अस्तिको दिन मात्र धेरैलाई एड गरेको थिए| अभ ति मध्य यिनी को हुन भन्ने चाँही सोच्नै पर्ने थियो | तर धेरै बेर भने दिमागलाई जोर दिनु परेन, धेरै जसो पोस्टमा नियमित जस्तो नै कमेन्ट गर्ने गर्थी उस्ले, एकपल्ट उन्को प्रोफाइल खोलेर उन्को प्रोफाइलको फोटो हेर्ने बित्तिकै थाहापाए|बिस्तारै कुरा हुँदै गयो | बिस्तारै कुर सुरु भयो, कुरा पनि सामान्य नै थियो तर एउटा उत्सुक्ता जाग्यो उनी सँग बोल्दा बोल्दै| उन्को नाम अली फरक लाग्यो,पहिलो पल्ट सुनेको हो त्यो नाम, उत्सुक्ता झन बध्दै गयो |
“तिम्रो नामको अर्थ के हो ?” अर्थ जान्न मन लाग्यो उसको नामको |
“मेरो नामको अर्थ थाहाछैन?” उसले त मलाई सबै आउछ भन्ने सोचिछेकी के हो |
“नाई !के हो ?” थाहा भएको भए किन सोध्थिए र मैले |
“मेरो नाम **** हो र हजुर माथि मलाई **** छ| आफै बुझ्नु अभ के हो अर्थ |” त्यहा **** भनेको उस्को नाम हो,मलाई उस्को नाम थाहाछ तर अर्थ चाँही मैले अझै नि बुझिन | आखिर के चाही रैछ **** को अर्थ| चाहेको भए गुगल दाइलाई सोध्न सक्थिए तर उनीबाटनै जान्न इच्छुक भए |
“बुझिन हौ मैले |” एकछिन दिमाग नलगाको पनि हैन तर पनि नबुझेपछि सोध्नै पर्यो |
“सच्चिकै नबुझेको हो कि नाटक हो? एड्मिन हरुको कुरा बुझ्नै गर्हो हुन्छ के|” कुरा भने मैले उस्को बुझेको थिन तर उस्ले मेरो पो कुर बुझ्न गर्हो हुन्छ भन्न्छे त|
“साच्ची बुझिन हौ |” भएको कुर भन्नै पर्यो |
“म तपाईं हो र तपाईं म हो,अभ बुझ्नु भयो|” हैन सिन्धुलीको बाटो भन्दा धेरै धुमाएर कुरा गर्दै थि उस्ले| सिधै भनेको भए पो बुझ्नु,झन बुझिन|
“हैन तिमीले अर्थ भन्न लागेको कि, गाउ खाने कथा|” अभ नबुझे पछी मेरो के लाग्नु |
“ल एउटा अन्तिम हिन्ट दिन्छु है|” सिधै अर्थ भन्न छोडेर के को हिन्ट हो, उन्को पारा बुझ्नै गर्हो |
“हुन्छ |” यो भन्न बाहेक केही उपाए नै थिएन |
“तपाइ भएपछी म छु र् तपाईं हुनु भएन भने म नि हुन्न|” के सारो गर्हो बनाकी उस्ले आफ्नु नाम्को अर्थ भन्न पनि |
“तिमिले भनेको भन्दा त सजिलै म गणितको हिसाब बुझ्छु हौ|” अभ चाँही अत्ती भयो के मलाई|
“मेरो नामको अर्थ,….
