गफ यसिरै नै अघि बढ्दै गयो र पंकजको घर जाने समय पनि भयो| सनिराको घर मुनि पुगेको मात्र के थियो पंकज, सनिरा दौडिदै आइन् र पंकजको अगाडी आएर टक्क उभीईन्| पंकजलाइ बुझ्न गाह्रो भयो, आखिर सनिरा किन उसको अघि आएर उभिएकी हुन्| फेरी सनिराले केहि बोलेकी पनि छैन| “के भयो?” सनिराले नबोलेपछी पंकजले आफै प्रश्न गर्यो सनिरालाइ|
“फेसबुकमा रिक्वेस्ट एसेप्ट गर्दिनौ
होला तिमीले पंकज|| मोबाइल नम्बर मागौ कि भनेको, फेरी त्यो पनि नदिने हो कि?”
“तिमिलाइ के लाग्छ दिन्छु कि दिन्न होला?”
“मलाई जे लागे पनि, दिने कि नदिने निर्णय तिम्रो हो नि पंकज|”
“ ल यस्तो गरौ न त हामि| तिमीलाई के लाग्छ त्यहि भन, अनि तिमीले जे भन्छौ त्यहि
गर्छु| हुन्न र?”
“मलाई लागेको र मैले सोचेको पुरा हुने भए, अहिले तिम्रो नम्बर मेरो मोबाइलमा, तिमि
आफ्नो घरमा र हामि फोनमा ब्यस्त हुन्थियौ|”
“९८७६५४३२१०| भयो अब?”
“म ल्वादे छु भनेर तिमीले मलाई हेपेको हो पंकज?”
“त्यस्तो हेप्ने गरि मैले के गरे फेरी?”
“ तिमीलाई थाहाछ त म अंकको मामलामा कति कम्जोर छु| मोबाइल मेरै कोठामा छ, अभ कसरि
कण्ठ गर्नु तिम्रो नम्बर|”
“ बक्लोल, अनि के सोचेर नम्बर लिन आएकी?”
“म नम्बर लिन हैन दिन आएको हो| तिमि मेरो नम्बर लेउ अनि मिसकल देउ मलाई| पढाइमा
मात्र कम्जोर हो नि म, नत्र बाठी छु नि|”
पंकजले आफ्नो औलाहरुले आफ्नो मोबाइलमा थिच्न लाग्यो र टिप्यो सनिराको नम्बर आफ्नो
मोबाइलमा| मनमा राख्न मन लागेको मानिसको नम्बर मोबाइलमा राख्नु नै पहिलो पाइला
हुनुपर्छ पंकजले चिताएको सम्बन्धको गन्तब्यको| पंकज घर पुग्यो र उसंग उसले अहिले
भर्खर मनमा साचेको खुसि पनि पुग्यो| अघि सम्म जे कारणले खुसि थियो, हो अहिले फेरी
त्यहि कारणले नै पंकजलाइ दोधारमा लग्यो| यस्ता दोधार त्यो बेला पर्ने गर्छ जब
रातको ११ बजेको हुन्छ, घरको सबै सदस्य सुति सकेका हुनछन र याद आउछ तिमीलाई आफ्नो
मन खाएको मान्छेको|
पंकजसंग सनिराको नम्बर छ तर अब सनिरालाइ फोन गर्न सकेको छैन उसले| आट गर्न सकेन पंकजले| उसको मनमा दोधार छ तर त्यो दोधार हुन नपर्ने हो| सनिरालाइ पंकजले पर्खेर बसेको हो दुइ बर्ष सम्म तर पंकजलाइ सनिराले पनि सम्झिदो रैछिन नि नत्र फेसबुकमा रिक्वेस्ट किन गर्थिन् होला|सनिरासंग नजिक हुन मन पंकजलाइ छ र त्यो मन सनिरालाइ पनि छ नत्र सनिराले नम्बर लिन-दिने गर्ने थिनन्| पंकजको मनमा दोधारको बिज रोप्ने कार्य एउटा प्रश्नले गर्दा हो| “सनिराले आफै फोन गर्थी नि,, बोल्न मन भएको भए|तर किन गरिन?” हो यहि प्रश्नले कहानो अघि बढ्न दिएको छैन|
