Part 32

“हैन| यिनीहरु अब यहि बस्छन| म पनि हुन्न, तिम्रो भाउजुलाइ सजिलो हुन्छ| नानिले एस.एल.सी पास गरि| यसले चाही पढ्न मन नै  गरेन, ८ मात्र पढेको छ| होटेल राजनले हेर्छ, अनि घरमा बिन्दुले सहयोग गर्छे|” दाइको जवाफ हैन निर्णय थियो यो| दाइको निर्णयमा मैले केहि भन्न मिल्दैन तर मलाई केहि चित्त बुझेन| चित्त नबुझेको कुरा, चित्त बुझेन भनि भन्न मन छ तर दाइले के सोच्ने हो? फेरी राजन र बिन्दुको अगाडी पनि भन्न मिल्दैन, उनीहरुले के सोच्ने हुन्| यदि कहिले समय मिल्यो भने भन्छु सोची चुप बसे| 

पार्लर र होटेल हेर्ने इच्छा गरेको छन् बिन्दु र राजनले| होटेल पछी गएर राजनले नै हेर्ने भएपछी राजनले अहिले देखि नै चासो गर्नु पर्छ र व्यवहार बुझ्दै जानु पर्छ| हामि सबै पार्लर पुगेउ| पार्लर पछी होटेल गए सबै, म र भाउजु बाहेक|  राजन, बिन्दु र नानिले घुम्न मन गरेका छन्| पार्लर बन्द गर्न मिल्दैन, दाइले होटेल बन्द गरि, उनीहरुलाइ घुम्न लग्ने हुनु भयो|  दिउसोको लागि हामीलाई केहि खाजाको व्यवस्था गरेर, दाइ ११ बजे तिर, राजन, बिन्दु र नानिलाइ लिएर हिड्नु भयो| धेरै दिन पछी भाउजु पार्लर आउदै हुनुहुन्छ| खासै धेरै त भएको छैन, जम्मा ८ दिन हो, मलाई चाही धेरै लागेको हो|  सुरुको केहि घण्टा मान्छेको ओइरो नै लाग्यो भनौ| २ बजे तिर काम केहि हलुङ्गो भएपछी, म र भाउजु खाजा खान भनि छत पुगेउ| मान्छेको अगाडी खान केहि अप्ठेरो भएर हामी छत पुगेको हौ|

“भाउजु, एउटा कुरा भन्न मन छ| थाहा छ, म गलत हुन सक्छु, र छुच्ची जस्तो देखिन्छु| त्यसैले भन्न सकेको छैन|”
“ मनमा कुरा राख्नु हुन्न मैया| मनमा रहेका कुराहरु समय संगै बिष बन्छन, कहिले हजुरलाइ हानि गर्छन र केहिले अरुलाई|”
“राजन र बिन्दु, हजुरसंग यहाँ बस्ने भन्नु भयो दाइले| मलाई अलि कति पनि चित्त बुझेको छैन| इत्ति पनि चित्त बुझेको छैन|”
“किन नि मैया? के भयो र त्यस्तो? केहि गरे र उनीहरुले?”
“ मलाई के गर्नु र! तर जुन परिवारले गर्दा हजुरहरुले यति भोग्नु परेको छ, त्यहि परिवारलाइ कसरि अपनाउन सक्नु हुन्छ हजुरहरुले?”
“ मैया पनि के के सोच्नु हुन्छ| अतितको पिडा र तिता पल सम्झिने हैन, मिठा सम्झना मनमा साच्नु पर्छ| ल माने, त्यो समय जब परिवारको सहारा चाहिन्थ्यो हामीलाई, त्यो समय उनीहरुले नै हामीलाई अपनाएनन्| अहिले परिवारलाइ हाम्रो सहारा चाहिएको छ| यो समयमा  हामि पन्छियौ भने गलत त हामि पनि हुन्छौ| गलतलाइ गलतले मेट्ने हैन नि,बैगुनीलाइ गुनले मार्नु पर्छ|”
“तर हजुरको मनले मान्छ? सम्बन्ध के पहिले जस्तै हुन्छ? माफी दिनु होला तर चोटको दाग कसरि मेट्नु हुन्छ? भाउजु मैले हजुरको निर्णय गलत भनेको हैन तर प्रश्नहरु छन् मेरो मनमा| मात्र त्यसको जवाफ खोज्दै छु|”
“हजुरलाइ कसरि बुझाउ मैया| परिवारको महत्व निकै भिन्न हुन्छ अनि परिवार जरुरि हुन्छ| परिवार संगै हुदा महत्व नबुझिएला तर जब परिवार पर हुन्छ, परिवारलाइ माया नगरौ भन्दा पनि माया लाग्छ| परिवारलाइ नासम्झौ भन्दा पनि याद आउछ| हामि हफ्ता दिन यहाँ पोखरामा थिइनौ, हजुरले पनि हामिलाइ कति सम्झिनु भयो| ल मान्नु, भोलि केहि गलत भयो र हामि बीच केहि झगडा नै पर्यो| कहिले सम्म बोल्दिनौ हामि? कहिले सम्म रिसाउछौ हामि? त्यो दिन सम्म रिसाउछौ, जुन दिन सम्म कसैले माफी माग्दैन या आफ्नै गल्ति महसुस हुदैन| 

