Part 14


भनि रहनु पर्दैन, परिक्षाको नतिजामा पंकजको अंक निकै राम्रो छ| पंकजको घरमा फेरी त्यहि छलफल सुरु भयो जुन छलफल एस.एल.सी. को परिक्षा पछी भएको थियो| बिषय त्यहि हो, अब कलेज कहाँ पढ्ने? पंकजको दाइ पनि हुनुहुन्छ, अहिले सम्म यो पक्षमा उज्यालो परेको छैन होला कहानी यति अगाडी आइसक्दा पनि| पंकजको दाइको बारे अहिले सम्म जिकिर नहुनुको कारण एउटा मात्र छ, दाइ नेपाल छैनन्| दाइ अहिले विदेशमा छन्| दाइको इच्छा छ, बा-आमालाई काठमाण्डौमा बसाइ-सराइ गराउने| बा-आमालाई फकाउन निकै गाह्रो भयो, पंकजको दाइलाई| आफ्नो जन्मथलो छाडेर बुढेसकालमा बसाइ सराइ गर्न गार्है हुन्छ जसलाई पनि| तर जब बा-आमा राजि हुनु भयो, कुरा पंकजको आयो|
पंकज दशमा पढ़थियो त्यो समय| एक बर्ष काठमान्डौ जान नमिल्ने, पंकजको एस एल सीको सवाल छ| त्यहि पनि त्यो समयसम्म काठमाण्डौमा घर खोजि, नामसारी गर्ने निधो भएको थियो| केहि कारणबश यो योजना पनि पुरा हुन सकेको थिएन| अनि त्यत्तिकैमा पंकजको एस.एल.सी को नतिजा आयो र पंकजले बुटवलमा नै कलेज पढ्ने भनि जिद्दी गर्न लाग्यो| पंकजको जिद्दी अगाडी न उसको दाइको केहि लाग्यो न बा-आमाको| पंकजलाइ एस.एल.सी पछी काठमाण्डौ पठाउनु पछी पनि यहि कारण थियो, कि उसलाई काठमाण्डौ प्रति माया जागोस्| तर यो हुन सकेन, उसलाई बुटवल नै प्यारो छ| बुटवल प्यारो हि कि सनिराको लागि पर्खाई प्यारो हो उसलाई नै थाहाछ|
हो अहिले फेरी पनि यहि बिषयमा चर्चा हुदैछ| प्लस-टु को परिक्षा दिने बित्तिकै पंकज सामु दुइ वटा विकल्प राखियो| पहिलो काठमाण्डौ गइ स्नातकको लागि राम्रो कलेज रोज्ने| अनि दोस्रो, नेपाल छाडी दाई भएकै ठाउमा गइ पढ्ने| पंकजले दुवै मध्य कुनै पनि रोजेन| उ बुटवलमा नै बस्यो| यदि पंकजले अब स्नातकको लागि बुटवलमा अने कलेज छान्यो भने, अर्को 4 बर्षको लागि परिवार नै बुटवल बस्नु पर्ने| पंकज मुर्ख त मुर्ख नै हो, सनिराको लागि आफ्नो परिवारलाइ अटेर गरेर बसेको छ|फेरी सनिरा बुटवलमा नै भए पनि पंकजको यो कदमको केहि अर्थ हुन्थियो तर सनिरा भारतमा कहाँ छिन् पंकजलाइ आफै थाहा छैन| फेरी पनि पंकजको जिद्दी अगाडी सबैले हार मान्नु पर्यो र पंकज बुटवलमा नै बस्ने भयो| हरेक जितको लागि केहि मुल्य चुकाउनु पर्छ, पंकजसंग पनि त्यहि नै भयो| यो अन्तिम चार बर्ष हो बुटवलमा अब| त्यसपछि पंकजले कि विदेश रोज्नु पर्नेछ कि काठमाण्डौ|
चार बर्ष पछी के हुन्छ भनि पंकजले अहिले देखि नै सोचेर बसी समय खेर फ्यालेन| चार बर्ष पछी जे भए पनि उसलाई अहिले बर्तमानमा रम्नु छ| कलेज तय गर्नुछ उसले स्नातकको लागि| “बुटवल मोडल कलेज” पर्यो उसको रोजाईमा| CMAT को परिक्षा पनि दिएर बसेको थियो उसले, यो कलेज उसको रोजाइमा पहिले देखि नै परेको हो| पंकजले चाहे जसरि ई उसको भर्ना भयो कलेजमा| भर्ना भएको २ हफ्ता पछी orientation program छ र त्यसको एक हफ्ता पछी कलेज सुरु हुने|
पंकजको कलेजको नाम उल्लेक भयो तर उसले के पढ्दैछ भनि उल्लेख गर्न बाकि छ सायद| बिबिए मा रुची जाग्यो उसलाई| दुइ हफ्ता पनि निकै छिटो बित्यो| यो दुइ हफ्तामा केहि उल्लेखनीय कार्य पनि सम्पन्न भए| पंकज उसको परिवारसंग काठमान्डौ पुग्यो यहि समय अबधिमा र त्यहाँ एउटा घर पनि मन पर्यो सबैलाई| घर सल्लाह अनुसार घर अहिले लिएर भाडा लगाउने र एउटा कोठामा चाही चिनेको मान्छेलाइ राख्ने| यति भएपछी काठमाण्डौमा घर किन्ने इच्छा पनि पुरा भयो पंकजको दाइको, अनि घरको हेरचाह गर्ने मान्छे पनि भयो| घर किन्नुको दुइटा कारण छ, पहिलो सस्तो मुल्यमा राम्रो ठाउमा घर भेटियो| दोस्रो कारण चाही, पंकजलाइ दवाब दिन, 4 बर्ष पछी अब उ जसरि पनि काठमान्डौ आउनै पर्छ|
Orientation programको दिन आज, पंकज तैयार भएर कलेज पुग्यो| चिनेको अनुहार एउटा थिएन, सबै नौलो अनुहार| नया कलेजमा पहिलो दिन, कसरि चिनोस् उसले कसैलाई| कलेज परिसर भित्र पंकजजस्तै धेरै मान्छे थिए| कोहि पंकज जस्तै एक्लै उभिदै थिए भने कोहि दुइ तिन जनाको हलमा| कार्यक्रम सुरु हुन अझै १५ मिनेट बाकि छ| मान्छेको हुलमा एक्लै हुदा निकै अहसज महसुस हुने| कोहि आएर बोलिदिए हुने, कोहि चिनेकै मान्छे भेट भए पनि हुने, यस्तै सोच आउदा थियो पंकजको दिमागमा|

यत्तिकिमै कहिँबाट उसको कानमा एउटा आवाज गुन्जियो “प्रियंका, यता हेरत|”. त्यो आवाज पंकजको पछाडीबाट आएको हो| उसले पछाडी फर्कियो र देख्यो….

To be continue…

Previous article
Next article

Latest Posts