Part 80

यहि क्रममा तिम्रो भेट प्रनिकासंग भयो| प्रनिका र तिम्रो सम्बन्ध, बयान गरौ कि….  खै तिम्रो गल्ति थियो कि सहि कदम| त्यो सम्बन्धले तिमीलाई जीवन जिउने नया तरिका सिकायो| आश गरेको नपुग्दा दुख लाग्छ, आश गरेको पुग्दा खुसि लाग्छ, आश नगरेको पुग्दा संसार जितेको जस्तो लाग्छ तर कल्पना नगरेको ठाउबाट जब तिमिले खुसि भेट्छौ, त्यो खुसिको सिमा हुन्न र त्यसको बखान गर्न खोज्नु भनेको खुसीको बेइज्जत गर्नु हो| अनायसै शब्दलाइ किन सहिद बनाउनु| मात्र यति भन्छु, जीवन जिउने एउटा कानुन हुन्छ भने यो सम्बन्धले तिम्रो जीवनबाट सबै कानुन हटाइदियो| जीवनको कानुन आफै बनाउदै थियौ तिमिहरुले, यस्तो कानुन जहाँ कुनै नियम छैन, सबै कानुन शुन्य हुन्छ|  जे ठिक लाग्यो त्यहि गर्दै गयौ तिमिहरु|

सम्बन्धमा गासिने निर्णय, यो निर्णय आजादीको गाथा हुन पुग्यो तिमिहरुको लागि| दुनियाबाट पर भएर बाच्न लागेउ तिमिहरु| समाजको बन्धि बन्न स्वीकार्य थिएन दुबैलाई| त्यसैले समाजबाट पर, समाजको नियमबाट पर भएर बाच्दै गयौ तिमीहरु| आकाश सोच्दै अझै पनि पिजडामा बाच्दै थियौ तिमीहरु| आकाशको सिमा हुदैन  तर पिजडाको हुन्छ चाहे त्यो अदृश्य किन नहोस्| तिमिहरु समाज भएर मुक्त भएर बाचेका थियौ तर मनको बन्धि भएको पत्तो थिएन|  तिमिसंग मनको पिजडा तोड्ने शक्ति थियो तर प्रनिका थोरै कम्जोर रैछिन्| उसले कोशिश नगरी हार मानि| तिमीहरुको सम्बन्ध व्यवहारिक थिएन, तर त्यसमा माया थियो| जब सम्बन्ध नाम गरेको कुनै खरायो, समाज नाम गरेको खुंखार जनावर अघि पर्छ, नतिजा सबैलाई थाहा नै छ|

तिमिहरुको सम्बन्ध अन्त्य हुदै थियो फेरी पनि| महिनावारी जस्तै तिम्रो जीवनमा सम्बन्ध टुटेको पिडा नियमित रुपमा आउदै थियो| अचम्म है| तिमि जति खुसिसंग नजिकिन खोज्छौ, त्यत्तिनै पिडासंग नजिकिन पुग्छौ| तिमिसंग कोहि नजिकियोस् या न नजिकियोस्, पिडा चाही तिम्रो जिग्री भएको छ| प्रनिकाले तिमीलाई पिडा दिदै थिइन्| उसलाई म त्यसै माफी दिन सक्दिन थिए| प्रनिकालाइ सजाय के दिने अनि कसरी दिने भनि निर्णय लिन मलाई थोरै पनि मुस्किल भएन| 

हिजो तिमिहरु मात्तिएर कोठामा पुगेउ| प्रनिका मात्तिएकी थिइ, तिमि मात्तिएको भएपनि होशमा थियौ| तिमि कुन बेला निदाउछौ र म प्रनिकालाइ सजाय दिउ भनि उत्सुक भएर बसेको थिए| तिमि निदायौ र मैले मौका पाए| प्रनिका हात बाधे सुरुमा| हात पछी खुट्टा बाधे| खुट्टा पछी उसको मुखमा पनि टेप लगाए| उनि निन्द्रामा थिइन्| उसलाई केहि पत्तो भएन| उसको निन्द्रा त्यो समय खुल्यो जब उनको घाटीमा पर्दा बेरेर मैले घिसार्दै उसलाई बैठक कोठा पुर्याए| आफुलाई त्यो हालतमा पाउदा उनि चकित थिइन् अनि मलाई देखेर पनि| बैठक कोठा हुदै उसलाई त्यसरी नै छतमा पुर्याए| पर्दा च्यातियो, मैले उसको कपाल समातेर घिसार्ण लागे| रुन र कराउन पाएकी थिइन् प्रनिकाले| मैले मुखमा टेप जो लगाएको थिए| यसरि नै छतमा घाटी थिचेर मैले उसको प्राण लिए| 

