Part 51

निष्ठा संग बोलेको पहिलो दिन, कति गते थियो र कुन महिना त्यो चाही थाहाछ मलाई, किन कि माघ १० देखि माघ १२ सम्म मेरो कलेज बिदा थियो र उसंग बिदाको सुरु दिन नै बोलेको थिए| फेरी संयोग पनि के मिलेको भन्दा,उसको पनि बिदा रैछ| त्यसैले हामि संग बोल्ने समय धेरै थियो र कुराहरु पनि| कोहि कस्ता हुन्छन् भने, चियामा चिनी घुलिए जस्तै जो संग नि एकैछिनमा मिल्छन्, म पनि त्यस्तै थिए तर सुरुको दुइ तिन दिन पछी| भोलिपल्ट उठेपछि सिधै खाना खाइयो, खाना खादा मुख कम चलाउदै थिए र मोबाइल धेरै| निष्ठा पनि अनलाइन रैछे तर सुरुमा आफै बोलिन र यो मेरो नराम्रो बानि पनि हो| यता खाना सकियो र खाना संगै मोबाइलको ब्यालेन्स पनि | हात चुठ्ने बित्तिकै,चिसै हात लिएर रिचार्ज कार्ड लिन हिडे| डाटा प्याक लिए र फेरी जोडिए फेसबुकको काल्पनिक संसार संग|यति बीच निष्ठाले मेसेज पठाकी रैछे,एउटा हैन तिन वटा मेसेज “ के हो अनलाइन आएर पनि बोल्नु हुन्न?”,”कि हामि साथि भन्ने कुरा पनि बिर्सिनु भयो|”, “हेरत,बोल्नु पर्छ भनेर अफलाइन भएको|”

सायद म बेलैमा अनलाइन न आएको भए,यस्ता अरु मेसेजहरुको पनि चांग लाग्थियो होला| धन्न मोबाइल रिचार्ज गरेर छिटो अनलाइन पुगेछु|

“त्यस्तो चाही केहि पनि हैन,खाना खादै थिए|” उनको अरु केहि मेसेज आउनु अघि यति लेखि पठाए|

“अनि खाना खाको बेला अनलाइन चाही किन आको?” जे कुरामा पनि प्रश्न सोध्ने कस्तो अचम्मको बानि हो उसको|

“अनि के खाको खाना फ्याल्ने बेलामा आउनु त?” म चाही गफको गहनता भन्दा पनि मिठासमा ध्यान दिने, त्यसैले मनमा आको कुरा फ्यात्त भनि हाल्ने |

“छ्या कस्तो मात्तिएको के हजुर|” अभ यति बोल्दा मात्तिएको हुने भए, उसले मलाई पुरै चिन्दी हो भने के सोच्दी हो |

“के मात्तिएको, सबैलाई आउछ नि, झन् मलाई बिहान बेलुका दुइ पल्ट आउछ|” अरुले जे सोचे सोचोस्,मेरो बोल्ने पारा चाही यहि हो |

“तपाइँ त्यहि खानुस्, कस्तो लाज नलागेको होला यस्तो बोल्न|” हिजो मलाई उसंग जति गार्हो हुदै थियो,आज उसलाई त्यतिकै नै गार्हो हुदै थियो|

“त्यो खाने हैन फ्याल्ने हो, त्यति नि थाहा छैन? अनि लाज चाही के को,म त ट्वाइलेटमा गएर,धोका लगाएर गर्छु,कसैले देखे पो लाज|” उसलाई यस्तो कुरा पच्दो हो कि नै, तर मैले केहि नसोची बोल्दै थिए |

“खप्पर तपाइको, कस्तो फोहोरी अनि घिनलाग्दो पनि|” मैले गरेको कुराहरु उसले भनेको जस्तै फोहोरी नै थियो तर मलाई भने मज्जा आउदै थियो|

“फेरी फोहोरी र घिनलाग्दो चाही कसरि भयो? म कहाँ त्यसै निक्लिने हो र, धोएर मात्र निक्लिन्छु अनि बाहिर आएर हात पनि साबुन पानीले धुन्छु|” म चाही त्यहि एउटी कुरामा केन्द्रित थिए|

“अभ चाही मलाई भोमित आउला जस्तो भयो है तपाइको कुरा सुनेर|” हैन भनेको कुरा सुनेर भोमित चाही कसलाई आउछ भन्या|

“तिमीलाई कुरा सुन्दा भोमित आउछ, आफुलाई रक्सि खादा त बल्ल बल्ल आउछ त्यो भोमित|” कुरा गु बाट अभ भोमितमा पुग्यो|

“तपाइको बाजे, गु र भोमित भन्दा केहि आउन हजुरलाई? ” उ रिसाउदै थि र म उसलाई अझै रिस उठाउदै थिए |

“आउछ नि, सु पनि आउछ,दिनको ६-७ पल्ट नै आउछ|” एकपछि अर्को गर्दै हाम्रो कुरा अघि बढ्दै थियो |

“ह्या के सार्हो हो के |” हाम्रो कुरा जसरि बढ्दै थियो, उसलाई जवाफ फर्काउन त्यति नै गाह्रो हुदै थियो|

“हैन सु त सार्हो आउन्न मलाई,त्यो तरल नै आउछ|” उनीलाइ उत्पत्यांग जवाफ फर्काउन यति मज्जा आउदै थियो,के भन्नु र|

“ह्या मैले सकिन हौ |” अन्तिममा उसले हार मानि मसंग बोल्न |

“भोमित गर्न नसकेको हो?अघि त आउन लाग्यो भन्थेउ त? कि सु को कुरा गरेर न आएको हो? गु को कुरा गरु फेरी?” मलाई कुरा घुमी फिरी त्यहि लान यति मज्जा आउदै थियो,शब्दमा कसरि पोखु|

“अभ चाही अत्ति भयो है, यो कुरा गर्ने भए बोल्दिन म |” उसको यति वाक्य पछी वाक्य अन्तै तिर मोडियो र हामि एक अर्काको बारे कुरा भन्न लागेउ |

“ल अभ म आधा घण्टा पछी आउछु लुगा धोएर|” यति लेख्ने बित्तिकै उनि अफलाइन गइ र म त्यो एक घण्टा Meme बनाउन तिर लागे|

Previous article
Next article

Latest Posts