एकछिन दुवै चुप अनि फेरी केहि बेर चुप| उ लेख्न खोज्दै छ र उसलाई दखल पुर्याउन मन लागेन| एक पछी अर्को गरि, ६ पाना च्याति सक्यो उसले तर पनि उसले चाहेको जस्तो लेख्न सकेको छैन| आखिर उसले त्यस्तो लेख्दै के छ? उसले के लेख्दै छ मलाई थाहा छैन तर के उसलाई थाहा छ उसले के लेख्दै छ? यदि उसलाई थाहा भएको भए उसले सजिलै लेख्थियो होला| थाहा नभएर नै उसको कलमले उसको मनको भाव डायरीमा सजाउन सकेको छैन| कति समय नबोली बस्नु| एक त उसले के लेख्दै छ त्यो पनि हेर्न पाएको छैन मैले र हेर्न पाएको भए पनि मैले के नै बुझ्ने हो र|
“संगै बस्न निमन्त्रणा दिएर मात्र हुन्छ? संगै बसेको मान्छेसंग बोल्नु पनि पर्छ| कि लेखकलाइ यति पनि थाहा छैन?” कसैले त् बोलचाल सुरु गर्नु पर्यो| एउटा पाइला नचाली अर्को पाइला अघि कसरि बढ्छ? पहिलो पाइला मैले चाले|
“मैले बस्न निमन्त्रणा दिएको हो| म डायरीसंग बोल्दै छु, तिमि को संग बोल्छौ अब?” म एउटा जवाफ खोज्छु, उ अर्को जवाफ दिन्छ| लेखकहरु किन यस्तो तिमुर्केको हुन्छन? जे भए पनि फेरी बोलचाल सुरु भयो|
“डायरीसंग तिमि हैन तिम्रो कलम बोल्दै छ| तिमि पनि म जस्तै एक्लो छौ|” म यस्तो जवाफ कसरि दिदै छु? यो मान्छेसंग अझै दुइ घण्टा बसे भने, म पनि एउटा किताब लेख्छु होला|
“ आफुमा रम्ने मान्छे कहिले एक्लो हुन्न|” म माया फैलाउन खोज्छु अनि उ संसारको चोट एक्लै भोगेको मान्छे जस्तो बोल्छ| म सुबिन उ सरुभक्त हुदै छ र म सुबिन भट्टराई| दुबैको दर्शन फरक|
“ त्यो एक्लोको परिभाषामा फरक पर्छ, हैन र?” उसंग यस्तो प्रश्न सोधे जसको जवाफ मैले पहिले नै तैयार पारिसके| फेरी यो प्रश्नको जवाफ मैले उसको जवाफ अनुसार पनि बदलिन सक्छु| बाकि छ त केवल उसले जवाफ दिन|
“ परिभाषा पनि मान्छे अनुसार फरक पर्छ| जब मान्छे संसार र आफुबाट नै पर हुन्छ, त्यो एक्लो हुन्छ| मेरो लागि एक्लोको परिभाषा यहि हो| तिम्रो र मेरो परिभाषा अलग हुन सक्छ र उही हुनु पर्छ भन्ने पनि छैन| तर पनि तिम्रो परिभाषा जान्न सक्छु म|” उसले जवाफ त दियो तर मैले सोचे भन्दा निकै भिन्न| म आफ्नो परिभाषा भन्न आत्तुर छु तर सायद समयले अरु केहि माग गर्दै छ|
“दाइ किचेन क्लोज हुन लाग्यो| केहि अर्डर गर्नु छ? लास्ट अर्डर|” म र मेरो परिभाषा बीच बारको भाइ आइ दीयो| परिभाषा दिन तैयार भइसकेको थिए तर समयले साथ दिएन|
