Part 13


प्रियंका र पंकजको कहानी, जुन कहिले सुरुनै भएको थिएन त्यो दोस्रो पल्ट अन्त्य भयो| तर थाहा छ? पाठकको अगाडी कहानी समाप्त भएपनि, पात्रहरु सधै नै त्यो कहानी बाची रहन्छन्| कहानी समाप्त भएपनि उनीहरु अझै नि नाटक गरि रहन्छन्| उनीहरुको जीवनमा अझै पनि मोड आउछ, उनीहरु अझै पनि कहिँ कतै अल्झी रहन्छन् र उनिहरुको जीवनमा पनि खुसीको भेल आउने गर्छ|
यसरि नै प्रियंका अझै पनि आफ्नो भागको नाटक निभाउदै छिन् र पंकजलाइ भुले जस्तो नाटक गर्दै खुसि भएको नाट गर्दैछिन्| यता पंकज पनि खुसि भएको नाटक गर्दैछ, जब उ आत्मग्लानिको आगोमा जल्दैछ| यो जलनलाई त उसले पर्खेर बसेको सनिराको मायाको शितलताले सहित निको पार्न सक्दैन| आखिर जिन्दगि नाटक नै हैन त? यहाँ सबै नाटक नै गर्दैछन्| फरक यति छ पर्दाको नाटक केहि घण्टामा सकिन्छ र जीवनको नाटक मृत्यु पछी पनि चलीरहन्छ| यसरि नै थप एक महिना बित्यो पंकजको|
सधै जस्तो पंकज साथि भेट्न मदन दाइको चिया पसल पुग्यो| उसको लागि जहिले ज्यान दिने उसको पहिलो साथि चुरोट सल्कायो र केहि सोच्न लाग्यो| सधै चिया चुरोटमा भेटिने साथि, आज कोहि आएका छैनन्| पंकजले फोन लगायो ती मध्य एक साथिलाइ, फोन उठेन| यसरि नै केहि साथिको फोन उठेन र पंकज गहिरो सोचमा पुग्यो, आखिर किन कसैको फोन उठ्दैन| त्यत्तिकैमा एउटा साथीको फोन आयो|
“लामखुट्टेको घर आइज| छिट्टै|” हसी-मजाकमा साथीले एक अर्कालाइ भन्ने नाम हुनुपर्छ लामखुट्टे| पंकजलाइ फोन गर्ने साथि अत्तालिएको छ र दुखि पनि छ| पंकजले केहि आकलन गरिसकेको छ, त्यहाँ के भएको हुन सक्छ भनि| उसले घटनाको कल्पना गरिसकेको छ र कारण सोच्दै साथीको घर पुग्यो| त्यहाँको स्थिति पंकजले सोचेको भन्दा निकै भिन्न छ| भिन्न हैन, उसले सोचेको भन्दा धेरै नाजुक छ त्यहाँको अवस्था| साथि बिरामी भयो या बाइक दुर्घटनामा पर्यो भन्ने आकलन थियो उसको तर.. तर साथिलो आत्माहत्या गरेको रैछ| कारण बुझ्दै जादा, उसले कसैको मायामा ज्यान त्यागेको रैछ|
पंकजको मनमा अन्तरद्वन्द चल्न लाग्यो| मायामा मान्छेहरु के के गर्न सक्छन? के मायामा ज्यान दिनु जति ठुलो बलिदान केहि हैन? कि कसैको मायामा हरेक पल जल्दै जिउनु नै ठुलो बलिदान हो? ज्यान दिनु नै बलिदान हो भने, हरेक समस्याको हल नै आत्माहत्या हुनुपर्ने| कोहि देशको मायाको लागि ज्यान दिन्छ भने त्यसलाई बलिदान भनिन्छ, कोहि मान्छेको लागि ज्यान दिन बलिदान हैन मुर्खता हो| आखिर जीवन एउटा यात्रा हो, गन्तब्य बदलियो भन्दैमा यात्रा नै रोक्न त मिल्दैन नि| गन्तब्य कति सुन्दर छ भनेर यात्रा बाट नै तय हुन्छ नि, हैन र?
तर फेरी हरेक पल जल्दै मर्नु पनि ठिक हो त? हरेक पल, हजार पल्ट हजार तरिकाले मर्नु भन्दा एक चोटीमा सबै अन्त्य गर्नु नै ठिक हो नि| आत्महत्या गरे संगै, आत्मा र शरीरको मात्र हैन समस्याको पनि अन्त्य हुन्छ| जब यात्रा नै सुन्दर छैन भने, गन्तब्यको महत्व नै के? बदलिएको गन्तब्य पनि के गन्तब्य जब त्यो नबिन गन्तब्यमा खुसि नै छैन? फलानोको मायामा कोहि हरेक पल जल्छ र यो बात फलानोलाइ कहिँले थाहा नहुनु भन्दा, बरु आफु एकपल्ट चितामा जलेर फलानोलाइ जीवन भर जलाउनु ठिक हैन र?
पंकज यहि प्रश्नमा अनेकौ महिना अल्झी रहयो| उसलाई यो दलदलबाट निक्लिन प्लस टुको रिजल्टले सहयोग गर्यो….

Previous article
Next article

Latest Posts