उसको लास सधै जस्तो कहिँ लुकाउनु पर्ने थियो तर म हिजो त्यो हालतमा थिइन| तिमिले मात्र हैन मैले पनि मदिरा सेवन गरेको थिए हिजो| लास फ्याल्न घरबाट बाहिर निक्लिन न मिल्ने, प्रहरीको फन्दामा परिने, मापसेमा फस्थिए म| घरमा लास दफ्नाउनलाइ खाल्डो खन्नु पर्छ जुन मेरो बशमा छैन| सक्दिन थिए मैले खाल्डो खन्न| त्यसैले प्रनिकाको लास मैले छतमा नै राखेको छु| आज रातमा, जब तिमि सुत्छौ, अनि लास फ्याल्छु भनि सोचे तर अब तिमीलाई थाहा भयो| तिमीलाई बताउन मन थिएन तर बताउनु पर्यो| तिमि यति बुझ, गल्ति तिम्रो छैन र थिएन पनि| गल्ति यो समाजको हो, जसले छोरा छोरी बीच अन्तर गर्छ| गल्ति त्यो व्यक्तिको हो जसले तिम्रो फाइदा उठाउदै थियो| गल्ति त्यो व्यक्ति हो जसले तिमीलाई धोका दियो| गल्ति त्यसको हो, जसको लागि तिमी सबै त्याग्न तैयार थियौ तर उसले तिम्रो भाव बुझेन| गल्ति अरु सबैको हुन सक्छ, यो संसारको हुन सक्छ तर गल्ति तिम्रो हैन| बुझेउ? हामि साथि हो बुझेउ? मेरो भन्नु यति हो|


अविदितले यति भन्दै आफ्नो अनुहारबाट मुखौता निकाल्न लागिन्| जब उनको मुखौता हट्यो र अनुहार देखियो… जब अनुहार देखियो…. त्यो… त्यो अनुहार… त्यो अनुहार मेरो हो| अविदितको अनुहार र मेरो अनुहार उही छ| बल्ल याद आयो उनको आवाज कहाँ सुनेको मैले भनि, त्यो आवाज पनि मेरै हो| तर कसरी? कि अविदितले झुठ बोल्दै छिन् कि म अहिले पनि झुठमा बाच्दै छु| अहिले सम्म जति झुठमा बाचे बाचे तर  अब झुठमा बाच्नु छैन| मेरो हरेक सम्बन्धको अन्त्य मैले गरेको हैन, कारण अविदित हो अनि उनि मेरो अघि मुस्कुराउदै छिन्| आफ्नो हातमा रहेको चक्कुले उसलाई प्रहार गरे| यत्तिकैमा म बाथ टबबाट बाहिर खसे अनि मेरो निन्द्रा खुल्यो| अहिले सम्म म सपना देख्दै थिए? निन्द्रामा थिए? अविदित पनि मेरो भ्रम नै हो? अविदितले मलाई जे जे भनिन्, त्यो पनि मेरो मनले रचेको हो त? तर फेरी मेरो हातमा अहिले साच्चिकै चक्कु कसरि छ? मेरो हातमा घाउ पनि छ| कसरि के? अनि म बाथरुममा कसरि छु? सोचले हो कि किन थाहा छैन, तर मेरो टाउको दुखिराछ| भर्खर दुख्न लागेको कि पहिले देखि नै दुख्दै थियो पनि थाहा छैन| सोच बीच फस्न उपयुक्त लागेन| घाउलाइ सफा गरे, औसधि लगाए, अनि पट्टि बाधे| यति गरेर म आफ्नो कोठामा पुगे र अविदितको बारेमा सोच्न लागे|

अविदितलाइ मैले आफ्नो सपनामा किन देख्दै छु? केहि त कारण होला नि? अविदितले मलाई सपनामा जे जे बताइन्, के त्यो सत्य हुन सक्छ? के उनले भनेको सबैकोको मृत्यु भइसकेको हो? मृत्यु हैन हत्या| के सबैको हत्या भएको हो? गल्ति सही थाहा छैन तर मृत्यु न्याय हैन| कसैको प्राण लिन गलत हो, अविदित पनि गलत हो अनि उनको सोच पनि मेरो कपडा पनि भिजेको छ, कपडा बदलिन दराज खोले| त्यहाँ कपडा मात्र हैन, डायरी पनि देखे एउटा| त्यहि डायरी जुन सधै अविदितको हातमा हुन्थियो| डायरीको पछाडी तर्फ हेरे, त्यहाँ ऐना छ| ऐनमा जुँगा कोरिएको छ, मेरो सपनामा देखिने ऐना जस्तै| अविदित भ्रम हो कि सत्य? यदि भ्रम हो भने मेरो दिमागमा किन उसको राज छ? यदि उनि सत्य हो भने किन मैले उनलाई कहिले पनि आफ्नो वरी परि पाउदिन, उसलाई आफ्नो सामु देख्दीन| अविदितले प्रनिकाको लास छतमा छ भनेको याद आयो|

