Part 15

यत्तिकिमै कहिँबाट उसको कानमा एउटा आवाज गुन्जियो “प्रियंका, यता हेरत|”. त्यो आवाज पंकजको पछाडीबाट आएको हो| उसले पछाडी फर्कियो र देख्यो….
*********
उसले पछाडी फर्कियो र देख्यो एउटा यस्तो मुहार जुन मुहारले उसको जिन्दगिको तृष्णा मेट्यो| प्रियंका भनि कसैलाई बोलाउने केटि अरु कोहि नभएर सनिरा थिइन्| हो, अहिले पंकजको आखा अगाडी सनिराको अनुहार छ| बिस्वास गर्न गाह्रो भयो पंकजलाइ, जसलाई नि गाह्रो नै हुन्छ| दुइ जनाको भेट हुन सक्ने सबै सम्भावित ठाउहरुको कल्पना गरि सकेको थियो पंकजले तर आजको दिनमा कलेजमा भेट हुन्छ भनेर उसको सोचले सोच्न भ्याएको थिएन|
तपाइको कुनै साथि विदेश गएको छ, त्यसले आइफोंन ल्याइदिन्छ भनेर तपाइँ पर्खेर बस्नु भएको छ| कहानी यस्तो सामान्य छैन, रोचक कुरा के छ भने, हजुरले न आफ्नो साथिलाइ आइफोन ल्याइदे भन्नु भएको छ न तपाइको साथीलाई नै थाहाछ कि तपाइँ आइफोनको आश गरेर बस्नु भएको छ| यस्तो अवस्थामा साथीले हजुरलाई आइफोन ल्याइदिने सम्भावना निकै कम भएता पनि हजुर आश गरेर बसी रहनु भएको छ| थप रोचक मोड त्यो बेला आउछ जब हजुरलाइ थाहा पनि छैन कि त्यो साथि कहिले आउछ| कहिले आउने कुरा छाड्नु, तपाइँलाइ यो पनि थाहा छैन कि त्यो साथि आउछ पनि कि नाई| अझै थप रोचक हुनुपर्छ यो कहानी, ल मानौ अब हजुरले त्यहि आइफोन आउछ भनि आश लिएर अरु कुनै फोन पनि किन्नु भएको छैन| मौका थियो हजुरसंग अर्को फोन लिने तर हजुरको मनले मानेन| यति रोचक भयो कहानी, अब सामान्य अन्त्य गरौ| त्यो साथि नेपाल आयो र आइफोन पनि लिदै आयो| अब आफ्नो आशा पुरा हुदा हजुर कति खुसि हुनुहुन्छ| अह हो, हजुरको हातमा त्यहि आइफोन छ जसको लागि हजुर प्रतिक्षा गरेर बस्नु भएको थियो| हजुर कति खुसि हुनुहुन्छ? हजुरको हर्षले सातौ गगन छोएको हुनुपर्छ| हजुरको मुहारमा सप्तरंगीको चमक छाएको छ| खुसिले गर्दा हजुर केहि सोच्न सक्ने काबिल नै हुनुहुन्न| अझै पनि यो बास्तबिकता हो कि कल्पना सोच्न बाध्य हुनु भयो होला|
यहाँ विदेशिएको साथि सनिरा हो, आइफोन भनेको सनिराको माया हो, अर्को फोन भनेको प्रियंका माया हो र त्यो पर्खेर बस्ने व्यक्ति पंकज| कहानी सहज तरिकाले जोडियो होला अब| बुझ्नु भयो? त्यहि सनिरा जसलाई पंकजले गएको २ बर्ष जसरि पर्खेर बसेको थियो, उनि अहिले पंकजको अगाडी छिन्| हजुरको हालत अघि जस्तो थियो, पंकजको हालत पनि अहिले त्यस्तै छ| फेरी सहज भयो, केहि रोमान्चक बनाउछु म| हजुरको अवस्था र पंकजको अवस्थामा के फरक छ भने, हजुरलाइ साथिले आइफोन ल्याईदियो त्यसैले तपाई खुसि हुनुभयो| यहाँ पंकज सनिरालाइ देखेर मात्र पनि खुसी भयो| सनिराको माया पंकजको भाग्यमा छ कि नाई त्यो समयले बताउछ र पंकजको खुसि दोब्बर हुन्छ कि अन्त्य हुन्छ त्यो नि समयले बताउछ| भन्नु पर्दा माया जुवा हो र प्रेम प्रस्ताब एउटा चाल| जित्दा अहिलेको खुसि दोब्बर हुन्छ र हार्यो भने अहिलेको खुसीको निलामी|
यति समयपछी सनिरालाइ देखेको हो पंकजले| पंकजले किन अझै पनि सनिराको अघि गएर बोलचाल सुरु नगरेको? उ किन अझै पनि आफु उभिएकै ठाउमा एक टक भएर उभिएको छ? उसले के सोच्दै छ? उसको मनमा के भावना छ अहिले? उ खुसि भएर एक पल पनि नगुमाएर सनिरा सामु पुग्नु पर्ने हो तर किन पंकजले यति समय लिदै छ? पंकज, हरे पंकज| आखिर के गर्दैछ पंकज? Orientation program को समय भयो तर अहिले सम्म पनि पंकज सनिरा सामु गएन| के पंकज अहिले सम्म सनिरालाइ एक पल्ट हेर्न भनेर मात्र पर्खेर बसेको हो? पक्कै हैन| orientation program भरि पंकजको आखा सनिरामा नै छ,र यसै बीच पंकजले आफुसंगै बसेको तिन केटालाइ साथि बनायो|
पंकजको दिमाग बल्ल चल्यो जस्तो छ| उसलाई बल्ल बिस्वास भयो जस्तो छ कि यो कल्पना हैन बास्तबिकता हो| पंकजको बल्ल धित मर्यो होला सनिरालाइ हेरी रहने| पंकजको आखाको त्रिसना बल्ल मेटियो र अब उसको कानले सनिराको आवाज मागेको जस्तो छ| हफ्ता दिन बिदा छ, यो हफ्ता दिन फेरी पनि तड्पिनु पर्छ यदि अहिले उ सनिरासंग बोल्न गएन भने| हो यो उर पंकजले बल्ल बुझ्यो जस्तो छ| orientation program सकिने बित्तिकै, पंकज सनिराको ठिक पछाडी पुग्यो| आफ्नो दाया हातले सनिराको दाया काधमा छोयो र यत्तिमै सनिराले अचम्मित हुदै पछाडी हेरिन्| सनिरालाइ फेरी एकपल्ट देख्दा पंकज मुस्कुरायो | यता सनिराले आफ्नो दुवै हातले आफ्नो ओठ र नाक छोपिन्, उनको आखा ठुला भए र उनि चकित र खुसि संगै भइन्| अघि पंकजको मुहारको चमक भन्दा अहिले सनिराको अनुहारमा दोब्बर चमक छ|
“तिमि यहाँ कसरि?” सनिराले नै बार्तालाप सुरु गरिन्, तर प्रश्न बाट|
“ गलत| प्रश्न गलत| यति पछी भेट्दा, सन्चै छौ सोध्नु पर्छ|” पंकजसंग अघि सम्म बोल्ने हिमत थिएन, अहिले मस्किदै छ र जिस्काउदै छ|
“ है, सन्चै छौ?” सनिराले पंकजले भने जसरि नै पुन प्रश्न गरिन्|
“उम्म सन्चै छु| हाम्रो कलेज मिलेछ है|” पंकजले दुइ प्रश्नको जवाफ एकैप्लटमा दियो| पंकजको बोल्ने शैली सधै नै मिठो हुने गरेकोछ| गफ यसरिनै अघि बढ्यो र उनिहरुको पाइला पनि| दुवै सनिराको घर अगाडी पुगे र छुट्टिने बेला पर हुन कसैलाई मन छैन|
“ मलाई तिमिसंग माफी पनि माग्नु छ र तिमिसंग रिस पनि उठेको छ मलाई|” छुट्टिनु अगाडी सनिराले यति भन्दा, पंकजको सबै शब्द लुटियो | उसले एकछिन सम्म केहि बोल्ने सकेन|

Previous article
Next article

Latest Posts