Part 63

बधाई छ मलाई, पोखरामा म फेरी पनि एक्लो भए| एक्लोपनको पर्यायबाची शब्द परजुना भन्दा फरक नपर्नु पर्ने हो| जिन्दगि पनि त्यो थोत्रो मोबाइल भएको छ, जुन चल्दै त छ तर एक्लोपनको चार्जरमा जोडिएर| एकछिन एक्लोपनबाट टाढा हुन खोज्दा, सास ठप्प भइदेला भन्ने पिर| एकछिन चलेको जस्तो हुन्छ अनि फेरी सबै तातेर आउछ अनि खुसि आफुबाट पर बनाउन मजबुर हुन्छु| यस्तै छ जिन्दगि, कहिले अन कहिले अफ भएर चल्दै छ| 

भाउजु गएपछी, म साच्चिकै नै एक्लै भए भने पनि हुन्छ| दुख सुखको गफ गर्ने मान्छे कोहि छैन| गफ गर्ने मान्छे भेट्छु होला तर बुझिदिने मान्छे भेट्दिन| केहि पर्यो, केहि सल्लाह चाहियो, कुनै समस्यामा फसे भने, सबैको जवाफ भाउजुसंग हुन्थियो| यहाँ दिन हुदा उता रात हुन्छ, समय पर्खिदा कहिले समस्या डाडा कति सकेको हुन्छ भने कहिले मेरो मनको कुनै कुनामा गएर लुकिदिन्छ, अनि बाहिर आउन चाहदैन| आफ्नै देशबाट पर हुनुहुन्छ भाउजु, उहालाई पनि निकै गाह्रो छ| उहाको मनमा पनि विभिन्न भावनाहरुको हुरी चल्दै छ होला, त्यहाँ आफ्नो दुख थप्न उचित मान्दिन म| त्यसैले अचेल भाउजुसंग गफ हुन्छ, तर खुसिको गफ मात्र| कहिले काही खुसि नभए पनि, भाउजुको लागि मात्र खुसि हुन खोज्छु| एउटा मुखौता लगाएको छु, जहाँ म जहिले खुसि देखिन्छु| अरु निक्दै भावनालाइ दबाएर र लुकाएर राखेको छ यो मुखौताले|

भाउजु गएको भर्खर एक महिना पनि भएको छैन र मेरो जीवन मरुभूमिमा परिणत भइसकेको छ| ब्युटी पार्लरको मतलब लाग्दैन|  नानिले राम्ररि नै हेर्दै छिन भन्ने खबर भाउजुबाट पाईरहेको हुन्छु| बेलुका ११ , १२ , १  बजे सम्म होटेलमा हुन्छु, बिहान उठ्दा ९ बज्छ, अनि होटेलमा नै दिन बित्छ| यसरि नै महिना दिन गयो र बाकिको जीवन पनि यसरि नै जानेछ| मेरो संसार भनेको, घरबाट होटेल अनि होटेलबाट घर, यसरि नै फन्को मार्दै छु म| नया बर्षको समय, डिसेम्बर महिनाको अन्तिम दिन आज| होटेलमा मान्छेको बहाब उच्च छ र सबै कोठा बुक भइसकेको छ|  आज मात्र हैन, यो हफ्ता भरि नै होटेलको ब्यापार यस्तै हुनेछ| 

रातको १० बजेको छ, होटेलमा अहिले सबै रम्दै छन्, सबै संग म पनि रम्दै छु| अहिलेको समय भनेको रम्ने हो| अबको २ घण्टामा दिन फेरिनेछ, महिना फेरिनेछ, बर्ष फ़ेरिनेछ| यो सबै संग, कति मान्छेको कति बानि फेरिनेछ, कतिको स्वभाव बदलिनेछ, कतिको सपना बदलिने छ, कतिको इच्छा बदलिने छ, अनि कतिको बदलिने चाहना पनि बदलिने छ| तर मेरो जीवनमा केहि बदलिने छैन| मेरो जीवन सधै जस्तो रहने छ, हेर्दा रमाइलो तर भित्र खोक्रो र खालि, बाहिर पूर्ण भित्रबाट शुन्य| मेरो जीवन कोहि महान व्यक्तिको नैतिकता र सिधान्त जस्तै भएको छ, जुन कहिले बदलदैन|

