Part 37

तैयार भए| तिन दिन घर नआउने भनि सोची सकेको हुदा, कारमा नै होटेल जाने बिचार गरे| पार्लरको लागि सामान ओसार्न पनि सजिलो हुन्छ यति भएपछी| घरबाट सिधै होटेल, होटेल पुगेर कार पार्क अनि आफ्नो कोठामा गएर सामान राखे| अघि भर्खर घरबाट हिड्नु अघि तैयार भएको थिए| अहिले ऐना हेर्दा खै किन हो आफ्नै अनुहार फिक्का लाग्यो| मनको खुसि सायद अनुहार सम्म झल्किन बाकि छ, त्यसैले फिक्का देखिएको| मनको खुसि अनुहारमा झल्किने भए पृथ्वीलाइ सुर्यको जरुरत हुने थिएन|  आउने जति शृंगार गरे, अनि चाहे जति| के थाहा पुलाउ बनाउन खोज्दा जाउलो बन्छ भनि| सबै मिहिनेत खेर गयो, आफ्नै अनुहार घिनलाग्दो देखिन लाग्यो| अनुहार के घिनलाग्दो भन्नु, मेक अपले अनुहार देखेको भए पो| सुरुबाट सुरुवात गर्नु पर्ने भयो| मुख धोए, अब शृंगारमा मिहिनेत नगर्ने भए| लिपस्टिक, फाउन्डेसन, अनि मस्काराले सहयोग गर्यो फेरी तैयार हुन| कहिले काही थोरै नै पर्याप्त हुन्छ| दिन फरक हो आजको, म मान्छे त उही हो नि| म किन बदलिनु, बिस्तारै माहोलमा आफै ढल्किदै गइन्छ| यहि सोचका साथ हिजोको बार फेरी पनि पुगे|

बार पुग्दा, ९ बजेको छ| म पनि कस्तो मुर्ख होला| उसले ७ बजे पछी त्यहाँ हुन्छु भनेथियो, म पनि सात बजे नै पुग्नु पर्ने हो| ७ बजे पुगेको भए, उसंग अझै धेरै समय बिताउने मौका पाउथिए| सात बजे पुगेर पनि के गर्ने हो र फेरी, उसले के सोच्दो हो मलाई त्यहाँ सात बजे देख्दा| जे  भइसक्यो त्यो भइसक्यो, बेकारमा दिमागलाइ किन दुख दिनु| अब के गर्ने भनि सोच्नु छ| सुरुमा उसलाई खोज्नु छ, कहाँ चाही छ उ? उ उ भन्दै सम्बोधन गर्दा हैरान हुने, नाम सोध्छु आज उसको| उसले झुठ बोल्छ लाग्दैन, उ यहि छ मात्र कुन टेबुल भनि ठम्याउनु छ| सिधै उ भएको टेबुल खोजेर उसलाई भेट्न जानु कि, एकछिन आफु एक्लै बस्नु अनि मात्र उसलाई भेट्न जानु| हिजोको बातचित मलाई आफुलाई नै मन परेको छ| हिजो, थोरै आफु बोल्दै थिए, थोरै उसको प्रभावले बोल्दै थिए अनि थोरै रक्सिको नशाले| रक्सि बिना उसलाई भेट्न गए भने, कहिँ बातचित हिजो जस्तो नहुने पो हो कि| २ बोतल बियर, काम आफै सजिलो भयो| उ कहाँ छ भनि खोज्नु पनि परेन, केहि टेबुल अगाडी छ| अब म तैयार छु, उसलाई भेट्नलाइ|

“आज डायरी छैन त? डायरी कोठामा छुटेको हो कि लेख्ने बानि छुट्यो तिम्रो?” उसलाई जहिले पनि देखेको छु, उसंग डायरी हुन्थियो| डायरी उसको शरीरको कुनै अंग जस्तै हो, उ जहाँ डायरी त्यहाँ तर आज पहिलो पल्ट हो उ डायरी बिना छ| मेरो ध्यान सुरुमा उसको डायरीमा जान्छ अनि मात्र उसमा| 

