Part 4

त्यो दिन एकदमै महत्वपुर्ण थियो | म सम्झना गर्छु उनि मेरो रूम आको ४ दिन पछि मा कलेज पुनः गको थिए उनले कल गरे पछी | ३ पेग रक्सि खाइसके, १० वोटा चुरोट | वर्तमानमा विगतका कुरा समझदा मुटु भारि बोकेको गधा जस्तो हुदो रैछ, एकदमै भारि | रक्सीलाई गिलासमा फेरी हाले अनि अर्को चुरोट पनि बाले | खालि पानालाई टाइम मशिन बनाएर फेरी जिउन थाले त्यो दिनको यादहरु कलमले पानामा छाप्दै |
म उसलाई प्रेम गर्छु | तर म येसरी आफ्नो समय बिताउन सक्छु र ? मलाई ज्ञानको समुन्द्र्बाट मोति खोजेर निकाल्नु छ | मनलाई प्रेमको झोलमा डुबाएर जीवनको समय व्यथित गर्न छैन | उनले मलाई माया गर्छिन् त्यहि भएर त मलाई चुम्बन दिईन् | तर म माया वा सम्बन्धको लागि अझै तयार भएको छैन | मलाई किन अप्ठेरो लागिरहेको छ, आफ्नै माया आफैले स्वीकार गर्न | म सक्दिन अह | मलाई चिन्तन गर्ने व्यक्ति बन्नु छ | मलाई दार्शनिक जस्तो एक्लै बसेर यो दुनियालाई बुझ्नु छ | यो सम्पूर्ण जगतको रहस्य. यो सम्पूर्ण मानव सभ्यताको अर्थ, जीवनको अर्थ खोज्नु छ | धेरै प्रस्नहरुको उत्तर भेट्नु छ | म उसलाई माया गर्छु तर म त्यो कुरामा अल्झिन चाहन्न | २१सौ सताब्दीको महान चिन्तक, मलाई किताब लेख्नु छ | मेरो प्रेमी कलम र किताब मात्रै हो | मैले बाल्यकाल देखिन्को बुनेको सपना यहि हो | म प्रेममा अल्झिए भने मेरो जीवनको अर्थ अर्कै हुन जान्छ | मलाई यो मानवजातिभन्दा माथि उठ्न छ | मानवको साधारण बिचार भन्दा माथि | यो मानव सभ्यता भन्दा माथि | कुनै कुरासंग जोडिनु छैन | मात्र ज्ञान संग जोडिनु छ | मानवीय भावना भन्दा माथि उठ्नु छ | मानवको अस्तित्वमा रम्नु छैन | मानवको अस्तित्वलाई बुझ्नु छ, जाच्नु छ | तर म उनलाई प्रेम गर्छु | म एक्लै जन्मिए एक्लै मर्छु, बिचमा किन कोहि चाहियो र ?
उनि अत्यन्त राम्री, मलाई मनपर्ने व्यक्ति | उनको साथमा मेरो जिन्दगि नराम्रो हुन्छ र ? मान्छेलाई कसैको साथले झन् राम्रो बनाउदिन र ? प्रेम मानवीय भावना मध्येको सबैभन्दा सुन्दर भावना हैन र ? यो पृथिवीभरि प्रेमको छिट्टा छैन र ? मान्छे फरक हुन्छ, व्यवहार फरक तर प्रेम त सबै तिर एउटी हुदैन र ? म यो मनको भावनालाई बाधेर राख्न सक्दिन, राख्न हुदैन | मैले उनलाई मेरो मनको भावना पोख्न पर्छ | उनलाई मैले आफ्नो कुरा भन्न पर्छ | तर किन मसंग आट जम्मा भएको छैन यो सबै गर्नलाई ?
प्रश्नहरुको अदृस्य घेरो भित्र आफुलाई राखेर त्यो रात केहि नखाई भोको पेट लिएर सुते म | भोलि पल्ट बिहान उठे, कलेज जान मन लागेन, फेरी सुते | दिउसो बिउझिए, फोन हेरे, कल आको छ कि भनेर, मेसेज आको छ कि भनेर | केहि आको छैन | facebook खोलेर हेरे उनि अनलाइन पनि थिइनन्, मेसेज पनि थिएन | यहि खाटमा बसेर हिजो चुम्बन गरेको | यहि तन्नामा उनको शरीरको याद छ | ओछ्यानबाट उठ्नै मन लागेन | तेतिकै बित्यो त्यो दिन पनि |
भोलिपल्ट फेरी फोन हेरे केहि थिएन | एकचोटी फोन बज्यो, हत्तार हत्तार फोन उठाए, कसले गरेको नम्बर नहेरी | प्रतीकको रैछ | कलेज किन न आको भनेर सोध्न | मैले सन्चो छैन भनेर राखिदिए | उसले आउनुपर्छ भनेर सोध्दै थियो | मैले पर्दैन भनेर कल काटिदिए | म कहिँ निस्किन | न उनलाई कल गर्ने सामर्थ्य जुटाउन सके मैले न उनले कल गरिन् | तिन दिन येसरी नै बित्यो | तिन दिन म कहिँ निस्किन |
चौथो दिन सहन नसकेर मैले उठ्ने बित्तिकै उनलाई कल गरे | उनको फोन स्विच अफ | १ घण्टा पछि फेरी गरे, फेरी स्विच अफ | फेरी एक घण्टा पछि, रिंग गयो, रंगको आवाजसंगै मेरो मुटुको ढुकढुकी बढ्न थाल्यो तर उनले उथाइनन् | सायद रिसाकी होलिन् भनेर मैले ठाने | हुनपनि मैले उनको प्रेमको उपहारको उपहास गरेको थिए | उनको भवनको बेइज्जत गरेको थिए | उनि रिसाउनु मुनासिब थियो | तर हैन होला उनले फोन आएको थाहा पाईनन् होला भनेर फेरी १ घण्टा पछी कल गरे फेरी स्विच अफ | उनि वास्तवमै रिसाकी होलिन, मलाई झन् असजिलो महसुस भयो | पहिले प्रेमको उपहास गर्ने अनि एती दिनपछि उनलाई प्रेमको प्रस्ताव राख्न कल गर्ने ? माफी माग्न कल गर्ने ? उनलाई आफुसंग प्रेमको सम्बन्धमा गाँसिन अनुरोध गर्न कल गर्ने | फोनलाई डेस्कमाथि फ्याकेर, आत्मग्लानीमा र सिरकभित्र शरीर लुकाएर सुते म, निदाएछु |
फोनको रिंगटोनको आवाजले बिउझिए, ठ्याक्कै काट्न लाग्य रैछ | मन मनै को मर्यो फेरी भन्ने सोचेर मुख बिगार्दै उठे | सायद निस्मको कल होला भन्ने सोचले छिटो छिटो लगभग हाम्फाल्दै खाटबाट निस्किए अनि डेस्क तिर दौडिदै पुगे | साचिकै निस्माको कल, ८ चोटी अनि एउटा मेसेज | मेसेजमा ‘कल उठाउनु न प्लिज’ भनेर लेखिएको थियो | मैले चाडो चाडो कल गर्न खोज्दै थिए | फेरी कल आयो उनको | हत्तार हत्तार उठाए, उनले हेल्लो भन्दा एकदमै शान्ति अनुभव भयो | ३ दिनसम्म जोरो आएर भर्खरै निको भए जस्तो |
“किन फोन उठाउन यत्रो टाइम लाउनु भाको ?” उनको आवाजमा दुखको भावपनि मिश्रीत थियो | अलि अलि खुसिको पनि |
“म सुतिराथिये “
“ए तपाई कलेज आउनु भाको हुनहुन्न रैछ त | ४ दिन भैसक्यो | बिरामी हुनु भयो ?”
“हैन, मलाई आउन मन नलागेर न आको कलेज |”
“ए म पनि आजै आको थिए तपाईलाई खोजेको, ४ दिन देखि कलेज नै आउनु भाको हुनुहुन्न भनेर थाहा पाए |”
“ए तिमि चै किन नागको कलेज ?”
“वास्तवमा त्यहि कुरा गर्न तपाईलाई खोजिराको थिए | कहिले आउनु हुन्छ कलेज ?”
“के कुरा ? भन न |”
“हैन फेस टु फेस नै कुरा गरौला | त्यसरी नै ठिक हुन्छ |”
“हुन्छ | मलाई पनि केहि भन्नु थियो | तिमीलाई भेटेरै भन्छु |”
“हुन्छ |”
“ऐले फोन राख्छु है ?”
“हस बाइ “
“बाइ “
बल्ल शान्त भयो मन, खुसि भयो मन | भोलि कलेज जानु पर्छ अनि उसलाई भन्छु म, म उसलाई माया गर्छु | उनले चै के भन्न खोजेकी हुन् ? मैले ज भन्न लाग्या छु त्यहि ? सायद त्यहि होला | उनले पहिले sorry भन्छिन् अनि माफी माग्छिन उनले गरेको कुरामा अनि त्यसपछि म उनलाई मेरो मनको कुरा भन्छु अनि अँगालो हाल्छिन् | यो सबै कुरा कल्पना गरेर म एकदमै रमाउदै थिए | मन भरियो यो कुराले, अनि पेट खालि भाको आभास भयो | यो आभासलै दृढ पार्न एकचोटी करायो पनि पेट भोकको ऐलान गरेर | मुस्कुराउदै म खाने कुरा खोज्न थाले | अस्तिको झरेको अण्डा त्यहि भुइमा थियो | त्यो पनि टिपेर खाए, भुइमा खस्य होस कि जहाँ सुकै होस | मन खुसि भयो भने नमिठो कुरामा पनि मिठास आउछ | आज त मासु खान पर्छ, यतिक दिन पछी भोक लागेको मिठो आभास भयो | शरीरलाई यति धेरै कस्ट दिए मैले | आज यसको महोत्सव |
बाहिर गएर मासु लिएर आए | पकाए, खाए | खाइसके पछी निस्मा अनलाइन छिन् कि भनेर facebook खोले तर थिइनन् | तर केहि छैन भोलि भेट भैहाल्छ नि | भोलि चाडै आओस लागिरहेको थियो | सुतिहाल्छु भोलि आफै आइहाल्छ | तर निन्द्रा नै लागेन | जबर्जस्ति सुत्न खोजे तर सकिन |उठेर डेस्कमा गएर लेख्न थाले, कविता | भोलि उनलाई यो पनि दिन्छु | अनि मनको कुरा पनि भन्छु | एकदमै राम्रो प्लान | कविता जोड जोडले पढ्न थाले अनि आफै खुसि भए | भोलि उनि पनि खुसि हुन्छीन् | उनको खुसि मुहार सम्झेर रम्न थाले | सायद उनि खुसीको आशु पनि झर्छिन होला नि | उनको facebook प्रोफाइल खोलेर उनको फोटोहरु हेर्न थाले म | उनको एउटा फोटो, सेतो ड्रेसमा एकदमै राम्री देखिएको थियो | उनको candid फोटोमा मुस्कान अत्ति नै राम्रो थियो | उनको मुहारमा जुम गरे फोटो अनि उनले मलाई चुमेको ओठमा | चुम्बन याद आयो, त्यो आभास, त्यो पहिलो चुम्बनको आभास | उनको लिप्स्तिकको स्वाद | उनको हातको स्पर्श, उनले सुमसुमाको मेरो गर्दन, महसुस हुन थाल्यो जस्तो उनि मेरै अगाडी छिन् र फेरी चुम्न लागेकी छिन् मलाई | जिउ सिरिङ्ग भयो, ओठ ज्यादा नै च्यातियो मुस्कानले | फोन सिरानीको छेउमा राखेर सुत्न तिर लागे | आखा चिम्म गरे अझै मुस्कानको आकार ओठले बनाइरहेको छ | अलार्म लाएर सुत्नु पर्छ, भोलि चाडै उठिन भने ? बिहान ४ बजेको अलार्म लगाए, भोलि जादा नुहाएर, अलिक handsome भएर जानु पर्छ |
अलार्म लगाए अनि सोच्न थाले | उनि पनि किताब र दर्शनशास्त्र रुचाउने मान्छे | उनिसंग सम्बन्धमा बस्दा केहि हानि पनि हुदैन | उनले मोर लक्ष्य र सोच बुझ्छिन् | उनको सुन्दर मुहारलाई सम्झिराखेर म कतिखेर निदाएछु थाहा भएन |
कलेज जाने बित्तिकै उनलाई देखे | उनि canteenमा थिईन्, खाजा खादै | परै देखिन् उनलाई हेर्दै उनलाई भेट्ने आतुरता मनमा बढाउदै उनि भाको पाइला बढाउन थाले | उनलाई हाइ भन्नासाथ अँगालो हालौ कि ? भनेर सोचिराथे | तेस्तो गर्नु उचित हुन्छ या हुदैन ? उनि साथिहरुसंग कुरा गर्दै हास्दै खाजा खादै थिईन् | उनले मलाई देखिन्, उनि खाइरहेको खाजा छाडेर म तिर आउन थालिन्, मुस्कुराउदै | म उनि तिर बढ्दै उनि म तिर बढ्दै | उनि म नजिक आउनासाथ मलाई अँगालो हालिन् | अनि अँगालो हालेर “I am sorry. मैले तपाइको feelingsलाई consider नगरी तेस्तो गरे | मैले पहिले तपाईलाई म के सोच्छु भन्नु पर्थ्यो |”
मेरो मुहार प्रफुल्लित भयो | खुसिको सिमा रहेन, मन भित्र भित्र उफ्रिन थाल्यो | उनले मलाई अँगालो बाट छुटकारा दिएर मेरो मुहार हेरिन्, मिठो मुस्कानका ओठमा फैलाएर |
“ आज म भन्छु…”
उनलाई बिचमै रोकेर मैले भने “म भन्छु पहिले “ मैले सोचे केहि कुरा त म पहिलो गरौ | आजसम्म उनले मात्रै सुरु गरिन् सबै कुरा |
“I love you. I am sorry for my behavior. तर म तिमिलाइ एकदमै धेरै प्रेम गर्छु | म माफी चाहन्छु तिम्रो भावनाको अपमान गरे | तिम्रो चुम्बनको अपमान गरे | तिम्रो आलिङ्गनको अपमान गरे | तर म तिमीलाई साचिकै धेरै नै माया गर्छु |”
मेरो यो स्वीकारोक्ति सुनेर उनको मुहारमा खुसीका धर्सा हरु देखिन थाले | एती धेरै मुस्कुराईन् उनका आखा नै साना देखिन थाले | उनले मुस्कुराउदै – “I love you too.” भनेर मलाई अँगालो हालिन् | एक्कासी मेरो दिमागमा गीत बज्न थाल्यो | सायद धेरै खुसि भएर होला | एति धेरै खुसि म कहिले भाको थिइन | गीत बजिराछ म उनलाई अँगालो हाली रहेको छु | यो खुसिको पल महसुस गर्न र येस्मै हराउन आखा बन्द गरे अनि उनलाई जोडले अँगालो हाले | म बादलमाथि उडेको झैँ महसुस गर्न थाले | पृथिवीका सम्पूर्ण कुरा गायब भए अस्तित्वबाट मात्र उनि र उनको अँगालो अनि म, यति मात्र अस्तित्वमा छ जस्तो लाग्यो एकछिन | अनि मेरो दिमागमा बजिरहेको गीत |
मेरो आखा खुल्यो, भुइमा तेर्सिएको जस्तो आभास भयो, खुसि सम्हाल्न नसकेर लडे कि क्या हो ? माथी सिलिंग देखे पछी थाहा भयो | सपना देखेको रैछु | त्यो गीत त अलार्म रैछ | आफैमाथि हास उठ्यो | अलार्म बन्द गरे, उठे, नित्य कर्म सक्याए | आज त नुहाए पनि | कहिले नलाउने सेन्ट पनि छार्किये अनि हिडे कलेजको लागि | आधि बाटोमा पुगे पछी ढिलो हुन्छ जस्तो लागेर वा चाडो पुग्न मन लागेर सफारी रोकेर त्येस्मा चढेर गए कलेज | कलेज पुगेर निस्मालाई खोज्न थाले, लाइब्रेरीमा, canteenमा, उनको क्लासमा तर कतै भेटिन | चाडो पुग्या रैछु, घडी हेरेको ६ पनि बजेको रैनछ | हिजो राति लेखेको कविता हातमा लिएर उनलाई पर्खिरहेको थिए, उनको क्लास अगाडी | उनि स्कुटीमा आइन्, स्कुटीले उनलाई चिने | हेल्मेट खोलिन्, स्कुटीमा राखिन् अनि म भए तिर आइन्, म पनि उनीतिर बढ्दै गए | उनि मेरो नजिक आइन् | उनलाई हेरिराखे मैले | मैले उनलाई अँगालो हाल्न लाग्य थिए, उनले भनिन् –“लाइब्ररिमा जुम या ओपनमा कुरा गर्न मिल्दैन |” मैले हुन्छ भनेर उनको पछी लागे | उनलाई अँगालो हाल्ने चाहना तीव्र रुपमा आउन थाल्यो ममा | हामि लाइब्रारी पुगेउ | अनि एकअर्काको आमने सामने हुनेगरि कुर्सीमा बसेउ |

Previous article
Next article

Latest Posts