Part 12

एकदिनको कुरा हो, एउटा फ्लिम हेर्दै थियो पंकज| चलचित्रको एउटा पात्रले अर्को पात्रलाइ केहि प्रश्न गर्यो र त्यो प्रश्नले पंकजलाइ गहिरो सोचमा धकेल्यो| “जब तलाई थाहाछ यो सम्बन्धको कुनै भबिस्य नै छैन तर पनि किन यति माया गर्छौ मलाई|” हो यहि प्रश्न केहि दिन अघि पंकजले प्रियंकालाइ गरेको थियो| प्रियंकाले जवाफ पछी बताउने भन्दै एउटा समय दिएकी थिइन्| त्यो समय थियो उनीहरुको भेटको अन्तिम दिन| पंकजले जवाफ माग्न बिर्सियो र प्रियंकाले पंकजलाइ नसम्झाएको पनि हुन सक्छ या उनलाई आफै याद थिएन आफ्नो यो बाचा|
अब पंकजलाइ उकुसमुकुस भयो| पउसलाई यो प्रश्नको जवाफ जसरि पनि चाहिएको छ तर कसरि पाउँ सक्छ उसले जवाफ? प्रियंकालाइ फोन गर्ने? तर उसले आफै अब कहिले नभेट्ने र कहिले नबोल्ने भनि बाचा लिएको थियो प्रियंकाबाट| बाचा तोड्न पंकजलाइ गाह्रो भएको हैन, उसलाई गाह्रो प्रियंकाको भनाइले भएको हो| प्रियंकाली भनेकी थिइन् “ तिमिसंग यति नजिक भए, टाढा हुन गाह्रो हुन्छ मलाई| तर त्यस भन्दा नि गाह्रो त्यो बेला हुनेछ जब म तिमिसंग फेरी जोडीनेछु| यदि हामी छुट्टीएपछी एक पल्ट पनि हाम्रो भेट या बोलचाल भयो भने, म तिमीलाई कहिले पनि भुल्न सक्नेछैन|” प्रियंकाले यति भनिसक्दा पनि पंकजले उनलाई फोन गर्यो भने, यहाँ पंकज दोषी हुनेछ|
तर पंकजले आफुलाइ रोक्न सकेन र प्रियंकालाइ फोन गर्यो| फोनको पहिलो घन्टी संगै पंकजलाइ आफ्नो गल्ति महसुस भयो र उसले फोन काट्यो| फोन गर्नु अघिनै पंकजले यो कुरा बिचार गर्नु पर्ने थियो तर फोनको घन्टीले मात्र उ भित्रको आवाजलाइ जगायो| अब धेरै नै ढिला भइसक्यो| उसले गर्दा प्रियंका गहिरो पिडामा जाने भइन्| यतिकैमा प्रियंकाको मेसेज आयो| “मलाई थाहा थियो तिमीले फोन गर्छौ अनि पहिलो घन्टीमा नै काट्छौ| तर यति ढिलो फोन गर्छौ भनि सोचेको थिइन| धन्न तिमिसंग बसेर तिमीलाई यति बुझ्ने भएकी रैछु| मैले तिमीलाई दिएको किताब “फर्स्ट लभ” भित्र एउटा कागजको पाना छ| त्यहाँ छ तिमीले खोजेको चिज र मलाई फोन गर्नुको कारण|”
प्रियंकाको यो मेसेज पछी पंकजको आखा केहि रसायो र घाती सुकेर आयो| उसले आफ्नै थुक एक घुड्की निल्यो र “फर्स्ट लभ” खोज्न लाग्यो| १० मिनेट जति खोज्यो तर उसले कहिँ किताब भेटेन| त्यो किताब उसले झोलाबाट निकालेको नै छैन भनि सम्झियो र झोला हेर्यो| नभन्दै किताब त्यहि रैछ| किताब भित्र उसले खोज्न लाग्यो आफ्नो जवाफ तर त्यहाँ कुनै पाना नै छैन| जिस्केको, उसले त्यहाँ पाना भेट्यो र त्यहाँ केहि लेखिएको छ|
लेखिएको छ “त्यो एकजना, हो त्यो एक जना जसलाई तिमिले संसार मानेर उसको मात्र साथको कल्पना गरेको हुन्छौ| साच्चि भन्दा त्यो मान्छे बिना तिम्रो कुनै कल्पना नै सुरु हुन्न| तर समय अचानक बदलिन्छ र तिमि एउटा यस्तो पलमा पुग्छौ जहाँ त्यो मान्छे जीवनभरका लागि तिम्रोमुटुमा बस्न सक्छ,यादमा बस्न सक्छ, अतितमा ढल्न सक्छ तर तिम्रो जीवनको बर्तमानमा र भास्बिय्मा उ कहिँ पनि अट्दैन| यो पललाइ पार गर्न एकदमै मुश्किल हुनसक्छ| जसलाई तिमिले जीवन सोचेको हुन्छौ अब त्यो मान्छे नै तिम्रो जीवनमा छैन| अब सुरु हुन्छ तिम्रो असली परिक्षा| अहिले सम्म तिमीले लेखेको सबै पाना खालि हुन्छन् अनि तिम्रो अघि रहन्छ केवल खालि पानाहरु| अब त्यो खालि पानामा तिमि अतित भुलेर नया सुन्दर कथा रच्छौ कि पुन अतितमा अल्झिन पुग्छौ| तर तिमि मुर्ख छौ त्यसैले लेखिएर मेटिएको पुरानो पिडादायी कथालाइ नया ढंगले फेरी लेख्न खोज्छौ| थाहाछ तिमीलाई यो मुर्खता हो र यो कथा लेख्नुको कुनै औचित्य नै छैन| थाहाछ तिमीलाई यो कथा जति लेखे पनि अधुरो नै हुन्छ तर तिमिलाई थाहाहुदा हुदै पनि यो मुर्खता एक पल्ट हैन हजारपल्ट गर्छौ,मुहारमा मुस्कान सहित| हो पंकज तिमि मेरो त्यो एकजना हौ र त्यो मुर्ख म नै हो|”
यति पढेपछी पंकजले पनि आफुलाइ सम्हाल्न सकेन| प्रियंकाले जहिले भन्ने गर्थीइन्, जिन्दगिमा एक पल्ट भएपनि तिम्रो मनलाई चसक्क पार्नु छ| आज प्रियंका सफल भइन् र उनको इच्छा पनि पुरा भयो| पंकजलाई साच्चिकै नै चसक्क भयो| पंकजले त्यो एक जनाको ठाउमा सनिरालाई देख्दै थियो र आफुलाई मुर्ख पाउदै थियो| उसले प्रियंका माथि कति ठुलो अन्याय गरेछ भनि पनि उसलाई महसुस भयो| तर पंकजले अहिले आत्मग्लानि महसुस गर्नुको औचित्य नै छैन| धेरै ढिलो भइसक्यो| प्रियंका र पंकजको कहानी जुन कहिले सुरुनै भएको थिएन त्यो दोस्रो पल्ट अन्त्य भयो|…

Previous article
Next article

Latest Posts