रिसेप्सनमा प्रनिकालाइ देखे| धेरै दिन पछी प्रनिकालाइ देख्दैछु| यतिका दिन प्रनिका कहाँ थिइन्? म के भएको फेरी? उसलाई म चिन्छु तर राम्ररि हैन| अहिले उसलाई चिन्तित देख्दै छु? कहिँ फेरी झगडा परेको त हैन नि उसको? उनीहरुको सम्बन्ध पहिले नै सकी सकेको थियो तर अहिले जे पनि हुन सक्छ| उसलाई के भयो भनि सोध्न मन लाग्यो र रिसेप्सनमा पुगे|

म: “के छ? चिन्तित देखिन्छौ|”
प्रनिका: “ होटेलको कोठा पुरै बुक भएको रैछ| अब अर्को होटेल खोज्नु पर्ने भयो|”

म: “आजको दिन यस्तै त हो नि| पहिले बुक गर्नु पर्छ नि|”

रातको १०:३० भएको छ, वरिपरिको कुनै होटेलमा पनि कोठा छैन| उ फर्किएर फेरी लेक साइड जानु पर्नेछ| यति राति उसलाई लेक साइड पठाउन मन लागेन अनि फर्केर गए पनि कोठा पाइन्छ भन्ने छैन| होटेलमा कोठा खाली नभएर के भयो र, मेरो घरमा बस्न मिल्छ नि प्रनिका| उसलाई सजिलो हुन्छ र यो नै सबै भन्दा राम्रो निर्णय पनि हो| उसलाई प्रस्ताभ राखे उसले मानिन| सम्झाए, बुझाए अनि मान्नै पर्यो| घर पुग्दा रातको १ बजेको छ अनि दुवै नशामा मग्न छौ| एउटा प्रश्न धेरै अघि देखि मेरो मनमा, दरबार हत्याकाण्ड जस्तै दफन छ| 

म: “अस्ति होटेलमा तिमीहरु झगडा हुदै थियो| किन?”

प्रनिका: “ धन्न तिमीले सोधेउ| आफ्नो मनमा कुरा राख्दा राख्दा, मनको पिडा दिमागमा पुगेर, म बहुलाउन मात्र बाकि छ| कसलाई सुनाउ आफ्नो पिडा हुदै थियो, धन्न तिमीले सोधेउ| अस्ति मसंग जो थियो नि, उ मेरो बोइफ्रेन्ड हो| हो हैन थियो| सलिन हो उसको नाम| ६ महिना भयो, हामि सम्बन्धमा गासिएको| म भक्तपुर घुम्न जादा उसलाई देखेको थिए अनि त्यहिबाट चिनजान भयो| म फेरी कस्तो मान्छे भने, साथि बनाउन मन पर्ने| जो संग पनि साथि बन्न सक्छु| निकै ग्वाच, उल्लु, र केहि चिजमा नकारात्मकता नदेख्ने स्वभाव छ मेरो| सोझो भन्छन मलाई एक शब्दमा| 

सलिनसंग साथि बन्न मलाई कुनै संकोच भएन अनि समय पनि लागेन| समय संगै समिप्ता बढ्यो र हामि सम्बन्धमा निकै चाडै गासियौ| उ म भन्दा २ वर्ष कान्छो रैछ, त्यो पनि सम्बन्धमा गासिए पछी मात्र थाहा भयो| एक महिना अघि सम्म पनि, मैले चिनेको सलिन निकै भिन्न मान्छे थियो| के थाहा उ नाटक गर्दै थियो| उसले आफुलाई मेरो सामु जस्तो देखाउन खोजेको थियो, मैले उसलाई त्यस्तै देख्दै थिए| उसले आफ्नो चरित्र जस्तो निर्माण गर्यो, मैले त्यहि देखे| मैले उसलाई बुझे जस्तो लागेको थिए तर यो सबै भ्रम रैछ| उसले सृजना गरेको भ्रम|

उसले मलाई माया गर्छ भनेर नै म यहाँ पोखरा आएको हो| पोखरा पनि हैन, चितवन| चितवन मेडिकल कलेजमा मेरो जागिर पक्का भएको हो| बिदा लिएर म उसलाई भेट्न पोखरा आए| उ पनि मलाई भेट्न भनि भक्तपुरबाट पोखरा आयो| यहाँ सम्म पनि उसलाई म आफ्नो जीवन सोच्थिए| उसले रचेको भ्रमको बारे मलाई केहि थाहा थिएन| म सिकार हुदै छु भनि मलाई के थाहा| जम्मा ३ दिनको लागि पोखरा आएको म पोखरा| अहिले सम्म पनि यहि पोखरामा नै छु| 

हाम्रो झगडा भएको तिमीलाई याद छ नि है? त्यसको अघिलो रात म पोखरा आएको हो| उ पनि त्यहि रात आएको थियो| त्यो रात हामि गफ र रक्सि दुवैमा मग्न थियौ| गर र रक्सि बाहेको अरु केहि योजना पनि थियो| मलाई के थाहा, मैले जे लाइ माया सोच्दै थिए, उसको लागि शरीरको भोक मात्र थियो| सम्बन्धमा यौन सामान्य हो, मलाई उसंग आफ्नो जीवनको पहिलो पटक यौन गर्न कुनै संकोच थिएन| तर उसलाइ माया हैन यौन मात्र चाहिएको रैछ| उसले मायाको नाटक गर्दै रैछ| अनि त्यहि नाटकमा मलाई फसाउदै रैछ|

त्यो रात मलाई अप्ठेरो लाग्यो| जीवनको पहिलो पटक भएर होला| कसैलाई आफ्नो नाङ्गो शरीर देखाएको थिइन त्यो बखत सम्म| तिन दिन छ, एक राख पर्खिन भने उसलाई| उसले पनि सहमति जनायो, नाइँ भनेन| उसको लागि सम्मान र माया झनै बढ्यो म भित्र| भोलि बिहान उठ्दा उसको मोबाइल अनलक नै थियो| फोन आउदै थियो कसैको| त्यो सुरुवात थियो| कोहि केटि बोल्दै छे फोनमा, अनि त्यो केटीले सलिनलाइ आफ्नो बोइफ्रेन्ड भन्दै छे| म बाहेक, उसको जीवनमा अरु कोहि छ थाहा पाए| मेसेज हेरे, एक जना हैन 4 जना रैछ उसको जीवनमा| म बाहेक 4 जना| त्यहि कारणले बिहान होटेल छाडी बाहिर गए| होटेल हैन, उसलाई छाडेर|

म पिडामा यति डुबेको थिए, के भनौ| दिउसो भरि एक्लै रुदै बसे| पोखरामा रम्न आएको थिए, तर रुदै थिए| अब के गर्ने, कहाँ जाने केहि थाहा थिएन| दिउसो उसले फोन गर्यो| थाहा छैन किन, तर उसको फोन उठाए| उसले भेट्न खोज्दै थियो| मैले एकछिन नाइँ भने तर उसले  मबाट हुन्छ भन्ने जवाफ निकालेर नै छाड्यो| उसले सम्झायो, बुझायो अनि माफी माग्यो| उ पहिले त्यस्तो थियो तर अहिले सुध्रिएको भनि भन्न लाग्यो| मलाई थाहा छैन किन तर उसले चाडै फकाउछ मलाई| उसले जे भने पनि मान्न तैयार हुन्थिए म| उसंग जति रिसाए पनि, उ आखा अगाडी भए भने रिसाउँ सक्दिन थिए म|  उसले मलाई भेट्न आउनु अघि, बाकी सबै सम्बन्ध अन्त्य गरेर आएको बतायो| म फेरी पनि उसंगै फर्किए होटेलमा|

बेलुका फेरी पनि खुसि थियौ हामि| उ वाइन लिन बाहिर गएको थियो, मेसेज आयो उसको मोबाइलमा|  मेसेज खोलेर हेरेको, “बिहानको केटि को थियो? अब फेरी पनि कोहि अरु केटिले तेरो फोन उठाए भने, मलाई बिर्सीदिए हुन्छ तिमीले| त्यो केटिसंग ब्रेकअप गरे भनेउ तिमीले, अनि मात्र म तिमिसंग बोल्दै छु|” यस्तो मेसेज देख्छु| यो मेसेज देख्दा, म जिउदो लास भए| फेरी पनि झगडा हुन लाग्यो| अनि त्यहि बेला तिमि आयु| तिमि नभएको भए त्यो दिन खै के हुन्थियो| यहि हो मेरो व्यथाको कथा|” 

प्रनिकाको आखाँको डिलमा आशु जमेको छ| आशुका थोपा उसको आखाको डिलबाट उसको गाला तिर बढे| उसले मलाई अंगालिन्| अंगालेर एकछिन सम्म रोइन्, बिस्तारे सामान्य भयो स्थिति| मेरो मनमा अझै एउटा प्रश्न पलाएको छ| मलाई यस्को जवाफ जसरि पनि चाहिएको छ|
म: “जम्मा तिन दिनको लागि आएको भनेउ तर अहिले सम्म पनि यहि छौ| यतिका दिन कहाँ थियौ?”

प्रनिका: “त्यो रात…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts