“बिस्वासले के गरेको? कस्तो बुझ्न नै गाह्रो भयो|” मैले भनेको एक एक कुरा सुनेपछि,शोभा पनि सोचमा पुगी, मेरो मनमा जे प्रश्न थियो उसले पनि त्यहि नै सोधी|
“तलाई बुझ्न गाह्रो हुदै छ,मलाइ बाच्न गाह्रो हुदै छ|” मेरो हरेक सास संगै म भित्र एउटा नया प्रश्न छिर्छ र त्यो प्रश्नले मेरो मनको हरेक भित्ता छिया छिया पार्न सफल हुन्छ,त्यसपछि बाच्न गाह्रो किन नहोस्, बरु सास फेर्न बिर्सिन पाए नि हुन्थियो नि|
“बिस्वास फेरी धोका दिने मान्छे हो जस्तो पनि लाग्दैन, तेरो कुरा सुन्दा फेरी उहा जस्तो नराम्रो मान्छे कोहि छैन जस्तो लाग्न थाल्यो,म पागल हुन लागे केटि|” मलाई यहा जे हुदैछ,शोभालाई पनि उता त्यस्तै हुदै छ, मेरो मनमा धेरै प्रश्नहरु धेरा लगाएर बसेका छन्,उसले केहीको भएपनि जवाफ दिन्छे कि भन्ने लागेको थियो तर उ पनि म जस्तै परि, उसंग पनि जवाफ केहीको छैन|
शोभासंग मेरो कुनै प्रश्नको पनि जवाफ थिएन तर उसलाई प्रश्न मात्र सोध्न पाउदा पनि मनले हलुका महसुस गर्दै गयो| तर एउटा बडेमानको ढुंगा जुन बिस्वासले गर्दा मेरो मनको डिलमा थुप्रिएर बसेको थियो,त्यो ढुंगालाई एक औला पनि यता उता सार्न सकिन मैले| शोभा संग थुप्रै अरु कुरा हुदै गयो,सबै कुरा मेरो र बिस्वासको वरिपरी मात्र थियो| बिस्वास र म बीच अहिले केहि बदलिएको भने छैन तर मेरो वरिपरी बदलिन केहि शेष नै छैन|
“काठमाण्डौ आइज बरु, केहि भएपनि मन हलुको हुन्छ|” यहाँ सबैलाई छोडी काठमाण्डौ जान्न भनेर बसेकी छु, तर अहिले दोहोर्याएर सोच्न बाध्य भए| बिस्वास अनि परिवास दुवै संग टाढा हुदा,मन हलुका होला भन्ने आश नै लागेन|
” म परिवार छोडेर बस्न सक्दिन, थाहा छ तलाई|” काठमाण्डौ भन्ने बित्तिकै मनमा आउने पहिलो सोच जे हो त्यो राखे शोभा सामु|
“बिस्वास तेरो जीवन हो,उ बाट नै त खुसि छैनस्| अनि परिवार सधै भरि तेरो जीवनमा हुनु हुन्न,ढिलो चाडोको कुरा हो,तैले बिहे पछी पनि परिवार बाट पर बस्ने पर्छ| सायद यहि बेला हो जीवनमा एउटा नया पाइला चाल्ने,जीवनको पानामा एउटा फरक कथा कोर्ने|” अहिले सम्म मैले यो कोण बाट कहिले पनि सोचेकी थिन, शोभाले एउटा नया कोण प्रदान गरि|
शोभा संग थप यस्तै अनेकौ कुरा भयो र उसे अफिस जान्छु भनि फोन राखी| अफिस म पनि जानु थियो, म तैयार हुदै थिए,बिस्वासको फोन आयो| मैले रातभर फोन गरेकी थिए उहालाई,उहाले एकपल्ट पनि उठाउनु भएन,उहासंग बोल्न एकरत्ति पन मन छैन| उठाइन उहाको फोन,उहाले फेरी पनि फोन गर्नु भयो,त्यो पनि उठाइन| अझै फोन आउछ भन्ने आश चाही थियो तर त्यो दुइ पल्ट बाहेक उहाको फोन आएन|
सधै बिस्वाससंग अफिस जाने म, आज एक्लै बाटोमा हिड्न लागे| मुस्किलले २५-३० पाइला हिडेको थिए,अगाडी बिस्वास मलाइ पर्खेर बस्नु भएको थियो आफ्नु बाइकमा| मलाइ देख्ने बित्तिकै उहा थोरै मुस्कुराउनु भयो र बाइकमा चढ्नु भयो| जो संग बोल्न मन छैन, उसको बाइकको पछाडी कसरि बस्नु म| बिस्वासले मलाइ उहाको बाइकको पछाडी आश गर्नु भएको थियो तर मेरो पाइलाहरुले उहाको बाइकलाइ पनि उछ्छिनिएर अघि बढे| मलाइ पछ्याउदै उहाले मेरो पछि बाइक ल्याउनु भयो, मेरो पाइलाको गतिमा| उहाले बोलाउन खोजेको जस्तो माने मैले, एकछिन सम्म बोलाउदा पनि केहि बोलिन म| अनि त्यसपछि माया लागेर आयो उहाको, आफ्नु पाइला रोके र उहाको पछाडी गएर बसे|
उहाको माया लाग्छ तर त्यो आफ्नु हावभावमा दर्शाउँ मन भने छैन,त्यसैले क्याफेमा पनि उहा संग एक शब्द बोलिन| कफी र चुरोट संगै मोबाइल चलाउदै मात्र बसे| उहा भने मलाई हेरेर बस्दै हुनु हुन्थियो, म बाट आखा हटाउनु नै भएको थिएन| अरु बेला भएको भए उहालाई अंगालेर माया व्यक्त गर्थिए होला तर त्यो माया अहिले धेरै प्रश्नको धेरा भित्र बन्धि भएर बसेको छ| उहाले दुइ तिनता प्रश्न गर्नु भयो र मैले त्यसको जवाफ दिन पनि शब्दको प्रयोग गरिन, आफ्नु टाउको सहमति वा असहमतिको संकेत दिदै हल्लाए मात्र| क्याफे जस्तै बातावरण अफिसमा पनि भयो,त्यहाँ पनि केहि बोलिन म उहा संग| हुन त संगै थियौ हामि तर हामि बीच अहिले माया हैन दुरी थियोकेहि प्रश्न हरुले गर्दा| घर सम्म उहाले नै पुर्याईदिनु भयो, म उहाको पछी नै थिए र हामि बिचको माया पनि कहिँ पछी नै छुट्यो जस्तो महसुस भयो|
राति उहाले आफै फोन गर्नु भयो,रिस कम भएको थिएन तर प्रश्नको जवाफको खोजीमा मैले त्यो फोन उठाए|