पंकजलाइ बुझ्न किन यति गाह्रो भएको कि प्रेमको पहिलो पाइला पंकजले चाल्नु पर्ने हो| सनिराले आफ्नो काम सम्पन्न गरि सकिन्| सनिराले पंकजलाइ आशाको मार्ग देखाइदिनु थियो, त्यो सम्पन्न भयो| पाइला चाल्नु पर्ने पंकजले हो तर दोधार बाधा बनिदियो यो मार्गमा| पंकजले सोच्दा सोच्दै एक घण्टा खेर फ्याल्यो र रातको १२ बजे कसले कसलाई पो फोन गर्छ र| हो यहि सोचेर पंकजले आफ्नो शरीरलाइ ओछ्यानमा समर्पण गर्यो|
यो मान्छे भन्ने जात नै अजिबको हुने के| जति भएपनि नपुग्ने, अझै धेरै चाहना राख्ने जीवनबाट| मिहिनेत अरुले गरिदियोस् अनि फल आफु चाख्छु भनि बस्ने जात हो मानिस| पंकज पनि केहि फरक छैन| सनिरा भारतमा हुदा, सनिरा नेपाल आओस् भनि चाहना राख्यो| सनिरा नेपालमा छिन् अहिले र अब सनिरासंग सम्बन्ध गास्ने चाहना छ पंकजको| तर मिहिनेत गर्न चाहदैन पंकज, फोन पनि सनिराले गरिदिए हुने भनि बसेको छ| यसरि कसरि चल्छ खै? एक कदम अघि चाल्ने सबै वातावरण मिले पनि सनिराको मायासम्म पुग्न सकेको छैन पंकज| रातको बखत छ, समय मध्यरात पारि, सुत्नको लागि जिउको लागि ओछ्यान छ आखामा निन्द्रा छ तर मन शान्त छैन| अनि कसरि लागोस् पंकजलाइ निन्द्रा| कहिले कोल्टो फेर्छ भने कहिले सुतेको स्थान नै फेर्छ| टाउको मुनि भएको सिरानीलाइ कहिले दुइ हात बीच च्याप्छ र कहिले दुइ खुट्टा बीच| घाती सुकेर गाह्रो हुन्छ उसलाई अनि पानि पिउछ| फेरी अघि भर्खर पिएको पानिको केहि मात्रा शरीरले सोस्छ, केहि पसिना भएर बग्छ र बाकि रहेको पानि पिशाबमा परिवर्तन हुन्छ र पंकज टवाइलेट तिर जान्छ|
ओछ्यानमा छटपटाउदै, कहिले पनि पिउछ, कहिले भान्सा पुग्छ र कहिले टवाइलेट| 4 बजिसकेछ यसरि तर पंकज अहिले पनि सुत्न सकेको छैन| 4 मात्र हो यसरि ५ नै बज्यो| सनिरालाइ फोन नगरेपनि मेसेज चाही पठाउने निर्णय गर्यो पंकजले नत्र निन्द्रा लाग्दैन उसलाई| पंकजलाइ यति कुरा बुझ्नको निम्ति ६ घण्टा लाग्यो| बेलैमा उसले यति बुझेको भए अहिले कहानी केहि भिन्न हुन्थियो| कि उ अहिले मस्त निन्द्रामा हुन्थियो र मन पानि शान्त हुन्थियो उसको| कि अहिले सम्म उ यसरि नै बिउझिएको हुन्थियो तर रात खेर जान्थिएन, रात सुन्दर हुनेथियो सनिरासंगको गफको मिठासले| पंकजले सनिरालाई मेसेज गर्यो “गुड नाइट|” लेखि|
मेसेज पठाउने बित्तिकै पंकजले बिचार गर्यो, बिहानको ६ बजे कसले “गुड नाइट” लेखि पठाउछ? फेरी अब गुड मर्निंग लेखेर पठाउनु? पंकजले सोच्दै थियो र त्यत्तिकैमा…
