१०:४५ बाट हामि उहाको घरबाट निक्लियेउ र १०:५८मा मेरो घर पुगेउ| मामु मलाई पर्खेर बस्नु भएको थियो,बाबा भने निदाईसक्नु भएको थियो| कोठामा गए र अघि बिताएका एक एक पल सम्झिन लागे| ११:३०,मलाइ समय भने ठ्याक्राकै याद हुन्छ,मेरो पहिले देखि को नै बानि हो, ११:३०मा उहालाई फोन गर्दा उहाको फोन आज पनि वेटिंगमा| हास्नु कि रुनु भयो, अहिले भर्खर ६ घण्टा संगै बिताएको थिए उहासंग,एक पल्ट पनि कसैको फोन आएन,उहा संग छुट्टिएको आघ घण्टा भित्र उहालाई फोन गर्दा कल वेटिंगमा| बिस्तारै उहालाई बुझ्दै छु जस्तो मानेको थिए तर छैन रैछु,उहाले जहिले भन्ने एउटा वाक्य आयो दिमागमा “तलाई मेरो बारेमा जति मैले भनेको छु,तलाई त्यति मात्र थाहाछ|”
साच्चिकै उहाले भनेको जसरि नै मलाई उहाको बारेमा केहि थाहाछैन जस्तै लागेर आयो| बहुला जस्तो फेरी हर्कत गर्न लागे, उहाले पनि मलाई चिन्नु भएको छैन म को हो भनि, उहालाई लगातार फोन गर्न लागे| हरेक बेला कल वेटिंगमा हुने, त्यो देख्दा देख्दै पनि मैले उहालाई फोन गर्न भने छोडिन| यसै त जिद्दी छु म, अहिले झन् जिद्दी हुदै गए,तर म भन्दा जिद्दी उहा हुनु भयो,मरिगए फोन उठाउनु भएन| २ बजि सक्दा पनि म उहालाई फोन गर्दै थिए र उहा अरु कोहि संग बोल्दै हुनु हुन्थियो| मेरो घर छेउ मै उहाको घर भएको भए त, कस्सम अहिले गएर उहाको त्यो फोन फुटाइदिन्थे र उहा जो संग बोल्दै हुनु हुन्छ त्यसको टाउको|
छटपटी भएर आयो, मन शान्त हुन मानेन, अरु बेला रगत नै बग्ने शरीरमा आज खै के बग्दै छ, कुनै बेला ओछ्यानमा हुन्छु कुनै बेला भुइमा| मनमा दुख अत्तिनै छ तर पोख्ने ठाउ वा मानिस केहि भेटिन| पिडा के हो मेरो सिरानीलाई सोधे हुन्छ जुन आज अनायासै बेमौसममा भिज्न पुग्यो| बिस्वासलाई अहिले सम्म अंगालोमा त्यति साह्रो गरि कसेकी छैन होला मैले जति साह्रो आज अर्को सिरानीलाइ च्याप्दै छु| अघि सम्म हासिरहेको मेरो मुहार जुन पुर्णिमाको जुन जस्तै चम्किदै थियो, अहिले औशिको रात जस्तै निन्याउरो भएको छ| कपाल पनि त्यो फुसको घरको छानो जस्तै हुन पुगेको छ जहा अहिले भर्खरै ठुलो हुरी चलेको हुनु पर्छ|
मनमा धेरै कुरा खेल्न लागे पछी जवाफको खोजीमा मेरो मन सिदार्थ जस्तै आफ्नु ठाउ छोडी हिड्यो| भौतारिन लाग्यो निकै जवाफहरुको खोजीमा,कहिले बकम्फुसे उत्तर सहित फर्किन्थियो भने कहिले खालि हात तर मलाई चित्त बुझाउने जवाफ खोज्न असमर्थ हुदै गयो मन पनि| मनले हार मानेपछि दिमाग शक्रिय हुन खोज्यो तर मन हारी सकेको मान्छेको बारेमा अनुसन्धान गर्न नसक्ने रहेछ यो दिमागले पनि| बिस्वास संग कुरा हुन नपाएपछि शोभालाई फोन गरे, उ बिचरि पनि सुतेकी हुनु पर्छ,उसले पनि फोन उठाइन| कल वेटिंगमा जानु भन्दा फोन नउठ्नु नै ठिक लाग्यो, आखिर बिस्वास को संग बोल्दै हुनुहुन्छ बितेको 3 घण्टा देखि|
फेरी आज मात्र हैन,हिजो पनि यहि घटना घटेको थियो,आखिर रात भरि चाही कोसँग बोलेर बस्नु हुन्छ| अहिले उत्तर भेटिन तर भोलि भेट्ने
बित्तिकै बिस्वास्लाई यो प्रश्नको उत्तर माग्छु भन्दै सुत्ने कोशिस गर्न
लागे तर सकिन| कहिले यो कोल्टो,कहिले अर्को,यसरि नै बित्यो रात पनि| बिहान ६ बजे मामु आउनु भयो कोठामा चिया सहित,मामु आउदा चाहि सुतेको नाटक गरे,नत्र रात भरि नसुतेको थाहा पाउनु भयो उहा पनि पिर मानेर बस्नु हुन्छ| चियाको चुस्की लिदै थिए,शोभाको फोन आयो| शोभा
संग धेरै कुराहरु लुकाएकी थिए
मैले,मेरो र बिस्वासको बारेमा| नगरकोट देखिको एक एक कुरा भन्दै गए शोभालाई,कसरि बिस्वास र म बिच के के भयो,कसरि हामि नजिकिदै गयौ, म उहाको घर गएको देखि साथीलाई भेटेको, उहाले गर्दा मैले रक्सि मात्र हैन
चुरोट पनि खान लागेको, मन संगै तन पनि एक भएको|
यति सुन्दा शोभा खुसि हुदै थि तर गएको हफ्ता दिन जे भयो त्यो भन्न नै
बाकि थियो| फेरी भन्न लागे म शोभालाई, कसरि गएको हफ्ता दिन देखि बिस्वास बदलिनु भएको छ , कसरि म उहालाई बुझ्न असमर्थ छु,कसरि उहा हरेक रात फोनमा अरु संग बोलेर बस्नु हुन्छ,सबै भने,हो सबै,केहि छोडिन|
“बिस्वासले के गरेको? कस्तो बुझ्न नै गाह्रो भयो|” मैले भनेको एक एक कुरा सुनेपछि,शोभा पनि सोचमा पुगी, मेरो मनमा जे प्रश्न थियो उसले पनि त्यहि नै सोधी|
