Part 36

“तिम्रो नम्बर दिन मिल्छ?” उसले नम्बर मागेन, मैले नै माग्नु पर्यो| हो रैछ, प्यासी कुवा धाउछ भनेको सत्य हो रैछ|
“मिल्न त मिल्थियो तर मसंग मोबाइल छैन|” खुसि हुनु कि दुखि हुनु म? नम्बर दिन हिच्किचाएन उ, तर उसंग अहिले मोबाइल नै छैन| भाग्यले ठगेको मान्छे हु म| तर एकछिन, मलाई नम्बर दिन उसलाई उसको मोबाइल किन चाहियो? उसलाई आफ्नै नम्बर याद नहुने त् पक्कै हैन होला|
“ नम्बर दिन मोबाइल किन चाहियो? मैले मेरो नम्बर टिप भनेको हो र! आफ्नो नम्बर याद छैन तिमीलाई?” मनको कुरा लेख्नेलाइ लेखक भन्छन भने मनको कुरा ब्यक्त गर्नेलाइ के भन्छन कुन्नि? मनमा जे छ त्यहि नै भने उसलाई|
“म मोबाइल  चलाउदीन| मसंग मोबाइल नै छैन|” कस्तो अचम्मको कुरा गर्दै छ उ| २०७४ मा पनि कसैले मोबाइल नचलाउने हुन्छ र| लेखक हो उ, सिधै नम्बर दिन्न भनेर मेरो मन दुखाउन चाहेन| बरु बहना बनाएर नम्बर नदिन खोज्दै छ| फेरी पनि अब न खुसि हुनु कि दुखि?
“ढुंगे युग हैन त यो| बरु मान्छेसंग मुटु हुदैन तर मोबाइल हुन्छ अहिले| लेखक हु भन्दैमा जे पनि गफ हान्न मिल्छ?” उसंग के बोल्नु हुन्छ या के बोल्नु हुन्न, केहि सोच्नु पर्दैन मैले| मनमा जे छ त्यहि बोल्न सक्छु निर्धक्क भएर, लेखक हो बुझ्छ भनि बिस्वास छ|
“आफैमा रम्ने मान्छेलाइ किन चाहियो र मोबाइल? समय संगै सपना मार्छ मोबाइलले| दुनिया नै आफ्नो मुठ्ठीमा छ जस्तो भ्रम हुन्छ तर आफु यसको कैदी भएको पत्तो हुदैन| दुर्व्यसनमा पर्नु अघिनै पर बस्नु ठिक|” उसले यस्तो भन्दा आफ्नै मोबाइल फुटाइदिम जस्तो लाग्यो|
“ अहिले सम्म मोबाइल चलाएको छैनौ?” मेरो अर्को प्रश्न| होटेलको गेट अगाडी उभिएर कोहि संग यसरि पहिलो पटक बोल्दै छु|
“ चलाएको छु| चलाउदै नचलाउने हैन| सबै क्रियाकलापको लागि एउटा समय हुन्छ| जस्तै सुत्नलाइ रात छ, बिस्कुन सुकाउनलाइ दिन छ| मेरो पनि मोबाइल चलाउने समय छ| अहिले म किताब लेख्दै छु| यो किताब लेख्ने अवधि भर म मोबाइल चलाउन्न|” यो मान्छे किन यस्तो अचम्मको छ| हैन किताब लेख्ने भन्दैमा मोबाइल नै नचलाउने हुन्छ? कस्तो अचम्म, यो मान्छे खुला किताब देखिएपनि, यो मान्छेलाइ बुझ्न त्यत्तिकै गाह्रो छ| तर उसले सत्य बोल्दै छ भनि पत्त्याउन गाह्रो भयो| लेखक हो कहिँ जिस्किदै त छैन नि?