“ तिमि मलाई भेट्न आएको हो कि मेरो डायरीलाइ?” यो लेखकहरुको यो बानि चाही निकै अचम्मको| अरुले जे प्रश्न सोध्यो त्यसको सिधै जवाफ दिन सक्दैनन्? किन प्रश्नको जवाफमा प्रश्न नै गर्छन्? कि सिधै जवाफ छैन भने भइ गयो नि|
“ म यहाँ कसैलाई भेट्न आएको हैन| म रम्नलाइ आएको हो|” उसले जति सजिलै मैले उसलाई भेट्न आएको भनि दावी गर्यो, मैले पनि त्यतिकै सजिलै उसको दाबिलाइ अस्विकार गरे|
“रम्न आएको भए तिमि अहिले उ त्यो टेबुलमा हुन्थियौ, मेरो सामु हैन|” म अघि जुन टेबुलमा बसेको थिए, उसले त्यहि टेबुल तिर इशारा गर्दै जवाफ दियो|
“ म त्यही टेबुलमा बसेको थिए भनि कसरि थाहा पायौ? मलाई हेरिदै थियो मतलब?” हिजो उसले यहि भनेर मलाई उल्लि-बिल्ली बनाएको थियो| आज मेरो पालो|
“ तिम्रो भुल्ने बानि छ हो?” उसलाई उल्लि बिल्ली बनाउछु भनेको, उसले सोचे जस्तो जवाफ नै दिएन| उसले त जवाफ नै दिएन, अर्को प्रश्न गर्यो|
“छैन त! किन र? मैले के भुले त्यस्तो?” उ मेरो जीवनमा आएको हैन, म चाही उसको जीवनमा आएको हो| यो मेरो खेल हैन, यो खेल उसको हो| उसले जसरि खेलाउदै छ त्यसरी नै खेल्दै छु| बेला बेला लाग्छ उसले जुन जवाफ चाहेको हो म त्यहि जवाफ दिन्छु| सायद उसलाई पहिले देखि नै थाहा हुन्छ कि मैले के जवाफ दिन्छु भनेर| त्यसैले त उसले जे सोध्छ, जे सोच्छ त्यहि पछ्याउदै जवाफ दिन्छु म|
“ हिजो भर्खर देख्नु र हेर्नुको फरक सम्झाएको हैन मैले?” के के न भन्न लाग्यो होला भनेको, यस्तो पो भन्छ| लेखकको गफ पनि जिलेबी जस्तै हुने, गुलियो त हुन्छ तर घुमौरो पनि|
बातचित संगै बियर पनि थपिदै गयो र मलाई उसको बारेमा थाहा हुदै गयो| मैले पनि उसलाई आफ्नो बारे भन्दै गए| आफ्नो बारे धेरै भनेको छैन मैले| आफ्नो घर कहाँ छ, ब्युटीपार्लर छ, कलेज अनि दाइ भाउजुको बारे भने| उसलाई आफ्नो बारे के के भन्नु हुन्छ र के हुन्न सबै थाहा छ मलाई| कुनै लेखकको कथाको पात्र हुनु छैन| उसको कहानी चाही सामान्य छ तर पनि रोमान्चक छ| उसलाई कथा लेख्न र पढ्न अलिकति पनि मन नपर्ने| किताब भने पछी उसलाई ज्वरो नै आउने रैछ| १२ क्लास सम्म यहि नै भएछ उसको जीवनमा| साथि पनि थोरै उसको| साथि त थिए तर फेसबुक र dota मात्र| किनकि उसले आफ्नो सबै समय मोबाइलमा र ल्यापटपमा मात्र खर्चिने| उसको बुवाको गलैचाको फ्याक्टरि रैछ| बुवाले उसलाई ब्यापारमा सामेल गर्न खोज्नु भएको रैछ तर उसको दुनिया बेग्लै| उसको दुनिया ल्यापटप र मोबाइलमा थियो| धेरै नै सम्झाउने प्रयास भएछ तर उसको मगजले कहिले बुझेन| इख नभएको मान्छे र बिख नभएको मान्छेको के काम? एकदिनको कुरा हो, घरमा उसको कारणले भयङ्कर बादबिबाद भएछ र चर्का चर्की नै परेछ| बुवाले उसलाई सम्झाउदै गर्दा, उसले मतलब गरेन छ र बुवाको सैयमताले ठाउ छाडेछ| बुवाले उसलाई पहिलो पल्ट थप्पड हान्नु भएछ र यो पल हो जब उसले घर छाडेर हिडेछ| उसको प्राण बसेको मोबाइल र ल्यापटप उसले घरमा नै छाडेर हिड्यो| नया जीवन सुरु गर्न नया आत्मा भर्दै गयो उसले आफु भित्र|  ल्यापटप बाहिर उसको साथि भनेको ३ जना मात्र थिए| त्यहि साथिसंग बस्न लाग्यो| एउटा जागिर सजिलै भेट्यो उसले| उसले घर छाडेको ३ महिना हुदा पनि कसैले घरबाट खोज्न आएको छैन| उसले त्यो बेलासम्म पनि मोबाइल र ल्यापटप किनेको थिएन| पैसा नभएको हैन नया ल्यापटप र मोबाइल किन्न तर उसंग भएको पैसा उसको बुवाको थियो| त्यो पैसा उसलाई चलाउन मन छैन| 3 महिना काम गरेपछि, उसंग आफ्नै पैसा १५००० जति बचत भएको रैछ| पुरानो सामानको अक्सनमा गएको बखत, उसले पुरानो टाइप राइटर देखेछ| किन थाहाछैन तर उसले त्यो टाइप राइटर किनेछ र त्यहाँबात सुरु भयो उसको यात्रा साहित्यमा| उसले किताब लेख्न लागेको थियो| ६ महिनामा एउटा कथालेखेर सक्यो| उसको पहिलो किताब “Far from home, near to…”  उसले त्यो किताब नछापेर, आफ्नो एउटा मोबाइल app बनायो र त्यसमै हालेछ| बिस्तारै मान्छेहरुले त्यो पढ्न लागे र उसको त्यो कथा धेरै मान्छे बीच प्रसिध भएछ| उसको कथा मान्छे बीच फैलिए पनि उसको नाम फैलिएको थिएन| उसले त्यो कथामा आफ्नो नाम उल्लेख गरेको थिएन| बिस्तारै उसले नेपालीमा लेख्न सुरु गरेपछि मात्र उसलाई सबैले चिन्न लागे| यसरि सुरु भएको रैछ उसको यात्रा| 

मेरो मनमा अझै पनि धेरै प्रश्न छन्| केहि प्रश्न उसको बारेमा र केहि उसको परिवारको बारेमा तर फेरी पनि समयले साथ दिएन| बार बन्द हुने बेला भयो, हामि दुवै……..

Previous article
Next article

Latest Posts