“मेरो नामको अर्थ बिश्वाश हो, निष्ठाको अर्थ बिश्वास हो |” उसले यति भनेपछि अघि देखि भनेको एउटा एउटा कुरा एक आपसमा जोडिएको महसुस भयो|
“हामि एक रैछौ त|” निकै खुसि हुदै यति लेखि पठाए|
“नाम एकै हुदैमा मानिस पनि एक हुन्छ र?” बडो मुस्किल पर्ने प्रश्न आयो उनीबाट|
“खै हुन्छ होला,मलाई पनि के थाहा|” आफुले बोलेको कुरा आफैलाई भारि भएपछी, हाप्दै निक्लेको जवाफ थियो यो |
“अनि थाहा नभएको कुरा किन त्यसै बोलेको हजुरले?” एउटा पछी अर्को प्रश्नको बाढी नै आयो उनि तिरबाट|
“ त्यसै “ यसभन्दा केहि जवाफ फर्काउन सक्षम थिन म|
“साच्ची तपाई एडमिन पो हो,जे बोल्न पनि पाइन्छ है|” मैले अघि हार मानिसकेको थिए, तर उसलाई पुगेन,अझै पनि मेरो पछी लाग्दै थि |
“एडमिन हुदैमा जे पनि बोल्न पाइन्छ भनेर कसले भन्यो हौ तिमीलाई?” उसको प्रश्नको जवाफ दिन नसकेपछि , उल्टै उसलाई प्रश्न सोध्नु नै उचित विकल्प देखे मैले |
“हजुरले आफै, अघि आफै जे पायो त्यहि बोलेको हैन?” उसले के गर्न खोजेको बुझ्नै गार्हो भयो एकछिन|
“मैले बोल्न सहि बोलेको हो,तिमीले नबुझेर जे पायो त्यहि भयो|” मैले के बोल्नु पर्छ र म के बोल्दै छु मलाई केहि पत्तो थिएन, उसले मलाई त्यति सम्मको हम्म हम्म बनाइसकेको थि |
“त्यहि मैले नबुझेको भए, बुझाइदिनु पर्यो नि|” मैले आफै त बुझेको छैन म, अभ उसलाई के बुझाउनु|
“कहाँ सबै कुरा बुझ्न सकिन्छ र, कुनै बुझ्न सकिन्न र कुनै बुझाउन|” अघि भन्दा केहि बोल्न सहज महसुस गर्दै थिए मैले |
“सकिन्छ एडमिन ज्यु, कति कुरा मानिसले बुझछन र मानिसले बुझ्न नसकेको कुरा मनले बुझ्छ|” म कुरा सक्याउन खोज्दै थिए र उ भने काठमाडौको घरमा तल्ला थपे जस्तै एउटा पछी अर्को कुरा थप्दै थि|
“हो कि त मानिसले बुझ्छ कि त मनले, तर त्यो बुझ्ने मन र मानिस पनि आफ्नु हुनु पर्यो नि |” अभ चाही म पनि पछी पर्न चाहिन|
“आफ्नु माने पराइ पनि आफ्नु हुन्छन|” सायद म जसरि नै उ पनि पछी पर्दिन है सोचेर बसेकी हुन्|
“यहाँ आफ्नै त पराइ भएका छन्, अरुलाई आफ्नु ठान्ने आट छैन म संग|”
“ जसलाई हजुरले आफ्नु ठान्नु भयो, यदि उ पराइ भए भने, यति बुझ्नुस् त्यो मान्छे कहिले तपाइको थिदै थिएन|”
“मैले त बुझिसके त्यो कुरा, तर मनले बुझ्दैन नि|”
“हजुरको मान्छेले हजुरको कुरा नबुझे पनि, मैले चाही हजुरको अतित बुझ्दै छु, बिश्वास संग बिस्वश्घात भएको रैछ |” उसले यति भन्ने बित्तिकै एकछिन भएपनि बर्षाको याद चाही आयो| बर्षासंग बोल्न छोडेको हो, तर बेला बेला बर्षाको बारे सोच्न चाही छोडेको थिन| तर यो कुरा निष्ठासंग खोल्न जरुरि थिएन|
“लु त्यस्तो चाही केहि नै हैन है, यसै गफ मात्र हानेको हो तिमीसंग|” कुरा मोड्नु नै उचित देखे, आखिर फेरी अतित सम्झेर फाइदा नै के हुने हो र |
“अनि त्यतिकै जे पायो त्यहि भन्न पाइन्छ र ?” उसले रिसले भनेकी कि जिस्केर,बुझ्ने गार्हो भयो |
“पाइन्छ नि,एडमिन जो परे, तिमीले आफै भनेको हैन एडमिनले जे पनि भन्न पाइन्छ |” बल्ल उनको जालोमा उसलाई नै फसाए |
यस्तै अनगिन्ती कुराहरुमा अरु रात जस्तै यो रात पनि बित्यो | फरक यति थियो कि, हरेक रात मैले बोल्ने पात्र फेरिन्थ्यो तर यो पात्र चाही केहि बेर बस्ने निश्चित थियो यो कहानीमा|
