“अनि यो पनि लेउ,यसले चुरोटको गन्ध सबै
हटाउछ,म
उता पुगेपछि अझै पथाइदिन्छु, यसले गर्दा
तिम्रो
माइजुले अहिले सम्म हो थाहा नापाकी|” मामाले यति भन्दै एउटा चुइगमको प्याकेट पनि हातमा हालिदिनु भयो| गफ हुदै गयो मामा संग,गफ सबै सामान्य नै थियो, मामा अनि मेरो दुबैको
तेस्रो खिल्ली चुरोट पनि सकियो| मामाले कुरै कुरामा एउटा प्रश्न गर्नु भयो,मैले उत्तर नै दिन सकिन,के भन्नु भन्नु भएर आयो र केहि
बेर चुप नै बसे|
“त्यो बिहान अफिस जानु अघि लिन आउनु भएको चाही को हो?” कस्तो गाह्रो प्रश्न गर्नु भएको मामाले, सत्य भन्नु कि सत्य लुकाउनु,मामालाई सत्य भनेर केहि हुन्न जस्तो लाग्छ तर फेरी मनले नभन नि भन्दै छ|
“अफिसको सर हो, बिस्वास सर,किन र मामा?” सत्य कुरा मामालाई भन्नु कि नभन्नु भनेर सोच्न अझै केहि समय लिन खोजे मैले|
“ज्वाई हुन् कि भनेर” मामाले हास्दै मेरो मनको कुरा बुझ्न खोज्दै हुनुहुन्छ, मामा मान्छे चाही बाठो नै हो|
” हैन ज्वाई स्वाइ, मामा पनि जसलाई नि ज्वाई बनाइदिने है|” म पनि कम बाठी कहाँ छु र,मामामाको जवाफ अनुसारको जवाफ फर्काए|
“अनि चुरोट चाही कहिँले बाट नि?” मामाले प्रश्न पनि के के गरेको हो के के, उहालाई यथार्थ भन्न गाह्रो हैन तर दोधारमा छु|
“एक महिना नि भएको छैन, बिस्वासको संगतले हो|” पहिलो वाक्य सोचेर भनेकी हु मैले तर दोस्रो वाक्य फुत्किएको हो|
“बिहे पछी मैले माइजु संग लुकी लुकी चुरोट तानेको जस्तो गरि चुरोट तान्नु नपर्ने रैछ,संगै बसेर मिल्ने रैछ|” मामा हास्न लाग्नु भयो र मलाइ लाजले पानि पानि बनायो मामाको त्यो हासोले|
“ह्या मामा पनि, जे पनि है|” केहि बोल्न नसकेको बेला यति बाहेक केहि आउन्न मेरो ओठमा|
“अनि यति राती किन छतमा? भाग्न लागेको त हैन नि भान्जी|” मामा झन हास्न लाग्नु भयो ,मनमा धेरै कुरा छ,तर भन्ने मान्छे भेटेकी छैन,मामालाई ब्यक्त गर्न मिल्छ कि नाई पनि थाहा छैन, एक पछी अर्को दोधार |
“भागे भने, लेहेंगा किनिदिनु पर्दैन भनेर खुसि भएको है मामा||” म ७ कक्षामा हुदा मामालाई भनेकी थिए,मेरो बिहेमा क्यानाडा बाट लेहेंगा ल्याइदिनु है| बच्चा बुद्धि, त्यो कुराले मामाले मलाई अहिले सम्म जिस्काउनु हुन्थियो,आज त्यो कुरा मैले आफै भने|
“हाहाहाहा, ल भन किन माथि बसेकी|” मामाले एकछिन हास्न भ्याएर, दोहोर्याएर मलाई फेरी त्यहि प्रश्न गर्नु भयो|
आफुलाई थाम्न नै सकिन अब,मामालाई बिस्वास संग भेट भएको दिन देखि एउटा एउटा कुरा
भन्न लागे| हामि कसरि बोल्न लागेउ,कसरि उहा मात्र मेरो
मिल्ने मान्छे हो अफिसमा, हामि कसरि नजिक भयौ, यस्तै धेरै कुरा भन्दै गए, केहि कुरा थियो जुन
भन्न नमिल्ने
त्यसलाई
चाही आमाले लड्डु लुकाए जस्तै लुकाउन सफल पनि भए| भन्दै जादा बिस्वासले
आज भेट्न भन्नु भएको पनि भने तर म
नगएको पनि भने, उहाले
केहि कुरा भन्नु छ भनेको पनि भने र अहिले उहाले फोन
न उठाएको पनि भने| बल्ल
मन फेरी पनि सिमलको भुवा जस्तै हलुका भयो|
“लाटी, संगै
ल्याउनु पर्थियो नि,हामीले
पनि भेटथियौ|” मामाले कति सजिलै भन्नु भएको,मलाइ
आमा
बाबाको डर लाग्दैन कि के हो|
“अनि बाबा आमाले मलाइ घरमै
पस्न दिनु हुन्थेन|” मामाले अघि भनेको कुरा सपनामा पनि सोच्न
सक्दिन
म|
अघि सम्म मैले आफ्नु र बिस्वासको बारे सबै भने मामालाई,अब मामाले बिस्वासको बारेमा मात्र बुझ्न खोज्नु भयो| घर कहा हो,को को छ घरमा, के गर्नु हुन्छ,बानि कस्तो छ,यता उता,मैले पनि उहाको एक एक प्रश्नको उत्तर दिए| शोभालाई पनि थाहा नभएको कति कुरा मामालाई भन्दै गए मैले, बिस्वास मामाले यो कुरा गोप्य नै राख्नु हुन्छ|
“उहाको घर पनि काठमान्डौ नै रैछ, मैले तेरो लागि काठमाण्डौमा नै एक ठाउ जागिर भनेको छु, इन्टरभ्युमा बोलाको छ तलाई १५ दिन पछी,उहाको लागि पनि त्यहि भन्दिम?” उहाले मलाइ यो कुरा किन यति ढिलो भन्नु भएको,आज कुरा नभएको भए त,इन्टरभ्युको एक दिन अघि भन्नु हुन्थियो होला| मलाइ काठमान्डौ गएर बस्न मन नै छैन,पहिले कारण एउटा थियो अहिले दुइटा| पहिलो आमा बाबा लाइ छाडेर म बस्न सक्दिन,दोस्रो बिस्वासलाई छाडेर म बस्न सक्दिन अनि बिस्वास काठमान्डौ जानु हुन्न जागिरको लागि,यो कुरामा म बिस्वस्त छु|
“म आमा बाबालाई छाडेर काठमाण्डौ जान्न|” मामाले ढिलो गरेपनि मैले चाही आफ्नो जवाफ दिन ढिलो गरिन| मामाले एकछिन सम्झाउन खोज्नु भयो र हफ्ता दिन भित्र सोच भनेर समय दिनु भयो| यसपछि म सुत्न गए र मामा पनि,सुत्नु अघि २ बजिसकेको थियो, बिस्वासको मेसेज आयो ठ्याक्क “गुड नाइट ” लेखिएको थियो,यति भए पनि मन बुझाउने ठाउ भेटे र निदाएछु|
