Part 79

दिन संगै तिमीले क्षितिज बिना बाच्न सिकेउ र सुबोध आयो तिम्रो जीवनमा

दिन संगै तिमीले क्षितिज बिना बाच्न सिकेउ र सुबोध आयो तिम्रो जीवनमा| यो पनि तिम्रो जीवनको एउटा अर्को ठुलो झुठ हो| सुबोधलाइ भेट्नु झुठ हैन अनि भ्रम पनि हैन झुठ यो कि तिमीले सुबोधलाइ कसरि भेटेउ| तिमि एक्लो अनि सुबोध पनि एक्लो| तिमीले सुबोधलाइ देख्दा, तिमि उ तिर आकर्षित भयौ| तिमीले थाहा नपाउदा नपाउदै तिमीले उसलाई मन परायौ| उसको साथ खोज्दै थियौ तिमीले| आफ्नो जीवनमा उसको उपस्थिति खोज्न लागेउ| उसंग एक पल्ट पनि बोलेको थिएनौ तिमिले, त्यहि पनि केहि नाता छ जस्तो महसुस हुन लाग्यो तिमीलाई| अचम्मको नाता थियो है तिम्रो| बार गयो, सुरुमा रक्सिको नशामा झुम भयो, अनि त्यसपछि सुबोध्को मायाको नशामा|  हफ्ता दिन एउटा पछी अर्को अनी अर्को पछी अर्को गर्दै तिमी कति वटा बार पुगेको थियौ, कारण एउटा मात्र| सुबोधलाइ भेट्न, भेट्न पनि हैन हेर्न, हेर्नलाइ मात्र| यसरि नै तिमिहरुको सम्बन्धको सुरुवात भयो| तिमि यहि भ्रममा छौ अनि यो झुठ पनि हो| एउटा ठुलो झुठ, जुन…..

म सत्य भन्छु, यस्तो सत्य जुन तिमीलाई थाहा छैन| तिमि मात्र सुबोध तिर आकर्षित भएको हैनौ, सुबोध पनि तिमि तिर आकर्षित भएको हो| फरक यति छ कि तिम्रो भावना उसलाई थाहा थियो तर उसको भावना तिमीलाई थाहाथिएन| सुबोधले तिमिसंग झुठ बोलेको केहि थिएन तर उसले केहि सत्य लुकाएको थियो तिमिबाट| तिमि उसलाई खोज्दै गएकी हैन, उ चाही तिमीलाई खोज्दै आएको हो| तिमि त्यहि गर्दै थियौ जे उसले चाहेको थियो|  तिमीले उसलाई देख्नु धेरै अघि उसले तिमीलाई देखि सकेको थियो| तिमीले उसलाई हेरेर बसेकी थियौ तर उसले तिमि माथि ध्यान दिदै थियौ|

धेरै अनावस्यक कुरा गर्दिन, सिधा  शब्दमा भन्छु| सुबोध पोखरा किताब लेख्न आएको थियो| नेपालीमा उसको पहिलो कथा, उसलाई लेख्न निकै नै मुस्किल हुदै थियो| कहिले उसलाई कथा मन नपर्ने कहिले कथाको भाव| कहिले कथाको पात्र मन नपर्ने भने कहिले कथाको परिवेश| उसलाई अहिले सम्म लेख्न यति गाह्रो भएको थिएन| पहिलो पटक हो, उसले चाहेर पनि मन पर्ने लेख्न सकेको थिएन| नेपाली भाषाले गर्दा हो कि उ संग लेख्ने शैलीको कमि भएको, तर उसलाई लेख्न गाह्रो हुदै थियो| उसलाई एउटा नया पात्र चाहिएको थियो कथामा, जसले कथाको भारलाई आफ्नो काधमा लिन सकोस्| 

उ पात्रको खोजीमा थियो, त्यसैले उ जहिले पोखराको सडक, चौक, र बारमा घुमी रहन्थ्यो| उसलाई बिस्वास थियो, उसले ढिलो चाडो यहिबाट एउटा पात्र पाउछु भनि| नभन्दै उसले तिमीलाई देख्यो| केहि दिन उसले तिमिलाइ पछ्यायो| तिम्रो बारेमा केहि जानकारी बटुल्यो, केहि तिम्रो बारे अनि केहि तिम्रो बानि बारे| अब योजना बनाउन लाग्यो उ| तिमीले उसलाई जहाँ जहाँ देखेउ, जहाँ जहाँ भेटेउ, सबै उसको योजना अनुरुप भयो| यहाँ सम्म कि उसले डायरीबाट कागज पनि जानि जानी खसाएको थियो| यसरि तिमिहरु दुइ जना संगै बस्न लागेउ| तिमि मात्र हैन म पनि भ्रममा थिए| तिमि जसरि झुठमा बाच्दै थियौ, म पनि त्यहि झुठमा बाच्दै रैछु| तर झुठको पर्दा च्यातेर जान समय लागेन| यति भनौ न, उसले नया पात्र हैन, नया कथा नै भेटेको थियो|

साच्ची भन्नु पर्दा, तिमि अहिले सम्म जो जो संग सम्बन्धमा गासिएको थियौ, मलाई चित्त बुझ्दो लागेको सम्बन्ध सुबोधसंगको मात्र हो| तिमिहरु दुवैको जोडी पनि मिलेको थियो अनि एक अर्कालाइ बुझ्थियौ पनि| अरु धेरै बयान गर्न मिल्ने पाटो छ तिमीहरुको सम्बन्धको तर त्यो तिमीलाई आफै थाहा छ| तिमि उसलाई जति माया गर्छौ, उसले पनि तिमीलाई त्यति नै माया गर्छ सोच्दै थिए म| यसरि नै कति महिना बिते र सुबोधको काठमाण्डौ फर्किने जाने दिन पनि नजिकियो| मलाई पुरा बिस्वास थियो उ फर्केर आउछ भनि| तिम्रो लागि फर्किएर आउछ भनि म ढुक्क थिए| अहिले सम्म मलाई सुबोधको बारे त्यति नै थाहा थियो, जति तिमीलाई उसको बारे थाहा थियो| मैले अघि उसले तिमिलाइ खोज्दै आएको भनि जे जे भने नि, त्यो मलाई सुबोध फर्किने एक रात अघि थाहा भएको हो|

तिमि उदास थियौ अनि सुतेउ| सुबोध पनि चाडै नै सुतेको थियो| सुबोध जान लाग्दा मलाई पनि त्यति नै दुख लागेको थियो जति तिमीलाई| उसले किताब सक्याए भनेको थियो| उसको किताब पढ्न मन लाग्यो| तिमि अनि सुबोध दुवै निदाएको थियौ, उसको डायरी हात पार्न गाह्रो भएन मलाई| उसको डायरी पढ्दै जान्छु अनि थाहा पाउछु, डायरीमा तिम्रो कथा लेखिएको छ| सुबोधले तिम्रै बारे लेखेको रैछ| तिम्रो जीवनको कहानी लेख्दै थियो| तिम्रो अनि क्षितिजको कथा लेख्दै थियो| उसले तिमीलाई प्रयोग गरेको थाहा पाउने बित्तिकै मैले आफ्नो धैर्यता गुमाए|  उ सुतेको ठाउमा चक्कु लिएर पुगे….

अहिले सम्म कसैको ज्यान लिन मलाई यस्ती मुस्किल भएको थिएन जति मुस्किल सुबोधको ज्यान लिन हुदै थियो| यदि चक्कु प्रयोग गर्यो भने, तन्ना, ओछ्यान सबैमा रगत लाग्ने थियो, जसले गर्दा तिमीलाई भोलि बिहान थाहा हुने थियो| त्यसैले अरु केहि उपाय सोच्नु पर्ने भयो| सजिलो उपाय पाए| डोरीको पासो बनाए र उसको घाटीमा हाले| उसको तद्पिदै गरेको अनुहार हेर्न मलाई मुक्सिल हुन्थियो| पलंग पछाडीबाट डोरी तान्ने निर्णय गरे र यसरि उसको प्राण लिए| पहिलो पटक मेरो हात पनि कामे अनि मनमा डर पनि थियो| पहिलो पल्ट म आफ्नै निर्णयलाइ प्रश्न गर्दै थिए|  निन्द्रामा नै उसको प्राण गयो, थोरै गाह्रो भयो उसलाई तर धेरै हैन| 

सुबोधको लास तह लगाउन निकै सजिलो भयो| खाल्डो पहिले नै खनिएको थियो| उसले मल बनाउन खनेको खाल्डोमा, उ आफै मल हुदै थियो| उसंगै त्यो खाल्डो मैले उसको डायरी अनि उसंग जोडिएका सबै सामान दफ्नाए| तिमीलाई गाह्रो हुन्न यति भएसी सोचेको थिए| यसरि सुबोधको किस्सा सक्याउन खोजेको थिए| उसको धोका  सक्याउन खोजेको थिए| मैले यस्तो गर्नु पछाडीको उदेश्य तिमीलाई भनि रहनु नपर्ने हो| उसको किताबको कथा थाहा पाउदा तिमीलाई दुख पक्कै हुन्थियो| तिम्रो चित्त जसरि पनि दुख्थियो| सायद सुबोध नफर्किदा कम दुख लागेको हुनु पर्ने तिमीलाई| माया गरेको मान्छे पर हुदा दुख हुन्छ तर तिमीलाई बानि भइसकेको थियो| सजिलो भन्न नमिल्ला तर त्यति धेरै गाह्रो भएन तिमीलाई सुबोधको यादबाट पन्छिन|

यहि क्रममा तिम्रो भेट प्रनिकासंग भयो…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts