प्रनिका: “त्यो रात, म फेरी पनि टुक्रिए| एउटा सम्बन्ध, एउटा सम्बन्धमा दुइ पल्ट टुक्रियो अनि म पनि| सम्बन्ध, सम्बन्ध मेरो लागि थियो, उसको लागि त शरीर शेकने माध्यम| म दुइ पल्ट टुक्रिए, उसको भागको पिडा पनि मैले नै भोग्नु पर्ने थियो| त्यहि नै भयो| रात भर म त्यो मान्छेको बारे सोचेर रुदै थिए, जो कहिले मेरो भाग्यमा हुनेछैन अनि लायक पनि छैन| उसलाई होटेलबाट निकालिएको एक घण्टा पछी उसले मलाई फोन गर्यो| गाली गर्छ, कराउछ, मलाई नराम्रो भन्छ भनि सोचेको थिए तर उसले केहि गरेन| उ माफी माग्दै थियो
किन हो मलाई त्यो दिन उसको शब्दले छोएन, उसको आवाजले पनि अनि उसको भावले पनि छोएन| उ फोनमा म संग रुदै थियो तर उसको आशुले मेरो मन पोलेन| उसको शब्दले पग्लिने मान्छे म, त्यस बखत उ लास भएको भए पनि मेरो मन पग्लिन्थिएन| आखा घण्टा, शब्द बिना उ रोइ रहयो फोनमा| उसंग मलाई कुनै सम्बन्ध राख्नु थिएन, उसको मुख पनि हेर्नु थिएन| तर उसलाई त्यसै छाड्न सक्दिन थिए, बिहान भयो उसंग फोनमा बोल्दा| उसले मेरो चित्त यसरि दुखाएको थियो, त्यसको कुनै माफी थिएन| तर पनि उसलाई रातको बीचमा, बाटोको बिचमा, कुनै सम्बन्धको बिचमा, कुनै बातको बिचमा छाड्नु मन नलागेर, म उसंग फोनमा बोलेको थिए|
उसले भने मैले उसलाई माफी दिए सोचेछ| सायद म उसंग फोनमा बोल्नु नै हुन्थिएन| उसले बिहान भेट्न बोलायो| बिहान भन्नाले, १ बजे| म त्यो दिन एक बजे नै उठेको थिए| उसलाई नाइँ भन्न खोज्दै थिए तर सकिन| जे भए पनि म उसलाई माया गर्थीए| माया कहिले गलत हुन सक्दैन, गलत हामीले माया गरेको मान्छे हुन्छन| अन्तिम पल्ट भनेर मैले हुन्छ भने तर उसले सबै फेरी सुरु भयो सोच्दै रैछ| म उ सामु पुग्ने बित्तिकै उसले मलाई अंगाल्यो| मलाई अप्ठेरो महसुस हुदै थियो तर केहि भनिन| उसको मुहारमा पहिलेको जस्तो हासो थिएन| मेरो जिन्दगिको खुसि खोसेको मान्छेको मुहारमा खुसि नदेखिदा मलाई थोरै पनि दुख लागेन| उसले मेरो हात समाएर फेरी पनि माफी माग्यो र मैलेउसलाई कुनै दोस्रो सोच बिना नकारे| हाम्रो सम्बन्धको अन्त्य भएको थियो र म जिउदो लास| म भित्र प्राण भर्ने सामर्थ्य थिएन उसको कुनै पनि शब्दमा| त्यो होटेलमा, सबैको अगाडी रुन लाग्यो उ, माफी माग्न लाग्यो उ| कुनै पनि हालतमा, मलाई उसंग सम्बन्धमा बस्नु थिएन| मान्छेले माया दुइ पल्ट गर्न सक्छ, अनि मुर्खता पनि| तर मायामा मुर्खता दुइ पटक गरिन्न| सलिन रुदै थियो, म उसलाई छाडेर त्यहाँबाट निक्लिए|
त्यहाँबाट निक्लिए पछी, मैले तिमीलाई भेटेको याद नै होला तिमीलाई| त्यो दिनको हरेक पल, मलाई बाच्न निकै गाह्रो भएको थियो| जसलाई जीवन सोचेको थिए, उसको लागि जीवन त्याग्न मन लागेन| लेक छेउमा, दिउसो भरि एक्लै, यसरि नै काट्यो| दिन सकिन लाग्यो र अन्धकारको राज बढ्दै गयो| मलाई झन् गाह्रो हुदै थियो र कोठामा एक्लो बस्न सकिन| जसरी पनि एक्लो हुनु छ भने, मान्छेको बीच पुगेर एक्लो हुन्छु सोचे अनि बार गए| बार किन जादै छु मलाई केहि थाहा छैन| त्यहाँ एक्लै के गर्ने हो मलाई त्यो पनि थाहाछैन| बारमा एक्लै रम्न खोज्दै थिए तर भाग्यले ठगेको मान्छेले कहिँ सुख पाउदैन|
त्यहाँ सलिनलाइ देखे| उ एक्लै थिएन| उ संग अरु कोहि पनि थियो| उ कुनै केटिसंग थियो| साथि पक्कै पनि हैन| मतलब साथि मात्र| नत्र अँगालोमा चुम्दै हुने थिएनन् उनीहरु| मतलब दिउसो, सलिनको आशु सबै झुठ थियो| उसको शब्द झुठ थियो उसको माया जस्तै? उसलाई एक झापड लगाउन मन थियो तर हात फोहोर पार्न मन लागेन| त्यहाँबाट आफ्नो कोठा गए| त्यो दिनबाट हिजो सम्म म के गर्दै थिए मलाई आफै याद छैन| म कहाँ हराए, कहाँ थिए याद छैन| त्यहि एउटा होटेलको कोठामा एउटा अन्जान संसार बनाएको थिए| यति याद छ, मैले मेरो परिवारसंग झुठ बोलेकी थिए|
सधै बाबु- मामासंग फोनमा कुरा हुन्थियो| मेरो बारे धेरै चिन्ता लिनु हुन्थियो| पहिलो पटक म उहा संग पर बस्दै थिए| उसलाई म पोखरा छु भनेर थाहा पनि थिएन| उहाको लागि म अझै पनि चितवनमा नै थिए| म यस्तो हालतमा थिइन् किन म उहासंग सधै बोल्न सक्छु| त्यसैले, रिसर्चको लागि मलाई इन्डिया लाग्दैछन् भनिदिए| ३ महिनाको लागि| चितवनको हस्पिटलमा मैले राजीना त्यहि रात नै पठाएको थिए| अहिलेको बखतमा मसंग पैसा पनि धेरै छैन| भन्नु पर्दा, एउटा सुनको बाला छ जुन मलाई बेच्नु छैन| अनि ब्यांकमा २३,९८० छ| यसरि नै बसे भने, यो पैसा एक महिनालाइ पनि पर्याप्त हुन्न| आज बिहान यो कुराको महसुस भयो| आजको रात, आफ्नो दुनियाको रानी भएर बाच्छु, अनि भोलिबाट हस्प्तिल चाहर्छु र एउटा काम खोज्छु| भोलि देखि एउटा कोठा खोजि डेरामा बस्नु छ| भोलिबाट कैदी हुनु नै छ भनि आज रम्न आएको हो|”
प्रनिकाको पिडामा मैले आफ्नो पिडा भेट्दै छु| उ मेरो सामु खुला किताब भइन्, म पनि उसको सामु खुल्ला किताब भए| मैले आफ्नो अतित अनि सम्बन्ध, सबै भन्न लागे| हाम्रो मनमा पिडा उत्तिकै नै छ| प्रनिकाको पहिलो पल्ट हो र म यो पिडाको नियमित ग्राहक हु| फलामले फलाम काट्छ सुनेको थिए, पिडाले पिडा कम गरेको पहिलो पल्ट हो| दुबैको मन हलुको भयो| पिडा पोखियो, एक्लोपनले बिदा माग्यो र हामि सामान्य हुदै थियौ| अहिलेको समय निराश हुने हैन रम्ने हो| भोड्का संगै गफको नया पाटो सुरु भयो| हामि केहि क्षनमा नै मिल्ने साथि भएका छौ| भावनाले जोडेको हो कि समयले, कि पिडाले जोडेको हो हामीलाई, दैवलाइ थाहाछ| हाम्रो मित्रता कसरि सुरु भयो, अहिले कस्तो छ. कल्पना गर्न सक्नेले मात्र बुझ्छ|
म: “केहि भन्छु| भन्छु हैन, आग्रह गर्छु| तिमीले नाइँ भन्छौ थाहा छ तर भन्छु|”
प्रनिका: “के हो त्यस्तो?”
