Part 61

उनीहरुको कोठाबाट आउदै गरेको आवाज झनै चर्को हुदै छ| बिहान आगोको झिल्को थियो, अहिले पुरै आगलागी भएको छ| सम्बन्ध उनीहरुको जल्दै छ, सम्बन्धमा औनिहरु जल्दैछन्, ताप हामि सबै महसुस गर्दैछौ| उनीहरुको स्वर र त्यो कोठाको तापक्रम, दुवै उच्च छ| उनिहरुले गर्दा अरुलाई पनि दखल पुग्दै छ| अरुले गुनासो गर्नु अघि नै म त्यो कोठामा पुगेर, त्यो झगडा रोक्नु पर्छ| नत्र होटेलको नराम्रो छबी पर्नेछ अरुमा| उनीहरुको सम्बन्ध सुधार्न कोठा जादै हैन म, म त्यसको लायक पनि छैन र मलाई केहि जानकारी पनि छैन उनीहरु र उनीहरुको सम्बन्ध बारे| मलाई उनीहरुको सम्बन्ध हैन, कसैको सम्बन्ध बारे केहि थाहा छैन| कसैको हैन, मलाई  सम्बन्धको बारे केहि थाहाछैन| म अनि होटेलको म्यानेजर, उनीहरुको कोठा पुगेउ| चर्का चर्की अझै पनि जारि नै छ|

म्यानेजर: “सर, म्याम, ढोका खोल्नु त|” 

म्यानेजर ढोका अगाडी पुगी, केहि आग्रह गरियो अघिको जोडीलाई| यो पहिलो आग्रह पछी आवाज बन्द भयो, र आवाज बन्द भएको अर्को पल नै ढोका खुल्यो| केटाले ढोका खोलेको छ , केटिलाइ ओछ्यानमा देख्न सक्छु म| अरुको कोठामा यसरि नोकझोक गर्नु त हुन्न तर पापी आखा, पुगीहाल्यो| 

केटा: “के भयो?”

यो प्रश्न हाम्रो हुनुपर्ने हो, केटाले हामीलाई प्रश्न गर्यो| उसलाई थाहाछैन कि हामी किन यहाँ छौ? उसले केहि नभएको झैँ नाटक गर्दैछ| उसले आफ्नो अनुहारको भाव बदलिन सक्छ तर हामीले सुनेको आवाज न उसले बल्दीन सक्छ न हामीले भुल्न नै| केहि अपशब्दको पनि प्रयोग भएको थियो केटाबाट| त्यसैले पनि उसको कोठा पुग्नु हाम्रो बाध्यता थियो| कहिँ हातपात भयो भने, भोलि प्रहरी र कानुनको फन्दामा पार्नु छैन होटेललाइ|

म्यानेजर: “हामि पनि त्यहि बुझ्न आएका हौ| के भयो?सर, अरुलाइ दखल पुग्दै छ हजुरहरुले गर्दा|” 

केटा: “हामीले त्यस्तो केहि गरेको जस्तो लाग्दैन|”
म्यानेजर: “अरुले कम्प्लेन गर्दैछन्| नत्र हामि यहाँ किन आउथियौ सर|”

केटा: “ कम्प्लेन गर्दै छन् भने गरुन्| मैले पैसा तिरेको छु, मैले जे पनि गर्न पाउछु| हामी त्यसै बसेको हो र?”
म्यानेजर: “हामीले त्यस्तो भनेको हैन सर| तर अरुको पनि बिचार गर्नु पर्यो नि|”
केटा: “पैसा नपुगेको हो तिमीहरुलाई? लेउ…. अनि यहाँ बाट जाउ|”

यति भन्दै केटाले पर्सबाट पैसा निकाल्यो अनि म्यानेजरको मुखमा फ्याल्यो| मलाई केटाले भर्खर गरेको कार्य मन परेन अनि उसको मानसिकता पनि| उसले गल्ति गर्यो, गल्ति गर्नु कुनै ठुलो कुरा हैन| तर आफ्नो गल्ति नस्वीकार्नु, यो अहंकार हो अनि अर्को गल्ति पनि|

म: “ तिमीले पैसाले यो कोठाको बास लिएका हौ| यो होटेल किनेका हैनौ, अनि यो होटेलको शान्ति पनि किनेको हैन तिमीले| यो तिम्रो घर हैन तिमीले जे मन लाग्छ त्यहि गर्नलाइ| अनि यो होटेलमा तिमि मात्र छैनौ, अरु मान्छे पनि छन्| उनीहरुले पनि यहि गरे भने तिमिहरुलाइ पनि दखल पुग्छ| हल्लाह गर या सल्लाह गर, मलाई मतलब भएन|तर अब अरु आवाज सुन्नु भएन मैले|”

केटा: “बोल्ने सोमत छैन? वेटर भएर ग्राहक संग यसरी बोल्छस? तेरो जागिर खाइदिन्छु| तेरो साउ कता छ? यहाँ बोला|”
म: “म राम्ररि नै बोल्दै छु| बोल्ने सोमत कस्को ठिक छैन त्यो मैले भनि राख्नु पर्दैन|”
केटा: “त मु* म संग मुख मुखै लाग्छस्? तेरो साउ कहाँ छ?”
म: “यसरि मुखा नछाड| अघि पनि तिमि यसरि नै चिच्याउदै थिएउ| उसलाई यसरि नै गालि गर्दै थियौ|”
केटा: “मेरो गर्लफ्रेन्ड, मेरो कोठा| मलाई जे मन लाग्छ त्यहि गर्छु, मुख छाडौ या यसलाई मारौ| त को होस् मलाई यो गर नगर भन्ने? मलाई त जस्तो तल्लो मान्छे संग बोल्नु नै छैन| साउलाइ बोला आफ्नो|”

