आज म लाइब्रेरी जादै थिए सिधै कलेज छिर्ने बित्तिकै | बाटोमा पिछडीबाट बोलाएको आवाज सुने | प्रायः गरि मलाई बोलाउने आवाज केटाको हुन्थ्यो तर आज केटि को सुनियो | बोलाको आवाज तिर मुन्टो फर्काएर हेरे, निस्मा | अब के कुरा गर्छिन यो केटीले, काम छ भनेर पन्छिनु पर्यो सोचिराथे | तर उसको पहिलो प्रस्न “descartesको हिजो को किताब पढ्नु भयो पुरै तपैले ?” उत्तर दिने पर्यो किताबको बारेमा प्रस्न सोधेपछी “हजुर” | “तपाइलाई के लाग्छ उसको conclusion ‘I think, therefore I am.’ मलाई त चित्त बुझेन | उसको त्यो conclusion, जस्तो म सोच्छु त्येसैले म छु | एसको मतलब त म सुत्दा वा निन्द्रामा हुदा त अस्तित्वमै रेनरैछु |” ओहो अस्तित्व सब्द प्रयोग गर्ने पहिलो केटि | मलाई अब कुरा गर्न मान्न लाग्यो त्येई माथि descartesको कुरा | मैले आफ्नो बिचार प्रस्तुत गरे उसको सामु | उनि ध्यान दिएर सुन्दै थीईन् |
मैले भनेका वाक्यहरु, तर्कहरु उनि ध्यानले सुनिरहेकी, उनलाई चित्त बुझेका कुराहरुमा टाउको हल्लाउदै | मेरा आखामा हेरेर, जस्तो कि मेरो आवाज सुर्यको किरण र उनि सूर्यमुखी फुल | उनका माथिल्ला र तल्ला ओठ बीच बिचमा छुट्टिन्थे “हजुर “ भन्दै | उनि कहिले काही आफ्नो मुहारमा आखा छोप्ने गरि आउने कपाल कान पछाडी नलगी हेरिरंथिन मलाई | उनका आखा चम्किला, तारा उनको रेटिनामा छ जस्तो | मैले आफ्नो दिमागमा भएको सबै कुरा भनिसकेपछि उनले एउटा अर्को प्रस्ताब राखिन् “जाम चिया खान | हुन्छ ?”
उनको चेहेरको तेज, मुहारको सुन्दरताको दृष्य र विनम्रताले मैले उनको प्रस्ताब अस्विकार गर्न सकिन | उनिसंगै हिन्दा मलाई अरुसंग हिडे जस्तो लागेन | उनले दर्शनशास्त्रका कुराहरुको बारेमा गफ गर्दा मलाई रमाइलो लाग्यो | अझै कुरा गरौ जस्तो | आफ्नो कटाहरुसंग पनि कहिले आफुले रुचाएको कुरा गर्न पाउदिन थिए |
चिया पिउदै गफ गर्दा उनलाई हेरिराखे, एस्तो केटि पनि हुनेरैछ्न् हाम्रो कलेजमा | उनले प्लेटो, सुकरात जस्ता दर्शनिकका कुरा गर्न थालिन् | उनलाइ मनपर्ने किताबको बारेमा सुनाइन्, उपन्यास, कविहरुको बारेमा | मलाई उनको नाम त थाहा थियो तेही पनि सोधे “ अनि येती ज्ञान भएको मान्छेको नाम क हो ?” मलाई भन्न त मन थियो येती राम्री मान्छेको नाम के हो भनेर तर मलाई आँट आएन अनि लाज पनि लाग्यो भन्न | आजसम्म कसैसंग येसरी बोलेको छैन | कि त केटीहरु एस्तो कुरा नगर भन्थे कि त आफै पन्छिएर जान्थे कि मै जानु पर्थ्यो | उनि सुरुमै मसंग मलाई मनपर्ने कुरा गर्न आइन् |
चिया पिएकै रैनारैछु | उनको मिठो आवाजले “चिया खानु न” भनिन् अनि झसङ्ग भए | म त उनलाई मात्र हेरिरको रैछु | मलाई चिया खानु न भने पछी मैले उनीबाट नजर हटाएर चिया पिउन थाले | मैले तेती खेर आफ्नो मुहार हेर्न पाएको भए सायद आफ्नो मुहार रातो देख्थे होला, लाजले | उनले सायद देखिन्, खितीती हासिन् अनि चियाको पैसा तिर गइन् Canteenko दिदीलाई | उनि आइन् अनि मसंग अझै कुरा गर्न थालिन् | यो पालि दर्शनशास्त्रको हैन |
“आज कलेज पछी तपाई फ्री हुनुन्छ?”
मलाई के गरौ के जवाफ दिउ भयो | मुखबाट निस्किहाल्यो “आज मलाई काम छ घरमा एउटा कथा लेख्नुछ |”
“ए के को बारेमा हो? मलाई नि पढ्न दिनु है?”
मैले हुन्छ भने | मा गको अब क्लास भनेर त्यहाँ बाट गए | उनि पनि सायद क्लास नै त गइन् होला |
म चै क्लास हैन सिधै कलेज बाहिर गए , घर तिर | बाटोमा सोच्न थाले, किन मैले उनलाई आज फ्री छु भनिन ? उनले के सोध्न लाग्या थिईन् ? सायद कतै जान , समय संगै बिताउन ? किन ? ओहो मैले हुन्छ भन्नु पर्थ्यो | मलाई अपसोच भैरहेको छ, किन मैले फ्री छु भनिन | उनिसंग समय बिताउन मन त छ | तर के हुन्थ्यो समय बिताएर ? मलाई उनि राम्रो लागिन् सायद अझै बढी लाग्थिन् होला | तर बेक्कारमा उनि संग समय बिताएर केहि उपलब्धि पनि हुदैन | उनि राम्री छिन्, म त केहि न केहि | तर उनि राम्री छिन मलाई उनिसंग एक्कासी समय बिताउन मन लाग्यो | उनिसंग बोलिरहन मग लाग्यो | facebook ID त माग्या भए हुन्थ्यो | तर केहि हुदैन बेक्कारमा उनिसंग बोल्छु अनि धेरै बोल्छु अनि बोलिरहन मन लाग्छ अझै धेरै, अनि बानि हुन्छिन् अनि त्येहि हो, माया लाग्न थाल्छ | अनि केहि न केहि समय नास हुन्छ किनभने उनले त मेरो बारेमा तेस्तो केहि सोच्दिन होला, अनि त्यो भन्दा त राम्रो किताब पढ़ुम, दिमागको ज्ञान बढाउ |
भोलिपल्ट कलेज गए | खाजा खाने बेलामा उनि साथिहरुसंग आइन् | म पनि आफ्नो साथीहरुसंग थिए | उनि सिधै मसंग आएर बसिन् | अनि उनका दुइटा साथीहरु मेरा दुइटा साथिसंग | साधारण कुरा गर्दै थियेउ हामि, उनि मेरो बारेमा अलिक बेसी सोध्दै थिईन् | मेरो घर, १२ कक्षा पढेको कलेज, स्कूल, कहिले देखी दर्शन्सास्त्र पढ्न थाले, हिजो के लेखे | अनि एक्कासी एउटा अचम्म खालको प्रस्न सोधिन् “ तपाइको त girlfriend होला है ?”
मलाइ अप्ठ्यारो लाग्यो यो प्रस्न एक्कासी सोध्दा | मैले छैन भने |
“ला तपाइको त हुनु पर्ने एती intelligent, राम्रो हुनुन्छ, ऐले सम्म नै कोइ छैन त ?”
मलाई अलिक अप्ठ्यारो महसुस भयो | यो प्रस्न को उत्तर दिन | ऐले सम्म कोहि केटिसंग एस्तो कुरा गरेको थिईन मैले | के भन्ने भनेर ठ्याक्कै दिमागमा आएन | “छैन | तेस्तो समय र मौका आकै छैन मेरो जिन्दगीमा |” अलिक मसिनो स्वरमा भने | भन्न मन त अर्कै कुरा थियो | “तिमि जस्तो कोहि भेटेको छैन “ तर आँट आएन एती एक वाक्य भन्न |
उनले भनिन अलिक सानो स्वरमा “म छु नि अब आइहाल्छ नि मौका “
उनले भर्खर के भनिन् ? मैले के सुने ? अलिकति मन खुसि पनि भयो | सोधे “भन्नाले?”
उनले मुस्कुराउदै भनिन “म खोजिदिन्छु भन्या के |”
“ए पर्दैन | मा यत्तिकै ठिक छु |”
मलाई अब असजिलो भैसकेको थियो हाम्रो वार्तालापले, असजिलो यो अर्थमा कि अब उनले के भनछिन् | फेरी यस्तै कुरा गरिन् भने म के भन्नु ? “ओइ स्पन्दन आज फिल्म हेर्न जन्छेस ?” धन्न आसिसले सोध्यो मलाई | हामि दुवैको ध्यान आसिस तिर केन्द्रित भयो | “कुन ?” मैले सोधे | प्रतीकले जवाफ दियो “ कबिर सिंह |“ “म जादिन, तिमीहरु जाओ |”
उनको दुइटा साथीले नि भने जुम न भनेर कर गर्न थाले | मैले अन्जानमै उनि तिर हेरे | निस्माले नि भनिन “जाम न, please |”
जान मन त छ | तर अघि प्रतिक र असिसले भन्दा मन छैन भने ऐले निस्माले भन्दा हुन्छ भने भने के सोच्छन् होला ? आ वहियातमा धेरै सोचिराछु | “हुन्छ, कलेज पछी जाने ?”
