म: “तिमि अनि म संगै बसौ न|”
सुबोध: “अघि उभिएको थियौ र? संगै बसेका त थियौ नि|”
म: “अघि भनेको हैन के उल्लु|”
सुबोध: “अनि के भनेको? कहिले बुझ्ने गरि भन्न आउदैन है|”
म: “बुझ्ने गरि नै भनेको हो मैले| तिमीले नबुझेको हो| हैन, तिमीले जानी जानी नबुझेको हो|”
सुबोध: “कसरी भन्न सक्छौ कि मैले जानी जानी नबुझेको हो?”
म: “ तिमीले आफै भनेको हैन, लेखकले अरुको मनको कुरा सजिलै बुझ्छ| झन् मैले व्यक्त पनि गरे| नबुझ्ने हुनै सक्दैन|”
सुबोध: “अरुको मनको कुरा बुझ्न जति सजिलो हुन्न आफ्नो मनको कुरा बुझ्न|”
म: “मतलब|”
सुबोध: “तिमीले यस्तो कुरा बुझ्दैनौ| अनि बुझ्नु पनि हुन्न|”
म: “त्यसो भए नबुझ्ने कुरा किन गरेको?”
सुबोध: “ मैले भन्न खोजेको कुरा बुझ्नै पर्छ भन्ने कहिँ लेखेको छ? छैन नि|”
म: “ल भयो छाड| मेरो जवाफ देउ|”
सुबोध: “पहिले प्रश्न त गर|”
म: तिमि जहिले यस्तो हो? जहिले मेरो दिमाग नखाई चित्त बुझ्दैन?”
सुबोध: “ तिम्रो दिमाग खान कसैले सक्दैन| जे नि भन्दिने है|”
म: “किन नि? किन सक्दैन?”
सुबोध: “ अनि नभएको कुरा कसरि खान्छ? तिमीलाई लाग्छ तिम्रो दिमाग छ?”
म: “ हुन त हो, तिमीले सहि भनेउ| मेरो दिमाग छैन| तिमिसंग यसरि बहस गर्दैछु, दिमाग न भएर त हो नि|”
सुबोध: “ बल्ल बुझेउ| अलि अलि दिमाग पलाउन लाग्यो| मेरो संगत गर, अझै पलाउछ|”
गफ गर्दा गर्दै मेरो होटेलको गेटमा पुगेउ| सुबोधलाइ जे भन्न खोजेको, त्यो भन्न पनि पाइन| जहिले यस्तै गर्छ, जहिले कुरा घुमाउछ अनि भन्न खोजेको कुरा भन्न नै पाउदिन| छुट्टिने बेला भयो तर मन छैन, सधै जस्तो| “आज नजाउन| आज यहि बस|” यति भनेर उसलाई रोक्न मन छ| एक त भन्न सक्दिन, अनि भनि हाले भने पनि उसले हुन्छ भन्दैन| किन आफ्नो बचन खेर फ्याल्नु| उसलाई अन्गालोमा हाले, उसको न्यानोपन महसुस गरे र छुट्टिन तैयार भए| छुट्टिनु अघि उसको अँगालोको न्यानोपन, छुट्टिन झन् मुस्किल हुन्छ|
“ तिमीले गर्दा मेरो बानि बिग्रियो|” हैन मैले उसको कुन बानि बिगारे| अर्कालाइ जे पनि भन्न मिल्छ?
“ मैले के गरे?” म निर्दोष छु मलाई थाहाछ| मात्र उसले मलाई के आरोप लगाएको बुझ्न खोजे|
“बियर पछी कफीको स्वाद निकै गजबको हुने रैछ|” सुबोधले यति भन्दा मन खोलेर हास्न मन लाग्यो| बियर पछी कफीको स्वाद मलाई इत्त्ति पनि मन पर्दैन| त्यो त मैले उसंग समय बिताउनलाइ बहाना बनाएको थिए, उसलाई बानि बसेछ| मेरो बहाना उसको बानि भएछ| सुबोधलाइ भन्न नमिल्ने अब| उसले गरेको कफीको प्रस्ताभ नाइँ पनि भन्न नमिल्ने| नमिल्ने हैन मनले मान्दैन| उसंग समय बिताउन हजार कोशिश गर्छु, अहिले उसले आफै मौका दिदैछ| मैले केहि सोचिन र हामि दुवै कफी पिउन भनि म बस्ने होटेल पुगेउ|
म: “ मलाई चाही तिमि कफी जस्तै लाग्छौ|”
सुबोध: “तिमीलाई म त्यति मन पर्छु र? धन्यबाद धन्यवाद|”
म: “ मैले कहिले भने कि तिमि मलाई मन पर्छौ? तिमि कफी जस्तै तितो छौ|”
सुबोध: “कफी यस्तो मिठो हुन्छ, तितो रे|”
म: “तिमि कफीको पाउडर जस्तै छौ| फुक्का खायो भने मान्छे वाकेर मर्छ| त्यति तितो छौ| अब थोरै आफुमा रस अनि मिठास हाल, अनि तिमि पनि अहिले हामीले पिएको कफी जस्तै स्वादिस्ट हुन्छौ|”
सुबोध: “ त्यसो भए तिमि किन यस्तो तितो मान्छेसंग बस्दै छौ?”
म: “ तिमीले अघि भनेको हैन मेरो दिमाग छैन, त्यसैले|”
सुबोध: “ल हजुर, अब म हजुरसंग बोलेर सक्दिन| कफी सकियो म जान्छु|”
म: “ म बस्ने कुरा गर्छु अनि तिमि जाने| यसरि कसरि चल्छ?”
सुबोध: “तिमीले मलाई कफी भनेको हैन? थोरै मिठो हुन्छ, धेरै भयो भने तितो पनि हुन्छ अनि चक्कर पनि आउछ|”
म: “ अब तिमिसंग बोलेर चाही म सक्दिन| हामी संगै बस्ने कि नाइँ?”
सुबोधले जानी जानी यो प्रश्नको जवाफ नदिन खोज्दै छ| कि हुन्छ भन्नु कि हुन्न भन्नु| जहिले यसरि चल्दैन नि| उसलाई मन छैन भने हुन्न भन्नु| समय चाहिन्छ भने समय चाहिन्छ भन्नु|मान्छेलाइ यसरि झुलाउन मिल्दैन नि| म भने उसको लागि आफ्नो दुनिया बदलिदै छु, नया दुनिया बनाउदै छु| उ भने त्यो नया दुनियाको उद्घाटन गर्न पनि आउदैन| कि म गलत मान्छेबाट धेरै अपेक्षा गर्दै छु, कि म आफै गलत छु| जहिले यसरि चल्दैन, आज जवाफ बिना जान दिन्न सुबोधलाइ| मैले सक्ने भनेको जिद्दी गर्ने हो, जिद्दी गर्न लागे| मलाई सुबोधबाट “हुन्छ” सुन्नु छैन, मात्र जवाफ सुन्नु छ, चाहे त्यो “हुन्न” नै किन नहोस्|
“ तिमीले भनेको जस्तो सजिलो छ संगै बस्न? तिमि मसंग मेरै होटेलमा बस्न मिल्दैन| प्रहरीको छापा पर्यो भने कम्ता तनाब हुदैन| अनि अर्को कुरा, म लेखक, आफ्नो दुनियामा मस्त हुन्छ| थोरै अलग हुन्छु| कति समय आफ्नै दुनियामा मस्त हुन्छु| संगै भए पनि संगै नभए जस्तो हुन्छ तिमीलाई| अनि म तिम्रोमा पनि बस्न मिल्दैन| तिम्रो घरमा परिवार हुनुहुन्छ, उहाले के भन्नु हुन्छ| अब बिहे गर्नु पर्छ, त्यो अहिले न तिमीले सक्छौ न मैले| अब बाहिर कोठा लिएर बस्न पनि असम्भव नै हो| अब कसरि बस्छौ संगै?” जाबो यति भन्न यति भाउ खानु पर्छ उसले? अघिनै भनेको भए मेरो पारा तात्थिएन नि|
“त्यसो भए भाग्दिम न त|” म अरु केहि जवाफ दिन तैयार थिए तर मैले आफ्नो जवाफ बदलिए| उसले जे जे समस्या भन्यो, मसंग सबै समस्याको हल छ तर उसले मलाई सजिलै जवाफ दिएको थिएन म पनि दिन्न|
“भाग्न त मिल्दैन नि केटि| दिउसो भरि त्यसै बस्छु, केहि काम गर्दिन| अनि बेलुका बियर पिउछु| एक त अल्छी अनि थोरै पेट पनि बढेको छ| म बीच बाटोमा नै थाक्छु|” हरे उसको जवाफ| हुन त म पनि जिस्किदै र तर उसले मेरो मजाकको मिठो जवाफ फर्कय्यो|
“ अघि तिमीले जे जे भनेउ, त्यो मध्य कुनै पनि समस्याको हल पाए भने, हामि संगै बस्न मिल्छ नि?” आफ्नो हाल भन्नु अघि उसंग पक्का हुदै छु, पछी गएर उसले आफ्नो बचन नाफेरोस भनि | उसले पनि “मिल्छ” भनि जवाफ फर्कायो|
“म एक्लै बस्ने हो घरमा| मेरो बुवा आमा हुनुहुन्न| अब मिल्छ नि संगै बस्न?” खुसि हुदै जवाफ दिदै छु| जवाफ हैन मनको भाव राख्दै छु| मैले बाबा आमा हुनुहुन्न भन्दा उसले पोखरा बाहिर जानु भएको भनि सोच्यो| मैले त्यो पनि अर्थाए| त्यहि पनि उसले हुन्छ भनेको छैन|के भएको के उ|
“ ल एक हफ्ता संगै बसौ, त्यसपछि तिमीलाई मन परेन भने नबस्नु|” मैले यति भनेपछी मान्यो उ| तर सजिलै मानेको हैन उ, उसले पनि केहि सर्त राख्यो| मैले यदि उसले यो सर्त नराखेको भए म आफै त्यो सर्त राख्थिए|
यदि…
