ६ महिना भएपनि खालि बस्न पाइन्छ भनि खुसि हुनछन|
यो कथा पन्कज्को हो, प्रियंका के गर्दैछिन् नभने पनि हुन्छ| नभने पनि हुने हो तर भन्न मन लाग्यो, प्रियंका काठमाण्डौ गएकी छिन्| काठमान्डौ केहि दिनको लागि मात्र| त्यसपछि उनले पोखरा जाने योजना बनाएकि छिन्| पोखरा चाही 4 बर्षको लागि| पोखरामा नै स्नातक गर्ने भनि उनले निर्णय लिएकी छिन्| अब फिर्ता आउ पन्कज तिर, कथा उसको हो, उसकै वरी परि घुम्नेछ सबै घटना र पलहरु| अरु पात्रको आगमन र प्रस्थान भइरहनेछ तर पंकज जहिले यो कथामा कायम हुनेछ|
६ महिनाको बिदामा के गर्ने या कहाँ जाने, पंकजले केहि योजना वनाएक छैन| सुरुका केहि दिन हल्लिएर नै गयो| कुकुरको काम न फुर्सत भन्छन, पंकजको पनि त्यहि नै भयो भने हुन्छ| बिहान उठ्दा ८ ९ बज्ने, खाना खाएपछि फेरी पनि उसको शरीर ओछ्यानमा नै पुग्छ| ओछ्यानमा पल्टिएपछी मोबाइल चलाउछ चार्ज नसकिए सम्म| मोबाइलको चार्ज सकियो, चार्जमा हाल्छ मोबाइल अनि ल्यापटपमा फ्लिम हेर्न लाग्छ| बिस्तारै ल्यापटपको चार्ज सकिन्छ अनि फेरी ल्यापटप चार्जमा हाल्छ अनि मोबाइल चलाउन लाग्छ| यस्तै नै चल्दैछ पंकजको जिन्दगि|
पढाइमा अब्बल छ पंकज, केहि नभएपनि उपन्यास पढेर बस्ने मान्छे तर बितेका हफ्ता दिन निकै नै भिन्न रहयो उनको| सात दिन अनायसै खेर गएको पंकजलाइ पनि महसुस भयो र एकदिन 3 वटा पुस्तक किनेर ल्यायो| एउटा नेपाली पुस्तक “पागलबस्ति”, अनि दुइटा अंग्रेजी पुस्तक “द नोटबुक” र “हाल्फ़ बेक्ड लभ स्टोरी|”| तिनवटा पुस्तक नै माया र सम्बन्धमा केन्द्रित छ| पंकज हरेक पुस्तक पढ्दै जान्छ र सनिराको झझल्कोले झन् सताउने उनलाई| हरेक पुस्तक पढ्दै जादा, पंकज आफै त्यो पुस्तकको पात्र हुन जान्छ| कथा संगै खुसि हुने, दुखि हुने, हास्ने, रुने हुन्छ उसलाई| पात्रलाइ परेको चोट उसले महसुस गर्छ, पात्रको आखासंग उसको आखा भिज्न पुग्छ| पात्रको खुसिमा उसको मुहारमा मुस्कान आउछ, पात्रको यात्रामा उसले पनि आफ्नो पाइला चाल्छ| यो तिन वटा पुस्तक पढेपछी उसलाई डर लाग्न लाग्यो|
उसलाई डर भयो, कहिँ उ जहीले यस्तै कल्पनाको संसारमा मात्र रमाउने त हैन भनि| कहिँ उसलाई बास्तबिकता भन्दा कल्पना मन पर्ने त हैन नि? कहिँ उसले यथार्थ बिर्सेर कल्पनामा लठ्ठिने त हैन नि? कल्पना जति सुन्दर होस् बाच्नु पर्ने यथार्थमा नै हो| कल्पना सजाउन गाह्रो छैन तर सपना पुरा गर्न गाह्रो छ| पंकजलाई यस्तो संसार कल्पिनु छैन जुन यथार्थ भन्दा निकै पर होस्| इच्छा जे पनि राख्न पाइन्छ तर यति बुझ्नु पर्छ कि इच्छा संग खुसि मात्र हैन नैरस्यता पनि आउछ| यहि कारणले गर्दा पंकज उपन्यासबाट पर बस्न लाग्यो|
अब के गर्ने त? साथिसंग समय बिताउन लाग्यो| धेरै भन्दा धेरै समय अब साथिसंग नै हुने पंकज| कहिले साथि उसको घरमा आउने र कहिले उ साथीकोमा| फेरी साथि एक हैन धेर छन् उसको| साथिको संगतले नै उसले धुम्रपान पनि सुरु गर्यो| सुरुको केहि दिन उसले केहि स्वाद पाएन, तर पनि चुरोट लाइ निरन्तरता दियो| ५ ६ दिन, ५ ६ सर्को अनि बल्ल चुरोटको नशा र लत के हो चाल पायो उसले| सुरुको केहि दिन घर जान पनि डर लाग्ने पंकजलाइ| घरमा कसैले थाहा पाउने हो कि? उसको मुख गनाउने हो कि? कसैको अगाडी बस्न पनि डराउने उ तर बिस्तारै उसलाई बानि पर्यो र अब अरुले के सोच्छन उसलाई फिक्री छैन|
एकदिनको कुरा हो, एउटा फ्लिम हेर्दै थियो पंकज| चलचित्रको एउटा पात्रले अर्को पात्रलाइ केहि प्रश्न गर्यो र …..