कोठाबाट निक्लिए, छतमा पुगे| छतको एउटा कुना, जुन सिढी घरसंग जोडिएको छ, त्यहाँ एउटा बोरा छ| त्यो बोरा पहिले त्यहाँ थिएन| गएर बोरा खोले, त्यहाँ कोहि छ| नभन्नै प्रनिकाको लास बोरा भित्र| बोराबाट प्रनिकाको लास बाहिर निकाले| प्रनिकाको लास हेर्न सक्ने हालतमा आफैले माया गरेको मान्छेको लास कसरि हेर्नु म? प्रनिकाको लास आफ्नो काखमा लिएर, लास माथि छाती पिटेर रुन लागे| मेरो छातीमा जसरि मुटु धड्किदै छ, प्रनिकाको छातीमा पनि मुटु धड्किदै छ|

मतलब उ अहिले पनि जीवित नै छिन्| उसको मुखबाट टेप हटाए| उसको सास पनि चल्दै छ| सास चले पनि उनि होसमा छैनन्| दौरिएर भान्सामा पुगे| एक बोतल पानि लिए र उसको हात खुट्टा खोल्न चक्कु पनि| छतमा गएर प्रनिकाको अनुहारमा पानि छ्यापे| होस आएन उनलाई| उनको हात खुट्टाको डोरी काटे| एम्बुलेन्स बोलाउनु पर्ने हुन्छ| कोठामा मोबाइल लिन गए| मोबाइलमा चार्ज छैन| मोबाइल चार्जमा हाले| केहि समय लाग्छ| बरु त्यो बेला सम्म प्रनिकासंगै बस्छु सोची छत तिर लाग्दै थिए, डायरीमा आखा गयो| डायरी लिदै छतमा पुगे| मेरो आमाको डायरी| अविदितले जे जे भनेको थिइन् आमाको बारेमा, मेरो हजुरबुवाको बारेमा, मेरो बाल्यकालको बारेमा, त्यहाँ सबै उल्लेख छ| मैले पहिले पनि पढेको भए मलाई किन याद छैन| डायरीको अन्तिम केहि पानामा अरु केहि पनि लेखिएको छ|  त्यो हस्तलेखन मेरै हो| तर कसरि? मलाई यो डायरी नै याद छैन, मैले यसमा केहि लेखे भनि कसरि याद हुन्छ? “मेरो नाम अविदित” बाट सुरु भएको त्यो पाना, त्यहाँ सबैको हत्यामा बारेमा दुरुस्त उल्लेख छ| तर कसरि मैले लेखेकै हैन यो अनि मेरो जस्तो हस्त लेखन अरुको कसरि हुन सक्छ? म सोचमा डुब्दै छु, आखिर के हुदै छ? अविदित कहाँ छिन्? अविदित र म मा यति चिज कसरि  सामान छ?

प्रनिकालाइ होश आयो| प्रनिका मेरो काखमा नै छिन् अहिले पनि| उनले बिस्तारै आखा खोल्दै गइन् र उनको आखा अगाडी म छु अनि उनि मेरो काखमा| मलाई देखेर उनको सात्तो गयो र उनि तर्सिन्| उनि उठ्न खोजिन् तर मैले उसलाई त्यहि दबोचे र उसको घाटीमा अघिको चक्कुले रेट्न लागे र खुन पिउन लागे|


हामि अरुलाई बुझ्न खोज्छौ, दुनिया बुझ्न खोज्छौ ब्रह्माण्ड बुझ्न खोज्छौ| हामीलाई भगवानको रहस्य थाहा पाउनु छ, अरु ग्रहको रहस्य थाहा पाउनु छ| हरेक दिन हामि केहि न केहि को खोजमा लागि परेको हुन्छौ तर हामि भित्र नै केहि अविदित छ भनि कहिले थाहा पाउन्नौ|

<समाप्त>

Previous article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts