Part 5

म मृत्युको निकै नजिक नभएपनि नजिक चाही छु, अनि जीवन भन्दा धेरै टाढा नभएपनि टाढा चाही छु, भन्नु पर्दा मबाट नजिकै दुरी मृत्युको छ| तर मलाई प्रश्नको भार लिएर मृत्युलाई अंगाल्नु छैन| फेरी निष्ठालेभनेको जस्तै उसले पनि आत्महत्या गरि भने| प्रश्नहरु कुन बेला बिस्थापित भए थाहा भएन,अहिले त म मेरै सोचको धेरामा पुगे, सक्दो सोचे र निर्णयमा पुगे|

मेरो गन्तब्य मृत्यु थियो तर गन्तब्य फेरिएको छ अहिले, मृत्यु हैन जीवन भयो मेरो गन्तब्य अब| यदि मैले मृत्युलाई रोजे भने,  त्यो गन्तब्य निष्ठाले पनि रोज्थी| जिन्दगि संगै बिताउने सपना थियो उनीसंग, जीवनको यात्राको हरेक मोडमा उनको साथ कल्पना गरेको थिए, पहिलो कोसेढुंगा बिबाह थियो भने अन्तिम चाही बुढेसकालमा संगै हुने र सायद मृत्यु पनि| बिचको सबै कोसेढुंगा पन्छाएर सिधै अन्तिमको कोसेढुंगा भेट्न खोज्दै छ हाम्रो सम्बन्धले, सम्बन्ध भन्न मिल्दैन होला, सम्बन्धको अन्त्य त उहिले भएको हो|  भन्न मिल्ने र भएको कुरा हो के हो भने, जुन गन्तब्य हाम्रो सम्बन्ध पुग्न सकेन,हो त्यो गन्तब्य हामि अलग अलग भए पनि जादै छौ|

कस्तो अचम्म, अहिले जसको कारणले म मृत्युको मुखमा छु, उसले नै फेरी मलाई जीवन जिउन बाध्य बनाउदै छे, यदि मेरो मृत्यु भयो भने मेरो मृत्युको कारकको पनि मृत्यु हुनेछ| जीवन हैन अभिमन्युको चक्रब्यु हुनु पर्छ पक्कै पनि मेरो जीवन| आफ्नु यो हालतको दोष उसलाई मात्र लगाउन मिल्छ त?के म न्याय गर्दै छु? के गल्ति उसको मात्र छ मलाई यो स्थान सम्म पुर्याउनमा?

सोच्न फेरी बाध्य भए,उनि दोषी पक्कै पनि हैन| उ बिना पनि जीवन चल्दै थियो त ,उसको आगमनको मतलब मेरो जीवन अझै अलि सुन्दर बनाउनु मात्र  हो,मलाई जीवन जिउन सिकाउनु हैन| आखिर 4 बर्षको सम्झनाको लागि मैले २० वर्ष देखिको सबै साथि र परिवारको माया बिर्सिएर मृत्यु अंगाल्नु भनेको गल्ति मेरो मात्र हो,दोषी म मात्र हुनेछु| पिडा त निष्ठालाई पनि भएको थियो नि, उ त अहिले ठिक छे,खुसि छे,म किन त्यस्तो हुन सकिन? किन कि दोष मेरो हो, मैले उसलाई जीवन सोचे र उ बिना जीवनको औचित्य देखिन,तर उ जीवन हैन, जीवनको एउटा त्यो अंश हो,जुन भए जीवन अलि रमाइलो गरि चल्थियो,नभएपनि जीवन चल्न चाही चल्थियो फरक यति छ,अलि भिन्न तरिकाले| उ मलाई यति प्रिय थिइ,उ मृत्यु नै भएनि म उसलाई अंगाल्न सथ्किए,तर अहिले म न उनीलाई अंगाल्न सक्छु न मृत्युलाई नै|

 मैले मृत्यु रोज्नुको कारण मात्र एउटा थियो, तर जीवन रोज्नु को कारण धेरै भेटे मैले| बाबा आमा,साथि भाइ,आद्नै भबिस्य,निष्ठाको त्यो जरुरि कुरा र अरु धेरै यस्तै कारण जसले अब मलाई जीवनको नजिक ल्याउन थाल्यो| अब मलाई जिउनु थियो, आफ्नु लागि अनि अरु सबैको लागी|

डाक्टरले भनेको एक एक कुरा मान्न लागे, खाना पनि रुच्न लागेको थियो, मुहारमा भिन्न खुसि र मुहारमा थप केहि चमक थपिएको थियो| मनको नकारात्मक सोचहरुलाई पनि बिस्थापित गर्दै थिए,एक पछी अर्को गरेर, अनि मनमा एउटा मात्र कुरा थियो, अब जीवन प्यारो छ,सबैभन्दा|

यता मेरो मुहारको चमक देखेर,उता बाबा आमा पनि खुसि हुन्हुन्थियो,अनि अभि पनि| छुट्टै उमङ्ग थियो ममा पनि र परिवारमा पनि| सायद मेरो खुसीमा उहाहरु पनि खुसि हुदै हुनुहुन्थियो र उहाको खुसि देखेर म अझै खुसि हुदै थिए,र म अझै धेरै खुसि भएको देखेर उहाहरु अझै धेरै खुसि…..

पहिलो दिन सामान्य नै भयो,पहिले भन्दा अहिले मेरो शरीर केहि बलियो भएको महसुस भयो,हिजो सम्म बस्दा बस्दै रिंगटा लाग्थियो भने आज एक चोटी पनि रिंगटा लागेको छैन| टवाइलेट जान चाही बुवा वा अभिले दोहोर्याउनु हुन्थियो अरु दिन र त्यति सानु यात्रा तय गर्न पनि मलाई हम्मे हम्मे हुन्थियो,आज भने अभिको आड लागेर सजिलै टवाइलेट गए| मेरो मन निको भएको हो कि शरीर त्यो डाक्टरले भन्नेछ तर म चाही निको हुदैछु भन्ने पक्का भए म|

दोस्रो र तेस्रो दिन थप केहि क्रमिक सुधार हुदै गयो, खाना पनि आफै खान लागे र जाउलो पनि खल्लो लाग्न लाग्यो| अरु कुरा जसो तसो खान्थिए, तर अनारको जुस र चुकन्दर भने खाने नपरोस् हुने तर त्यो पनि खानु पर्ने थियो| औसधी पनि अरुले सम्झिनु पर्दैन,आफैले सम्झिएर खान लागेको छु| ओछ्यानबाट उठ्न गाह्रो हुने मान्छे,अहिले आफै एक्लै टवाइलेट र बाल्कोनी सम्म पुग्न सक्छु|

“सोचेको भन्दा धेरै सुधार छ तर अचानक त्यस्तो के भयो उसलाई कि उ फेरी सबै मान्न लाग्यो हामीले भनेको?” मेरो कोठा बाहिर डाक्टरले बुवालाइ यति भन्दा डाक्टर आफै अचम्मित रैछ,अचम्मित मेरो सुधार देखेर हैन,मेरो निको हुने चाहना देखेर|

“खै भगवानले नै यस्तो गर्न्नु भयो,सबै भगवानको खेल हो |” बुवालाइ निष्ठा आएको भनि थाहा थिएन, बुवालाई हैन कसैलाई पनि थाहा थिएन,अभिलाइ मात्र थाहा थियो| त्यसैले अरु पनि अचम्मित नै छन्| बुवालाई के थाहा, जीवन भन्दा प्यारो थियो मृत्यु मलाई तर जव जीवन नै अगाडी आएर भेटेर गइ,मृत्युसंग कुन बेला सम्बन्ध बिछेद भयो थाहा भएन|

हेर्दा हेर्दै ७ दिन पनि बित्यो, सधै बाच्नको लागि म आफुबाट आफ्नु शत प्रतिशत दिदै छु|पहिले जस्तै नभएपनि,पहिले जस्तै हुन हुन लागेको थिए,सायद| डाक्टरले अझै थप केहि दिन तहस्पिटलमा नै बस्नु पर्छ भनि भन्दै थियो तर मैले भने मानिन|

“मलाई यो माहोल देखेर वाक्क लागि सक्यो,बरु हामि हजुरले भनेको बेला जचाउन आउछौ|” यस्तै धेरै कुरा गर्न लागे मैले डाक्टर संग र अन्तिममा उसले केहि भन्न सकेन र हफ्ता दिन पछी आउनु भनि डिस्चार्ज गर्यो मलाई|

घर जाने बित्तिकै मैले के गरे थाहा छ? आफ्नु कोठामा गए| त्यसपछि के गरे? आफ्नु ओछ्यानमा पल्टिए,यसले पनि मलाई सम्झेर बसेको होला नि| अनि त्यसपछि के गरे थाहा छ? ल्यान्डलाइनबाट फोन लगाए| कसलाई थाहाछ?निष्ठालाई? फोन लाग्यो त? उम्म,लाग्यो र उठ्यो पनि| कुरा के भयो?उनि खुसि भइ र पर्सि भेट्न आउछु भन्दै फोन राखी|

घरमा भने माहोल बेग्लै……….

Previous article
Next article

Latest Posts