परिवारमा रिस, गलत, सहि केहि हुदैन र हुनु पनि हुन्न| परिवारमा मात्र माया, साथ र बिस्वास हुनुपर्छ| कुनै गल्ति पनि परिवार भन्दा ठुलो हुदैन|  हजुरले कुनै फुलको बोट रोप्नु भयो तर फुल फुलेन भने हजुरलाइ पनि त रिस उठ्छ नि| हजुरको पनि केहि आश थियो त्यो बोटबाट, आश पुरा नभएपछी चित्त दुख्नु स्वाभाविक हो| हजुरलाइ गल्ति त्यो बोटकै लाग्छ र केहि दिन पानि हाल्नु हुन्न बोटमा|  केहि दिन पछी फुल ओइलाउदै जान्छ र हजुरलाइ कि आफ्नो गल्तिको महसुस हुन्छ या बोटको माया लाग्छ| अनि हजुर त्यो बोटमा पानि हाल्नु हुन्छ| अब त्यो बोटले मलाई पानि चाहिन्न भनेर घुर्की लगाउछ? लगाउदैन नि|  हामि पनि त्यहि बोट जस्तो हौ, हामीले धेरैको आश पुरा गरिनौ र बहिस्कार भयौ| गल्ति हाम्रो छैन भन्दिन तर गल्ति परिवार भन्दा ठुलो हैन| त्यो पानि परिवारको माया हो, ल भन्नु अब मैले त्यो मायालाइ कसरि नाइँ भन्नु?   

यदि परिवारमा गल्ति गन्दै, गल्ति कोट्याउदै  बस्ने हो भने, परिवार परिवार हैन ब्यापार हुन्छ| जहाँ हामि स्वार्थको लागि मात्र संगै हुन्छौ| परिवारको केहि बचन ए केहि कदमले चित्त दुख्छ, धेरै नै चित्त दुख्छ| लाग्छ कहिले फर्किएर त्यो घर जाने नपरोस, कसैलाई हेर्न नपरोस| तर त्यो रिस र सोच एकछिनमा गायब हुन्छ र परिवारको याद र अभावले निकै नै सताउछ| एउटाले गल्ति गर्छ अनि अर्को रिसाउछ| एक आफ्नो गल्ति नमान्ने अनि जब गल्ति मान्छ अर्कोले माफी नदिने| यस्तो गर्यो भने त यो संसार कोहि कसैको हुदैन| सबै एक्लो हुन्छन| दुनियामा पिडा र क्रन्धन मात्र हुन्छ| मायामा यस्तो शक्ति हुन्छ, जसले पिडाको दागलाई पनि बुट्टामा परिणत गरिदिन्छ|”

भाउजुले अहिले जे भन्नु भयो, त्यो मेरो लागि ज्ञान हो| म अहिले सम्म जे सोच्दै थिए, जुन मानसिकतामा थिए, त्यो सबै गलत रैछ| म बाच्दै गरेको दुनिया नै झुठ रैछ| मेरो यथार्थ नै चित्तभ्रम रैछ| भाउजुले भन्नु भएको एउटा वाक्य दिमागमा घुम्न लाग्यो| “परिवारको महत्व परिवार पर हुदा मात्र थाहा हुन्छ|” यो मैले धेरै पटक महसुस गरेको छु| बा-आमासंग कति रिसाउथिए| आफ्नो कुरा मनाउन के के नाटक गर्थिए तर कहिले महत्व बुझिन| जब आमा-बाबाको निधन भयो, अनि बल्ल उहाको महत्व बुझे| क्षितिजलाइ कति बचन लगाए र जब उसले छाडी गयो, उसको महत्व बुझे| उसलाई पनि पश्च्याताप त् हुदो होला| दाइ अमेरिका जाने भन्दा खुसि छु तर न्यास्रो पनि लाग्दैछ|  परिवार जीवनको हिस्सा हैन, परिवार जीवन नै हो|

