पंकज आउदै छ अगाडीबाट| पंकज हास्यो प्रियंकालाइ हेरेर र प्रियंन्काले पनि हासेको जस्तो नाटक गरिन्| पंकजको संगतले प्रियंकाले दुख लुकाउन, झुठो हासो प्रदर्शन गर्न राम्ररि सिकी सिकीसकेकी छिन्| मानौ पंकज क्यामेरा हो प्रियंकाको निम्ति, पंकज अगाडी हुने बित्तिकै हासो छाउछ प्रियंकाको मुहारमा, चाहे त्यो हासो झुठो होस् र त्यो हासो पछाडी लाखौ पिडा लुकेको होस्|
आज अन्तिम दिन, अनि दुबैले एक अर्कालाइ भेट्ने छैनन्| उनिहरु एक अर्काबाट टाढा हुनेछन| मन छैन प्रियंकालाइ टाढा हुन पंकजबाट| पंकजलाइ आफ्नो मनबाट टाढा बनाउनु परको विचार हो, त्यहाबाट बाहिर्याउन पनि गाह्रो हुदैछ उनीलाई| आज मात्र हैन, सधै नै गाह्रो हुनेछ, अनि गाह्रो मात्र हैन निकै नै गाह्रो| मानिसलाइ संगै हुने मन हुदा हुदै पनि समयले टाढा बनाउछ| यहाँ भने संगै हुने मन पनि छ र समयले कुनै खेल खेलेको छैन, तर पनि उनीहरु टाढा हुदै छन्| टाढा हुने समय पनि उनीहरु आफैले तोकेका हुन् र त्यो समय सम्म आफु तैयार हुने भनि सोचेका हुन्| पंकजलाइ त केहि गाह्रो हुन्न किनकी प्रियंका प्रति उसको कहिले भावना नै थिएन र भए पनि कहिले जिकिर गरेन| यहाँ पिडित प्रियंका हो जो क्रन्धनमा छिन्|
“कहाँ जाने हामि?” पंकजलाई पनि आजको अन्तिम दिनलाइ प्रियंकाको लागि खास बनाउनु मन छ|
“तिमि भन कहाँ जाने? म त तिमिबाट टाढा जादैछु|” प्रियंकाले मको व्यथा पोखिन् पन्कज्को सामु|
“ कस्तो लाटी हो तिमि| म बाट टाढा हैन, आफ्नो नया गन्तब्यको नजिक पुग्नेछौ अब| एउटा नया यात्राको सुरुवात, जहाँ गन्तब्य छ| अहिले त तिमि गन्तब्य बिना भौतारिदै छौ|” सायद पंकजलाइ थाहा थियो आज प्रियंकाले के कति गुनासो पोख्छीन् भनि, त्यसैले उ तैयार भएर आएको हुनु पर्छ| उसको जवाफ सुन्दा त्यहि अनुभूति हुन्छ|
“जिन्दगि नै एउटा यात्रा हो नि| अनि गन्तब्य आफुले रोज्ने हो| गन्तब्य जस्तो होस् यात्रा रमाइलो भयो भने छुट्टै आनन्द आउछ| यहाँ न गन्तब्य मैले चाहेको छ न यात्रा मैले रोजेको हो|” प्रियंकासंग पुरै अधिकार छ आफ्नो तर्क राख्ने तर … तर जब थाहाछ उन्को बोलीले केहि परिवर्तन गर्दैन, किन बोलि बेकार फ्याल्नु| फेरी मनको भावना मनमा नै राखेर पनि नहुने, आफैलाई गाह्रो बनाउछ| अहिले त्यो भावना निकाली फ्याल्यो भने, जीवन भरिलाइ ढुक्क| प्रियंकाको यो कदम पनि उचित हो|
“रोजाई र चाहना हैन, कुरा सहमतिको हो| हामि दुवै सहमत भएको हैन| यस्तो दिन आउछ, यति गाह्रो हुन्छ भनि दुबैलाई थाहा थियो| हामीले सबै सम्झी बुझी परिणाम के हुन्छ थाहा पाएर नै यो सहमतिमा पुगेको हैन?” प्रियंका जति आक्रामक जवाफ दिदै थिइन्, पंकज त्यति नै समहलिएर जवाफ दिदै छ| पंकजलाई पनि केहि धक्का पुगेको रैछ आजको दिनले, उसले आवाजमा परिवर्तन आउदैछ| प्रियंकाले पंकजलाइ गुमाए ठानी चिन्तित भएकि छिन् र पंकजले एउटा मिल्ने आठी गुमाउदै छ|
“गाह्रो हुन्छ थाहा थियो तर यति गाह्रो हुन्छ भनि मैले कल्पना पनि गरेको थिइन| मलाई तिमीलाई छाडी जान मन छैन तर जानै पर्छ| बाध्यता भनौ या भाग्य, अब यो हुन्छ नै|” प्रियंकाले बल्ल परिपक्क खाले स्वभाव देखाइन्|
“यदि कुनै सम्बन्धलाइ गन्तब्यमा पुर्याउन सकिन्न भने, त्यसलाई एउटा सुन्दर मोडमा सुन्दर तरिकाले बिदाइ दिनु पर्छ| यसले गर्दा बाकिको यात्रा पनि राम्रो हुनेछ र अतित संग पनि केहि गुनासो रहनेछैन|” पंकजको अन्तिम वाक्य अनि दुवै छुट्टिए| छुट्टिने समय यो हो भनि उनीहरुले निर्णय लिए र छुट्टिए पनि| अब के समयले आफ्नो खेल खेल्नेछ र उनिहरुलाई फेरी नजिक बनाउने छ?
