Part 74

“यसको लागि तिमीले मेरो हरेक कुरा ध्यान दिएर सुन्नु पर्छ| तर त्यो भन्दा अगाडी, तिमीले मलाई मेरो प्रश्नको जवाफ दिनु पर्छ| अनि एउटा बाचा गर्नु पर्छ|” अविदितको यो सर्तलाइ स्वीकार्ने कि नस्वीकार्ने मेरो मर्जी हो सोचेको थिए तर मेरो हातमा केहि रैनछ| म भ्रममा रैछु, सबै मेरो काबुमा रैछ भनि| मैले यति सजिलै उसको हरेक कुरा मान्न नहुने हो तर मैले “हुन्छ” भने|
“ तिमीलाई आफ्नो बाल्यकाल भन्दा के याद आउछ? कुन कुन पलको सम्झना आउछ? यति प्रश्नको जवाफ देउ, अनि मात्र आफ्नो सर्त राख्छु तिम्रो अगाडी|” यो प्रश्न निकै अनौठो लाग्यो मलाई| आखिर अविदितले किन यो प्रश्न गर्दैछिन्? हामि बच्चै देखिको साथि भन्दै थिइन् उनले, त्यसो भए उसलाई पनि थाहा हुनु पर्ने यो मेरो बाल्यकालको हरेक घटना| 

“ हामि बाल्यकाल देखिको साथि भन्थीयौ त तिमीले? त्यहि पनि यस्तो प्रश्न? बहस गर्न मन लागेन, त्यसैले जवाफ दिदै छु, तिम्रो बिस्वास लागेर हैन| बाल्यकाल भन्ने बित्तिकै, मलाई बाबा- आमा याद आउनु हुन्छ| बाबा आमासंग रमेको याद आउछ| बाबा आमाले मलाई माया गरेको याद आउछ| बाबाले काधमा बोकेर ठाउ ठाउ लागेको याद आउछ| आमाको काखमा निदाएको याद आउछ| कहिले बाबाको छोरी भएको याद आउछ र कहिले आमाको लाली चोरेर अनुहार भरि घसेको याद आउछ| यस्तै धेरै याद छन् दिमागमा तर तिमि छैनौ अविदित| अचम्म हैन?” मेरो जवाफले अविदितलाइ अप्ठेरोमा पार्छ सोचेको, त्यस्तो केहि भएन| उनि हास्न लागिन्| हासो गलत शब्द हो, उनि मन खोलेर मुस्कुराउन लागिन्| उनको हासोमा धेरै रहस्य लुकेका छन्| उनको हासो भित्र लुकेको सत्यहरु गुन्जिदै छन्| उनको यो हासोले यति चाही प्रष्ट भयो, मेरो जवाफमा उनले केहि गलत भेटिन् या मेरो सोचाइमा| तर के?
“के भयो? मैले त्यस्तो के भने? हास्न पुगेको भए आफ्नो सर्त राख|”  उसको हासोले मलाई निकै नै अप्ठेरो महसुस गराउदै छ| त्यो हासो अन्त्य गर्न मेरो यो प्रश्न काफी हुनु पर्ने हो|

“ के भयो एकछिनमा थाहा पाउछौ| सर्त यो हो कि, तिमीले अब केहि सोध्न या बोल्न पाउने छैनौ| बोलेउ भने पनि म तिम्रो केहि प्रश्नको जवाफ दिने छैन| जब सम्म मेरो कुरा सकिन्न, तिमि यहाँबाट कहिँ जान पनि पाउने छैनौ|” अविदितको यो सर्त स्वीकार्न मलाई केहि कर थिएन| उसको हुन्छमा हुन्छ मिलाउन बाहेक अरु केहि उपाय देखिन र बिकल्प पनि छैन सायद| मैले सहमति जनाए| मैले सहमति जनाउने बित्तिकै उसले मेरो आखामा हेरिन्, उसको अनुहारमा अहिले पनि मुखौता छदै छ| उनको आखा नौलो छैन मेरो लागि, यो आखा मैले कहिँ देखेको हो तर कहाँ याद छैन| उनको अनुहार देखे भने उनलाई चिन्छु होला| सायद उनले भनेको जस्तै हामि साथि पनि हुन सक्छौ, मैले भुलेको हुन सक्छु| नत्र उनको आखा र आवाज कसरि चिनेका जस्तो लाग्दै छन् मलाई? उनले भने जसरि म चुप लागे र उनि बोल्न लागिन्|


“ तिमीलाई आफ्नो बाल्यकालको बारेमा जे जे याद छ त्यो पुरै सत्य हैन| तिम्रो दिमागमा जे जे सम्झना छ त्यो पुरै झुठ हैन, तर सत्य जब किस्ताबन्दीमा याद हुन्छ, त्यो झुठ जस्तै हुन्छ| तिमीले कहिले सोचेकी छौ कि तिमीलाई आफ्नो बाल्यकालको बारेमा, बाबा आमा बाहेक केहि किन याद छैन? तिमिलाइ जुन जुन पल याद छ, त्यो पल सबै बाबा आमाको वरीपरि मात्र किन केन्द्रित छन्| तिमीलाइ याद भएको जस्तो थिएन तिम्रो बाल्यकाल| म एक एक गरि सुरु देखि भन्छु, केहि नछुटाउने कोशिश गर्छु| अनि मात्र तिमीले सबै प्रश्नको जवाफ पाउने छौ| तिमीलाई बिस्वास गर्न मुस्किल होला तर सत्य यहि हो| तिमीले बिस्वास गरे पनि नगरेपनि, सत्य बद्लिदैन|

तिमीलाई थाहा नै छ, तिमिहरुको पुर्खौली नेपालथोक हो| तिमि जुन दुनियामा बाच्दै छौ, त्यो दुनियाको पहिलो झुठ नै यहि हो| नेपालथोकबाट तिम्रो हजुरबुवाले बसाइ सराइ गरेको हैन, बुवाले मात्र हो| यसको पनि कारण छ| कारण तिमि हो भन्दा गलत हुन्छ कि तिमि कारण हैन भन्दा गलत हुन्छ भनि तिमि आफै निर्णय गर| तिम्रो बुवा जेठो छोरा हो| जब तिमि आमाको गर्भमा थियौ, घरमा सबै खुसि थिए| गैर कानुनि हो थाहा हुदा हुदै पनि, गर्भमा नानि हो कि बाबु भनेर जाच गरियो अनि नानि भनेर थाहा भयो| हजुरबुवालाइ बाबु चाहिने, गर्भ तुहाउने सल्लाह हुन लाग्यो| तिमि तिम्रो आमा बुवाको सन्तान हुदा हुदै पनि तिम्रो अस्तित्वको निर्णय अरुले गर्दै थिए| तिमिलाइ चित्त बुझेन होला यस्तो सुन्दा, तिम्रो आमा बाबालाइ पनि चित्त बुझेको थिएन|

उहाहरुले तिमिलाइ जन्माउने निर्णय लिनु भयो र यसमै अडिक हुनु भयो| तर हजुरबुवालाइ यो निर्णय चित्त बुझ्दो लागेन| त्यहि पनि आमा बुबा आफ्नो निर्णयमा अडिक हुनु भयो र तिम्रो जन्म भयो| त्यहि साल, तिम्रो काकाको पनि बिहे भयो| सानो मान्छे, तिमीले माया नपाउने हुदै हुदैन| माया पाउदै थियौ, सबैको माया पाउदै थियौ| माया पाउदै थियौ तर … तर हजुरबुवाले अझै पनि तिमिलाइ स्विकार्नु भएको थिएन| उहालाई नाति चाहिएको थियो नातिनी हैन| हजुरबुवा बाहेक सबैले तिमीलाई सबैले धेरै माया गर्नु हुन्थियो| हजुरबुवाले माया नगरे केहि थिएन तर घृणा गर्न मिल्दैन नि| जहिले आमालाई बचन लगाउने, अनि बाबालाइ पनि| जहिले अरुको अघि होच्याउने| आमा बाबाको मन पोल्थियो तर चित्त बुझाउनु हुन्थियो उहाहरुले|

कसैले “कति राम्री नानि” भन्दा हजुरबुवा खुसि हुनु पर्ने हो| तर कसैले यति भन्नु मात्र पर्छ, आमा बुबाको बेइज्जति सुरु हुन्थियो| “के राम्री हुनु, गर्भपतन गर भन्दा मानेनन्| पहिलो सन्तान छोरी हुनु भन्दा, जीवन भरि निसन्तान हुनु जाति| छोरा पनि जोइतिन्ग्रे पर्यो| मैले भनेको केहि सुनेको भए पो छोराले| अर्काको घरबाट ल्याएको केटीको कुरा सुन्यो, गर्भपतन गर्न पनि मानेन| हाम्रो जमानामा छोरा छोरीले आमा बाउको शब्द खेर फ्याल्ने हिम्मत पनि गर्थिएनन्| खै के तुना मुना लगाई मेरो छोरा माथि| कस्ती बुहारी भित्र्याए छौ हामीले घरमा| आफ्नै छोरा पनि गतिलो परेन| श्रीमतीलाइ पैताला मुनि राख्नु पर्ने, हुतिहारा पर्यो छोरा| मिल्ने भए त..”

यस्तै धेरै तरिकाले बेइजत हुन्थियो आमा बुवाको| यो तिमीले सुन्न सक्ने र सुन्न मिल्ने शब्द मात्र भने मैले| यस भन्दा धरै नराम्रा र मन पोल्ने शब्द प्रयोग हुन्थियो| यो केवल एक प्रतिशत हो| बुवाले चित्त बुझाउनु हुन्थियो तर आमाको मन कमलो थियो| दिन दिनै तिमीलाई काखमा च्यापेर एक्लै रुनुहुन्थियो| तिमि आमाको स्तन चुस्दै हुन्थियौ, तिमिलाइ कसरि थाहा होस् यो सबै| फेरी तिमि ६ ७ महिनाको शिशु, तिम्रो बुझ्ने र सुन्ने उमेर पनि हैन त्यो| आमाको आशु बगेर स्तन सम्म पुग्थियो, नुनिलो स्वाद महसुस भयो होला तिमीलाई| तिम्रो लागि धेरै भोग्नु भयो आमा बुवाले| 

यो भर्खर सुरुवात थियो, काकाको सन्तान भयो| तिमि एक बर्षको पनि भएकी थिएनौ| तिम्रो भाग्य कम्जोर रैछ, काकाको छोरा भयो| हजुरबुवाले तिम्रो बुवालाइ अझै होच्याउने बाटो पाउनु भयो| “जेठो काम नलाग्ने भएपनि कान्छो छोरा भाग्यमा लेखेर ल्याएको रैछु मैले| पक्कै पनि पहिलेको जन्ममा केहि पुन्य गरेको हुनुपर्छ मैले|” यस्तै कति बचन लगाउनु हुन्थियो हजुरबुवाले| तिमिलाइ नातिनी नै हैन जस्तो गर्न लाग्नु भयो हजुरबुवाले| तिम्रो भागको सबै माया काकाको छोरा, अर्थात तिम्रो भाइले पाउन लाग्यो| हेला गरेको भन्ने कि हेपेको, तर आमा बुवा अनि तिमीलाई परिवारको सदस्य नै मान्नु हुन्थिएन हजुरबुवाले| सकेजति सहेर बस्नु भयो| आशु एकान्तमा खस्थिए अनि अरुले हासो मात्र देख्थिए आमाको| सहने पनि सिमा हुन्छ| 

एकदिन

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts