बिस्वासलाई फोन गरेर एउटा एउटा कुरा सुनाए,उहा अनि म दुवै हासेर
मुर्छा मात्र पर्न बाकि थियो|
रातको
१ बजेसम्म गफ भयो, मलाइ
गफ गर्न अझै पुगेकै थिएन, उहा
संग नै हरेक पल बिताउने इच्छा छ मेरो तर चाहेको
सबै कहा हुन्छ| “मेरो साथीको फोन आयो,त सुत अब,म नि एकछिन बोलेर सुत्छु|” यति भनेर दुबैले फोन राखेउ र म
उहालाई सम्झिदै निन्द्राको नगरीमा पुगे|
कहिले
आफै
उठ्ने गर्थिए भने कहिले आमा आउनु हुन्थियो आमा उठाउनलाइ, आज चाही मामा आउनु
भयो| जहिले फोनमा उहाले
भान्जी भनेको सुनेकी थिए, आज
उठाउन आउदा भान्जी भान्जी भन्दै पस्नु भयो मेरो
कोठामा,त्यो
भान्जी भन्ने शब्द नै मिठासमा लत्पतिएको थियो| मामा संग गफ गर्दै बसे एकछिन सम्म,त्यसपछि माइजु पनि आउनु भयो,माइजु पछी एक एक गरि
बाबा अनि आमा पनि आउनु भयो| आज बुटवल भरि घुम्ने
कुरा गर्नु भएको रैछ तर मेरो नमिल्ने, हफ्ता दिन बिदामा बसेको भर्खरै हो,भर्खरै पनि के भन्नु,दुइ दिन भयो| सबैले मलाई पनि संगै जाउ भन्दै कर गर्न लागे र मैले मिल्दैन भन्दै सम्झाउन
लागे| अन्त्यमा
निस्कर्ष के निक्लियो भन्द, साझमा चाही संगै सबै
जना कुनै ठाउमा खाना खान जाने|
बिस्वास सधै जसरि नै घर अगाडी लिन आउनु भयो, घरबाट निक्लिदा आज केहि अबेला भैसकेको यो,आज अफिस जानु अघि कफीको लागि जान नमिल्ने भयो,बिस्वास संग कफी पिउदै गफ गर्नुको मजानै बेग्लै छ तर आज छुट्यो त्यो पल| अफिसमा पनि काम धेरै नै थियो,बिस्वास पनि ब्यस्त अनि म पनि,छेउमा हुदा हुदै पनि गफ भएन भन्दा नि हुन्छ| खाना खान पनि संगै गएनौ आजको दिन, अनि चिया खान पनि| आज साझमा मामा संग बाहिर जानु छ,त्यसैले कामसकेसम्म चाडै सक्न खोजेको हो मैले|
मामाले दिउसो फोन गरेर साझमा “स्पाइस लाउन्ज” जाने भनेर जानकारी
दिनु भयो,साझको
६ बजे| अब
झन्
काममा हतारिन लागे म, तर
मनमा केहि खल्लोपन चाही थियो,आज बिस्वास संग केहि गफ नै भएन भनि, मेरो
काम केहि हलुका हुदा उहा ब्यस्त र उहाको काम
हलुका हुदा म ब्यस्त| 4 बजे मेरो काम चाही लगभग सकियो भने पनि हुन्छ,बाकि
थियो दुइ तिन वटा इमेल लेख्न, यता उता हेरेको बिस्वास हुनुहुन्थेन,पक्कै पनि स्मोकिंग जोनमा हुनुहुन्छ भन्ने लाग्यो र
नभन्दै त्यहि हुनु हुन्थियो|
“तलाई याद छ मेरो साथीको फोन आएको थियो,हामि बोल्दा बोल्दै?” उहाको एउटा हातमा कफी र अर्कोमा चुरोट थियो,सधै जसरि नै| मलाइ देख्ने बित्तिकै उहाले हिजोको यस्तो कुरा निकाल्नु भयो,जुन मेरो दिमागले सम्झिएको पनि थिएन,मलाई जवाफमा “याद छ,हजुर भन्नुस न|” मात्र फर्काए|
