यत्तिकैमा केहि यस्तो घटना भयो, जसले तिमीलाई निर्णय लिन थोरै पनि गाह्रो भएन| तिमीले यहि सोच्दै थियौ, तर यस्तो हैन रैछ| क्षितिजसंगको त्यो अन्तिम रात अझै पनि तिम्रो झझल्कोमा आउछ हैन? छतमा बसेर, एक अर्काको गफमा रम्दै, आकाशमा भएको तारा जसरि सपनाहरु सजाउदै थियौ तिमिहरु| केहि गफ मिठा थिए र केहि टर्रो भएपनि महत्वपूर्ण|
कस्तो अचम्म है, आकाशमा रहेको त्यसका काला बादलले तारालाइ छेकिदिन्छ| तारा साना हुन्छन र छेक्छ होला भनेको तर बादलले त्यति ठुलो चन्द्रमालाइ पनि छेकीदिने रैछ| क्षितिजसंगको माया र याद सबैलाई, रिसको बादलले यसरि छेक्यो कि, तिमिहरु दुबैको सम्बन्ध अन्धकारमा घेरियो| जसको लागि तिमीले एउटा नया संसारलाइ अपनाएको थियौ, त्यहि मान्छेले तिम्रो लागि एउटा सोच संग लड्न हिच्किचाउदै थियो| क्षितिज तिम्रो जीवनको त्यो पुल थियो, जसले तिमीलाई एकान्तबाट खुसि तिर जोड्नु पर्ने थियो तर क्षितिजले तिमीलाई प्रश्न तिर मोड्यो? जब उसले भन्यो “तिम्रो परिवार छैन| परिवार नभएकोले कसरि परिवारको महत्व बुझ्छ!” यी शब्द सुन्ने बित्तिकै तिम्रो सपनाको संसार चक्नाचुर भयो| तिम्रो सपनाको संसार हजारौ अनगिन्ती अदृश्य टुक्रामा परिणत भयो|
त्यो तिम्रो नया दुनियाको सहारा भन्ने कि मेरुदण्ड, क्षितिजलाइ नै मानेको थियौ तिमीले| तिमीले आफ्नै निर्णयलाइ प्रश्न गर्न लागेउ| के क्षितिजसंग भबिस्य कल्पना गर्नु तिम्रो गल्ति त हैन नि? क्षितिजसंग साथको आश गरेकी थियौ तिमीले, खुसिको चाहना राखेकी थियौ, अरु कसैले तिम्रो भावना नबुझ्दा पनि उसले तिम्रो भावना बुझ्छ भनि बिस्वास थियो तिमीलाई तर… तर तिम्रो सबै इच्छा, दशैंको चंगा जस्तै चेट भयो| यो सम्बन्ध तिम्रो थियो क्षितिजको थियो, सम्बन्धको निर्णय पनि तिमिहरु दुबैले गर्नु पर्ने थियो, तर क्षितिजलाइ त्यस्तो लागेन| उ पनि आफ्नो परिवार जस्तो सोच्दै थियो| क्षितिजको अघि भर्खरको शब्द तिमीलाई सहन मुस्किल भयो, तिमिलाइ उसंग कुनै बहस नै गर्नु थिएन| क्षितिजले त्यो शब्दको प्रयोग गर्नु गलत थियो, मलाई पनि चित्त बुझेको थिएन|
कोठामा गएर कोठा थुनी रुन लागेउ तिमि| आमाको याद आउन लाग्यो तिमीलाई| आमालाइ तिमीले लगाएको बचन याद आयो तिमीलाई| आमा कति महान हुनुहुन्छ भनि बुझेउ तिमीले| आमाले जसरि तिम्रो लागि संसारसंग लड्नु भएको थियो, अरु कोहि भेट्ने छैनौ तिमीले जो तिम्रो लागि त्यसरी लड्नेछ| बोल्नु अघि सोच्नु पर्छ, शब्द बिचार पुर्याएर छान्नु पर्छ, किन कि तिमीले आज बोल्छौ, त्यहि पछी तिमीले पनि सुन्छौ| जसरि तिमीले आमाको चित्त दुखाएकी थियौ, क्षितिजले पनि तिम्रो चित्त त्यसरी नै दुखायो| तिमि आशु र पिडा बीच निदायौ| म यहि समयको पर्खाइमा थिए| तिमि निदायौ, बल्ल मैले मौका पाए| तिम्रो मदत गर्ने मौका बल्ल पाए मैले|
क्षितिजले तिम्रो चित्त दुखाउन पाउदैन, क्षितिजले मात्र हैन, कसैले पनि पाउदैन| अनि उसले केटा केटी बीच भेदभाव पनि गर्न पाउदैन| आखिर मान्छे भित्र किन यस्तो सोच अहिले सम्म पनि जीवित नै छ| क्षितिजलाइ सम्झाउने कि के गर्ने सोच्न लागे? उसलाई बदलिन गाह्रो छ उसको मानसिकता कसरि बदल्नु मैले? फेरी तिम्रो मन पनि कोमलो छ, क्षितिजसंग जति झगडा भए पनि माफी दिन्छौ थाहा थियो| तिमीले माफी दिनु भनेको जीवन भरिको पिडामा तिमि आफै फस्नु हो| तिमीलाई क्षितिजबाट पर लग्न सक्दिन, तर क्षितिजलाइ त तिमि भन्दा पर बनाउन सक्थीए| त्यहि नै गर्ने निधो गरे|
क्षितिज तल बैठक कोठाको सोफामा बसेको थियो| उ रक्सिको नशामा लिप्त छ| अघि उसले के बोलेको थियो पनि याद छैन उसलाई| तिमि रिसमा लिप्त थियौ, उ रक्सिमा, नत्र चर्का चर्की नै पर्दैन थियो| मैले जे गर्नु पर्ने, चुप चाप भएर, गर्नु पर्नेछ| म जे गर्न जादै थिए, तिमीले मलाई त्यो गर्न दिदैन थियौ भनि म ढुक्क थिए| सोच्दै थिए, कसरि अघि बढ्नु भनि, त्यत्तिकैमा ट्वाइलेटबाट आवाज आयो| क्षितिज वाक्दै थियो| हेर्न गएको, उ बाथ टबमा नै निदाएको थियो| सजिलो भयो मलाई| भान्सा कोठाबाट चक्कु लिगेर वासरुम पुगे|
क्षितीजको प्राण सजिलै लिन चाहिन मैले| उसले तिमि कति पल्ट बचन लगाएर तिम्रो मन दुखाएको थियो| तिम्रो बदला लिनु थियो| झ्यालमा डोरी बाधे अनि त्यो डोरीमा उसको दुवै हात| अर्को डोरी बाध्ने ठाउ भेटाउन मुस्किल भयो| उसको खुट्टा एक अर्कामा बाधे मात्र| म जे गर्न जादै छु, उ रुने छ , कराउने छ| उसको क्रन्दन मलाई सुन्नु छ तर तिमीलाई सुन्न दिनु थिएन| उसको मुख पनि कपडाले थुने अनि उसको छाला काड्न लागे| पिडाले उसलाई क्षन भरमै बेहोसीबाट होसमा ल्यायो| उसको मुख बन्द थियो, पिडा आखामा झाल्किदै थियो| क्षितिज चल्बलाउन खोज्दै थियो तर हात खुट्टा बाधिएका थिए उसको|
सुरुमा हातको छाला काट्दै थिए| हात पछी छाती, छाती हुदै पेट अनि खुट्टामा थुप्रै घाउ बनाए उसको| बाथ टब भरि रगत नै रगत छ| उसको शरीर भरि रगत नै रगत छ| रगतको रेखा कोरिएको छ उसको शरीर भरि| उसको आखामा पिडा मात्र हैन आशु पनि छ| उसको आखामा आशु मात्र हैन प्रश्न पनि छ| म यस्तो किन गर्दै छु भनि प्रश्न सोध्दै थियो उसको आखाले| मैले जवाफ दिनु जरुरि ठानिन| उसको निधारमा मैले आफ्नो नाम लेखे, “अविदित” लेखे| उ धेरै नै पिडामा थियो| म क्रुर भएको हैन तर यो जरुरि थियो| तिमि मलाई दुस्ट भन तर म काली चण्डी भएकी छु| जो दुष्टको खुन पिउन पनि तैयार छु| मलाई यो सोचाइको अन्त्य गर्नु छ|
क्षितिज जति पिडामा छ, उसको शरीरमा प्राण त्यत्तिनै बाकि थियो| सुरुमा उसको पैतालाको नङ्ग निकाले, ३ वटा औलाको नङ्ग निकाल्दै नै उसलाई पिडा सह्य भएन| उ अझै धेरै चलमलाउन लाग्यो| उसले लात्तले म माथि प्रहार गर्न खोज्यो| म उसको हातमा पुगे| उसको दाहिने हातको चोर औलालाइ उसको हत्केलाबाट चुट्ट्याए| यदि पिडा काठमाण्डौ हो भने, क्षितिज धरहरा हो, बिचमा छ अनि ढलेको पनि| मैले उसको चोरी औला चुत्त्याउने बित्तिकै, त्यहाँबाट रगतको भेल निक्लिएको थियो र टाईल्स भरि फैलिएको थियो|एक पछी अर्को गरि, मैले उसको हातमा एउटा पनि औला बाकि राखिन| उसको रगत मेरो अनुहारमा पनि परेको थियो र अनुहारबाट ओठमा पनि पुगेको थियो| साच्चिकै म माता काली भएछु सायद, मलाई रगतको गन्ध र स्वाद दुवै मन परेको थियो| उसको शरीरको जुन जुन भागबाट रगत आउदै थियो, त्यहाँ म आफ्नो ओठ लग्न लागे| पुगेन मलाई त्यति रगतले| उसको कपालमा आफ्नो हात लागे, उसको गर्धन तेर्साए र चक्कुले उसको घाटी रेट्न लागे| थोरै बल मात्र पनि पर्याप्त भयो| उसको घाटीबाट रगतको भेल बग्न सुरु भयो र त्यसको बहाबको गति र मात्रा, दुवै उच्च थियो| शिशुले स्तनपान गरेको जस्तै मैले उसको घाटीबाट रगत पिउन लागे| उसले अन्तिम असफल प्रयास गर्यो आफ्नो ज्यान जोगाउने| उसले छतपताउदै आफ्नो प्राण त्याग्यो|उसको आखा खुल्ला छन् र आखामा अहिले पनि प्रश्न छ तर शरीरमा प्राण छैन|
उसको मृत्यु भएको हो| मेरो पहिलो उदेश्य पुरा भयो| मुख्य उदेश्य बाकि छ| तिमिलाइ थाहा हुन नदिनु नै मेरो मुख्य उदेश्य हो| बाबा आमाको लास गाडे जसरि क्षितिजको लास गाड्न मिल्दैन थियो| त्यत्रो ठुलो खाल्डो आफै खन्न सक्थिन म| घरमा लास त्यसै छाडे भने भोलि बिहान तिमीले सुरुमा देख्ने भनेकै लास हुनेथियो| ;लास कहिँ बाहिर फ्याल्नु पर्ने छ| यो सबै भन्दा मुस्किल र जोखिमपूर्ण कार्य हो| बाटोमा प्रहरीको जाच हुन सक्छ, अरुले देख्न सक्छन| जे नि हुन सक्छ| लास फ्याले रे, भोलि समाचार पक्कै आउछ, अनि तिमीलाई पनि थाहा हुन्थियो|
क्षितिजको लासबाट उसको टाउको छुट्याए| घाटी पुरै काट्न गारो हुने रैछ| चक्कु पनि भोतो भइ सकेको थियो| यदि चक्कुमा धार हुन्थियो भने उसको लासको टुक्रा टुक्रा बनाएर खोलामा फ्ल्याली दिन्थीए| बडो मुस्किलको घडी आयो, के गर्ने मैले अब? क्षितिजको टाउको घरको परिसरमा खाल्डो खानी दफ्नाउने भए| यति सजिलो थिएन फेरी| क्षितिजको लास घरबाट बाहिर निकाल्न गाह्रो थियो| फेरी वासरुम या अरु कुनै ठाउमा पनि रगतको दाग बाकि रहनु हुन्न थियो| नत्र तिमीलाई थाहा हुने थियो त्यहाँ केहि भएको थियो भनी| जसो तसो गरेर क्षितिजको लास एउटा ठुलो प्लास्टिकले बेरे र बोरामा हाले| घिसार्दै त्यो लासलाइ वासरुमबाट गाडी सम्म लगे| गाडीको चाबी तिम्रै कोठामा थियो, त्यहाबाट चाबी लिएर लासलाइ गाडीको डिक्कीमा हाले| यसपछी घरको एउटा एउटा कोठा साफ गरे| मेरो शरीरमा अझै पनि रगत थियो, त्यसरी जान मिल्दैन बाहिर, नत्र म पक्राउ पर्ने थिए| वास्रुमलाइ जस्ताको त्यस्तै हालतमा पुर्याए र घरबाट केहि पर गएर खाल्डो खने| खाल्डोको आकार सानो भएपनि गहिराइ पर्याप्त हुने समय सम्म खने र त्यहा क्षितिजको टाउको हाले| टाउको सहित दुइ प्याकेट नुन पनि| चाडै गल्ने छ र गनाउने छैन भनि| अब नुहाउन मिल्छ म| नुहाए र गाडी लिएर बाहिर निक्लिए| धन्न तिमि निन्द्राबाट बिउझिनौ र तिमीलाई केहि थाहा हुन पाएन|
गाडीमा लास हालेर घरबाटबाहिर निक्लिए तर लास कहाँ फ्याल्ने| मनमा डर छ, कहिँ मलाई कसैले समात्ने हैन नि, मलाई हत्यारा घोसित गर्ने त हैन नि| पहिलो कुरा म हत्यारा हैन, मैले तिमीलाई न्याय दिदै थिए| अनि अर्को डर, यदि म पक्राउ परे भने, तिम्रो रक्षा कसले गर्छ? “के.आइ.सिंग पुल” मा पुगेसी गाडी रोके| रातको २ बजे सुनसान छ| वरीपरि कोहि थिएन| पर पर सम्म पनि कोहि थिएन|एउटा चुरोट सल्काए र सोच्न लागे, के यो सहि ठाउ हुनेछ लास फ्याल्न? समय रोकिन्न, त्यसैले आफ्नो सोच रोके र लास निकालेर, खोला तिर गुल्त्याईदिए| यसरि क्षितिजले पनि सजाय पायो| तिमीलाई केहि दिन गाह्रो भयो उ बिना बाच्न तर यदि तिमिले उसंगै बस्ने निर्णय गर्थियौ भने, तिमीलाई जीवन भरि गाह्रो हुन्थियो| तिम्रो सम्बन्धको निर्णय मैले लिन हुन्थिएन तर म तिम्रो साथि हो नि| केहि दिन क्षितिज फर्किएर आउछ कि भनि आश गरेर बसेउ तिमि| तिमीलाई सत्य भन्न मन थियो तर भनिन मैले|
