आजको घटनाको बारेमा बिचार गर्दा म यो निस्कर्षमा पुगे | तर अझै मेरो अगाडी आज सिनेमा हलका सम्पूर्ण घटना कुदिरहेको देख्छु | उसंग हुन मन लागेको हो ? भेटे देखिको आजसम्मको सम्पूर्ण कुरा हरु आफै याद आएरहेका छन् | भएन, सायद ताजा भएर सबै कुराहरु याद आएरहेको होला | आज सुतेर भोलि उठेपछि सबै कुरा सामान्य हुन्छ होला | मेरो दिमाग पनि | मैएली लुगा फेरेर सुत्ने लाग्य थिए | फोन बज्यो मेरो | samsungको ringtone मेरो कानसम्म पुग्यो र ध्यान खिच्यो फोन को स्क्रीन सम्म | मोबाइलमा saved नम्बर थिएन | नचिनेको नम्बरबाट कल, उठाए | उताबाट “हेलो आवाज आयो | मैले पनि हजुर भने आवाज केटिको ? त्यो आवाज सुन्नासाथ मेरो दिमागमा प्रस्न उठ्यो को हो यो केटि ? मेरो सम्झनाको बाकसको चाबी सोचले खोले र मैले चिनेका सबै केटि हरुको आवज दिमागमा खेलाउन थाले अनि यो आवजसंग मिलाउन थाले | फेरी उताबाट ‘मलाई चिन्नु भयो ?’ भनेर प्रस्न आयो | ए ‘निस्मा’ मुखबाट अनायासै नाम निस्कियो | उसको प्रस्न को उत्तरको लागि हैन | मैले दिमागमा खेलाएको केटि हरुको आवाज संग उनको आवाज मिल्यो |
“बा खतरा तपाई त मैले केहि नभनी चिन्नु भयो |’ भनेर उनि हासिन् |
“हजुर |” मैले सानो स्वरमा भने मानौ जबरजस्ती मेरो मुखबाट आवाज निस्केको होस् |
“मेरो नम्बर कहाँ बाट पायेउ ? “
“तपाइको facebook प्रोफाइलमा यो नम्बर थियो अनि मैले dial गरे हो रैछ, अनि पाए |”
“ए” मैले आफ्नो नम्बर राखेको त थिए तर यसरी कसैले कल गरिहाल्छा भन्ने मैले सोच्य थिइन | अघि मैले उनिसंग नभेट्ने निर्णय गरेको थिए तर उनको कल आउदा एकदमै उत्साहित भयो मेरो मन | सायद उनिसंग बोल्नु नै पर्छ म | अरु केहि उपाय छैन | म आफ्नो मनलाई नियन्त्रण गर्न सक्दिन | यो भावनाको मलाई अनुभव पहिले भाको थिएन | आज पहिलो पटक भयो | तेसैले सायद म यो भावनाको वार बाट बच्न सकिन | एती लामो समय सम्म चुप लागे पछी उनले फेरी हेल्लो भनिन् | म झसङ्ग भएर “हजुर, किन कल गरेको ?” भनेछु | सायद यो अलिक असभ्य प्रस्न भयो |
“म घर पुगे भन्नलाई कल गरेको | तपाइलाई चिन्ता लाग्यो कि भनेर |”
“अ चिन्ता लागेको थियो | नया बाटोमा हिडेको, हरायेउ भनेर |” आफ्नो असभ्य पनलै मैले यो झुट ले बचाउन सफल भए |
“हिहि अ बिर्सिन नि बाटो त | तपाई के गर्दै हुनुन्छ?”
“म सुत्न लागेको थिए |”
“ए तपाइलाई गारो हुदैन भने अनलाइन आउन मिल्छ ?”
खुसि भए म “हुन्छ म आउछु “ भने | तेत्तिकै ओठ मुस्कानमा परिणत भयो मेरो |
“ल मैले फोन राखेको अब अनलाइन बोलम है ?” भनेर उनले फोन राखिन् |
म ओछ्यानमा पल्टिएर facebookमा अनलाइन गए | उनको मसेज आइसकेको रैछ | हाइ भनेर |
सुरुमा तेस्तै साधारण कुरा भयो | उनले आजको जस्तो राम्रो दिन कहिले भएको थिएन भनेर भनिन् | मलाई यो कुराले खुसि भयो | मैले आट गरेर उनलाई प्रस्न सोधे “तिम्रो चै boyfriend छैन ?”
“ऐले छैन | थियो breakup भाको १ महिना हुन लाग्यो |”
“ए किन भाको ?”
“ऐले मलाई यो कुरा गर्न मन छैन, कुनै दिन सुनाम्ला हुदैन ?”
“हुन्छ “
हामीले गफ गर्दै १२ बजएछौ | मलाई त पत्तो नै थिएन | उनले गुड मोरनिंग भने पछी १२ बजेको थाहा भयो |
त्येसपछी मैले मूडमा आएर च्याट गर्दा गर्दै उनको लागि कविता लेखेर पठाए | उनलाई मन परेर my day र आफ्नो status पनि हालिन् |
“I like you “ भनेर उनले एक्कासी पठाइन् | म एकछिन स्तब्ध भएर उनको त्यो मेसेजलाइ हेरिराखे | मलाई झन् आपतमा पारिन् उनले म के भानु अब ? मैले के लेख्ने भनेर निर्णय गर्न सकिन | तातो महसुस हुन थाल्यो मेरो कानमा | मैले अघि ज गर्दिन भनेको थिए त्यहि मसंग भयो | अब म बिखालबन्धमा परे | उनले I like you भनेर के भन्न खोजेकी हुन् ? मलाई मनपराउछिन् ? मतलब ? मसंग बोल्न मन पराउछिन् कि मलाई रोमान्टिक पाराले मन पराउछिन् ? मैले टाइप गरे I like you too. तर फेरी हटाए | फेरी टाइप गरे ‘I like you भन्नाले ?’ फेरी डिलिट गरे | अन्त्यमा ‘म पनि’ भनेर पठाए | उताबाट रिप्लाई आयो |
“thank you. मैले त तपाइलाई नराम्रो लाग्छ होला सोचेको थिए तर धन्न | तपाइलाई मेरो के राम्रो लाग्छ “
“पैले तिमि भन “
“मलाई त तपाइँ किउट लाग्नु हुन्छ | तपाई intelligent हुनुन्छ | अनि लजाउनु हुन्छ | respect गरेर बोल्नु हुन्छ | थोरै बोल्नु हुन्छ | तपाइको आखामा हेर्दा अर्कै खालको चमक आउछ | तपाईसंग बस्दा vibe नै अर्कै खालको आउछ | म त तपाइसंग दिनभरी बसे पनि बोर हुदिन | अब तपाइको पाली, तपाइलाई मेरो के राम्रो लाग्छ ?”
अब मेरो पालि | लामो सास लिए अनि यो पालि चै जे जे आउछ मनमा दिमागमा सबै भन्छु सोचेर टाइप गर्न थाले |
“कुनै लेखकले भन्दा तिमीलाई अप्सरा, स्वर्गको परि भन्छ | कुनै साधारण मान्छेले तिम्रो आखालाई लोभ लाग्दो भन्छ | कुनै फोटोग्राफरले तिर्मो सरिर्लाई सेक्सी भन्छ | कुनै साहित्यकारले तिम्रो बारेमा एउटा कविता लेखिदिन्छ | कुनै भक्तले तिमीलाई आफुले पुज्ने स्थानमा राख्छ | कुनै दार्शनिकले तिमीलाई चिन्तनसील व्यक्ति भन्छ | कुनै मित्रले तिमीलाई बेस्ट फ्रेन्ड भन्छ |’
एती लेखेर पठाए | हिम्मत जुटाएर |
“ok तपाइले भन्नु पर्यो भने चै के भन्नु हुन्छ ?”
“मैले तिम्रो बारेमा भन्नु पर्यो भने म माथि भनेको सबै मान्छे एकै चोटी हुन्छु | अनि सबै कुरा भन्छु |”
उनले मुटुको emoji पठाइन् | अनि तेस्पछी kissको | मेरो मुटु झन् बेस्सरी ढुक ढुक गर्न थाल्यो | मेरो ओठ मुस्कुराको मुस्कुरकै गर्न थाल्यो | ओठमा लुगा झुन्ड्यउने hanger राखे जस्तो | उनको मेसेज आयो “आज नसुत्ने हामि ?”
मलाई सुत्न त मन थिएन उनिसंग अझै कुरा गर्न मन थियो | धेरै कुराहरु उनको बारेमा उनको स्वर पनि सुन्न मन थियो | उनलाई अँगालो हालेर उनको बारेमा उनिसंग कुरा गर्न मान्न थियो | तर रातिको १ बजिसकेको रैछ | निन्द्रा त खैर भागिसकेको थियो | तर आज सुतिन भने भोलिको दिन पुरै खराब हुन्छ, दिमागले राम्ररी काम गर्न सक्दैन र दिनभरी खराब मूड हुन्छ | त्येसैले उनलाई अब सुतुम भने | भोलि कलेज जानु पर्छ चाडै उठ्नु पर्छ ५ बजे हिड्दै जानु पर्छ भने |
“म तपाईलाई लिन आउछु अनि संगै जाने नि , केहि समय बेसी पनि सुत्न पाउनु हुन्छ |” उनले भनिन्
मलाई यो मौका गुमाउनु थिएन | मैले हुन्छ आउ भनेर मेसेज पठाए | अनि हामि एकार्कालाई गुडनाइट भनेर अफलाइन भयेउ |
म सुत्ने प्रयासमा थिए उनले पठाएको मेसेज र मैले पठाएको मेसेज सम्झिएर मुस्कुराउदै घरको माथि सिलिंगमा हेरेर पल्टिरहेको थिए | एकोहोरो टोलाएर ढल्किरहेको थिए | फोन आयो | उनकै नम्बर हो | हत्तार हत्तार उठाए |
“हेल्लो ? के भयो ? सुतेको छैनौ ?”
“अह तपाइँ पनि त सुत्नु भाको छैन नि “
“अ निदाउन लाग्या थिए | फोन बजेर उठे |”
“निदाउन लाग्या मान्छेले एक रिंग पनि नगई फोन उठाउछ ?”
म हासे उनि पनि हासिन् |
“मलाई तपाइको आवाज सुन्न मन लाग्यो अनि बोलेरै गुड नाइट भन्न मन लाग्यो अनि कल गरेको “
“ए राम्रो | “
अलिकति हिहि गर्दै हासिन् उनि | उनि हासेको मलाई एकदमै मनपर्यो | यो हासो सुनिराखु जस्तो | म पनि मन्द मन्द मुस्कुराउदै थिए | उनले गुड नाइट भनेर फोने राखिन् | एकछिन फोन हातमै बोकेर आखा चिम्म गरे | messengerमा टिंग गरेर आवाज आयो | उनकै मेसेज होला भनेर खोलेर हेरे | चन्द्रको प्रकाशमा झ्याल निर बसेर खिचेको उनको सेल्फी अनि “तपाइलाई म एकदमै राम्री लाग्छ है ? यो फोटो तपाई सुन्दरता अवलोकन गर्ने व्यक्ति बनेर हेर्नु “ उनको त्यो मेसेज पढे पछी त्यो hanger झुण्डाएको जस्तो मुख लिएर उनलाई धन्यबाद भनेर रीप्लाई गरे | उनबाट kissको एमोजी आयो अनि मैले मोबाइल चार्जमा राखेर सुते |
भोलिपल्ट करिब ५ बजे मेरो फोन बज्यो | अर्धनिद्रा अवस्थामा मैले कल रिसिभ गरे कसले गरेको हो भनेर नहेरी | आवाज सुनेपछि म एकैचोटी बिउझिए | अलार्मले भन्दा पनि प्रभावकारी तरिकाले, मुख धोएर भन्दा पनि निकै फ्रेस भएर } निस्माको कल, बिहान उठ्नासाथ निस्मको आवाज मेरो कानबाट चेतनाको पृष्ठभूमिमा घुम्न आयो | उनि मेरो रूमको गेट अगाडी आइसकेकी थिइन् | हत्तार हत्तार लुगा लगाएर निस्किए | रूम भित्र बोलाऊनै पर्यो, बाहिर पर्खाईराख्ने त कुरा आउदैन | उनलाई भित्र मेरो रूममा निम्त्याए | उनि रूम छिर्ने बित्तिकै मेरो स्टडी डेस्कमा भएको किताबतिर आकर्षित भईन् “बा कति धेरै किताब “ उनले एउटा किताब लीईन् अनि मेरो ओछ्यानमा गएर ढल्कीन् | मैले मा फ्रेस भएर आउछु है भनेर उनलाई त्यहि छाडेर बाहिरको बाथरूम तिर लागे |
उनले कलेजको uniform त लगाएको थिइन त | आज सायद आउट ड्रेसमा जाने होलिन् उनि | हात मुख धोएर, चुरोट तान्दै भुडी रित्तो परेर म कोठा भित्र गए | “अनि आज तिमि आउट ड्रेसमा कलेज जाने ?” प्रश्न सोध्दै लुगा हातमा लिदै थिए कलेजको | उनले किताबबाट आफ्नो टाउको उठाएर म तिर हेरर भनिन् “अ…… आज कलेज बंग्क हानुम हामि | “ म एकछिन नहाल्ली जहाँ थिए त्यहि उभिए –“बंग्क ? अनि बंग्क हानेर का जानु र ? के गर्नू र ?”
“केहि न केहि येही बस्ने किताब पढ्ने, खाजा खाने, खान खाने अनि कुरा गर्ने | हिजो को कुरा गरेर सक्कियेकै छैन |”
एक्कासी मुस्कानको आकार लियो यो ओठले | खुशीको भावना बाढी जस्तो मनमा बग्न थाल्यो र कलेज जाने सोचलाई बगाएर धेरै पर लगिदियो | मैले केहि उत्तर दिनु अगावै उनले “खै” भन्दै one piece भित्र सजिएको शरीर ओछ्यानबाट उठाइन् र घडीले सु सज्जित देब्रे हातले मैले बोकेको कलेजको uniform लिईन् अनि ओछ्यानमा फ्याकिदीन् | अनि मेरो हात समाएर मलाई ओछ्यानमा बासाइन् अनि मेरो अगाडी आफु बसिन् | आफ्ना दुइटा हातले मेरा दुइटा हात समाइन् अनि वार्तालापको प्रारम्भ गरिन् |
“ एती धेरै किताब कैले देखिन् किन्न थाल्नु भाको ?”
“म १० क्लासमा पढ्दा देखिन् किन्न थालेको |”
“अनि तपाइँ यो कोठामा एक्लै बस्नु हुन्छ, कोहि साथि छैन | कसरि बस्नुहुन्छ ?”
“मलाई एक्लोपनमा बस्दा र सोच्दा धेरै रमाइलो लाग्छ |”
हाम्रो वार्तालाप भन्दा पनि अन्तर्वार्ता जस्तो भैरहेको थियो |
“तपाइँ आफै पकाएर खानु हुन्छ ? पकाउन आउछ ?”
“आउछ नि, एक्लै बसेपछि धेरै कुरा सिक्नु पर्छ | बाच्नु त् पर्छा तेस्को लागि पकाउन सिक्नु नै पर्छ |”
“मलाई भोक लागिराछ , खाजा पकाएर खुवाने ? तपाइको पाहुनालाई ?”
मैले सोध्ने तिर ध्यान नै दिनछु | चिया पनि सोध्य थिन निस्मलाई | म हत्तारमा उठे तर निस्माले मेरो हात समाकै थिइन्, छोडिनन् | “त्यसो भए म चिया पकाउछु अनि खाजामा क खाने ?”
उनि मुस्कुराइन् “ उम……चिया अनि इग अनि ब्रेड |”
“हुन्छ, सायद हात त छोड्नु पर्छ होला मैले पकाउन |” अप्ठ्यारो मान्दै भने मैले |
उनले म लाजको देखेर अझै ठट्टा गर्न थालिन् “नाइँ यसरी नै पकाउनु, यसरि नै लिन जानु समान, येसरी नै खानु, येसरी नै दिनभरी बस्ने |”
मैले के भन्नु र ? केहि बोलिन | उनले हास्दै “हाहा जानु लिन | केटि मान्छे जस्तै लजाउनु हुन्छ | आजसम्म तपाइ कोहि केटि मान्छेसंग एक्लै बसेर कुरा नगरे जस्तो |”
“छैन | तिमि नै पहिलो केटि मान्छे हो मेरो एती नजिक भाको “
“हो र ?” उनले आश्चर्यको भावना मिसाएर प्रस्न गरिन् | म मुसुक्क हासेर सामानहरु लिनको लागि कोठा बाट निस्किए |
समान किनेर ल्यायाए अण्डा उसिने, चिया पकाए | तेतिन्जेल कलेजको कुराहरु हुन थाल्यो हामि बीच | उनले पनि सहयोग गरिन् पकाउन | अनि केहि कथाहरुको बारेमा कुरा भयो | कुमार नगरकोटीको I was born tomorrow, I will die yesterday कविताको कुरा भयो, आदि इत्यादी | उनि मसंग पकाउन आउदा उनका हातले मेरा शरीर छुन्थे | मेरा पाखुरा समाएर हास्थिन् कहिले | कैले मलाई बिस्तारै कुत्थिन् कैले जिस्किन्थिन् कैले मेरो कुममा टाउको अडेस लगाएर बोल्थिन् | मलाई लाज त अवस्य लाग्थ्यो तर खुसि पनि हुन्थे मनमनै | एग र चिया पाके पछी हामि ओछ्यानमै बसेर खान थाल्येउ |
आफ्नो आफ्नो भाग खादै थियेउ हामि | उनले एग टिपेर आ गर्न भनिन्, मलाई खुवैदीन चाहिन् | मैले हुदैन भनेर बिरोध जनाए तर उनि जिद्दी थिईन् उनले मेरो विरोधलाई आफ्नो मिठो आवाजको बिनम्र अनुरोधले जितिन् | आधिमात्र खान आग्रह गरिन् अनि आधि मेरो जुठो भाग उनले खाइन् | “जुठो खाको ?” भनेर मैले उनलाई प्रस्न सोध्दा उनले “जुठो खायो भने माया बद्छ नि त भन्ने उत्तर दिईन् | मलाई यो पल एकदमै आनन्द आइराथ्यो | उनको आवाज, हासो सुन्दा एकदमै रमाइलो लाग्यो मलाई जस्तो मेरो प्रिय गायकको गीत सुन्दा हुन्छ, भक्तलाई भजन सुन्दा हुन्छ | मेरो जुठो अण्डा खाए पछी उनले अकस्मात एउटा प्रस्न गरिन्
“तपाइले ऐले सम्म कसैलाई किस खानु भाको छैन है ?”
म आतिए, उनको मुहार एकछिन हेरे , सायद उनले मलाई किस गर्न भन्छिन्, सायद उनले मलाई प्रस्न मात्र सोधेकी हुन् कि के हो ? मैले किस त के ऐले सम्म कुनै केटीलाई अँगालो पनि हालेको छैन | राम्ररी छोएको पनि छैन | उनिसंग जसरि कोइसंग बोलेको पनि छैन |
“भन्नु न |”
“ह ?” म झसङ्ग भए अनि उनको प्रस्नको उत्तर दिए “किस ? किस गरेको छैन | हग पनि गरेको छैन | मैले यो सबै केहि गरेको छैन |” भनेर मैले टाउको निहुराएर अण्डा टिप्न खोजिराथे | अण्डा समाको मात्र थिए, उनि मा नजिक आएको देखे | टाउको तल निहुरेको तर नजर माथि उनीमाथि | उनि मेरो नजिक आएरहेकी थिइन् | मैले टाउको पनि उठाए अण्डा मेरो हातमै छ | उनको शरीरको सुबास मेरो नाक्सम्म पुग्यो मजाले | उनको शरीरको सुबास बाहेक मेरो नाकले अरु केहि सुघ्न सकेन, उनि एती नजिक थिइन् | उनि अझै नजिक आइन् उनको तातो सास मैले मेरो गालामा महसुस गरे | उनि अलिकति उठेर आफ्ना दुइ हात मेरो घाटीको दुवै पट्टि बाट लागिन् अनि बेरिन् मेरो घाटिलाइ आफ्ना दुइ हातले | उनको छाती मेरो छातीमा टासियो, उनको दाहिने गाला मेरो देब्रेमा | उनले फेरेको सास मेरो कानमै गुन्जिन थाल्यो, उनको सासको गति अलिक बढेको थियो ढुकढुकी पनि | मैले मेरो दुइवोटै हात फिजाको थिए, उनको शरीर बेरेको थिइन, शरीर बाट बाहिर फिजिएको मेरो हातहरु मध्ये दाहिने हातमा अण्डा थियो जुन आफै खस्यो भुइमा |
“मलाई पनि अँगालो हाल्नु न |” उनले सुस्केरा लिदै भनिन् | त्यति खेर के भयो थाहा छैन तर उत्तेजित भएर मैले उनको शरीरलाई जोडसंग आफ्नो शरीरमा टासे | हामि करिब ४ मिनेट त्यहि अवस्थामा बसेउ, स्तब्ध भएर | अनि उनले आफ्नो शरीरलाई बिस्तारै मेरो अँगालो थोरै छुटकारा दिलाइन् | मैले आफ्नो हातलाई पुरै छुटाएर आफ्ना पाखुरामा राखे | उनले मलाई त्येस्तो आखाले हेरिन् मानौ उनि मेरो आखामा डुबेर नसालु भएर म मा सम्मोहित भईन् | चुपचाप थुक निल्दै | मेरो घाटी पुरै सुकिसकेको थियो | उनको मुहार नसालु देखिरहेको थियो | उनको हात अब मेरा दुइ कुमलाइ समौना बेस्ट थिए | उनले मलाई एकदमै लोभ लाग्दो नयनले हेरिन् जस्तो कुनै बच्चाले आफुलाई मन पर्ने कार्टून टेलिविजनमा हेर्छ | उनले आफ्नो मुहार बिस्तारै मेरो नजिक ल्याइन् आखा चिम्म गर्दै | मेरा आखा आफै चिम्म हुन थाले अनि उनको त्यो कोमल ओठको स्पर्स मेरो ओठमा पर्यो | अनि उनले आफ्नो ओठ मेरो ओठमा दबाईन् | म अचल भए कुनै निर्जीव बस्तु जस्तो | उनले आफ्नो शरीर अझै नजिक ल्याइन् | मेरो गर्दन पिछडी आफ्ना दुवै हातले सुमसुमाउन थालिन् अनि मेरो ओठलाई आफ्नो ओठले चलाउन थालिन् |
यो जस्तो आभास मलाई कैले भएको थिएन | अत्यन्त मिठो आभास | उनको लिपस्टिकको स्वाद मेरो जिब्रोमा, उनको कोमल ओठको आभास मेरो मुटुमा | शारीरिक प्रतिक्रिया | सायद यो आभासले हामि मान्छेलाई मान्छे हुनुको बोध गराउँछ | बयोलोजिकल रियक्सन हरु ले, एती खेर मैले अरु केहि सोच्न सकिन |
अचानक मेरा आखा खुले, मलाई असजिलो भयो | मैले उनको र मेरो शरीर छुट्टाए | उनलाई आफ्नो शरीरबाट पर राखे | उनले प्रस्नावाचक चिन्ह ले मेरो मुहारमा हेरिन् |
“I am sorry. म यो गर्न सक्दिन | मलाई थाहा छैन किन तर म गर्न सक्दिन |” भनेर मा खटियाबाट उठे | उनले मेरो हात समाएर रोक्न खोजिन् |
“I am sorry. म एसको लागि बनेको हैन | मलाई भावनाको जन्गुलमा अल्झिन छैन | मलाई यो सबै गर्नु छैन | म ज्ञानको लागि हो | “
“तर.. किन ? गलत के छ ?” उनले मुख बिगार्दै भनिन् |
“गलत केहि छैन | यो प्राकृतिक कुरा हो | तर मलाई माया प्रेममा ऐले फस्न छैन | तेहीपनि तिमीलाई प्रेम गर्छौ र ? भनेकी छौ र? म तिमिप्रति आकर्षित छु तर प्रेम गर्छु र ? थाहा छैन | अब यो किस हुन्छ अनि तेस्पछी अझै कुरा अगाडी बढ्छ अनि सम्भोग ?”
“मैले तेस्तो केहि भनेको छैन | केहि गर्न कर पनि गरेको छैन | it is just a kiss. “
“yeah. तिम्रो लागि होला तर I cannot do this.” मैले उनलाई नहेरी एती कुरा भने |
उनि जुरुक्क उठेर हेल्मेट लिइन् अनि sorry भनेर कोठाबाट बाहिर गइन् | स्कुटी स्टार्ट भाको आवाज सुनियो अनि उनि गइन् |
म ओछ्यानमा बसे | दुइ हत्केलाले आफ्नो मुहार छोपे अनि आफैलाई भने “but I love her.” हात मुखबाट तल सारे खटियामा अड्याए अनि लामो सास फेरे | “ तर मैले एस्लाई कैले पनि महत्व दीइन | यो मेरो सोचमा आउदै आउदैन | यो भन्दा अघि पनि मैले एसको बारेमा सोचेको हो | फिल्म हेरेर फर्किदा | तर किन मा उनि तिर तानिए ? प्रेम गर्नु पाप हैन तर मलाई प्रेम अथवा सम्बन्धमा पस्न छैन | मेरो मस्तिस्कलाई प्रेमको झोलमा डुबाउन छैन | एसले मेरो सोचको आधि भन्दा बेसी समय खाइदिन्छ | मलाई जति सक्दो ज्ञान दिमागमा अटाउन छ | म कुनै मानवीय भावनामा डुबेर मेरो जीवनको असली अर्थलाई कसरि कम समय दिन सक्छु ? मेरो जीवनको उदेश्य मैले ज्ञान प्राप्ति राखेको छु | म अरु कुरामा पस्न सक्दिन | अह यो हुन सक्दैन | but I love her. I love her too much. But I love her. क गरौ म ?”
