Part 4

“तैले जरुरि कुरा गर्नु छ भन्थिस, के हो भन|” अप्ठ्यारोपनलाइ चिर्दै मेरो वाक्य निस्कियो, जस्तै धर्तीलाई चिर्दै कुनै फुल फुल्छ|

“हजुरको जिन्दगि जति जरुरि केहि छैन अहिले| अभि दाइले भनेको जस्तै हजुर हफ्ता दिन डाक्टरले भनेको सबै मान्नु, अनि मात्र सोच्छु हजुरलाई भन्न हुने कुरा हो कि नाई भनि|” उसले लुकाएर माया देखाएकी हो कि माया देखाएर अरु भावना लुकाएकी हो,बुझ्न गाह्रो पर्यो मलाइ| केहि बेर अघि सम्म आफु मर्ने कुरा गर्दै थिइ निष्ठा,अहिले फेरी त्यो कुरा जरुरि भएन उसलाई,म जरुरि भए रे, उसले माया गर्छे कि नाटक,ठम्याउन सक्ने शक्ति देउ प्रभु मलाई|

“म ठिक हुन्छु कि नाई मलाई आफै थाहाछैन| फेरी भएपनि हफ्ता दिनमै ठिक हुन्छु भन्ने नि के छ र? त्यसैले अहिले भन के हो त्यो जरुरि कुरा?” उसले माया देखाई, देखावटी कि बास्तबिक थाहाछैन, मैले देखाए आफ्नु जिर्ण हालत, जुन अरुले कल्पना गर्न चाहदैनन् तर पनि बास्तबिकता हो|

“आफ्नो लागि मन नलाग्ला हजुरलाई, तर मलाई सम्झिनु,बाबा आमालाई सम्झिनु,अनि आफुलाई पहिले जस्तै बनाउन खोज्नु| डाक्टरले भनेको सबै मान्नु,हफ्ता दिनको ठाउमा दुइ हफ्ता लाग्ला रे तर ठिक भने हुनुपर्छ हजुरले| हजुर आफ्नु तर्फबाट पुरै कोशिस गर्नु अनि हामि आफ्नु तर्फबाट पनि कोशिस गर्छौ|” गएको दुइ महिनामा निकै ठुलो भईछे उनि र परिपक्क पनि, यो कुराको आभास केहि उनको कुरा बोलीबाट बाट हुदै थियो भने केहि उनको हाउभाउबाट,केहि उनको विचारबाट भने केहि उनको मानसिकताबाट|

“अनि म ठिक भइन भने?” उ निकै संबेदनसिल भएको जस्तो लाग्यो,थोरै जिस्किदै मैले माहोलमा केहि परिवर्तन ल्याउन खोजे| उ एकछिन सम्म बोलिन, जब बोलि म निशब्द हुन बिबस भए|

“हजुर ठिक हुनु भएन भने, दुइ हफ्ता पछी मलाई भेट्ने आर्यघाटमा आउनु|” अघि सम्म मलाई सम्झाउदै थिइ उसले,अहिले भने आफैलाई सम्हाल्न गाह्रो भएछ,मोति जस्तै चम्किदै थियो उसको आखाँमा त्यो आशुका थोपाहरु| उसको आखाँबाट आशुं पुछी,उसलाई आफ्नु अन्गालोमा बाधेर,उसको दुखहरु सबै सोस्न मन थियो| तर यो गर्न न् मलाई मेरो शरीरले दियो न मनले, शरीरमा त्यति बल थिएन कि उ निर गएर उसलाई अंगालौ र मेरो मन आफै दुखको भकारी भएको छ,उल्टै उसले मेरो दुख लगी भने,उसलाई पिडा कसरि दिनु|

 “जहिले दुख पुर्याउछु है,माफ गरिदे मलाइ|म निच् तेरो त के कसैको मायाको पनि लायक छैन| तर तैले भनेको मान्छु र निको हुन खोज्छु, मनबाट पनि अनि शरीरबाट पनि|” मेरो दिमागको शब्दकोशमा शब्दहरुको उत्पादन ठप्प भएको थियो निष्ठाको आशुं देखेर तर खै यी शब्दहरु कहाँबाट आए|

“अक्षरहरुले शब्द बनाउँछ, शब्दहरुले वाक्य| सहि शब्द चयन गरेर वाक्य जसले पनि बनाउन सक्छ तर हजुरले अहिले वाक्य हैन बाचा  दिनु पर्नेछ मलाई| केहि कसर बाकि राख्नु हुन निको हुनलाई|” उसको कुरा सुन्दा, म 17 बर्षको अनि उ चाही 24 बर्षको जस्तो लागेर आयो,आखिर कोहि कसरि २ महिनामा नै यति धेरिउ बुझ्ने र परिवर्तन हुन सक्छ| उसको संवादको हवाफ छैन म संग,चुप बस्नु नै बेश लाग्यो र बाध्यता पनि|

“ल म जान्छु अहिले, १४ दिन सम्म मेरो यो नम्बर ओन हुन्छ तर हजुरको नम्बर भने ब्लक हुन्छ| हजुरको मात्र हैन अरु सबैको पनि,फोन लाग्नेछ त केवल हजुरको घरको ल्याण्डलाइनबाट मात्र|  १४ दिनमा हजुरको फोन आएन भने,हजुरले जिन्दगि मलाई न् सुन्न पाउनु हुनेछ र देख्न| मेरो नम्बरमा फोन लागे पनि उठाउनलाइ म हुनेछैन,अरु कसैले उठाउदै भन्नेछ,बाबु निष्ठा रहिन हामि बीच|” उसको यो अन्त्तिम संवादले ठहरै बनायो मलाई, उसले यति भनेर गइ कोठाबाट र कोठामा छोडेर गइएखी यादहरु,उसको आवासहरु,केहि आशहरु अनि केहि प्रश्नहरु|

आखिर त्यस्तो जरुरि के कुरा थियो जुन भन्नलाई उ मलाई भेट्न आइ तर केहि नभनी फेरी फर्केर गइ| फर्केर मात्र गएकी भए हुन्थियो, मेरो जीवन जति जरुरि केहि छैन भनि आश देखाउदै फर्केर गइ| तर उसले भन्न लागेको जरुरि कुरा चाही के थियो? के हो त्यस्तो जरुरि कुरा जुन म भन्दा कम जरुरि छ तर केहि समयको लागि मात्र, मैले ढिलो गरे भने त्यो अलि कम जरुरि कुराले मेरो जीवनको सबै भन्दा जरुरि मान्छेको ज्यान लग्छ रे| केहि समय अघिसम्म निष्ठा मेरो लागि कोहि थिन, समय फेरियो अचानक ३० मिनेटको भेटमा|

उ हिडेको १० मिनेट पछी उसलाई फोन गरे,धन्यबाद भन्नलाई,आखिर उसले गर्दा आज म खुसि पनि छु र मन पनि हलुका महसुस भएको छ,मुस्कुराउने चाहना मेटी सकेको मान्छेले मुस्कुराउने बहाना भेट्यो फेरी,सबै उसले गर्दा हो | तर, मेरो फोन एक रिंगमा नै काटियो,मेरो नम्बर साच्चिकै ब्लक गरिछे|

उसको दिमागमा के छ? यो प्रश्न मेरो मगजमा घुमि रहयो तर मेरो मगजले त्यस्तो गज्जबको निस्कर्ष निकाल्न नै सकेन,जसमा मेरो सबै प्रश्नको चित्त बुझ्ने जवाफ होस्| डायरी निकाले र फेरी लेख्न लागे, लेख्नलाइ निष्ठा बाहेक केहि थिन तर मेरो कथामा उसको भूमिका उहीले सकीसकेको थियो| डायरी हातमा आएपछि झन् अघिका प्रश्नहरुमा एउटा प्रश्न थपियो? एउटा हैन दुइटा| आखिर निष्ठाले अनायासै मलाइ छोड्नुको कारण थियो? यो प्रश्न आजको हैन, धेरै अघि देखि मेरो दिमागमा बास लिएर बसेको प्रश्न हो| अर्को प्रश्न, आखिर गएका दुइ महिना उसलाई एक पल्ट पनि याद आएन मेरो,अहिले अचानक चाही किन मलाई सम्झी उसले?

म मृत्युको निकै नजिक नभएपनि नजिक चाही छु, अनि जीवन भन्दा धेरै टाढा नभएपनि टाढा चाही छु, भन्नु पर्दा मबाट नजिकै दुरी मृत्युको छ| तर मलाई प्रश्नको भार लिएर मृत्युलाई अंगाल्नु छैन| फेरी निष्ठालेभनेको जस्तै उसले पनि आत्महत्या गरि भने| प्रश्नहरु कुन बेला बिस्थापित भए थाहा भएन,अहिले त म मेरै सोचको धेरामा पुगे, सक्दो सोचे र ….

Previous article
Next article

Latest Posts