“त्यसो भए त किताब लेख्ने अवधि भर, तिमि घर पनि जान्नौ होला है? नहुने कुरा गर्छ|” म रिसाएको हैन तर उसको कुरा नपचे पछी यो भन्दा अरु केहि प्रतिक्रिया जनाउन आएन|
“ तिमि ज्योतिषी हो? कसरि थाहा पायौ?” उसको जवाफले ताजुब बनाउदै छ| उसले भनेको सबै सत्य हो कि उसको हरेक शब्द झुठ हो, ठम्याउन मुश्किल पर्यो मलाई|
“त्यसो भए तिम्रो घर कहाँ हो?” चाहे उसले सत्य बोलेको होस् या झुठ, उ जे बोल्दै छ रोचक लाग्दै छ मलाई| त्यसैले त उत्सुक हुदै एक पछी अर्को प्रश्न गर्दै छु|
“केटि, यसरि नै बोल्दै गए भने बिहान हुन्छ| आजलाइ तिम्रो प्रश्नको बहाबलाइ यहि रोक्दा कसो होला? ल तिमि होटेल भित्र जाउ अनि म पनि आफ्नो होटेलमा जान्छु|” उसले अझै रोचक जवाफ दिन्छ र म अरु पनि प्रश्न सोध्छु भनि तैयार थिए तर उसले पूर्णबिराम लगाइदियो| एउटा अनुमान गर्दै छु भनौ यहाँ उसले जे भन्यो त्यो पत्याउदै छु| उ अहिले होटेल जान्छु भन्दै छ, मतलब उ साच्चिकै घरबात पर छ|
“तिमि कुन होटेलमा बस्दै छौ?” प्रश्न नगरौ भन्दा भन्दै पनि प्रश्न गरे| आफुलाई उसंग प्रश्न सोध्नबाट रोक्न सकिन|
“मैले भने नि अब प्रश्नको शिलशिला बन्द गर्नु पर्छ|” एउटा प्रश्नको जवाफ दिदा उसको के नै बित्ने जस्तो गर्छ त बा| जाबो एउटा प्रश्नको जवाफ दिदा उसको सर्वस्व हरण हुने हैन नि|
“ल अब थप प्रश्न गर्दिन तर एउटा प्रश्न छ जुन तिमीसंग नसोधी नहुने छ| सोधौ?” उसको अनुमति बिना अर्को प्रश्न सोध्न मन लागेन र उसको अनुमति लिने प्रयत्नमा छु|
“तिमिलाइ थाहा छ? तिमीले एउटा अन्तिम प्रश्न गरु भनि सोध्दै छौ मलाई, अनि यो आफैमा एउटा प्रश्न हो| हाहाहा| छोड यो कुरा, प्रश्न सोध| जरुरि लागेमा जवाफ दिन्छु, बकम्फुसे प्रश्न रैछ भने म फर्किन्छु|’ उसले यति भनिसक्दा मलाई पनि हासो लाग्यो| फेरी पनि थाहा नपाइ अर्को प्रश्न गरिसकेछु मैले|
“तिमिसंग मोबाइल छैन| तिमीलाई भेट्नु पर्यो भने कसरि भेट्नु मैले?” प्रश्न सोधे| मेरो लागि महत्वपूर्ण प्रश्न हो यो, उसले पो के सोच्ने हो?
“आज कुन बार हो?” मलाई प्रश्न नसोध भनि आफु चाही प्रश्न गर्दैछ| उसले प्रश्न सोधेकोमा मलाई केहि आपत्ति छैन तर उसको प्रश्नमा चाही आपत्ति छ| के सोधेको यस्तो प्रश्न? कसैलाइ बार याद हुदैन? सच्चि उसले मोबाइल बोक्दीन भन्दै थियो, त्यसैले बार र गते थाहा नहुदो हो उसलाई|
“ तिमीले चाही प्रश्न सोध्न मिल्ने हो? बुधबार हो आज| हैन हैन, १ बजी सकेछ, बिहाबार भइसक्यो|” उसको प्रश्नको जवाफ दिए अनि उसको शैलीमा नै दिए|
“शनिबार सम्म, बेलुकाको ७ बजे पछी, मलाई आजको ठाउमा नै पाउछौ|” उसले पहिलो पल्ट यति सरल जवाफ दिदै छ, अचम्म भयो त|
उसले जवाफ दियो, त्यसपछी म होटेल मण्डला  अनि उ आफ्नो होटेल तिर लाग्यो| उसको होटेल कहाँ पनि थाहा छैन| उसको नाम पनि त थाहा छैन| यति धेरै बोलियो तर नाम सोध्ने मौका नै मिलेन| उसको बारे नसोचौ भन्छु तर उसकै याद आउछ| अब उ त्यस्तै नै छ, उसलाई नसम्झीउ भन्दा पनि नहुने| ल आफै सोच्नुस् त, अहिलेको जवानामा मोबाइल न चलाउने मान्छे भेटिन्छन्| कोहि यति सरल भएर पनि कसरि रहस्यमय हुन सक्छ? कोहि किताब लेख्नको लागि नै घरबात पर बस्न सक्छ? उ कति सत्य बोल्दै च र कति समय संगै थाहा हुन्छ| मलाई यो सबै थाहा पाउनु छ अनि उसको बारेमा पनि बुझ्नु छ| त्यो सबै थाहा पाउनलाइ मैले उसंग समय बिताउनु पर्नेछ| उसंग मोबाइल भएको भए, हेरक पांच मिनेटमा फोन गरि सताउथिए उसलाई तर उसंग मोबाइल पनि छैन| एउटा मात्र उपाय हो, भोलि पनि आजको बार जाने| उसले भनेको समयमा बार पुगेको कल्पना गर्दा गर्दै निदाएछु| बिहान उठ्दा ढिलो नै भएको छ|आज लगनको दिन, ब्युटी पार्लरमा मान्छेको घुइँचो छ पक्कै पनि| हत्तारिएर तैयार भए र पार्लर पुगे| नभन्दै मान्छेको ताती छ भन्दा पनि गलत नहोला| ४ जना ब्युटिसियन अनि पार्लरमा १३ जना ग्राहक छन्| भ्याई नभ्याई छ| काम न आउने हैन नगर्ने हो मैले| आजको दिनमा काम नगरी पनि नहुने, आफै पनि लागि परे| ३ बजे सम्म धौ धौ नै पर्यो र ३ बजे पछी मान्छेको नामो निसान छैन| कस्तो अचम्म| ४ बजे सम्म मान्छे कुरेर बस्दा पनि कोहि न आएपछी, अब अझै बस्नुको केहि फाइदा भेटिन| सबैले यति मिहिनेत गरेका छन्, बोनस पाउछन सबैले तर पैसाले आत्मियता हुदैन| सबैलाइ एकछिन घुम्न जाम भनि प्रस्ताभ गरे| घुम्नु अघि खाजा खाने निर्णय भयो र सबै जना ट्याक्सी चढी स्ट्रिट १३ पुगियो| ख्याल- ठट्टा गर्दै त्यहि नै ६:३० भयो| लेक छेउमा एकछिन घुमी सकेपछी, ताल बाराहीमा आरति हेर्ने मौका मिल्यो| आरति पछी सबैलाइ घर जान हतार भयो| मलाई पनि घर गएर नुहाउन मन छ र घर पुगे म| दाइको फोन आयो यत्तिकैमा| प्लेन चढेर, नेपालबाट अन्तिम पल्ट फोन गर्दै हुनु हुन्छ दाइले| एकछिन सम्मको गफ र दाइले “बहिनि, ख्याल राख है आफ्नो, भाउजुको अनि नानिको|” भन्दै फोन राख्नु भयो| फेरी पनि भावुक भए केहि बेरको लागि| दाइले फोन गरेको केहि समयमा नै भाउजुले फोन गर्नु भयो| भाउजु अझै थप दुइ दिन काठमाण्डौ बस्ने हुनु भएछ| सबैले काठमाण्डौ घुम्ने इच्छा गर्नु भएछ| त्यसैले उहाहरुको भ्रमण लम्बिएको रैछ| भाउजुहरु आइतबार मात्र आउने भएपछी, पार्लर मैले नै हेर्नु पर्ने छ| सधै घर आउन भ्याउन्न, एक जोड कपडा पनि ब्यागमा हाले| आज केहि बिशेष ध्यान दिएर तैयार हुदैछु| अरु दिन भन्दा खास पनि त छ आजको दिन| अरु दिन एक्लै हुन्थिए,कसैको मतलब हुन्थिएन| आज कसैलाई भेट्न भनि जादै छु|
तैयार भए….

Previous article
Next article

Latest Posts