मैले यो भन्ना साथ प्रतिक्षाले भनिहालिन् “ओहो हामीले भन्दा चै मन् छैन, निस्माले भन्दा चै हुन्छ ? वाह वाह! “ अनि सबै जना गलल हास्न थाले | मैले केहि बोल्न नसकेर चुपचाप बसे | कक्षाको समय भए पछी सबै जना आफ्नो आफ्नो कक्षामा गयेउ |
कलेज सक्किये पछी प्रतिक, म र आसिस कलेजको गेट बाहिर पर्खियेउ तीनजनालाई | प्रतिको बाईक थियो, प्रतिक्षाको स्कूटी अनि निस्मा को पनि | हिजो सम्म मैले ध्यान देको थिइन कसले कसलाई पट्याउने प्रयास गर्दैछ | आज देखे प्रतिकको बाईकमा आफ्नो स्कूटी छाडेर प्रतिक्षा बसिन् | अनि प्रतिक्षाको स्कूटी आसिस्ले कुदायो जहा समिक्षा बसिन् | अनि म निस्माको स्कूटीमा |
टिकट काटेर हल भित्र छिरेउ हामी | आसिस समीक्षाको छेउको सिटमा, प्रतिक समीक्षाको छेउको सिटमा र बाँकी निस्मा र म, संगै | फिल्म आधा जति भाको थियो होला, म फिल्ममा मस्त डुबेको थिए | एक्कासी मेरो हातमाथि कसैको हात आयो | निस्मकै हो | मेरो मुटु जोडले धड्किन थाल्यो | अप्रत्याशित घटना, नसोचेको, किन ? उसको मुखमा एसो हेरे उनि त आसु झारिरहेकी रैछिन् | मैले के गर्ने सोच्न सकिन, हात हटाउ कि तेही छोडौ, कि उसको हात म समाउ ? मन थियो | उनले अझै जोडले मेरो हात समातिन् | म मुर्ति जस्तो भए | जोड जोडले सास फेर्न थाले | मुटु झनै बेस्सरी ढुक ढुक गर्न थाल्यो | उनको कोमल हातको स्पर्शको मजा पनि लिदै थिए म | तर केहि गरि पनि रहेको थिईन | उनले मलाई हेरिन्, मैले केहि भन्न सकिन | उसको मुहार मैले असजिलो भएर हेरे | उसलाई हेरी नै राखेर मैले आफ्नो हात बिस्तारै हटाए अनि गोजीबाट रुमाल झिकेर दिए | उनका आशुले सजिएका गाला र भिजेका नयन भाको मुहारको ओठमा सानो मुस्कान आयो अनि फिस्स हास्दै रुमाल लिईन् | अनि फेरी मेरो हात उनले मज्जाले समातिन् | मेरो पाखुराले उनको स्तन छुने गरि | मलाई झन् असजिलो भयो तर मैले केहि गरिन | चुपचाप फिल्म हेरेर बसे | मलाई थाहा थिएन मेरो घाटी कति खेर सुक्यो |
धन्न मध्यान्तर आयो र बत्ति बले पछी उनले मेरो हात छाडिन् अनि साधारण आसनमा बसिन् | मैले बाहिर गएर पानीको बोतल ल्याए अनि उसको लागि चिप्स | दुइजना मेरा साथीहरु र उनका दुइजना साथीहरु लगभग एउटै सिटमा बसिरहेका रहेछन् | ए त्यहि भएर फिल्म हेर्न जाने भनेका रैछन् | आसिसको ओठमा समीक्षाको लिपस्टिकको रंग छापिएको रैछ | आसिसले म तिर हेर्यो, मैले हातले इशारा गरे अनि उसले हत्तार हत्तार ओठ हातले पुछ्यो | ठ्याक्कै प्रतिक्षाले म तिर हेरेर लजालु मुस्कान मतिर फ्याकिन् | मलाई अलि असजिलो भयो र म निस्मलाई चिप्स दिने बहानाले उनीतिर फर्किए | उनि पानि खादै थिइन् | चिप्स लिइन्, फेरी हल अध्यारो भयो, मध्यान्तर सक्कियो र फिल्मको आधि भाग फेरी चालु | फेरी उनको हात मेरो हातमाथि, मैले हाम्रा दुइ खाप्तियेका हातलाई हेरे अनि निस्मा तिर | उनि मैतिर हेर्दै रैछिन् | म चकित भएर मेरा