राजनले पनि होटेलको काम सिक्दै गयो| उसले मलाई दिदि भनेर सम्बोधन गर्न लाग्यो| बिन्दुले पनि पार्लरको काम सिक्ने इच्छा जिकिर गरिन्, र अहिले उ पनि पार्लरको काम सिक्दै छिन्| कलेज जान पनि मन लाग्न छाड्यो| हफ्ताको दुइ दिन जति कलेज जान्छु र सबै नोटको फोटो खिचेर ल्याउछु| दाइ जानु अघि, सकदो समय बिताउनु छ दाइ संग| दिउसो भर दाइको लागि कपडा र घरको लागि आवश्यक सामान किन्दै हफ्ता दिन बित्यो|
“बहिनि, हिजो साथिहरुसंग गफ भएको थियो| अमेरिका आउनु अघि कारको लाइसेन्स लिदै आइज भनेका छन्| मलाइ कार चलाउन आउछ तर नचलाएको धेरै भयो| मलाई ३ -४ घण्टाको लागि तिम्रो कार दिन्छौ?” जे मेरो हो त्यो दाइको पनि हो| मेरो जति हक छ त्यति दाइको पनि छ| दाइले दिन्छौ भनि प्रश्न गरेको मन परेन मलाई|
“बहिनि, म भोलि ३-४ घण्टाको लागि कार लग्दैछु| यसरि भन्नु अनि मात्र हुन्छ भन्छु| आफ्नै चिजलाइ पनि दिन्छौ भनि सोध्नु पर्छ? चित्त नबुझेको कुरा जिस्किदै दाइलाइ भने| उहाले पनि बुझ्नु भयो र हास्नु भयो| बाहिर जानु अगाडी उहाले कारको लाइसेन्स पनि लिनु भयो| लाइसेन्सको ट्रायल पास गर्नु त भयो तर यति चाडै लासेन्स नआउने रैछ| यहाँ पैसामा माया त बिक्छ, लासेन्स छिट्टै पाइयो, केहि अचम्म हुनु पर्ने काम गरेको हैन| 

दाइको पर्सि फ्लाइट छ| गाउबाट दाइको परिवार सहित भाउजुको परिवारको अरु सदस्य पनि आउनु भएको छ| परिवारको महत्व भाउजुले मलाई बुझाउनु भयो अनि मैले बुझे पनि| तर आज केहि नया कुरा सिक्दै छु|  परिवारको महत्व धेरै नै छ, मान्छु म| तर कुनै परिवार मायाले चल्छ भने कुनै पैसाले| हिजो सम्म अछुत भनिएको भाउजलाइ आज घरको लक्ष्मी भन्दै छन्, आखिर नोटको लक्ष्मीको आशले त् हो नि| कुनै परिवार पैसाले गर्दा फुट्दो रैछन र कुनै परिवारलाइ पैसाले जोड्ने रैछ| 

दाइ र बाकि सबै भोलि काठमान्डौको लागि हिड्ने भएका छन्| पर्सि फ्लाइट, भोलि काठमान्डौ घुम्ने योजना रैछ| दाइले औधि नै कर गर्नु भयो मलाई पनि काठमाण्डौ जाउ भन्दै| दाइसंगै भाउजुले पनि कुरै कसरत गर्नु भयो तर म काठमाण्डौ जान मानिन| कारण धेरै छन् र जानु अघि दाइको मन खिन्न बनाउनु छैन कारणहरु भनि| बिहानै सबै काठमाण्डौको लागि तैयार हुनु भयो| जानु अघि दाइले मलाई अँगालोमा हाल्नु भयो र सम्झाउन लाग्नु भयो|
“बहिनि, आफ्नो अनि भाउजुको ख्याल राख्नु| अनि धेरै झोल पिउने हैन नि| म यहा हुनेछैन,तिमीले हेर्नु पर्छ अब यो परिवार| ख्याल राख आफ्नो| अरु त् तिमि आफै बुझ्छौ, मैले केहि भन्नु पर्दैन| दाइसंग केहि गल्ति भएको भए माफ गरिदेउ|” दाइले त् यति भन्नु भयो तर मैले एक शब्द पनि बोल्न सकिन| न कुनै  गुनासो छ न कुनै दुख तर पनि दाइ जान लाग्नु भयो भनि न्यास्रो लागेको छ| मेरो आखाको आशु खुसिको हुन् कि मायाका, तर रोक्न सकिन र दाइको अँगालोमा रुन लागे| एकछिन सम्म त्यसरी नै रहे दाइको अँगालोमा| दाइको पनि आखा भिजे छन्| दाइलाइ बिदाइ अनुहारमा मुस्कान राखेर नै गरे|
सबै गाडी चढे र दाइले झ्यालबाट टाउको निकाल्दै “गए ल” भन्दै अन्तिम पल्ट बिदा माग्नु भयो..

Previous article
Next article

Latest Posts