राति उहाले आफै फोन गर्नु भयो,रिस कम भएको थिएन तर प्रश्नको जवाफको खोजीमा मैले त्यो फोन उठाए| भूमिका बनाउनु छैन मलाइ आज, मनको प्रश्न हरु उहा सामु राखे|
“हजुर हरेक रात मेरो फोन नउठाइकन को सँग बोलेर बस्नु हुन्छ?”
“मलाइ थाहाछ त रिसाकी छस् यो कुराले, तर समय सहि भएको बेला तलाई एक कुरा भन्छु, बिस्वास गर|”
“बिस्वासले नै कुरा लुकाउन लागेपछि, बाकि कुरामा कसरि बिस्वास लाग्छ|”
“कुरा लुकाको हैन, मेरो जीवनको केहि पानाहरु छन्,जुन तलाई अहिले सम्म थाहा छैन, पान हैन धमिरा लागेका पाना, ति धमिरा हटाउन खोज्दै छु|”
“पुरानो पाना सपार्न खोज्दै हुनुहुन्छ हजुर तर कहिले बिचार गर्नु भयो, नया पाना हजुरले आदि मै छोड्नु भएको छ|”
“त्यो पुराना पानाको धमिरा हटाइन भने, त्यो धमिरा नया पानामा पनि सर्न सक्छ| म जे गर्दै छु,हाम्रो लागि गर्दै छु|”
“एक्लै गर्नु भन्दा दुइ जना भए अलि चाडै हुन्थियो होला|”
” कुनै कुनै कार्य १००को रिचार्जकार्ड कोट्याएर रिचार्ज गरेको जस्तै हो,चाहे एक जनाले कोट्याओस् या हजार जनाले, प्रतिफल आर्जन हुने भनेको १०० रुपिया मात्र हो|”
“थाहा छ हजुरसँग बोलेर सक्दिन,जवाफ हजुर संग सबै कुराको पहिले देखि नै हुन्छ| तर मलाइ चाहिने जवाफ भन्नु,को हो त्यो जो संग हजुर हरेक रात बोल्नु हुन्छ?”
” जति सजिलै तैले मलाइ बिस्वास गरेर माया दिइस् नि,हो त्यति नै विश्वास गरेर मलाइ थोरै समय दे, तलाई सबै भन्छु सहि समयमा|”
“कहिले हो हजुरको त्यो सहि समय भनेको?”
“कहिले हो मलाइ आफै थाहा छैन तर त्यो समय आउने बित्तिकै,तैले केहि सोध्न नपाइ, सबै कुराहरु म आफै भन्छु,एक एक गरि|”
एउटा कुरा मैले बुझ्न सकिन, बिस्वास मेरो कमजोरी हो कि बिस्वासलाई मेरो कमजोरी के हो भनि राम्ररी थाहाछ, नत्र यति सबै हुदा पनि म अहिले पनि किन उहाकै कुरा मानेर बसेकी छु| हिजो सम्म जे भयो त्यो सबै भुलाएर म फेरी उहालाई माया र बिस्वास गर्न लागे,हुन त माया कहिले पनि भएकै थिएन, बिस्वास चाही केहि भए पनि डगमगाएको थियो| अघि सम्म मेरो सोचलाई कालो बादलके धेरेको थियो चारै तिर बाट तर बिस्वासको त्यो वाक्यहरुले त्यो बादलहरुलाइ ठाउ सारी गरिदिए गरिदिए|
अचम्म लाग्छ कुनै बेला, कसरि अघि सम्म बिस्वास बीच केहि समारात्मक कुरा बाकि नै छैन जस्तो लाग्थ्यो तर अहिले फेरी सबै सामान्य भइसक्यो र हामि बीच माया मात्र छ| उहा संग बोल्दा बोल्दै निदाईछु,के बोल्दै थिएउ पनि याद छैन, अनि कुन बेला निदाए पनि याद छैन,राति अचानक निन्द्राबाट विउझिदा सोच्न बाध्य भए| फोनको कल लग हेरेको, फोन काटेको 22 मिनेट भएको थियो, सायद उहा निदाउनु भएको छैन होला भनि फोन गरे उहालाइ| फोन फेरी वेटिंगमा, सबै सामान्य भइसक्यो लागेको मात्र रैछ मलाइ, उहा फेरिनु भएको छैन| एक अन्तिम पल्ट फोन गरे तर फेरी पनि वेटिंगमा ,फेरी पनि उठेन, मेरो रिसको सिमा नै रहेन अब| आखिर उहाले गर्न खोजेको के हो, उहाले म संग झुठ बोलेको कि सत्य लुकाएको?