“त्यो कुरा गर्नु छ,आज साझमा कफीको लागि जाम,अनि भन्छु|” कस्तो दोधारमा पार्नु भयो उहाले,साझमा मामा संग जानु छ तर फेरी उहाको कुरा पनि सुन्न मन छ| आखिर कहिले मैले नसोधी केहि नभन्ने मान्छेले सबै कुरा आफै भन्दै हुनु हुन्थियो ,कसरि नाई भन्नु| मामा संग पनि जान मन छ र बिस्वाससंग पनि| बिस्वास्लाई जे हो त्यही कुरा बिस्तारमा भने,”हुन्छ हामि पछी गए नि हुन्छ|” भन्दै उहाले मेरो धारलाई मेट्नु भयो|
अफिस पछी मामाले भनेको ठाउ सम्म बिस्वासले नै मलाई पुर्याईदिनु भयो| मेरो एउटा बानि अचम्मको छ, थिए म परिवारसंग तर सोच्दै थिए बिस्वासले के भन्न लाग्नु भएको भनि| धेरै खाना,अनि त्यतिनै फगाफ,अनि थोरै ठट्टा यसरि नै बित्यो त्यो साझ| अनि मामाले पान खाने भन्दै सबैलाई पान पसल लग्नु भयो,सबैलाई एउटा एउटा पान लिनु भयो र हामि फर्केउ घर तिर|
निन्द्रा लागेन,लागोस् पनि कसरि,मनमा एउटा मात्र कुरा घुम्दै थियो,विश्वासले भन्न खोज्नु भएको के भनि| सोचेर बस्नु भन्दा उहालाई फोन मै सोध्छु भनि फोन नगरेकी पनि हैन तर उहा अरु कोहि संग बोल्दै हुनु हुन्थियो| लग भाग १ घण्टा सम्म पनि मेरो कल वेटिंगमा नै भयो| अब झनै निन्द्रा लागेन,कोठाको चार भित्ताले मलाई खाउला गरेको जस्तो महसुस भयो, कोठाको हरेक बस्तु म संग बोल्दै थियो र म भने पागल हुदै थिए सबैको आवाज सुनेर| केहि नलागेर छतमा गएर,तारमा चित्र कोर्न लागे,आखाले नै भएपनि|
त्यहाँको एक्लोपन नै प्यारो लाग्न थालेको मात्र के थियो, कोहि आउदै गरेको सुने| मामा हुनु हुदो रैछ, तर किन यति राति उहा आउनु भएको भनि ठम्याउन सकिन| उहाले एउटा चुरोट मुखमा च्याप्नु भयो र लाइटरले सल्काउन लाग्नु भयो,मामाले चुरोट तान्नु हुन्छ भन्ने मलाइ अहिले सम्म पनि थाहा थिएन| भर्खरी थाहा पाउदा केहि अचम्मित परे| अर्को चुरोट उहाले खल्तीबाट निकाल्दै मलाइ दिनु भयो र मैले नाई भन्दै लिन मानिन|
“लेउ भान्जी,मलाइ थाहाछ तिमीलाई चुरोटको बानि छ, भेटेको बेला नै तिम्रो मुखबाट चुरोटको गन्ध आउदै थियो|” मामाले यति भन्दा म एकछिन छाना बाट खसेको जस्तै भए, मामाले कसरि थाहा पाउनु भयो,मामाले थाहा पाएको भए मामु अनि बाबाले पनि थाहा पाउनु भयो होला,अब के हुन्छ जस्ता प्रश्न मनमा आउन लागे|
“तिमि माइजुलाई नभन म चुरोट तान्छु भनेर,म पनि कसैलाई भन्दिन तिमि तान्छौ भनेर|” मामाले यति भनेर मलाई बिस्वस्त पार्नु भयो र मैले पनि निर्धक्क भएर चुरोट लिए मामको हातबाट|
“अनि यो पनि लेउ,यसले चुरोटको गन्ध सबै हटाउछ,म उता पुगेपछि अझै पथाइदिन्छु, यसले गर्दा तिम्रो माइजुले अहिले सम्म हो थाहा नापाकी|” मामाले यति भन्दै एउटा चुइगमको प्याकेट पनि हातमा हालिदिनु भयो| गफ हुदै गयो मामा संग,गफ सबै सामान्य नै थियो, मामा अनि मेरो दुबैको तेस्रो खिल्ली चुरोट पनि सकियो| मामाले कुरै कुरामा एउटा प्रश्न गर्नु भयो,मैले उत्तर नै दिन सकिन,के भन्नु भन्नु भएर आयो र केहि बेर चुप नै बसे|
