Part 52

“ल अभ म आधा घण्टा पछी आउछु लुगा धोएर|” यति लेख्ने बित्तिकै उनि अफलाइन गइ र म त्यो एक घण्टा Meme बनाउन तिर लागे|
नभन्दै ठ्याक्कै आधा घन्टामा आईन् उनि, उनि त के भनम, उनको मेसेज चाही आयो ठ्याक्क आधि घन्टामा |
“ल म आए|” उनको पहिलो मेसेज नै यहि थियो|

“खै देखिन त मैले|”

“आखा भए पो देख्नु हुन्छ नि |”

“छ त,त्यो पनि दुइटा|”

“उल्लु,मैले मनको आखा भनेको|”

“मनको नि आखा हुन्छ र?”

“नहुने भए, एक को मनको कुरा अर्को ले कसरि बुझ्थ्यो त|”

“त्यसो भए मेरो मनको आखाले किन कहिले बुझेन अरुको मनको कुरा ?”
“हजुरको मनको आखालाई पावर वाला चस्मा लगाउने बेला भएछ त्यसो भए |”

“अनि त्यो चस्मा लगाउदा दन्थिले घोचियो भने नि |”

“ह्य गधा ,म के कुरा गर्छु अनि हजुर के गर्नु हुन्छ |”

“ल छोड यो कुराहरु, तिमीलाई लुगा मज्जाले धुन आउछ?”

“आउछ नि ,किन र ?”

“यहाँ घरमा आमालाई लुगा धुन आउने बुहारी चाहिएको छ रे,त्यसैले|”

“छ्या, जे पायो त्यहि|”

“हो त,साच्ची भनेको| खाना नि पकाउन आउछ होला है |”

“उम्म,आउछ| आमालाई खाना पनि पकाउन आउने बुहारी चाहिएको होला है |”

“आमालाई हैन,बुवालाई त्यो चाहिएको त्यस्तो बुहारी |”
“हसाउन खोजेको हो? हासम?”

“हासन, तर अलि बिस्तारै, नत्र छिमेकीहरु तर्सिएर भाग्लन |”

“कस्तो जे पायो त्यहि हो के तपाइँ त |”

“ल यो सबै कुरा छोड , तिमीलाई रिस कत्तिको उठ्छ?”

“आफै बुझ्नु न,हजुरले यतिको दिमाग खादा पनि म रिसाको छु र ?छैन नि?”

“हो मलाई चाही यस्तै बुडी चाहिएको छ |”

“छि,के हो के तपाई, दिउसै झ्याप हो र ?”

“किन झ्याप भएसी मात्र यस्तो कुरा गर्छन् र?”

“खप्पर,मलाई थाहाछैन, गए अहिले,बेलुका आउछु एकै चोटी|”

आज हामि बोलेको आज मात्र दोस्रो दिन थियो, थाहाछैन किन तर उ संग जे बोल्न पनि निस्फिक्री भइ बोल्न लागेको थिए म | हरेक पल्ट उसंग बोल्दा, म निकै आनन्दीय महसुस गर्ने, माया त हैन तर उनि कुनै मेरो दैनिकी जस्तो भएकी थि, त्यो नि जम्मा दुइ दिन बोल्दा | सायद उ भिन्न भएर होला, उसको हरेक शब्दमा म आफु भित्र लुकेको असली आफुलाई भेटे झैँ महसुस गर्न लागेको थिए उ संग म आफु हुन पाउथिए, न उसले दे सोच्ली भन्ने डर न उसले के भन्ली भन्ने | थाहाछैन यो सम्बन्धको आयु कति छ, तर जति भएपनि म यसको एक पल लाई पनि खेर फ्याल्ने सोचमा थिन| | बेलुका कुन बेला भयो पत्तो भएन, र बाचाको पक्का उनि, बेलुका फेरी अनलाइन आइ र मेसेज गरि| सुरुमा चाही जहिले उनीले आफै मेसेज गरेर मलाई निकै सजिलो बनाकी थि |
मेरो र उसको उमेरमा मात्र केहि वर्षको फरक होला सोचेको थिए तर म गलत रैछु | बच्चा बेला अलि धेरै नै निको नहुने गर्थियो रे मलाई, त्यसैले गर्दा मेरो उमेर भन्दा पढाइ २ बर्ष ढिलो सुरु भएको थियो| अहिले २० बर्षको हुदा म भर्खर १२ मा थिए | आफैले मपाई गर्न त नहुने हो तर यहि कारणले होला, अरु भन्दा अलि चलाक म | फेरी उसको ठ्याक्कै उल्टो, उसको चाही पढाई अलि छिटो,त्यसैले ९मा पढ्ने भए नि उसको उमेर जम्मा १३ वर्ष| ७ बर्षको फरक रैछ हाम्रो उमेरमा, यो थाहा पाउदा एकछिन म केहि बोल्नै सकिन , सायद शब्द खोज्दा खोज्दै हराए होला | उमेरको यति ठुलो भिन्नता भएर होला,उसले सुरु दिन देखि नै मलाई हजुर भनेर सम्बोधन गरेकी | फेरी बोल्दा बोल्दै आज नि २ बज्यो| अभ चाही आखा बिस्तारै पोल्न लाग्यो र सुत्ने बहाना खोज्न लागे म|

“यति राति सम्म नासुत्दा बाबाले केहि भन्नु हुन्न?” बहाना यहि थियो सुत्ने बेला भयो भन्ने |

“बाबा हुनु हुन्न,अनि के भन्नु नि?” उसको यति मेसेज पढ्दा लाग्यो, बाबा पक्कै पनि विदेश वा काठमान्डू बाहिर हुनुहुन्छ |

“कहाँ जानु भाको छ,बाबाको अफिस बाहिर हो र ?” उत्सुकता कसलाई पो नहुदो हो बुझ्न लाइ |

“हैन,मेरो बाबा यो संसार मै हुनु हुन्न| उहा बितेको 3 वर्षा भयो |” यति सुन्दा मेरो मन त भित्रै बाट चिसो भएर आयो, झन् उसलाइ कस्तो भयो होला मलाई यहि कुरा बताउदा| के, कसरि सोध्न त मन थियो तर सोध्ने आत नै आएन| मैले त जसो तसो सोधम्ला तर उसलाई भन्न कस्तो गार्हो हुदो हो सोचे र केहि जवाफ फर्काउनै सकिन | यति सानु उमेरमा उसले के के भोग्नु परेको रैछ, आफु भने उसंग जे पायो त्यो भनि जिस्किदै थिए | आफै प्रति रिस उठ्दै आयो भित्र भित्रै| एकछिन हाम्रो कुनै मेसेज आदान प्रदान भएन | एकछिन को मौनता पछी.मैले सोध्नु अघि नै, उसले आफै सबै कुरा भनिन् मलाई,आफ्नु बाबाको निधनको बारेमा| यस बिसयमा यहाँ अरु केहि खुलाउन चाहिन मैले र सकिन पनि | आज पनि सुत्न लाग्दा बिहानको ५ बज्न लागेको थियो,यो त्यो पल हो जब,आकाशमा सुर्य र मेरो मनमा उनको लागि इज्जत,दुवै बिस्तारै उडाउदै थिए र आफ्नु पूर्ण रुपमा पुग्न खोज्दै थिए |

Previous article
Next article

Latest Posts