आखा ठुला भएर उनलाई हेरेछन् | उनले मुस्कुराउदै, आफ्ना आखि भौ माथि तानेर “के भो ?” भनेर इसारा गरिन् | मैले केहि हैनको संग्केतमा आफ्नो टाउको हल्लाए अनि फेरी फिल्म तिर ध्यान | फिल्म सक्कियो, बत्ति बल्यो फेरी | हामि उठेउ | साथीहरुसंग बोल्न भनेर उनीहरु तिर हेरे तर कोहि थिएनन् | अनि निस्मा तिर प्रस्नावाचक मुहार ले हेरे उनले भनिन् “तिनीहरु अघि नै गैसके | “ हामी पनि त्यहाँ बाट निस्कियेउ |
निस्माले पार्किंग बाट स्कूटी झिकिन् | म हलबाहिर पर्खिरहेको थिए | उनले मलाई घरसम्म छोडिदिन्छु भनेर कर गर्न थालिन् मैले धेरै बहाना बनाएर टार्ने प्रयत्न गरे तर सकिन | मैले उनिसंगै जानु पर्ने बाध्यता भयो | मेरो रूम पुग्न करिब आधा घण्टा लाग्छ | उनको fb ID माग्नाकोलागी म हिम्मत जुटाउदै थिए | के भनुम, कसरि मागम ? उनले स्कूटी कुदाउदै अलिक पिछाड़ी टाउको ल्याएर मलाई सोधिन् “ तपाई रूममा एक्लै बस्नु हुन्छ ?” “अ” मैले नि केहि सोध्नु पर्छ जस्तो लागेर उनलाई सोधे “तिमि नि ? को संग बस्छौ ?” “म त समिक्षासंग बस्छु |” “ए “ त्यसपछि केहि कुरा भएन हाम्रो | सिधै मेरो रूम अगाडी स्कूटी रोक्कियो | मैले उत्रिएर ल येही हो मेरो रूम | उनलाई थाहा नभएर अलिक अगाडी रोकेकी थिईन् | मैले सोचिराथिये कसरि ID मागु, त्यो तरिका सोच्दा सोच्दै उनले भनिन् “तपाइको facebook IDमा नाम के छ ? “ “स्पन्दन मात्र “ “स्पन्दन मात्र ?” “हजुर” उनले फोन झिकेर खोजिन् तर भेटिनन् | मैले आफ्नो फोन खोलेर उनलाई friend request पठाए. त्यहि accept गरिन् |
“म जान्छु है ?” उनले भनिन् | मैले उनलाई बिदा गरे | अनि म भित्र आफ्नो कोठामा गए |
कोठा भित्र पसेपछि म आफ्नो कुर्सीमा बसे जहाँ बसेर म किताब पढ्छु र लेख्छु | अगाडी डेस्कमा कुइना राखेर म सोच्न थाले आज के भयो ? के भयो मेरो दिमागमा ? मेरो घाटीमा ? मेरो पुरै शरीरमा ? त्यो सिनेमा हलमा ? आकर्षित भए म उप्रती | सायद त्यो छुवाई. संगै बसेको | थाहा थियो यस्तै हुन्छ उनिसंग समय बिताएपछि तर मैले यो कुरामा ध्यान दिनु हुदैन | म राम्रो boyfriend बन्न सक्दिन | अनि मलाई कुनै एस्तो कुरामा आफुलाई बहुलाउनु पनि छैन | यो कुराले मेरो जिद्नागिलाइ एकदमै गारो बनाउछ | सम्बन्धमा माया भएर मात्र पनि हुदैन अरु धेरै कुराहरु आउछन् | मायाले मात्र कसैको माया सफल हुदैन | मेरो पहिलो माया किताब हो | यो निर्जीव बस्तुसंगको माया र मान्छे संग को मायामा स्वर्ग र नर्कको फरक हुन्छ | तर म उसलाई माया गर्दिन भनेर यो भावना रुकिदैन | अवचेतन अथवा subconscious दिमागले उप्रति आकर्षित गरिसक्यो मलाई | मायामा फस्नु भनेको trolley problem भन्दा ज्यादा संग्कट भोग्नु हो | म उसलाई सायद भेट्दिन अब | नभेटेर नै मैले उचित निर्णय गर्छु | मायामा म आफ्नो भित्र को त्यो मान्छेलाई मार्छु जसले मलाई आज ज्ञान प्राप्तिको चाहनामा बाधेर राखेको छ |
