Part 46

अन्तिममा कफी मगाएको र यो कफी नै काफी भयो | जाबो कफी बनाउन नसक्ने | कस्तो चाही ठाउँ रोजेको होला वर्षाले पनि | खानेकुरा केहि मिठो नभएपनि,यो पलको मिठास चाही निकै बेग्लै र आत्मीय थियो | मिठास त थियो उसको त्यो बोलाईमा,उसको त्यो हेराइमा,उसको त्यो हासोमा,उसको त्यो लजालुपनमा,उसको त्यो चन्चलतामा| कुनै बेला हास्दा हास्दै मेरो हात समाउथिन भने कुनै बेला गाला चिमात्त्थिन्,कुनै बेला मुड्कीले बिस्तारै छाती र ढाडमा प्रहार गर्थिन भने कुनै बेला आफ्नै मुहार छोप्थिन्| म,उनि र उसको साथीहरु, हामीले लगभग यो पल यसरि नै बितायौ-चल्दै, जिस्किदै र गफमा रमाएर | कस्तो बुझ्ने र बाठा उसको साथीहरु,मलाई र वर्षालाई केहि समय एकान्तमा दिन खोज्दै बहाना बनाउदै एकछिनलाई बाहिर निक्लिए | यो एकान्तको निकै खाचो थियो र सहि समयमा हासिल भयो |

“ तिमि आउछौ जस्तो लागेको थिएन, तिमि आएर मात्रै पनि कस्तो खुसि लागेको छ मलाई| मेरो जिबनको नै सबै भन्दा दामी बर्थडे हो यो |” केहि बेर अघि सम्मको माहोल हसिमजाकपूर्ण थियो र अहिले भने भावनाले भरिएको माहोल छ |

“हो यहि खुसि ,तिम्रो यहि खुसीको लागि जे पनि गर्न सक्छु, मात्र तिमि खुसि भैदिए पुग्छ |” उसको दुवै हात आफ्नु हातले समाउदै उसको आखामा हेर्दै भने |

मनले मनलाई नै भन्दै थियो,आज चाही प्रेम प्रस्ताभ राख भनेर | यहि सहि मौका थियो उसलाई आफ्नु प्रेम सम्बन्ध भित्र गास्नलाई | सबै थोक मिलेको थियो, ठाउ सहि थियो,समय सहि थियो र हाम्री बिचको समझदारी पनि | तर पनि आट आएन उसलाई आफ्नु माया जिकिर गर्ने | मन भित्र घास सरि उब्झिएको डर र प्रश्नको स-साना बिरुवाहरु बीच मायाको सुन्दर वृक्ष कहिले पलाउनै पाएन | दुवै बीच मौनता थियो |जे पर्ला पर्ला,अभ चाही मेरो माया उनि सामू राखेरै छोड्छु सोचेर उसलाई बिस्तारै आफु तिर ताने र उसको सिर आफ्नु छाती माथि राख्दै भने “ यो धड्कन सुन त,यसमा तिमीले आफ्नु नाम सुन्न सक्छौ?”

“उम्म” उसको यो सानु प्रतिक्रियाले पनि निकै हौसला दियो मलाई | अभ चाही प्रेम प्रस्ताभ राखेरै छोड्छु सोचे |

एउटा हातले उसको कपाल सुम्सुम्याउदै र अर्कोले उसको गाला,उसको सिरमा एउटा सानु चुम्बन दिए र भने “ मेरो हरेक धड्कनमा तिमि छौ,मैले लिने सासमा तिमि छौ,मैले बाच्ने हरेक पलमा तिमि छौ,..” अरु केहि भन्नु अगाडी नै उसको साथिहरु आए | उनि भने हत्तपत्त मेरो अन्गालोबाट केहि पर जादै,सामान्य तरिकाले बसिन् | भाग्यमा नभए केहि हुन्न भन्थिए हो रैछ,एकछिन मात्र भएपनि उसको साथि केहि ढिलो आएका भए,मैले प्रेम प्रस्ताब राखिसकेको हुन्थिए होला तर … सायद अरु कुनै बिशेष दिनको प्रतिक्षा गर्नुपर्नेछ मैले,आफ्नु माया उसलाई बुझाउनको लागि |

माया भनेको नै खास हुन्छ,माया जिकिर गर्ने दिन पनि खास हुनै पर्यो | खास दिनको आशमा माया नै नास होला भन्ने डर पनि थियो | तर जे भयो ठिकै भयो , थाहा थियो माया उसले पनि गर्छे र हतार गर्नु ठिक पनि हैन | त्यो दिन पछि मैले उसंग नजिक हुने झन् राम्रो माध्यम पाए | उसको साथिहरुसंग पनि कुराकानी सुरु भयो मेरो | अचेल उसंग भन्दा पनि उसको साथीहरुसंग धेरै कुरा हुने मेरो |उसको साथीहरुबाट धेरै कुरा थाहापाए,कलेजमा हरेक बेला मेरै कुरा गर्छे रे उ | “बिश्वाशले यस्तो भन्यो,बिश्वाशले त्यस्तो भन्यो,बिश्वाश यस्तो छ,बिश्वाशले यस्तो गर्दै छ |” हरेक बेला वर्षाले आफ्नु साथीसंग भन्ने कुरा यहि हो रे | यसबाट चाही पक्का भए,मैले प्रस्ताभ गरे भने उसले हुन्न भन्दिनन् | उसको साथीहरु पनि अचम्ममा पर्थिए,आखिर वर्षा र म प्रेम समबन्धमा किन छैनौ भनेर | सबैले भन्ने गर्ने,वर्षालाई प्रस्ताभ राखन |

त्यो हफ्ता मात्र हैन,त्यो हफ्ता पछीको केहि हफ्ता पनि निकै छिटो बित्यो | नबितोस पनि किन,परिक्षाको चटारो र जिबनमा रस भर्ने एरीका र उसंगको गफ-गाफ mig मा | पुष महिना बित्यो र माघ पनि लाग्यो | यता मेरो परिक्षा सकियो र उता उसको सुरु भयो | माघ पनि बित्यो र फाल्गुन आयो | नया जोडीहरु बन्ने दिन र पुरानाहरूको माया झन् गाडा हुने दिन आउदै थियो | प्रेमीहरुको महीना,प्रणय दिवस फाल्गुन २ गते | कसैले जोडी भेट्छन भने कसैले पिडा, कसैको जिबनमा उज्यालो छाउछ भने कसैकोमा अन्धकार, कतिको मुटु जोदिन्छन भने कतिको टुक्रिन्छ, कोहिले प्रेमिकाको साथ पाउछन भने कोहिले बोतलको, कसैले जिबनभरको लागि निश्चल माया पाउछन भने कसैको माया देह स्वार्थमा सिमित हुन्छ | यस्तै हुनेगरेको आजकालको प्रणय दिवस |

म पनि यस दिनको प्रतिक्षामा थिए | यो दिनमा,आफ्नु मनमा रहेको मायालाई वर्षासामु राख्न निकै आत्तुर थिए म| मनमा माया मात्र हैन डर पनि थियो | तर डरले भने निकै थोरै ठाउँ ओगटिएको थियो त्यसैले उसलाई प्रेम प्रस्ताभ राख्न मलाई केहि बाधा थिएन | बिहान उठेर सधै झैँ कलेज गए र कलेजबाट फ़र्किएपछि उसको प्रतिक्षामा बित्यो | पर्खेको पनि निकै भयो,बेलुकाको ३ बज्न लाग्यो तर अहिले सम्म पनि उसको मेसेज आएन |आज निकै ढिलो गरिन् उसले | सायद केहीमा ब्यस्त भईन् होला | बेलुकाको ४ बजेको थियो,उसको फोन आयो |सधै मेसेज गर्ने मान्छेले आज फोन गरिन् | मेरो पहिले प्रश्न नै “किन ढिलो “ भनेर थियो | कलेजमा एउटा केटाले प्रणय दिवस भनेर दुख दिएको कुरा जिकिर गरिन्,बाटोमा समेत तमासा गरेछ त्यो केटाले |त्यहि कारणले उ केहि खिन्न थिन् | यति कुरा सुनेपछि,समय सहि लागेन मलाई उसलाई प्रेम प्रस्ताभ राख्ने | म माथि पनि रिसले आगो हुन्छे कि जस्तो लाग्यो | र आजको दिन पनि उसलाई आफ्नु माया ब्यक्त नगरी बसे | गल्ति एउटाले गर्यो र सजाय मैले पाए | पलाउन लागेको मायाको बिरुवालाई अर्कोले आएर कुल्चिदियो |

“मैले प्रस्ताभ नगरे के भो त,उसले गरि हाल्छे नि | माया मैले मात्र गरेको हैन क्यार |” मनमा यस्तो कुराहरुले पनि ठाउ लिदै थियो | वर्षासंग बोल्दै जादा बेलुकाको ६ बज्यो | कुराकानी सधैको जस्तो सामान्य थियो | जति आटे पनि मैले चाही प्र्सताभ राख्न सकिन र उनीबाट अपेक्षा राख्नु पनि खेर गयो | खाना पकाउनु पर्यो भनेर उ अफलाइन भईन् | आज चाही जे भएपनि माया ब्यक्त गर्छु सोचेको थिए ,त्यसैले मेसेजको सहाराले प्रस्ताभ राख्ने सोचे | चाहेको भए सानु मेसेज लेख्नन सक्थिए तर जान्ने भएर पहिले एउटा कविता लेखे कपि-कलम लिएर | त्यहि कविता फेरी टाइप गर्न लागे मोबाइलमा |८ बज्न लागेछ | यतिकैमा वर्षाको साथी सुरक्षाको फोन आयो | खुसि हुदै उठाए,सोच्दै थिए सुरक्षाले केहि मदत गर्न सक्छिन कि भनेर |

“ओइ तिमीले वर्षालाई किन प्रोपोज नगरेको ?” उसको स्वरमा रीस र आतुरताको मिश्रण थियो |

“अभ गर्छु एकछिनमा |” पक्कै पनि वर्षाले नै उसलाई फोन गर्न लाको हुनुपर्छ सोचे | नत्र अचानक यो प्रस्न किन आयो |

“आलु खाऊ,तिमि साचिकै आलु खाउ |” अचानक के भएछ सुरक्षालाइ,किन यसरि बोलेकी होलि |

Previous article
Next article

Latest Posts