Part 6

घरमा भने माहोल बेग्लै, मान्छेको घुइचो नै छ, कसैलाई जवाफ थाहा हुदा हुदै पनि उही पुरानो प्रश्न लिएर आएका थिए भने कोहि हुलमा मिस्सिएर आएको थिए त्यहि एउटा प्रश्न सोध्न,”बाबुलाई के भएको सन्चो भयो?”

कतिको प्रश्नमा प्रगाढ माया थियो,कतिकोमा दया,केहिकोमा मर्म  थियो अनि केहिकोमा चाही मलाई देखेपछिको पिडा, प्रश्न जे आएपनि उत्तर भने उही “कमजोरी,अहिले सन्चो भयो|” मान्छेको भाव जे भएपनि,सबै खुसि भने थिए मलाई फेरी देखेर| कुरा के के चल्यो होला समाजमा, त्यो त बिस्तारै थाहा हुन्छ,अहिले थाहा भएको कुरा चाही,मान्छेको घुइचो अझै  केहि दिन सम्म यथावत हुन्छ|

मैले राम्ररि चिनेका र नचिनेका मान्छेको घुइचो एकछिन कम भएको थियो, त्यसपछि एक पछी अर्को गरि साथि आउन लागे| कोहि मेरो मुटुको टुक्रा थिए भने कोहि सामान्य रुपमा बोलचाल हुने,कोहि चिया पिउदा चिनेको साथि थिए भने कोहि रक्सि पिउदा, कोहि दिन दिनै बाटोमा भेटिने थिए भने कोहि महिनौ पछी बल्ल एक चोटी भेट हुने,कोहि भर्खर चिनेका थिए भने कोहि धेरै पहिले देखि चिनेका, कोहि मेरो लैलै मा लाग्ने थिए भने कोहि चाही मलाई लैलैमा पार्ने थिए|

एकछिन सम्म ठिकै हो,तर घरमा २-३ जना कहिले नटुट्ने, ६ घण्टा भयो घर आएको,हरेक बेल कोहि न कोहि| वाक्क लाग्यो, वाक्क लागेको त सुरुको दुइ तिन घन्टामा नै हो तर अहिले चाही सहन नसक्ने गरि वाक्क लागेर आयो| साथीहरु गए तर अभि छेउमा नै थियो, उसको घर काठ्मान्डु हैन नि| उसको घर कलैया हो, म हस्पिटलमा भर्ना भएदेखि उ मसंगै छ, भगवानले मलाइ साथि हैन आफ्नै भाइ नै दिएको जस्तो लाग्छ|

“मलाई मान्छेहरु देखेर वाक्क लाग्यो,एकछिन बाहिर जाउ न|” भित्ताको पनि कान हुन्छ रे,त्यसैले भित्ताले पनि नसुन्ने गरि अभिको कानमा राखे मनको कुरा|

“मलाइ मामुको गालि खानु छैन,अनि त अहिले राम्ररी हिड्न पनि सक्दैनस|” अभिले नाई भन्छ पहिले थाहा थियो, अहिलेको उसको जवाफले यो कुरा प्रस्ट भयो| उसको मन बुझ्न  खोजेर उसलाई त्यो कुरा भनेको,उसलाई पनि जान मन त रैछ तर मामुले गरेर डराएको रैछ|

“मामु,अभिलाई एकछिन बाहिर जान मन लाग्यो रे|”मन मलाइ हो तर अभिको नाम बेचे मैले,अभि एकछिन सम्म मलाई हेरेको हेरेइ भयो|

“हुन्न,कहिँ जान पर्दैन|तलाई मन लाग्यो भन न,किन बाबुको नाम लिन्छस्|” अभिको नाम बेचे पछी अनुमति पाउछुं भन्ने पूर्ण आश थियो तर त्यो पनि नाश भयो|

“मामु मान्छे धेरै भए,हस्पिटलमा कोहि हुन्थेन| म एकछिन बाहिर जान्छु,नत्र म यहा निसासिएर ढल्छु|” मामुले नाई भन्नु भयो पहिलो पल्ट, तर मैले केहि घुमाएर भने यो पालि,त्यसैले मामुको इजाजत सिधै पाए|

“चाडै आइज| बाबु तिमीलाई भनि राख्नु पर्दैन,यसलाई धेरै बेर बाहिर बस्न नदेउ है|” मामुले मलाइ सम्झाउनु भएन केहि पनि, थाहाछ उहालाई,मैले भनेको मान्न नि सक्छु र नमान्न पनि तर अभिले भने मान्छ|

अभिले मलाई केहि अघि एउटा मैदान सम्म लग्यो,लग्यो भन्दा पनि मसंग उ पनि गयो| म मज्जाले हिड्न सक्ने भएको थिए तर बिचमा यदि केहि भैहाल्यो भने,त्यसैले हो एक जना संगै हिड्नु पर्ने मसंग| एकछिन त्यहि बसियो,त्यहाँ पनि दुइ तिन जना भेट भए चिनेका, एकछिन राम्रो भएको माहोल पनि बिथोल्न आए महसुस भयो| त्यहा पनि केहि बेरको मात्र बास भयो,अनि फेरी घर तिरै लागेउ हामि दुवै|

आज जसरि कस्तो,भोलि पनि त्यहि नै हो,त्यहि मान्छेको घुइँचो,त्यहि कुराहरु अनि त्यहि जवाफहरू| यो दुइ दिन काट्न निकै मुस्किल भयो,यहाँ भन्दा निकै सजिलो हो हस्पिटल बस्न,एकपल्टमा दुइ जना भन्दा बेसी आउन न पाउने,त्यो पनि ५ मिनेट भन्दा बेसी नपाउने| घरमा हुदा त सबैको मनपरी छ अनि स्वर पनि यति ठुलो,कानको लाजी फुट्ला भन्ने डर|

तेस्रो दिनको प्रतिक्षामा थिए म र आज हो तेस्रो दिन, तेस्रो दिन सम्मको सफर कम्ता गाह्रो भएन| प्रतिक्षाको फल मिठो हुन्छ,म पनि तेस्रो दिनको प्रतिक्षामा हो,फलको स्वाद एकछिनमा थाहाहुन्छ| निष्ठा घरमा आउन मानिन, घरमा बहाना बनाए र आफै निक्लिए चौक तिर| एक्लै जान हुन्न भन्दै हुनु हुन्थियो,त्यसैले साथि आउदैछ भनि बहाना बनाएको छु,फेरी आज अभि पनि गाउ गयो, त्यसैले अरु कोहि साथीको नाम लिगे|

निष्ठा आइ भनेको ठाउमा र हामीले एउटा टेबुल रोजेर त्यसमै गएर बसेउ| कुरा सामान्य रुपमा सुरु भयो अनि हामीले केहि खाने कुरा पनि मगायौ| हातमा हात जोडेर बस्ने गर्थियौ पहिले,अहिले भनेउ मेरो अगाडी बसेकी छे र म आखाले मात्र उसको स्पर्श गर्न सक्छु| कुरा पहिले जस्तै हुदै थियो तर शैली केहि फरक|

“तैले अस्ति भन्छु भनेको जरुरि कुरा के हो भन्?” झट्ट याद आयो र सोधे उसलाई|

Previous article
Next article

Latest Posts