केटि: “ के भनेउ तिमीले? हामि सम्बन्धमा छौ, यसको  मतलब यो हैन कि म तिम्रो सम्पति हु| अनि अब बाट हामि सम्बन्धमा छैनौ| तिमि जाउ यहाँबाट|”

केटा: “मेरो कोठा, मेरो नाममा छ| म किन जानु? त जा| त जस्तो केटि चाहिएको पनि छैन मलाई| त मु* रन्*, भोलि त भन्दा राम्रो केटि बिहे गरेर देखाउछु|”

केटाको बोल्ने शैली मलाई अलिकति पनि चित्त बुझेकै छैन| पाच औलाको छाप बस्ने गरि, उसको गालामा तमाचा लगाउन मन छ| यस्तो गरे भने लफडा हुन्छ र त्यो गर्नु छैन मलाई| त्यसैले पनि मैले आफुलाई सम्हालेर बसेको छु| कसैले पनि केटिसंग यसरि कसरि बोल्न सक्छ? केटा केटिको कुरा हैन, कसैले पनि कोहिसंग यसरि बोल्नु हुन्न| मानवता र नैतिकता कसरि भुल्न सक्छन मान्छेले|

म: “उ कहिँ पनि जान्नन्| यो कोठा तिम्रो नाममा होला, तर होटेल मेरो हो| अघि देखि साउ साउ भन्दै थियौ, ल होटेल धनि तिम्रो अगाडी छ| तिमि जस्तो तुच्छ शब्द प्रयोग गर्न आउदैन तर पनि सिधा शब्दमा भन्नु पर्दा, तिमीलाई यो होटेलमा ठाउ छैन| अहिले निक्लिएर जाउ|”

उसले अझै पनि त्यो केटा झगडा गर्न लाग्यो र बाझ्न लाग्यो| होटेल परिसर बाहिर जान मानेको छैन| हातापाई गरौला जस्तो गर्छ| सेक्युरिटी गार्डलाइ बोलाउनबाध्य भए र सेक्तुरिटिको दाइले नै उसलाई परिसर बाहिर निकाल्नु भयो| एकछिनको घम्साघम्सी पछी सबै सामान्य भयो| 

बिहान भाउजुको फोनले नै निन्द्रा खुल्यो| भाउजुलाइ बसपार्क सम्म पुर्याउछु भनि बाचा गरेको थिए, त्यसैले पनि हो भाउजुले  फोन गर्नु भएको| भाउजुलाइ पुर्याएर म सिधै ब्युटी पार्लर गए| एकछिनमा पनि आउनु नै पर्ने हो, बरु अहिलेबाट नै बस्दा ठिक| दिउसोको दुइ बजीसकेको छ, खाजा खान भनि रेस्टुरेन्ट गए| 

“धन्यबाद|” हिजोको केटि मेरो आखा अगाडी छिन्| उसले धन्यवाद भनेपछी मैले उसलाई बस्न आग्रह गरे| मलाई देखेर नै उ धन्यबाद भन्नलाइ रेस्टुरेन्ट पसेकी रैछिंन्| उसको नाम प्रनिका रैछ| संगै खाजा खायौ र गफ पनि अघि बढ्यो| हिजो के भएको भनि सोध्न मन छ तर घाउ कोट्याउन चाहिन| सम्बन्ध र झगडा हिजै सकिएको हो, मेरो प्रश्न पनि सकिनु पर्ने हो| त्यसैले पनि केहि सोध्न उचित लागेन|

प्रनिका: “उ मान्छे मनको राम्रो थियो| तर हिजो राति के भयो खै उसलाई|”
म: “ उ मान्छे पहिले पनि जाति हैन, मात्र तिमीले थाहा नपाएको| हिजो बिहान मात्र, तिमि होटेलबाट निक्लिएर गयौ नि| त्यपछि मलाई जिस्क्याउदै थियो|” 

प्रनिकाको मनमा थोरै पनि आश बाकि थियो तर मेरो वाक्यले त्यो आशलाइ किल्चिएर, जमिनमा गाडीदियो| हफ्ता दिन यसरि नै बित्यो| भाउजु नहुदा होटेल खासै जान पाएकी छैन म| हफ्ता दिन, बिहान केहि समयको लागि मात्र होटेल जान्छु, नत्र ब्युटी पार्लरमा नै हुन्छु दिन भरि| अनि बिहान होटेल जादा प्रनिकासंग सधै नै भेट हुन्छ| एक जना साथि बनाएछु पोखरामा|  हफ्ता दिन यसरि बित्यो| भाउजु फर्किनु भयो| तर भाउजुसंगै अरु धेरै मान्छे पनि छन्| करिब करिब २१-१४ जना| को हुन् यी मान्छे? 

म: “भाउजु, को हुन् सबै?”

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts