Part 62

भाउजु: “मैयालाइ भन्न बिर्सिएछु| गाउ गएको बेला घरमा सल्लाह सुरु भयो| म हुन्न, अनि देवर बाबुको उमेर पनि भयो| बाबु र नानि दिउसो भरि रेस्टुरेन्ट र पार्लरमा ब्यस्त हुन्छन, घरमा कोहि बस्नु पर्यो नि| फेरी नानीले मात्र पार्लरमा नभ्याउने जस्तो देखियो| हजुर पनि होटेलमा ब्यस्त  हुनुहुन्छ| घरमा पहिले देखिनै बाबुको बिहेको कुरा चल्दै थियो, अहिले मौका मिल्यो| बाबुको बिहे गर्ने निधो गरियो| सबै यति हत्तारमा भयो, हजुरलाई भन्न नै बिर्सिएछु| बिहे चाही धुमधाम साथ गर्ने हैन, रितिको लागि मात्र| सम्बन्ध जोड्न गर्ने भएकोले, मन्दिरबाट बिहे गर्ने भइयो| मन्दिरमा सिन्दुर पोते अनि घरमा सानो भोज| त्यसैले पनि दुवै परिवारबाट  ५-६ जना मात्र आएको|”
म: “बिहे कहिले?”
भाउजु: “शुक्रबार| बिन्दबासिनीबाट गर्ने सल्लाह भएको छ|”
म: “ भाउजु अलि चाडै भन्नु पर्छ नि| घर सफा गर्न लगाउथिए| घर कस्तो फोहोर छ| म अहिले मान्छे बोलाएर सफा गर्न लगाउछु|”
भाउजु: “मैया, हजुरलाइ दुख हुन्छ| यति धेरै मान्छे, घर पनि फोहोर  अनि हजुरलाई पनि दुख|”
म: “अनि कहाँ बस्नु हुन्छ सबै जना?”
भाउजु: “यहि, हाम्रो घरमा|”
म: “दुइटा कोठामा १५ जना कसरि बस्नु हुन्छ? गुन्द्रुक कोचिएको झैँ कोचिन मन किन लागेको हजुरलाइ? हामि एउटा परिवार हैन? अनि एउटा परिवारमा पनि के को संकोच हो?”

भाउजुले नाइँ भन्न मिल्नलाई, मैले कुनै ठाउ नै छाडिन| भाउजु पनि खुसि हुनुहुन्छ मैले यति भन्दा| उहालाई भन्न अप्ठेरो भएको थियो सायद, मैले आफ्नो कर्तब्य बुझे र त्यहि अनुसार पाइला चाले| जीवनमा माया एक पल्ट हुन्छ भन्छन तर न माया एक पल्ट हुन्छ न बिहे| माया पछी पनि बिहे नहुन सक्छ अनि बिहे पछी पनि माया हुन सक्छ|  माया खै कसले बुझ्यो| एउटा मात्र समानता छ माया र बिहेमा|  जब गरिन्छ, अन्तिम अनि एक मात्र सोचेर गरिन्छ| बाकि भाग्यमा भर पर्छ, सम्बन्धको आयु कति हुन्छ| यस्तो शुभ समयमा खुसि हुनुपर्ने म, के के सोचेर बस्दै छु| 

भाउजुले नाइँ भन्दा भन्दै पनि, मलाई बिहे यति साधारण तरिकाले गर्न मन लागेन| बिहे मन्दिरबाट नै गर्ने भए पनि भोज हाम्रो होटेलबाट गर्ने भनि मैले गरेको जिद्दी मान्ने पर्यो भाउजुले| भाउजु अमेरिका जादै हुनुहुन्छ| उहाको लागि सपिंग गर्नु पर्छ नै, भाउजुले जति नाइँ भने पनि| यहि मौकाको सदुपयोग गर्दै, मैले बाबुको बिहेको लागि पनि केहि लुगा र अरु सामान किन्न लगाए| भाउजुलाइ पनि बिहे धुमधामले गर्ने इच्छा छ तर संकोच मान्नु हुन्छ| कति इच्छा मार्नु पर्छ यो एउटा जीवनमा| तर यो इच्छा पुरा गर्नु छ भाउजुको| फेरी भाउजुसंग कति दिन बिताउन पाउछु र मैले अब, भाउजु अमेरिका गएपछि हाम्रो गफ भनेको यहि फेसबुकमा त हो नि| के कुरा गर्छु गर्छु म| भयो|

आज भाउजुको देवरको बिहेको दिन| बृन्दवासिनी मन्दिरबाट बिहे सम्पन्न भयो| सबै खुसि छौ र रम्दै पनि छौ| बिहे पछी होटेलमा सानो भोज अनि भाउजुको पाहुना सबै फर्किए| घरमा म, भाउजु, भाउजुको नन्द, नानि , अनि नव बिबाहित दम्पति| नव बिबाहित दमप्तिको पहिलो रात, जब उनि संगै हुदै छन्| हाम्रै होटेलको सबै भन्दा राम्रो कोठा रोजे मैले| हामि बाकि पनि होटेलमा नै बस्ने भयौ| 

रातको २ बजेको छ, भाउजु र म मात्र छौ| भाउजु र म, दुबैको अवस्था उही छ| अमेरिका जादा, भाउजुलाइ खुसि हुदै छ तर भाउजु खिन्न पनि हुनुहुन्छ| मातृभुमि छाडेर जादा कसलाई दुख हुदैन| झन् यहाँ कति याद अनि नाता जोडिएका छन्| चिनजान भएका कति मान्छे छन्| यो सबै छाडेर एउटा नया संसार बनाउनु पर्छ भाउजुले त्यहा| खिन्न लाग्नु स्वाभाविक हो| खिन्न हुनुहुन्छ तर खुसि पनि| अतितमा परिवारले नस्विकारेको, दुख काटेका दिनहरु, भोकै सुतेका रातहरु, पसिना र आशुले भिजेको अनुहार, यो सबै सम्झिदा भाउजुलाइ एकछिन पनि नेपाल बस्न मन नलाग्दो हो| भाउजुलाइ मलाइ देखेर पनि ताजुब लाग्दो हो| जिन्दगिको गफ गर्दैछु म, मदिरामा लिप्त भएर|

म: “भाउजु, हजुर दाइलाइ कति माया गर्नु हुन्छ?”
भाउजु: “माया नाप्न, जोख्न मिल्ने भए पसलमा भेटिने थिएन र मैया?”
म: “हैन, त्यहि पनि हुन्छ नि|”
भाउजु: “ सम्बन्धमा माया खोजे भने, न सम्बन्ध रहन्छ न माया| माया यस्तो नै त हो भन्न सक्दिन म मैया, तर माया नै जिन्दगि बन्न सक्छ र जिन्दगिमा अमाया केहि न हुन पनि सक्छ| सबै समयमा भर पर्छ| समयसंगै माया बढ्छ पनि अनि मर्छ पनि| कोहि मान्छे जीवन भरिको लागि मुटुमा बस्छ अनि कोहि मुटुमा रहेको नाटक मात्र गर्छ|………..”

भाउजुले अझै पनि केहि भन्दै हुनुहुनुहुन्थियो तर भाउजुको यति वाक्यले म अतितमा पुगिसकेको थिए| रबि, क्षितिज अनि सुबोध, तिन जना नै मेरो आखा अगाडी आए| उनीहरुलाइ सम्झिएको हैन तर मेरो मानसपटलमा उनीहरु संग बिताएको पल अझै पनि जीवत रैछन| भाउजुको अँगालोमा गएर रुन लागे| भाउजुले सम्झाउन लाग्नु भयो मलाई| म किन रुदै छु थाहा छैन| मेरो आशुको कारण पिडा हो कि सम्झना हो पनि थाहाछैन| म पिडा भुलाउदै छु कि पिडामा जकड़ीदै छु पनि थाहाछैन|
————-

भाउजु जाने दिन आज| भाउजुसंग काठमाण्डौ गएर, उहालाई काठमाण्डौबाट बिदाइ गर्न मन छ तर ….  भाउजुको अनुहारमा भावानाको मिश्रण प्रस्ट झल्किन्छ| भाउजुको हात चिस्सिएका छन् र आखा रसाएका|  उहाको मनमा हर्ष छ अनि मुहार उदास छ| 

भाउजु जानु अघि दाइले फोन गरेर फेरी पनि सम्झाउनु भयो मलाई| अब एक्लै हुन्छु भनि सतर्का कसरि अपनाउने पनि बुझाउनु भयो| “रक्सि थोरै पिउनु| नत्र फेरी सबै आखाबाट निक्लिने छ नत्र मुखबाट|” दाइले यति भन्दा थाहा भयो, त्यो रात मैले वाकेको पनि रैछु| भाउजुले एक अन्तिम पटक मलाई अंगाल्नु भयो र …..-

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts