Part 75

एकदिन बुवाले केहि निर्णय लिनु भयो| उहालाई हजुरबुवाको शब्दले निर्णय लिन बाध्य बनाएको हो कि आमाको आशुले, बाबाले हजुरबुवासंगै नबस्ने निर्णय लिनु भयो| यो निर्णय बुवाले लिनु भएको हो, आमासंग सल्लाह गर्न बाकि छ| हजुरबुवा सायद खुसि नै हुनु हुन्छ होला यो निर्णयले| तर आफ्नो सन्तान आफुबाट पर हुदा कुनै बाउ आमा खुसि हुने कुरै आउन्न| आफ्नो सन्तानको लागि, आफ्नै बा आमासंग पर हुने निर्णय लिनु भयो बुवाले|

यो निर्णय सजिलो थिएन| घर छाडेर जान्छु सोच्नु सजिलो छैन, अनि त्यस भन्दा गाह्रो छ घर छाडेर जानु| कति कठिनाई आउछ, कति कुराको योजना बनाउनु पर्छ, कति दुख भोग्नु पर्छ, अनि हरेक पाइलामा संघर्ष हुन्छ| बुवाले केहि सोचेर नै निर्णय लिनु भएको होला| बुवाले आमालाइ भन्नु भयो, आमाले मान्नु भएन| अहिले सम्म “बुहारी यस्तो. बुहारी उस्तो|” भन्नु हुन्थियो हजुरबुवाले, घर नै छाडेर गएपछी झन् जे भन्ने हो हजुरबुवाले| घर छाडी जाने निर्णय निकै गाह्रो छ| आमालाइ मुस्किलले सम्झाउनु भयो बुवाले| तिम्रो हजुरबुवालाइ कसरि भन्ने सोच्न लाग्नु भयो|

“बुवा, म धेरै दिन देखि केहि सोच्दै थिए| हजुरसंग कुरा गर्नु पर्ने थियो|”

“ तैले पनि सोच्ने गरेको छस्? बुहारीले तलाई सोच्न दिन्छे र?”
“बुबा, धेरै सोचे मैले| मैले यहाँ संगै नबस्ने निर्णय लिए|”
“निर्णय परिवारको मूल मान्छेले लिन्छ| परिवारको मूल मान्छे म हो| यदि तलाई निर्णय लिनु छ भने, कि म मरुन जेल प्रतिक्षा गर्, कि मलाई मार|”
“हजुर कुन परिवारको कुरा गर्दै हुनुहुन्छ? हजुर यसलाई परिवार भन्नु हुन्छ जहाँ हरेक दिन मेरो आलोचना गरिन्छ? म कति नराम्रो छु भनि भनिन्छ? मेरो श्रीमतीलाइ नानाथरी बचन लगाइन्छ| ल हामिले गल्ति गरेउ होला, तर यो दुइ बर्ष को नानिको के दोष? परजुनालाइ किन नातिनी मानेर माया गर्नु हुन्न हजुरले? परजुना हजुरको नातिनी हैन र? परिवारमा सबैले सबैलाई माया गर्छन तर यहाँ मैले माया देखेकै छैन| हजुरले परजुनाको जन्म पछी हामिलाइ परिवारको सदस्य नै मान्नु भएको छैन| जब हजुरले हामीलाई परिवार जस्तो व्यवहार गर्नु हुन्न भने, हामि कसरि परिवारको हिस्सा भयौ? जब हामी यो परिवारको हिस्सा नै हैन भने, मैले निर्णय मिल्छ जस्तो लाग्छ|”

“बुवासंग मुख मुखै लाग्छस्? तलाई मैले मेरो कोखमा नै मारिदिनु पर्ने रैछ| पढेकी बुहारी नल्या, घर बिग्रिन्छ भन्थिए छिमेकीले| मैले मानिन| तेरो आमा हु भन्न पनि लाज लाग्छ मलाई अब|”

“ तैले निर्णय लिसकेको रैछस्, मैले यसो नगर त्यसो नगर भन्न मिल्दैन| परिपक्क भइसकिस्, तेरो जीवन, निर्णय तैले नै लिने हो| तर त संग अरु दुइ जिन्दगि पनि जोडिएका छन्| केहि सोचेको छस् यिनीहरुको बारेमा? कहाँ लग्छस् यिनीहरुलाई? कि आफुसंगै भोकै मार्छस्?”
“अलि अलि पैसा छ बुवा| दुइ तिन महिना पुग्छ, त्यो बेला सम्म केहि होला नि बुवा| आटेको छु, भगवानले हेर्छन्|”

“ म तलाई नजा भन्दिन| एक महिना पछी जा| त जति नालायक भएपनि, पुर्खौली सम्पतिमा तेरो हक लाग्छ| आफ्नो अंश ले, बेच्न मन लाग्छ भने बेच नत्र जे मन लाग्छ त्यहि गर| त्यसपछितलाई जहाँ जानु छ जा| मैले गर्दा दुख पाइस् भने मलाई पाप लाग्थियो| मैले आफ्नो कर्तब्य निभाउछु, त आफ्नो कर्तब्य पुरा गर| पाप पुन्य तेरो हो अब, जे गर्नु छ गर|”

अंशबन्दा पछी बुवाले नेपालथोकको सबै सप्मति बेच्नु भयो र नया ठाउमा बसाइ सराइ गर्नु भयो| नया ठाउको जमिन्दार जस्तै हुनु भयो बुवा| नया ठाउ, नया गाउ, सबै चिज नया थियो| चिनेको मान्छे कोहि थिएन तर बिस्तारै मान्छेहरु चिनिदै गए| नया जीवनको सुरुवात हुदै थियो| यहि कारणले हो तिमीलाई हजुरबुवाको बारे केहि याद छैन| बुवा आमा बाहेक अरु कसैको बारे केहि याद छैन| 

सबै राम्रै नै चल्दै थियो, त्यहि बेला केहि दुखद समाचार आउछ| हजुरबुवा, हजुरआमा, काका, काकि  र तिम्रो भाइ सबै जना बित्नु भयो| तिर्थ जादा दुर्घटनामा परेर| तिर्थ जादा दुर्घटनामा परेर बित्नु भएको तिम्रो हजुरबुवाहरु हो, तिम्रो बुवा आमा हैन|  तिमीले बच्चा बेला जे सुनेउ, त्यहि कल्पना गरेउ बुबा आमा बित्दा| यसमा पनि म पछी फर्किएर आउछु|  बुबा आमा नेपालथोक जानु पर्ने भयो तर तिमिलाइ त्यो दृश्य देखाउन मन थिएन आमा बुबालाइ| त्यसैले तिमिलाइ घरमा, छिमेकीको भरमा छाडेर बुवा मामु दुइ हफ्ताको लागि नेपालथोक जानु भयो| तिम्रो उमेर भर्खर १० बर्षको थियो| बाबा आमा नभएको बेला तिमीले एउटा डायरी भेट्छौ| बाबाको आमाको कोठामा भेटेको त्यो डायरी आमाको थियो|

त्यो डायरीलाइ धन्यबाद| त्यहि डायरी कारण हो तिम्रो र मेरो मित्रताको| तिमिले डायरी पढ्दै गयौ, कति बुझेउ, कति बुझिनौ थाहा थिएन तिमीलाई| डायरीमा केहि यस्तो कुराहरु लेखिएको थियो, जुन तिम्रो आमाले कसैलाई भन्नु भएको थिएन| आमाको मनको भावना लेखिएको थियो त्यो डायरीमा| ती भावना जुन पिडामा उत्पन्न हुन्छ| आमालाई माइतमा पनि सबैले हेप्ने रैछन्| छोरी भएको कारणले आमाले कति दुख सहनु परेको रैछ| कति पाना पहिले आशुले भिजेका थिए र कति पाना तिम्रो आशुले भिजे| आमाले माइतमा के कति दुख पाउनु भयो भनि बुवालाइ थाहा थियो, तयसैले नै बुवाले आमाको लागि घर छाड्नु भएको हो| आमालाई माया गर्ने उहाको बुवा आमा मात्र हुनु हुन्थियो, बाकि सबैले हेप्थिए र घृणा गर्थीए| तिम्रो र आमाको जीवन लग भाग उहि थियो| तिमिहरु दुवै मायाको लागि तड्पिएका थियौ| छोरी भइ जन्मिनु नै सराप थियो आमाको| छोरा छोरीको भेदभावले गर्दा आमाले धेरै दुख पाउनु भएको थियो र त्यहि घटना दोहोरिदा आमालाइ झन् पिडा भएको थियो| यस्तै धेरै घटना उल्लेख थियो त्यो डायरीमा| धेरै नै कुरा थियो| त्यो सानो उमेरमा तिमीले त्यस्ता कुरा थाहा पाउनु जरुरि थिएन र यसले तिम्रो मानसपटलमा गहिरो छाप छाड्यो| छोरा छोरीमा कसैले भेदभाव गरेको तिमिलाइ थोरै पनि स्वीकार्य हुन्थिएन| कसैले छोरीले केहि गर्न सक्दैन भन्दा पनि तिमीलाई रिस उठथियो| छोरी बिरुद्ध बोलिएको एक शब्द पनि काफी हुन्थियो तिमिलाइ रिस उठाउन| आमाको डायरीले तिमीलाई त्यति असर पारेको थियो|

आमा बुवा फर्किदा तिमि भिन्न मान्छे भएको थियौ| १० बर्षको केटि, तिम्रो दिमागमा धेरै कुरा खेल्दै गयो| तिमि सबै साथिबाट पर हुदै गयौ र मसंग नजिक हुदै गयौ| हाम्रो मित्रता भिन्न थियो फेरी, एक अर्काको मदत गर्न कहिले पछी नपर्ने| तिमीलाई बदलिएको देखेर आमा बुवा चिन्तित हुनु हुन्थियो| तिमीले काठमाण्डौ पढ्ने भनि भनेउ, अनि तिमिलाइ सुर्यविनायकमा घर किनेर राखिदिनु भयो| त्यो बेला तिमि परिपक्क नभएपनि आफ्नो ख्याल राख्न सक्ने भएको थियौ| आमा तिमि संगै बस्छु भन्दा तिमीले नै बुवासंगै गाउमा बस्नु भनि जिद्दी गरेकोले तिमि सुर्य विनायकमा एक्लै बस्न लागेउ| तिम्रो र मेरो मित्रता केहि बदलियो| अब हामि संगै नभएपनि, तिमीलाई चाहीएको बेला, तिमिलाइ पिडा भएको बेला, एक्लो महसुस भएको बेला,  तिमीलाई मायाको अवाभ भएको बेला,या तिमिलाइ कम्जोर महसुस भएको बेला, जहिले तिमिलाइ मेरो जरुरत हुन्थियो, म तिमिसंग हुने कोशिश गर्थीए| 

यसरि नै तिम्रो जीवन चल्दै थियौ र तिमीले रविलाई भेटेउ| रबिसंग तिम्रो झगडा भएको याद छ है तिमीलाई| किन याद नहोस्, त्यसको केहि हफ्ता पछी नै आमा बाबाको मृत्यु भएको हो नि| तिम्रो हजुरबुवाको सराद्ध थियो, बुवा आमा नेपालथोक जानु भएको थियो| तिमीलाई पनि त्यहि बोलाउनु भएको थियो| तिमीलाई जान मन थिएन तर तिमि गयौ| बुवा आमालाई नाइँ भन्न मन लागेन तिमीलाई| दुखेको मन, टुटेको मुटु लिएर तिमि नेपालथोक पुग्छौ| सराद्ध सकियो र तिमि उपत्यका फर्किने तैयारिमा ब्यस्त छौ|

“छोरी, तिमि

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts