“तैले अस्ति भन्छु भनेको जरुरि कुरा के हो भन्?” झट्ट याद आयो र सोधे उसलाई| उसले के भन्छे भनि केहि अनुमान मैले पनि गरिसकेको थिए,चाहे त्यो सटीक होस् या नहोस्,मिलोस् या नमिलोस् तर अनुमान चाही गरेको थिए|
“म Pregnant छु|” उसको यो वाक्य मेरो सबै अनुमान भन्दा निकै पर थियो, तर उसले जिस्केको पनि त हुन सक्छे नि|` उसको कुरामा सत्यता छ कि नाई, त्यो पनि बुझ्न बाकि छ,त्यसै मैले दुनिया कुरा सोचेर भएन नि|
“नजिस्किन, जरुरि कुरा के हो भन्|” वाक्य एक थियो तर मेरो हजार भाव लुकेको छ यो एक वाक्यमा, बुझ्नु छ आखिर उसले जिस्किदै छे कि उसको अघिको वाक्यको एक एक अक्षर यथार्थ हो|
“हजुरलाई लाग्छ म यस्तो कुरामा जिस्किन्छु? हजुरले अहिले सम्म पनि मलाई बुझ्न सक्नु भएको छैन है?” पक्का भए म,निष्ठा जिस्केकि हैन,उसको अनुहार अनि स्वरले यो कुरा ब्यक्त गर्न भ्याइसकेको छ, उ साच्चिकै pregnant छे| यादहरु फेरी ताती लगाएर आउन लागे मेरो सामु, हामि बीच चितवनमा जे भएको थियो,त्यसैले उसको गर्भ रहन गएको हो त? यादहरुले पूर्ण रुपमा कब्जा गर्न नपाउदै निष्ठाको दोस्रो वाक्य आयो मेरो अघि,मैले उसलाई अहिले सम्म पनि बुझ्न सकेको छैन रे?के यहि हो हाम्रो बिछोडको कारण?मनमा धेरै प्रश्न थियो जसको उत्तर मैले आफै दिन सक्दिन,उत्तर दिन सक्ने मान्छे मेरो अगाडी थिइ|
“चितवनबाट हो?” मेरो दिमागमा रहेका निकै प्रश्न बीच यो प्रश्नले पहिलो प्राथमिकता पायो|
“हजुर,चितवनबाट|” मेरो पछोटो प्रश्नको उत्तर पनि उसले छोटो नै दिई|
“चितवनबाट आएको …..” उ pregnant भएको कति दिन भएछ भनि म गन्न लागे तर मैले गन्न नपाउदै उसले आफै जवाफ दिइ “५८ दिन भयो|”
“तैले चाही कहिले थाहा पाएको?” मेरो प्रश्नको शिलशिला कायम नै थियो,एक पछी अर्को प्रश्न अनि त्यसपछि फेरी अर्को प्रश्न|
“हजुरलाई चितवनमा भेटेको दिन,त्यो दिनको १२ दिन पछी मेरो महिना पुगेको हो तर महिना पुगे पनि म पर सरिन| सामान्य नै लाग्यो,किन कि मेरो जहिले ढिलो चाडो हुने, तर कहिले पनि हफ्ता दिन ढिलो भएको थिइन| ” उसले धेरै कुरा भन्न खोज्दै थि, उसले शब्द भेटिन तर मैले भाव बुझे|
“अनि मलाई भन्नु पर्छ नि,किन ढिलो भनेको?” मैले माया देखाउनु पर्थ्यो अनि केहि साथ पनि तर म रिसाउन पुगे,चाहेर हैन अन्जानमा|
“म ढुक्क थिए नि त म pregnant छैन भनेर, डाक्टरले ……” उसले वाक्य पुरा गरिन, उसले किन वाक्य बिचमै रोकी? उसले के लुकाकी म संग?
“डाक्टरले के?भन् पुरा कुरा,हाम्रो सम्बन्ध जस्तो तैले जे पनि बिचमै छोड्न पाउन्नस|” म आबेगमा पुगे, म यति छिट्टै रिसाउने मानिस हैन तर भाग्य नै बैरी भएर होला म पनि बदलिएको|
“केहि हैन,डाक्टरले मेरो महिनावारी ढिलो चाडो हुनु स्वाभाविक हो भन्थियो,त्यसैले म pregnant भएको हैन भनेर ढुक्क भएको थिए तर जव टेस्ट गरे,थाहा भयो म pregnant छु भनि|” डर,माया, अनिश्चिता, पिडा सबै भाव भेट्दै थिए मैले उसको बोलीमा| मलाई भनिन भनेर मैले रिसाउनुको कुनै औचित्य नै देखिन| मैले आज थाहा पाएको पहिलो दिन, एक दिन पनि हैन भर्खर १५ मिनेट, १५ मिनेटमै म यति तनावमा पुगे,झन् उ यो तनाब मनमा लिएर बाचेको एक महिना भन्दा बेसी भयो |
“के गर्ने अब?” मेरो अर्को प्रश्न, निष्ठा समाधान खोज्दै आएकी थिइ म निर तर म भने उसलाई प्रश्न मात्र गर्दैछु|
“कस्तो प्रश्न हो यो?Abortion गर्ने नि,अरु के गर्नु?” हो है,abortion बाहेक केहि उपाय नै छैन नि,यति ठुलो जिम्मेवारी बोक्न न उसको उमेर भएको छ न मेरो काधले थाम्न सक्छ यो जिम्मेवारीको वजन,काधले एकछिन थेगे पनि खुट्टाले हार खानेछ अनि सबै सोचहरु भुइमा बजारिनेछ|
“हामि संग अझै दुइ हफ्ता छ,हजुर सबै बुझ्नुस्,अनि के गर्ने भन्नुस मलाई|” उसले फेरी यति भनि,म सोचमा हराएछु,त्यसैले जवाफ दिन भुलेछु,त्यससिले उसले नै बोलि अर्को वाक्य पनि|
“हुन्छ|” मनले खोजेको पाइन, रोजेको पनि पाइन, अहिले बोल्न खोज्दै छु तर शब्द पाइन, खै के भएको मलाइ, चाहेको केहि नहुने| शब्द नभेटेपछि जवाफ छोटो नै भयो मेरो|
क्याफेमा थप एक घण्टा जति बसेउ र उ आफ्नु घर अनि म आफ्नु घर तिर लागेउ| आउदा उसको मन भित्र धेरै कुरा थियो,मन गरुङ्गो थियो उसको,अनि मेरो चाही मनमा प्रश्न मात्र थिए तर फर्किदा उ हलुको मन लिएर गइ अनि म भने प्रश्न अनि अरु धेरै सोचहरुको साथ मन गरुङ्गो बनाउदै फर्किदै थिए|
सोच्न लागे म…….
