प्रनिका: “हामि भोलि पोखरा फर्किनु पर्छ|”
म: “किन? के भयो?”
प्रनिका: “ अर्को हफ्ता बिहे| म सकेसम्म चाडै जानु पर्छ|”
यति भन्ने बित्तिकै, फेरी पनि मलाई च्यापेर उनि रुन लागिन्| उसले म संग केहि कुरा लुकाउदै छिन्, नत्र रुनु पर्ने कहिँ केहि कारण नै छैन| उसले आफ्नो मनमा केहि गरुङ्गो सत्य लुकाउदै छिन्, जसले गर्दा उनको मनमा रहेका भावनाहरु अतिप्रवाह हुदै छन् र भावनाहरु आशु बनि नयनबाट बग्दै छन्| हामि एक अर्काको हरेक भावना बुझ्छौ, एक अर्काबाट केहि पनि लुकाएको छैनौ जस्तो लाग्थियो तर म गलत रैछु| आखिर हामी बीच गोप्य राख्नु पर्ने केहि बात पनि छैन अनि कारण पनि| अहिले उसलाई थप प्रश्न गर्नु भनेको उसको चित्त दुखाउनु हो या मैले अविस्वास प्रकट गर्नु हो| जसले गर्दा उनि झनै उदास हुन्छिन या आक्रोशित| अहिले समय सहि हैन, सहि समयमा उसलाई यो प्रश्न गर्ने छु कि उसले मसंग के लुकाउदै छिन् अनि कारण पनि सोध्ने छु तर आज हैन|
म: “अनि सिम किन निकालेको?”
प्रनिका: “म रिसर्चमा छु, यहि झुठको पर्दा लगाएकी छु मैले उहाहरुको आखा अगाडी| अनि हफ्ता दिन मात्र छ हामीसंग, यो समयमा पनि किन अरुलाई दखल पुर्याउन दिनु?”
म: “हफ्ता दिन मात्र? तिमि फर्किने हैन र?”
प्रनिका: “फर्किन्छु| मैले नफर्किने भने? तिमि बिना कसरि जीवन बिताउनु मैले?”
म: “अनि किन हफ्ता दिन मात्र भनेको?”
प्रनिका: “किन… किन भने…. मैले.. तिमीले गल्ति बुझेउ| हफ्ता दिन पछी म जान्छु| यो हफ्ता दिन यसरि बिताउन मन छ, कि म गाउ गएको बेला पनि मलाई गाह्रो नहोस्| गाउमा तिम्रो यादले धेरै नसताओस्, त्यसैले यो हफ्ता तिमि र म मात्र भएर बाच्नु छ| हफ्ता दिन पछी केहि दिनको लागि अलग हुन्छौ, र यो हफ्ता दिनमा तिमि बाहेक अरु केहिमा ध्यान दिन मन छैन| सुत्दा, उठ्दा, निन्द्रामा होस् या बिपनिमा, यो हफ्ता दिन तिम्रो त्यस्तो छाया भएर बाच्नु छ, जसले अँधेरो उज्यालो, कुनै बखत पनि साथ नछाड्ने|”
म: “अनि यति जाबो कुरामा पनि कोहि रुन्छन र! केहि दिनको कुरा हो, अनि हामि फेरी संगै हुन्छौ नि|”
प्रनिका: “मलाइ जान मन थिएन, अहिले पनि जान मन छैन, तर पनि तिमीले भनेर मात्र हो|”
प्रनिकालाइ परिवारको महत्व बुझाए| परिवार बिना जीवन कस्तो हुन्छ बताए| परिवारसंगको खुसि र हर्ष कस्तो हुन्छ भनि उसको दिमागमा भरे| उसको आखा अगाडी परिवारसंगको जीवनको सुन्दर चित्र कोरे| अघि सम्म उसको मनमा रहेको सबै संकोचहरुको अन्त्य भयो| उसको अनुहारमा हर्ष पूर्ण रुपले नझल्किए पनि, अघि जस्तो उदास छैनन् उनि| उनको मनको संकोच हटाए तर मेरो मनमा अझै पनि धेरै प्रश्न छ| उसले केहि कुरा पक्कै पनि लुकाउदै छिन्| अनि उ अघि म संग बोल्दै थिइन्, उ जसरि बोल्दै थिइन्, त्यो बोल्ने शैली भिन्न थियो| लाग्दैथियो, उ सम्हालिएर बोल्न खोज्दै थिइन्| कहिँ कतै मलाई केहि कुरा थाहा नहोस् सोच्दै बोल्दै थिइन्|
प्रनिकाले भने बमोजिम , बिहान निन्द्रा खुल्ने बित्तिकै तैयार भयौ, र पोखराको लागि प्रस्थान गरेउ| गाडीको झ्याल मन पर्ने प्रनिकालाइ| बाहिरको परिदृश्यमा रम्ने उनि तर आज उसलाई केहि को मतलब छैन| झ्यालमा अडेस लागेर उनि बाटो भरि नै सुति रहिन्| टाउको दुखेको हो भनि सोध्दा पनि उबाट केहि जवाफ आएन| उनि अहिले पनि उदास छिन्| बाटोमा खाना वा खाजा केहि खाइन उसले| आखिर उसको दिमागमा चल्दै चाही के छ? लाग्दैछ, उसले मलाई एउटा कोठा भित्र थुनेकी छिन् र बाहिर के चल्दै छ मलाई केहि पत्तो छैन| हफ्ता दिनको लागि छुट्टिनु पर्छ भनि दुखि छिन् भने, उसलाई सम्झाउन मन छ| यसरि निराश भएर बस्नु समाधान हैन, बरु जति समय बाकि छ त्यसमा रम्नु समझदारी हुन्छ| निराश भएर निर्णय बदलिने हैन| उसलाई कसरि सम्झाउ म, उ कोहिसंग बोल्ने मुडमा छैन| मेरो मनको कुनै कुनामा अझै पनि एउटा स्वर जीवित छ जसले भन्दै छ, प्रनिकाले मबाट केहि लुकाउदै छिन्|
हिजोबाट प्रनिका बदलिएकि हैन, मैले चिन्ने प्रनिका नै हैन उनि| न् मसंग बोल्न खोज्छे, न हासेको नै देख्छु, न केहिमा ध्यान छ उसको, रमाएको पनि देख्दिन, बिहान देखि कोठाबाट निक्लिएको पनि देख्दिन| लाग्दैछ शरीर मात्र उही छ उसको, आत्मा फेरिएको छ| मैले केहि गल्ति त गरिन नि, उसलाई दाइको विहेमा जाउ भनेर? उसलाई जान मन नलाग्नुको केहि कारण थियो होला, मैले कारण नबुझी उसलाई जाउ भनेर कर गरे| त्यसैले उनि रिसाएको हुनुपर्छ| तर उनि रिसाएको हैन उदास छिन्| मैले उसलाई बुझ्न सकिन भनेर उदास त हैन नि उ? उसलाई यस्तो कसरी हेर्नु मैले?
म: “जान मन छैन भने नजाउ न|”
प्रनिका: “ तिमीले जे भन्यो त्यहि मान्नु पर्छ मैले? तिमीले जाउ भन्दा जाने, नजाउ भन्दा नजाने? तिमीले आफुलाई केहि सोचेको छौ? म गुडिया हो र?……………”
उसलाई खुसि बनाउन खोजेको मैले, उसले मलाई नै कराउन लागि| मैले त्यस्तो केहि भनेको पनि छैन| मैले उसलाई काबु गर्न खोजेको पनि हैन| मैले उसलाई आफ्नो बिचार के हो भनेको थिए, उसलाई त्यो मन नपरेको हो? मैले उसलाई दुखि बनाउनलाइ भनेको हैन नि, उसलाई खुसि बनाउने इच्छा थियो| उसले गलत तरिकाले बुझी| उ रिसाएकी छे, के बोल्न हुन्छ के बोल्न हुन्न उसलाई थाहाछैन| मैले आफ्नो हरेक शब्द सावधान भएर छान्नु पर्छ| मैले त्यहि गर्दा पनि भएन, मैले जे भने पनि उसलाई चित्त नबुझ्ने| मैले जे भन्दा पनि उसले त्यसको केहि अर्को अर्थ बुझ्ने उसले, अनि त्यहि कुरामा बहस गर्ने| मैले धेरै बेर काबु गर्न सकिन आफुलाई, अनि दुवैको झगडा सुरु भयो| एकछिन सम्म झगडा चल्यो र मलाई झनै नराम्रो महसुस हुदै छ| दुबैले यसरि नै आफ्नो गल्ति नमान्ने हो भने, यो झगडा सकिन्न बरु सम्बन्ध सकिएला| मैले माफी मागे भने, उसको रिस कम होला सोचे|
म: “सरि, मैले तिम्रो चित्त दुखाउन खोजेको हैन|”
थाहा छैन किन, थाहाछैन के भयो तर उनि…
