Part 5

उनले आफ्नो पहिलो शब्द मेरो अगाडी फ्याकिन् – “I am sorry. त्यो दिन जे भयो | त्यसको लागि धेरै धेरै माफी | मैले केहि नसोची त्यस्तो गरे तपाइको feelingsको ख्याल नराखी | I am sorry.”
“ठिक छ, केहि छैन ”
“तपाईलाई नि के कुरा भन्नु थियो ? भन्दै हुनुन्थ्यो ?”
“हैन पहिले तिमि भन “
“OK, म हिजो देखि कलेज आको | तपाइको रूम बाट म आफ्नो रुम पुग्दा, मेरो फोनमा कल आयो | अनि म गए त्यो फोन गरेको मान्छेले बोलाएर |”
“कसको फोन आको थियो ?” मैले बिचमै उनलाई रोके |
“अ त्यसकै बारेमा कुरा गर्न बोलाको थिए | तपाईलाई भन्या थिए नि मेरो ब्रेक अप भाको १ महिना भयो |”

एती सुनेर मेरो मुहारको हाउ भाउ परिवर्तन भयो | मुस्कान एक्कासी निभ्यो जस्तो कसैले क्यान्डल ‘फु’ गरेर निभाउदा आगो निभ्छ | मनलाई थाम्न सकिन उनले ज भन्न लागेको थिइन् त्यो म सुन्न सक्दिन | जबर्जस्ति “अ” भने |

“अ उसकै फोन आको थियो | अनि उसले मलाई सरी भन्यो | उसले खासमा उसलाई स्पेस चाहियो भनेर ब्रेक अप गर्या थियो | तर तपाइँलाइ र मलाई संगै देखेपछी कलेजमा उसलाई ईर्ष्या लाग्यो अरे उसले मलाई कल गर्यो अनि सरि भन्यो अनि हामि बाहिर घुम्न गको थियेउ | फेरी सम्बन्ध अगाडी बढाएर | मैले उसलाई भुलिसकेको जस्तो लाग्थ्यो तपाईलाई भेटे पछी तर उसले छोडेर गएको मेरो मुटुको भाग भर्न मात्र तपाइँप्रति आकर्षित भाको रैछु | म उसलाई नै अझै माया गर्दो रैछु | I am sorry. तपाईलाई मैले आफ्नो स्वार्थको लागि, आफ्नो टुक्रिएको मुटुको लागि औसधि जस्तो प्रायोग गरे | मैले दुखको अन्जानमै एस्तो गरे | चोटले मेरो आखा टालिएको थियो | के गर्दैछु थाह थिएन | मात्र मुटु खुसि पार्न थियो | तर मैले तपाइँसंग मित्रता त्यसको लागि गाँसेको थिइन | मित्रता मैले सचिकैको गासेको हो | तर त्यो सिनेमा हलमा जादा मलाई प्रतिक र आसिस अनि समिक्षा र प्रतीक्षालाइ देखेर एकदमै नराम्रो लाग्यो अनि ,,,I am sorry. तपाइले बुझ्नु हुन्छ होला |”
मलाई त्यहाँबाट भाग्न मन थियो | त्यहाँ बाट बिलाउन सक्ने भाको भए बिलाउथे होला एकैछिनमा | ‘हजुर म बुझ्छु केहि छैन’ भन्न सके | स्वरमा सामान्य पार्न प्रयास गरे धेरै अनि आखाबाट आँशु नझार्न पनि | उनको मुहार हेर्न सकिन मैले |
“thank you. मलाई लागिरथ्यो तपाइले बुझ्नु हुन्छ भनेर | I mean, तपाइँले त्यस्तो seriously पनि सोच्नु भको थिएन होला |”

“हजुर |” मैले साधारण हासो हास्न खोजे | मुटुमा तातो झिर रोपे जस्तो भयो | भुइँ खसे जस्तो | पुरै शरीर महसुस गर्न सकिन | हात काम्न थाले | खुट्टा काम्न थाले |
“you are ok right?” उनले अलि मसिनो र मायालु स्वरमा भनिन् |

“ I am fine.” मलाई त्यहाँ बाट जानु थियो तर उठ्ने शक्ति समेत जुटाउन सकिन | सायद अब अझै उनिसंग बसे भने आशु झर्ने छन् | मैले आफ्नो आशुलाई सम्हाल्न सकिरको थिइन | जबर्जस्ति रोक्न खोजिराथे, सायद अब रोक्न सक्दिन | दुवै चुपचाप अनि म आशु झार्न तैयार | उनि उठिन् अनि म निर आइन् अनि अँगालो हालिन् | यो अँगालो सपनाको जस्तो थिएन | एकदमै नमिठो, फिक्का र एकदमै भारि | एक दुइ थोपा आसु झरिहाले | उनले अँगालो बाट छोड्ने बित्तिकै जुत्ताको लेस फुस्केको बहानाले टाउको लुकाए र लेस बाने जस्तो गरे | अनि आसु पुछे अनि हल्का मुस्कुराए | टाउको उठाएर उनि तिर हेरे | क्याजुअल हासो ओठमा लिएर |

“म जान्छु ल ? खाजा खान | तपाइँपनि हिड्नु न |” उनले भनिन् |
तर म उसलाई कसरि भन्नु ? मेरो पेट भोको छैन मात्र मन भोको छ | त्यो पनि तिम्रो मायाको, मलाई तिम्रो माया देउ, मेरो सात जुनीको भोक मेटिन्छ |
“हैन मलाई भोक लागेको छैन | या एउटा किताब पढ्नु छ | तिमि जाउ |”

उनि बाइ भनेर गइन् | उनलाई हेरिराखे, उनि गको | उनि ढोकामा पुग्नासाथ आसु खसे मेरा | जस्तो कि कुनै झरना हो मेरो आखा | उनि मेरो जीवनको ढोकामा आइन्, भित्र पनि नछिरी ढोका बन्द गरेर गइन् | मेरो आखाले भ्यौन्जेल उनलाई हेरे | उनि गइन् बिलाईन् कुर्सीमा बसे | आसु झारिरहे | गोजीबाट उनको लागि लेखेको कविताको कागज निकाले | त्यसलाई हत्केला भित्र कुच्याएर फ्याके | आसु पुछे, एकछिन शान्त भए तर फेरी आसु आफै निस्किए | जबर्जस्ति आशु रोक्ने प्रयत्न गरे | तर आफै झर्न थाले आशु | कसरि रोक्नु यो आशु ? कसरी ? सकी नसकी आशु पुछेर लाइब्रेरी बाट निस्किए | ढोका बाट अलिकति बाहिर न्सिकिए तर त्यो भन्दा अगाडी बढ्न सकिन | फेरी लाइब्रेरी छिरे अनि त्यो अगी फ्याकेको कविता लेखेको कागज खोजेर त्यत्तिकै गोजीमा हाले अनि लाइब्रेरीबाट निस्किए अनि कलेजको गेट सम्म पुगे | कसैले बोलाको जस्तो लागिराथ्यो तर ध्यान दीइन |

“मलाई बोल्न मन छैन, म घर गको “ भनेर त्यो बोलाउने मान्छेको बोलि काटेर सिधै कलेज बाहिर | चिया चुरोट खाने पसलमा गए अनि ४ वोटा चुरोट मागे | एउटा चुरोट खान आज धेरै समय लागेन | चार पाँच सर्को मै सक्कियो | लगातार एक पछी अर्को बाले | वरिपरीको कुरा ध्यानमा आएन | को के कुरा गर्दैछ | कसैले सलाई माग्यो मैले दिए अनि फिर्ता पनि लिए | दुइटा सक्कियो फेरी अर्को बाले | त्यो पनि सक्कियो फेरी अर्को बाले | लगातार खोक्दै तान्न थाले चुरोट | चार वोटा सक्कियो | अरु लिन गए | अझै ४ वोटा | सास फेर्न हल्का गाह्रो जस्तो भाको थियो | पेट पनि पोलिरहेको | पेट दुखे जस्तो | तर फेरी अर्को बाले | अलिकति होसमा आए जस्तो भयो | अगी सलाई माग्ने केटाहरु गाजा लिन जाने कुरा गर्दै रैछन् | पैसा जम्मा गर्दै रैछन्, उनिहरुसंग पैसा पर्याप्त पुगेन छ | मैले उनीहरुलाई पैसा दिए ५०० रुपैया अनि ३०० तिमि हरु राख २०० को मलाई लेर आइदेउ भने | सुरुमा लिन मानेन् | म यहि कलेजमा पढ्छु | एउटा भाइलाई मैले लाइब्रेरीमा देखेको थिए | उसले मलाई चिन्यो | अनि उसले जा लिएर आइज भनेपछि उसका साथीहरु लिन गए | त्यो भाइ मसंग बोल्न थाल्यो | कहिँ के के कुरा गर्दै थियो मैले धेरै बोलिन मात्र ‘अ’ भनेर उत्तर दिए अनि एक दुइवोता वाक्य उसलाई संस्तुष्टि पर्न बोले | उनि हरु आउन आधा घण्टा लाग्ने रैछ | धन्न बाइकमा गका थिए | मलाई घर जान हत्तर भैरहेको थियो | सायद आखाले अझै रुन पुगेको थिएन | सायद मुटु अझै पोल्नु थियो एकान्तमा बसेर शुन्यतामा हराउन बाकि थियो यो दिमाग |

गाजा लिएर आयो | मैले भने बोजिम ३००को उनीहरुलाई दिए अनि २००को मैले राखे | उनीहरुसंग बिदा मागेर गए | पैसा तिर्दा नसिम र एउटा केटालाई संगै देखे, त्यो केटाले निस्माको स्कुटी चलाउन अगाडी बसिराथियो, निस्मा उसको काधमा समाएर पिछाड़ी बसिन् | अनि त्येस्लाई कस्सेर पिछाड़ीबाट समातिन् | उनि हरु गए | फेरी मुटुमा चिसो पस्यो | फिर्ता पैसा लिएर म हिडे | म छिटो हिड्न खोजिराथे तर सकिराको थिइन | कलेजबाट अलिक पर पुगे पाइला आफै रुके अनि आसु झर्न थाल्यो आखाबाट | पाइला रुक्यो | खुट्टा रोडमा टासिएको जस्तो अगाडी बढ्न मानेन | आसु खसिरहेका, आशुले गर्दा अगाडीको दृश्य धमिलो देखिन थाल्यो | एक दुइ पाइला अगाडी सारे, झन् आसु बग्न थाले पुछ्ने पनि साहस जुटाउन सकिन | खुट्टा काप्न थाले, त्यहि उभिएको ठाउमा थुचुक्क बसे | सायद वरिपरिका मान्छे हरुले हेर्दै छन् | के भयो भनेर कसैले अलिक बिचार पुर्याएर हेर्दैछन् तर पनि उठ्न सकिन | केहीको वास्ता लागेन | केहि कुराको पनि | जबर्जस्ति उठेर एक दुइ पाइला हिड्न सफल भए | शरीरमा पुरै उर्जा सकिएको जस्तो भान भयो | बाटो नजिक बसे फेरी धुलोको वास्ता नराखी | बसेरै एउटा सफरिलाई रोके अनि चढे | सफारीमा अरुपनि मान्छे चढे, उत्रिए |

सफारीवाला दाइले केहि बोलिराथ्यो | मैले ध्यान दिन सकिन के भानिराथ्यो | अलिक ठुलो स्वरमा भन्यो –“ओ भाई “
“हजुर ? ह ? “
“का जाने तिमि ?”
“का आइपुग्यो दाई ?”

उसले आइपुगेको ठाउ भन्यो | त्यो पनि याद गरेको थिइन मैले | मैले ओर्लिनु पर्ने ठाउभन्दा करिब १० मिनेट पर पुगीसक्या थिए म | यहि रोक्नु दाई भनेर ओर्लिए म |
पैसा दिए | फिर्ता पैसा लिए या लीइन थाहा भएन | छिटो छिटो आफ्नो रूम पुगे अनि ढोका लाएर सिधै ओछ्यानमा पल्टिन गए | लुगा जुत्ता केहि नखोली | सिलिंगतिर टोलाईरहे निस्मालाइ सम्झेर | सबै चिज एक एक गरि याद आयो जस्तो कि यो सबै मेरै अगाडी भैरहेको छ | आज उनलाई त्यो केटासंग गको कुरा सम्झिदा फेरी आसु झर्यो | सायद रोकिदैन यो आसु | गोजीमा गाजा थियो बिर्सेछु | निकालेर ओछ्यानमा राखे | चुरोट बाल्न चुरोट खोजे गोजीमा एउटा पनि थिएन | बाहिर जान मन लागेको थिएन तर अब साथ भनेको यहि चुरोटको थियो | आसु पुछे, यिनमा आफ्नो अनुहार हेरे | अनुहारमा आखा भन्दा मुनि पुरै भिजेको | बाथरूम गए मुख धोए अनि बाहिर निस्किए | दोकानबाट बिस डिब्बा चुरोट अनि दस फुल रक्सि अनि खाने कुराहरु लिएर आए | एती सबै किन्छु भनेर सोचेको थिइन तर फेरी घरबाट बाहिर निस्किन मन थिएन | त्यो दुनियामा जानु थिएन जहाँ निस्मा अरु कोहीको अंगालोमा, अरुको कोहीको खाटमा अरु कोहीको ओठ चुम्छिन् | एकचोटी facebook खोले, निस्मको मेसेज आको रैछ, हेर्न मन लागेन | facebook deactivate गरे, uninstall गरे अनि फोन स्विच अफ गरेर बसे | बिहानको १० बजिराको रैछ भर्खर | ऐले नै रक्सि खान मन लागेन, किताब पढ्न थाले तर भान हुन थाल्यो शब्दहरु उडेर उनको मुहार बन्दैछ | कथाको पत्रले बोलेको डायलगहरु उनको आवाजमा सुनिराछु | उनले अघि मेसेज पठाको थिइन्, खोलेर हेर्न मनलाग्यो तर हेरिन | किताब बन्द गरे | अनि तेत्तिकै पल्टिए खाटमा, उनकै सम्झना, उनकै मुहार, उनकै कुराहरु दिमागमा |

सायद घाउ ताजा भएर झेल्न गाह्रो भाको होला | भोलि त बिर्सिन्छु, सायद पर्सि ? समयले बिर्साउछ होला | तर यो त भविस्यको कुरा हो | पछी राम्रो दिन आउछ त्यो सोच्नु उत्तम हो | तर भोलिको दिनलाई अन्ग्कमाल गर्न आजको दिनमा बाच्नु पर्छ | मुटु सबैको दुख्छ, धेरै चोटी दुख्छ | तर यसले दुखाइ कम हुँदैन | मुटुको दुखाइ हो, कसैको दिमागबाट निस्केको वुद्धिमानी वा ठुला कुराले चोट कम हुदैन | केले हुन्छ त ? कसरि हुन्छ त ? मुटुको दुखाई कम ? सायद स्वीकारेर हुन्छ होला | सायद ध्यान हटाएर हुन्छ होला | बिर्सेर त अवश्य हुन्छ तर यो दिमागले यस्तो कुराहरु चाडै बिर्सिदैन | यो दिमागले यस्तै कुराहरु चाडै बिर्सदैन | माया, यो भावना एक अर्काप्रति आकर्षण किन ? साथ चाहिन्छ किन ? एक्लै जनिमिन्छ मान्छे एक्लै मर्छ फेरी बिचमा किन कसैको साथको आवश्यकता ? प्रेम हुन्छ, मुटु दुख्छ | यो सबै चेतनाको कमाल हो | मुटु दुखाइ मान्छेलाई मात्र हुन्छ | चेतना विकसित भाको मान्छे…
म अझै केहि सोच्न सक्दिन | मेरो दिमागमा विचारहरु पजल जस्तो छरिएका छन्, मैले एकै ठाउँमा मिलाएर राख्न सक्या छुइन | १० नै बजेको होस, ११ नै बजेको होस, समयले केहि फरक पार्दैन | जति बजे पनि | जब घात पुग्छ मुटुमा तब सास नै रोक्केला जस्तो हुन्छ, समय चलेर नचलेर के नै फरक पर्छ ?
ओछ्यानबाट भारि मुटु लिएर उठे | चुरोट सल्काए, अब त फोक्सो जल्छ, खराब हुन्छ यसको चिन्ता नि लाग्न छोड्यो, फेरी अर्को सल्काए | दुइवटा एकैचोटी तान्न थाले, सायद मुटुको दुखः कम पार्न शरीरलाई दुखः दिन खोजिरछु | रक्सीको पेग बनाए खान थाले | बिस्तारै बिस्तारै | वरिपरीको केहि मतलब छैन | बाहिर हल्ला भैरहेको छ, केहि मतलब छैन | कसैले मेरो ढोका ढकढकायो केहि मतलब छैन | बाहिर भूकम्प आयो भनेर भागिरहेका छन् केहि मतलब छैन | फेरी कोहि बोलाउन आउछ पक्का | चुरोट निभाए ताल्चा लिए अनि ढोका बाहिरबाट लगाए अनि मेरो रूमको पिछाड़ी पट्टि सानो गल्लि छ | त्यहाँ को गयो थाहा हुदैन | सानो पर्खालले घेरेको छ म बसेको घर, एकदमै उचो पर्खाल | त्यहाँ गए अनि झ्यालबाट भित्र छिरे, झ्यालहरु भित्रबाट बन्द, ढोका बाहिरबाट बन्द | कोठा भित्र अध्यारो, मन भित्रको अंध्यारो कोठा भित्रको बन्द बेसी छ | यो भावनात्मक अँध्यारो भौतिक अँध्यारो भन्दा धेरै कालो छ | फेरी हल्लायो जमिन, म न आत्तिए न हासे न रोए न केहि चिन्ता लाग्यो मात्र यो प्राकृतिक प्रकोपसंग हल्लिए | डर लागेन | बाहिर चिच्याउदै छन् | म रक्सि पिई रहेको छु | भुकपा रोक्कियेछ, बाहिर मान्छेहरु चिच्याएको पनि | कता घर ढल्यो अरे | दुइ तल्ले त्यहि हेर्न कोहि जाने योजना बनाइराछन् |

कति समय बित्यो थाहा छैन | रक्सि पनि चार पेग सक्कियो | हल्का रम राम भैराछ | यो दसौ चुरोट बालिरहेको छु | बाहिर ढोका ढक ढकको आवाज सुनियो | मेरै कोठाको ढोका हो | प्रतिक र आसिसले बोलाए मलाई, तर बोल्न मन लागेन | फोन गर भन्दै थियो प्रतिक | केहि बेर पछी आसिसले स्विच अफ छ भनेर भन्यो | अनि केटि आवाज निस्माको | मेरो नाम बोलैईन् धेरै चोटी मैले बोलिन | बरु आसु बरर झर्न थाले आफै | रक्सीको चुस्की लिन लाग्या थिए ओठ निर थियो गिलास | आसु त्यहि झर्यो, आखामा आशु, मनमा चोट र ओठमा अलिकति मुस्कान फिजाएर आसु झरेको रक्सि पिए | पर्दा हटाएर हेरेछन् | ताल्चा लाको देखे होलान् | प्रतिक्षाले ताल्चा लाको छ भनिन् | समीक्षाले घरबेटिलाई सोधिन त्यहि प्यासेजमा | घरबेटीले पनि खै थाहा छैन, काही जान्छु त भन्या थिएन भाईले भनेर उनीहरुलाई जवाफ दियो | सबै जना गए | चुरोटले औला पोल्यो | अनि फेरी अर्को बाले | दुइटा एकैचोटी तान्न थाले |

Previous article
Next article

Latest Posts