मेसेज पठाउने बित्तिकै पंकजले बिचार गर्यो, बिहानको ६ बजे कसले “गुड नाइट” लेखि पठाउछ? फेरी अब गुड मर्निंग लेखेर पठाउनु? पंकजले सोच्दै थियो र त्यत्तिकैमा सनिराले पनि मेसेजको रिप्लाई गरिन्| पंकजले आफुले ठिक गरे कि गल्ति गरे मात्र सोचेर बसेको छ, सनिराले मेसेज गर्छिन् कि नै उसले सोच्ने मौकानै पाएको छैन| सोच्दै गरेको बिषयको जवाफ नभेट्दै, सनिराको मेसेज आउदा उसले सोच्न बन्द गर्यो र सनिराको मेसेज पढ्नको निम्ति मेसेज बक्स खोल्यो|
“ उल्लु, बिहान बिहान good morning
भन्नु पर्छ| good night हैन|”
“ बिहान बेलुकाको कुरा हैन| सुत्नु अघि good night अनि उठेपछि good morning भन्ने
हो| बुझेउ उल्लु? तिमि उल्लु हो म हैन|”
“ तिमि अहिले सम्म सुतेको छैनौ? किन र?”
“ खै निन्द्रा नै लागेन|”
“ रात भरि आफु सुत्दैन| अनि मैले उल्लु भन्दा मलाई उल्टै उल्लु भन्छौ?”
“गफ कहाँबाट आउछ तिमीलाई यति? तिमि चाही किन चाडै उठेको?”
“कसले भन्यो म चाडै उठेको? म पनि तिमि जस्तै रातभरि सुतेको छैन|”
“तिमि चाही किन नसुतेको उल्लु?”
“ जिस्केको| आज घरमा पुजा छ, त्यसैले चाडै उठेको| तिमि पनि आउ है आज घर|”
पंकजले हुन्छ या हुन्न नपाउदै सनिराले फोन राखिन्| सनिरासंग संगै जीवन बिताउन खोज्दै गरेको पंकजले अहिले संगै समय बिताउने मौका खेर फ्याल्न चाहेन| सनिराको घर जाने निर्णय गर्न उसलाई बिल्कुल पनि मुस्किल भएन| तर जाने चाही कुन बेला? सनिराए निमन्त्रणा दिन त दीईन् तर समय बताइन| केहि समय मात्र खेर गयो पंकजको यसले गर्दा किन भने सनिराले आफै मेसेज गरिन् “१ बजे आउ है|”
१ बजे पंकज घरबाट निक्लियो र सनिराकोमा
१:१५ मा पुग्यो| सत्यनारायणको पुजा लगाएको रैछ सनिराको घरमा| टिका, थोरै प्रसाद संगै
सनिराले पंकजलाइ आफ्नो कोठामा लगिन्| सनिराको मामुले पंकजको लागिकोठामा नै ८ पुरी,
एक बटुको खिर, काउली-केराउको सब्जी र मुला-आलुको अचार ल्याइदिनु भयो| पंकजले खाना
धेरै हुन्छ भन्दा भन्दै पनि सनिराको मामुले फिर्ता लान मान्नु भएन र सनिराले आखाले
केहि इशारा गरि पंकजलाइ|
“मैले पनि बिहानबाट केहि खाएकी छैन| के को धेरै हुन्छ भनिरा| अलि तिमि खाउ अलि म खान्छु|” सनिराले यति भन्दा पंकजको खुसि
दोब्बर भयो| सनिरासंग समय बिताउन पाउदाको खुसि संगै एकै थालमा खाना खादा दिब्बर
नहुने पनि हुन्न नि|
“त्यसो भए त पुग्दैन नि| तिमीले नै यो सबै सक्याउछौ|” सनिरा मायाले बोल्दै थिइन्
तर पंकज जिस्किदै छ| यो पलको मिठास भंग नहोस् पंकजले गर्दा|
“छिटो खाउ| अनि हामि घुम्न जानु पर्छ|” सनिराले घुम्न जाने योजना बनाएकी रैछिन्|
पंकजले यति थाहा पाएपछि उसको अघि दोब्बर भएको खुसि फेरी पनि दोब्बर भयो|
“कहाँ जाने र हामि?घरबाट जान दिनुहुन्छ?” फेरी यो कस्तो प्रश्न हो पंकजको! सनिराले
केहि नसोची यो योजना त पक्कै पनि बनाएकी हैन होला|
“ किन जान नदिनु नि? घुम्न जाने हो, भाग्ने भनेको हो र?” सनिरा पनि पंकजले जसरि नै
जिस्किएर जवाफ फर्काउन लागिन्| पन्कज्को हावा लागेछ क्यारे सनिरालाइ|
“ के थाहा मैले भगाइदिए भने नि?” पंकज थप जिस्किन लाग्यो| सनिराको जवाफ के आउने हो
अब? पन्कज्को यो जवाफलाइ सनिराले कुन रुपले लिनेछिन|
“भगाउने आट छ? छ भने भागीदिन्छु म पनि|” पंकजबाट जिस्किन सिकेकी जस्तो मानेको तर सनिरा
यस्तो जिस्किने शैलीमा पंकज भन्दा एक कदम अघि रैछिन्|
पंकजले पुरी चपाएर निल्न लागेको थियो, पुरी घाटीबाट
पेट सम्म पुगेको पनि थिएन| यस्तो अवस्थामा सनिराले पन्कज्को सात्तो साने कुरा
गरिन्| पंकजलाइ सर्केर आयो र पंकज खोक्न लाग्यो| बोतल खालि छ पानिको, सनिरा कुदेर
पानि लिन गइन् र ल्याएर पंकजलाइ दीइन्| पंकजले पानि पिउदै गर्दा सनिराले पंकजको
ढाड थप्थापाउन लागिन्| सनिराको कुराले अघिनै गाह्रो भइसकेको थियो पंकजलाइ, त्यसैले
त हो खाना सर्केको|
झन् सनिराको हातको स्पर्श उसको ढाडमा महसुस गर्दा, पंकज पसिना पसिना भयो| काडा
उम्रियो उसको शरीरमा, मुटुको गति नाप्न सकिन्न होला र सास फेर्न पनि गाह्रो भयो
पंकजलाइ| उ कस्तो अत्तालिएको, जाबो स्पर्श त हो नि| हातको स्पर्शले यस्तो गाह्रो
बनाएको छ पंकजलाइ, ओठ चुम्दा हस्पिटल पुग्छ पंकज| एकछिन पछी सनिरा आफ्नै ठाउमा आएर
बसिन् र पंकज पनि सामान्य भयो|
“कहाँ जाने हामि?” पंकजले फेरी पनि प्रश्न गर्यो सनिरालाई|
