Part 23

आफुले धेरै अघि बोलेको एउटा झुठ याद आयो| मैले झुठ बोलेको हैन तर अरुको वाक्यलाइ मैले नसच्याउदा, त्यो झुठ हुन पुग्यो| त्यो झुठलाइ सत्यमा बदलिने चाहना जागेर आयो| धेरै अघि भन्नाले महिनौ वा बर्ष पहिले बोलेको झुठ हैन| क्षितिजले छाडेर गएपछी समयको खयाल हुन छाडेको छ| वेटर भाइले भने पछी मात्र थाहाभयो, म यहाँ होटेल बसेको दुइ हफ्ता बेसी भयो| म झुठको बारे भन्दै थिए, कुरा संगै म पनि अर्कै तिर मोडिए छु| यस्तै भएको छु आजकाल, सोच्दै केहि हुन्छु अनि बोल्छु केहि| बोल्न केहि खोजि रहेको हुन्छु तर भन्छु केहि| बस्दा बस्दै आफैमा हराउछु कसैलाई भेट्ने आशमा| हाम्रो सम्बन्ध पनि क्षितिज जस्तै भयो, हेर्दा सुन्दर छ अनि संगै छ भन्ने भ्रम हुन्छ| उ म संगै भएको भ्रमको आवास हुन्छ तर बास्तबिकतामा उसकै उपस्थितिको अवाभ हुन्छ| फेरी यता उता टहलिए, म झुठको बारे भन्दै थिए है|

केहि महिना अघिको काठमाण्डौ भ्रमण, सबैले यति दिन कहाँ हराएको भनि सोध्दै थिए| म संग जवाफ थियो, जवाफ हो पोखरा| यहाँ सम्म मैले केहि पनि झुठ बोलेको छैन| अर्को प्रश्न सोधियो मलाई, म पोखरा किन बस्दै छु भनि? मसंग यो प्रश्नको जवाफ थिएन| होस् पनि कसरि, मलाई आफै थाहा थिएन म किन पोखरा बस्दै छु| थाहा न भएको हैन, थाहा छ, तर यथार्थ पस्किन मिल्दैन सबै सामु| त्यत्तिकैमा कसैले “कलेज” पढ्न हो भनि सोध्यो र मैले पनि हो भन्दिए| पोखरामा म कलेज पढ्दै छु कि नाई, कुन कलेज पढ्दै छु, के पढ्दै छु, यो कसैले हेर्न आउने हैन| त्यसैले पनि हो मा हो मिलाएकी थिए मैले|

जहिले यहि होटेलको कोठामा बसेर हुन्न| अनि घरमा एक्लै बिहान देखि बेलुका सम्म कसरि बस्नु? पोखरामा त मेरो कोइ साथि पनि छैन| न समय बिताउनलाइ केहि गर्न मिल्छ न मेरो कुरा सुनिदिने कोहि छ| खालि घरमा खालि दिमाग लिएर एक्लै बसे भने, म बहुलाउछु| त्यहि हुन दिनु छैन| त्यसकै लागि कलेजको सोच आयो| यसलाई भन्छ, एक काटी सलाईले दुइ कार्य गर्नु| पहिलो कान कोट्याउनु अनि दोस्रो, प्रकाश छर्नु| यति पिडामा पनि म मजाक कसरि गर्दैछु सोच्दै हुनुहुन्छ? जिन्दगि नै मजाक भएको छ| मैले कलेज पढ्न सुरु गरे भने, मलाई दुइ फाइदा हुन्छ|  कलेज सुरु भयो भने, दिनको ५ -६ घण्टा समय यसमै जानेछ| अनि कलेजमा साथि पनि बन्नेछन्| त्यसैले कलेज नै अहिलेको समस्याको उत्कृस्ट उपाय महसुस भयो|

गुगलको सहाराले 4 ५ कलेज भेटे| कलेज मात्र हैन, कुन बिषय पढ्ने पनि रोज्दैछु| कलेज पढ्नलाइ जान लागेको हैन तर अनुत्तीर्ण पनि हुनु छैन| यस्तो बिषयको खोजिमा छु, जसमा धेरै मिहिनेत गर्नु नपरोस्, दिमागलाइ धेरै कसरत नपरोस् अनि सजिलै उत्तीर्ण हुन सकियोस्| बि.ए. पर्यो मेरो रोजाईमा| तिन बर्षमा सकिने, अनि बिषय पनि सजिलो जस्तो माने| यति भन्दैमा मैले बि.ए. लाइ नराम्रो भन्न खोजेको हैन| मलाई सुहाउने र मलाई चाहिने, बि.ए. मात्र हो| अब कलेज छान्ने पालो| कलेज कुन? कलेज रोज्न मुश्किल भएन| पी.एन. कलेज पढ्ने भए|

मैले बि.ए. रोज्नुको अर्को एउटा कारण पनि छ| अरु कुनै बिषय रोजेको भए या अरु कुनै कलेज रोजेको भए, दिउसो १ बजे सम्म कलेजमा हुन्छु| अहिलेको मेरो रोजाईमा परेको बिषय र कलेजमा, म १० बजे सम्म मात्र हुन्छु| कलेज पढ्नुको कारण नै खालि समय नहोस् भनेर हो| त्यसो भए मैले पी.एन. कलेज किन रोजे? किन कि अरु कलेज अनि अरु बिषय रोजेको भए, १ बजे सम्म कलेजमा भए पनि त्यसपछी खालि हुन्छु| घर आएर फेरी धेरै मिहिनेत पनि गर्नु पर्ने र पढाइमा मिहिनेत गर्नु छैन| दिउसो कुनै जागिर गर्छु भन्ने सोच पनि छ| १० बजे बिदा भयो भने, जागिर र नोट गर्न दुवै भ्याउछु| यस्तै धेरै कारण छन्, मैले पी.एन. कलेज नै रोज्नु अनि बि.ए. नै रोज्नु|

कलेज रोजेर मात्र हुन्न| भर्ना पनि हुनुपर्छ| भर्ना हुनको लागि कलेज पुगे| कलेज पुग्ने बित्तिकै केहि अचम्मित भए| निकै थोरै अपेक्षा लिएर कलेज पुगेको थिए| तर मेरो सोच भन्दा निकै राम्रो पाए कलेज| अनि त्यहाको बिधार्थी संख्या पनि निकै नै पाए| यहाँबाट मेरो ५ ६ साथि कसो बन्दैन्न् होला| भर्ना गरे कलेजमा अनि फेरी पनि होटेल पुगे| जब सम्म जागिर पाउन्न, घर जान्न भनि कसम खाएको छु| घरमा दिउसो भरि बस्न सक्दिन| जागिर कसरि खोज्नु? कोहि चिनजान पनि छैन, नत्र उसलाई जागिर खोजिदेउ भन्न मिल्थियो| फेरी जागिर खोज्न त्यति गार्ही हुन्थिएन होला तर मलाई नै थाहाछैन, म कुन जागिर गर्न खोज्दै छु|  मलाई कस्तो जागिर चाहिन्छ, मलाई कुन जागिर सुहाउछ, मलाई केहि थाहाछैन| मैले केहि सोचेको पनि छैन| यसरि कसरि जागिर खोज्नु? एउटा उपाय पाए जागिर खोज्ने| उपाय उपयुक्त छ कि नाई केहि बेरमा मात्र थाहा हुन्छ|
 होटेलको रिसेप्सनमा फोन गरे र जुक्तिलाइ कार्यन्वयनमा ल्याउनलाइ मैले …

Previous article
Next article

Latest Posts