लास्ट अर्डर, पर्याप्त हुने गरि खाने कुरा भनियो| खान संगै ३ बोतल बियर, ६ खिल्ली चुरोट पनि| बल्ल तल्ल सुरु भएको बोलचाल, फेरी पनि रोकियो| उ फेरी पनि लेख्न लाग्यो र डायरीमा कलम संगै आफ्नो ओठमा बियरको ग्लास जोड्न थाल्यो| भर्खर बोल्न सिक्दै छु, लेख्न आउने भए त म पनि लेख्न ब्यस्त हुन्थिए होला| केहि अचम्म कुरा बिचार गरे मैले, गएको १० मिनेट देखि उसले एउटा पनि पाना च्यातेको छैन| उसले चाहेको लेख लेख्दै छ सायद| उसले शब्द पनि पायो होला, शब्द संगै पात्र पनि अनि पात्र संगै भाव पनि| अझै केहि बेर लेख्न ब्यस्त भयो उ|
“मान्छेले यति समयमा दुइ वटा महाभारत लेखेर भ्याउछन्| तिमिलाइ एउटा लेख लेख्न कति धेरै समय लागेको| आज नै सकिन्छ नि?” हगे पछी दैलो देख्यो भन्छन नि| त्यहि भयो अहिले मसंग| मैले उसको स्वभिमानमा ठेस पुग्ने केहि बोले जस्तो लाग्यो| मात्र बोलचाल सुरु गर्न खोजेको हो मैले तर मैले कुरा झन् बिगारे जस्तो महसुस हुदै छ|
“ लोक कथा या भनौ भगवानको गुनगान| त्यसमा कति सत्य थिए र कति गलत| गलत भएपनि प्रश्न उठाउने कसले? भगवानको बिरुद्ध आवाज उठाउने को? सजिलो थियो महाभारत लेख्न| मह्भारतमा अन्तिममा सत्य या भनौ भगवानको नै जित हुन्छ भनेर सबैलाइ नै थाहा हुन्छ| त्यहि पनि मान्छे अन्तिम सम्म हेर्छन, किन कि मान्छेलाइ जित महत्वपूर्ण छैन, जितको लागि चुकाएको मुल्य हेर्न उत्सुक हुन्छन मान्छे| म जे लेख्दै छु सत्य लेख्दै छु| यहाँ धेरैले धेरै प्रश्न उठाउने ठाउ छ| कसैको जीवन लेख्दै छु अनि बास्तबिकता लेख्दै छु| त्यसैले त समय दिएर लेख्दै छु|” उसको शब्दमा सत्य हैन, उसले सत्यमा शब्द भर्दै छ लाग्ने| उसले जे भने पनि चित्त बुझ्ने, उ कहिले गलत हुदैन र उसको हरेक शब्दले आत्मीय आनन्द दिन्छ| उ पनि मेरो हातमा भएको बियर जस्तै छ, सबैको चित्त नबुझे पनि मेरो चाही चित्त बुझ्दै छ उसको कारणले|
“त्यस्तो ले लेख्दै छौ| पढ्न मिल्छ मैले?” उसको लेख पढ्न मन छ| लेख हैन उसले लेखेको बास्तबिकता हेर्न मन छ| उसले लेख्दै छ र उसले नहेर पनि भनेको छैन तर हेर्नु भन्दा पहिले अनुमति लिनु जरुरि छ|
“सकिन लाग्यो| काचो तातो के खान्छौ? पाक्न देउ अनि स्वाद लिनु|” हरेक वाक्यमा उपमा प्रयोग गरेर बोल्ने उसको शैली मलाई मन पर्नु स्वाभाविक हो कि हैन\
“ चाख्नु त पर्यो नि| के थाहा, नुन कम छ कि? मसला पुगेन कि? अझै पनि काचो छ कि?” उसकै शैलीमा, म पनि बोल्दै छु| उसको शैली मन परेर उसको शैली अपनाउदै छु| स्वभाव उसको कस्तो छ बिस्तारै थाहा हुन्छ, शैली भने उल्लेखनीय छ|
‘ होटेलमा चाख्ने काम भान्सेको हो, ग्राहकको हैन| मैले चाखी सके, अब एकछिन पर्ख, तिम्रो लागि पनि पस्किने छु|” कसैको बोलिले, कसैले बोलेको शब्दले, के मोहिनी लाग्न सक्छ? यदि यो सम्भव छ भने, म अहिले उसले बोल्दै गरेको शब्दको मोहिनी जालमा छु|
“ चाख्न नमिले पनि के पाक्दै छ त भन्न मिल्छ नि?” उसले जसरि नै मैले पनि उपमा प्रयोग गर्न खोज्दैछु तर मिलेन छ सायद|
“ बदनाम उनि, बर्बाद म| कस्तो लाग्यो नाम?” उसको शब्दले मोहिनी लगाएको थियो नै, उसको लेखको शिर्षकले अन्तिम मन्त्र फुक्यो म माथि|
“ हेर्दा तिमि त्यस्तो बर्बाद छौ जस्तो लाग्दैन| अनि तिमीले भनेको थियौ नि, आफैमा रम्ने मान्छे कहिले एक्लो हुदैन| आफैमा हराउने मान्छे पनि कहिले बर्बाद पनि त हुदैन| बरु तिम्रो लेखमा बदनाम पात्र को हो?” उसंग बसेर, उसंग बोलेर जे जे सिके, फेरी पनि त्यहि नै बोल्दै छु|
“ यहाँ सहमत छैन म| जब मान्छे बर्बाद हुन्छ नि, तब आफैमा रम्न लाग्छ| एउटा कथामा, त्यहि एउटा पात्र नै, बर्बाद र बदनाम हुन सक्छ| हैन र?” उसले जे भने पनि हो जस्तो लाग्न थाल्यो| उसले सहि भन्दा आफु साही लाग्छ र उसले गलत भन्दा आफु गलत|
मैले केहि जवाफ फर्काउनु पर्ने छ| उसले आफ्नो राय मेरो सामु राखेपछी, मेरो पनि राय जान्न खोज्दै छ| उसको राय भूकम्पमा वितरण गर्दै गरेको राहत जस्तै छ, नस्विकारौ भन्दा पनि स्विकार्नु पर्ने| बाध्यता हैन, चाहना हो मेरो| अघि जसरि फेरी पनि समयले साथ दिएन| बार बन्द हुने बेला भएछ| एक बजी सकेछ| उसको साथ अनि शब्दमा रम्दै थिए, छुट्टिने समय आयो| दुख लागेको हैन तर खल्लो भने लाग्दैछ| अब फेरी कहिले भेट हुने हो? छुट्टिनु अघि उसको नम्बर मागौ त? उसले आफै मेरो नम्बर मागेर मलाई सजिलो पारिदिए हुने नि| बारबाट बाहिर निक्लियौ हामि|
“ तिमि कहाँ बस्ने हो? के मा जान्छौ?” उसले पहिलो पल्ट मेरो फिकिर गर्दै प्रश्न गरेको हो|
“म यहि होटेलमा बस्छु आज| यो हालतमा घर जान मिल्दैन|” घरमा म एक्लै बस्ने भएपनि, नशामा मात्तिएको बेला कहिले घर जादिन| एक्लै बस्न मन लाग्दैन मात्तिएको बेला| उसले कुन होटेल भनेर सोध्यो र मसंग जवाफ छैन| कुन होटेलमा बस्ने मैले आफै पनि सोचेको छैन| जहिले एउटा होटेल बस्न मनले मान्दैन| अहिले सम्म होटेल पुगेर, ओछ्यानमा पल्टी सकेको हुन्थिए, यदि आजको दिन पनि अरु दिन जस्तै भएको भए| दिन पनि हैन, रात हो हो क्यारे| “होटेल मण्डला” दिमागमा यहि नाम आयो र यहि नै भने उसलाई| उ र म, होटेल मण्डलाको गेट अगाडी पुगेउ| उसले नम्बर मागोस् भनि भगवानसंग प्राथना गर्दै छु तर उसले केहि भनेन|
“तिम्रो नम्बर दिन मिल्छ?” उसले नम्बर मागेन, मैले नै माग्नु पर्यो| हो रैछ, प्यासी कुवा धाउछ भनेको सत्य हो रैछ|
“मिल्न त मिल्थियो तर….
