हाम्रो सम्बन्धको गन्तब्य के हुनेछ थाहाछैन, हाम्रो गन्तब्य अहिलेको लागि बन्दीपुर, बन्दीपुरबाट चितवन अनि फेरी पनि पोखरा हो| पोखरा फर्किनु अघि २ दिन त्रिशुली पनि बस्ने भएको छौ|
हाम्रो सम्बन्ध, हामि बीच नै सिमित छ| हामि बाहेक अरु कसैलाई जानकारी छैन हाम्रो सम्बन्धको| हाम्रो सम्बन्ध अनि माया, किशोरीको अंग जसरि नै भित्र भित्रै बढ्दै छ| फरक यति छ, अरुको आखा हामि माथि छ, हाम्रो सम्बन्ध माथि हैन| एक अर्कालाइ अझै धेरै बुझ्ने भएका छौ| बुझ्ने पहिलेबाट नै थियौ, पहिले एक अर्काको साथको महत्व बुझेका थियौ र अहिले हाम्रो सम्बन्धको अस्तित्व बुझ्दै छौ| पहिले समाजको डर लाग्थियो, समाजले के भन्छ भनि, अहिले समाज त के, भगवानसंग पनि जुध्न सक्छौ भन्ने बिश्वास छ| यो सम्बन्धले हामिलाइ हाम्रो महत्व बुझायो, हाम्रो भावनाको महत्व बुझायो, मायाको महत्व बुझायो| सक्नेसंग जुध्ने छौ, बुझ्नेलाइ बुझाउने छौ, बुझ्न नखोज्नेको अघि मुर्ति झैँ चुप भइदिने छौ तर हाम्रो सम्बन्धको अन्त्य गर्नेलाइ, कि हामि उसको अन्त्य गर्ने छौ, कि आफ्नै| यस्तै मानसिकता छ, मेरो मात्र हैन, उसको पनि|
घुम्न जाने योजना प्रनिकाबाट नै सुरु भएको हो| चितवनमा उसको सामानहरु छ| चितवन मेडिकल कलेजमा काम गर्दा, उसले सबै सामान लगेकी थिइन् त्यहाँ| पोखरा आउदा, फेरी पनि चितवन फर्किएर जाने योजना थियो तर समय, उनि पोखरामा नै बसिन्| जाबो त्यति सामानको लागि चितवन के जानु भनि नसोचेको पनि हैन मैले, तर उनको बाल्यकालको केहि नासो छ त्यहाँ| उनि जसरि पनि चितवन जान नै पर्नेछ| यहि मौकाको फाइदा लिएर, बाकि ठाउ घुम्ने भइयो| सुरुको ३ दिन बन्दीपुर बस्ने भइयो| बन्दीपुरको सुन्दरता, हाम्रो सम्बन्ध जस्तै सुन्दर छ| सूर्य उदाउदा, सुर्य संगै हाम्रा धेरै आशहरु आकाशमा छरिन्छन् र चारैतिर सुन्दरता फैलिन्छ| सुर्य अस्ताउदा, सुर्य संगै धेरै नकारात्मक र मन पोल्ने सोच पनि बिलाउदै जान्छ र फेरी पनि सुन्दरता छरिन्छ|
बन्दीपुर पछी अब पालो चितवनको| चितवनमा एक दिन भन्दा धेरै बिताउने योजना थिएन तर प्रनिकाको मन बदलियो र हाम्रो योजना पनि| थाहा छैन किन तर उसलाई चितवनमा थप केहि दिन बस्न मन छ| यति दिन बस्ने भनेर तोकिएन, उसलाई जब मन लाग्छ, अनि मात्र पोखरा फर्किने भइयो| चितवन पुगेको पहिलो दिन, गर्मि त्यस्तै छ अनि हामि थाकेको पनि छौ| केहि पेग रक्सिको, अनि प्रनिका रुन लागिन्| के भयो भनि सोध्छु, तर जवाफ दिन्न उसले| अचानक के भयो उसलाई? उनिसंग मैले यति दिन बिताए, यति दिन संगै थियौ, तर पहिलो पटक उसलाई मैले नबुझेको महसुस हुदै छ|
म: “ भन न| के भयो भन| तिम्रो कुरा बुझ्ने म मात्र हो| अरु कसैले बुझ्छ जस्तो लाग्छ? अब बुझ्ने मान्छेलाइ भनिनौ भने कसलाई भन्छौ?”
प्रनिका: “बाबा मामुको याद आयो|”
म: “फोन गरन| याद आएपछी फोन गर्ने हो, रुने हो र?”
प्रनिका: “हैन, कसरि फोन गर्नु मैले| खै…”
म: “फोन गर्नलाइ पनि यति सोच्नु पर्छ र? भर्खर १० बज्दै छ| सुत्नु भएको छैन होला| फोन गर|”
थाहाछैन किन, तर उसले फोन गर्न मानेकी छैन| हिच्किच्याउदै छिन्, तर किन? उसको मनमा अरु केहि पनि छ| केहि हैन धेरै छ| तर आज अचानक किन सम्झी उसले यो सबै| आखिर उसको दिमागमा के चल्दै छ? मसंग जम्मा दुइ उपाय छ, कि उसको दिमागमा के छ थाहा पाउनु कि उसको दिमागमा जे छ त्यो किन थाहा च थाहा पाउनु| कसरि पनि थाहा छैन| दिमागले मलाई केहि सुझाब नदिए पछी मैले उसलाई सम्झाउन लागे र उसले परिवारलाइ फोन गर्ने भइन्|
उसले ब्यागबाट मोबाइल निकालिन् अनि घरमा फोन गरिन्| उसले मोबाइलमा सिम कहिले हालिन् पनि थाहा छैन मलाई| पोखराबाट हिड्ने दिन सम्म पनि उसको सिम उसको मोबाइलमा हैन, उसको पर्समा थियो| एकछिन फोनमा बोलेसी उनिकोठाबाट बाहिर निक्लीइन् अनि एक कोठामा फर्किने बित्तिकै, मोबाइलबाट सिम निकालिन् र फेरी पनि रुन लागिन्| सिम उसको ब्यागमा गयो अनि उनि मेरो अँगालोमा| उनि फेरी पनि रन लागिन्| फेरी पनि मलाई उ किन रुदै छीन थाहाछैन| अकहिर के हुन्छ यो केटिलाइ| याद आएर पक्कै पनि रोएको हैन, नत्र उसले मोबाइलबाट सिम निकाल्नुको अर्थ के? तर रुदै किन छिन|
म: “के भयो? कि रोएको?”
प्रनिका: “बुवाहरु कुरा बुझ्नु नै हुन्न| म के गरौ?”
प्रनिकाले यति भन्ने बित्तिकै, मेरो दिमागमा एउटा मात्र प्रश्न छ| के प्रनिकाले हाम्रो सम्बन्धको बारेमा घरमा भनिन्? उ रुनुको कारण यहि हो? उसले घरमा हाम्रो बारे भनि भनेर खुसि हुनु कि, उसको घरमा हाम्रो सम्बन्ध स्वीकार्न तैयार छैनन् भनेर दुखि हुनु| निर्णय लिन सकिन| तर यो सबै मेरो मनको सोच हो, के भएको प्रनिकालाइ मात्र थाहा छ|
म: “भन न, के भयो| मलाई पनि भन्दिनौ?”
प्रनिका: “मलाई घरमा बोलाउदै हुनुहुन्छ| दाइको बिहे पक्का भएछ| मलाई घर जान मन छैन| तर जसरि पनि आइज भन्दै हुनुहुन्छ| मलाई पोखरा छाडेर जान मन छैन, तिमीलाई छाडेर जान मन छैन| तिमीलाई मसंगै हिड भन्न पनि मिल्दैन| अनि म कसरि जाउ?”
म: “आफ्नै दाइको बिहेमा किन नजानु? जानु पर्छ| केहि दिनलाइ जाउ, परिवारसंग पनि भेट हुन्छ| केहि दिन बस, अनि फेरी आउ|”
प्रनिका: “तिमि कुरा बुझ्दैनौ|……म…|”
म: “मलाई केहि थाहा छैन, तिमि जसरि पनि जान्छौ| आफ्नै दाइको बिहेमा नजाने हुन्छ|”
उसले नाइँ भन्दै थिइन्, तर मैले उसलाई बोल्न नै दीइन| उसलाई जबर्जस्ति गरेर घरमा गर्न लगाए र उसले फोन गरिन् पनि| उनि फेरी पनि बाहिर गइन् र एकछिनमा आइन्| उनि अघि जति दुखि थिइनन् तर खुसिउ पनि छैन उसको अनुहारमा| उसले फेरि पनि सिम निकालिन् मोबाइलबाट|
म: “के भयो?”
प्रनिका: “हामि….
