Part 2

पुष्पा र मेरो सम्बन्ध, बडो अचम्मको छ| सोच भन्दा निकै पर, समाजले नस्वीकार्ने, यस्तै छ हाम्रो समबन्ध| फेरी नौलो सम्बन्ध हैन| सबैलाइ थाहा छ, समाजमा यस्तो सम्बन्ध अरु पनि छ, तर कसैले पनि स्वीकार्दैन| हाम्रो सम्बन्ध, कसैले आफ्नो ओठमा ल्याउन चाहदैन, तर सबैको मगजमा भने छ| हाम्रो सम्बन्ध तस्करी जस्तै हो, मायाको तस्करी, जुन सक्रिय छ भनि सबैलाइ थाहा छ तर कसैले पनि मन्जुरी दिदैन यसको लागि| कसैको लागि तस्करी पेशा हो भने, कसैको लागि तस्करी ब्यापार, म चाही “पाब्लो इस्कोबार”, यो मेरो धर्म हो, मायाको तस्करी मेरो धर्म हो| यसमा मेरो केहि स्वार्थ छैन, केवल सन्तुष्ति र सेवाको लागि गर्दै छु म यो तस्करी|

पुष्पा र म, दुवै बैबाहिक सम्बन्धमा गासिएका छौ| उनि कोहि अरुसंग, अनि म अरु कोहिसंग| यदि म केहि काम गर्दा दुखि छैन भने, म खुसि छु भन्न मिल्छ? यदि केहि चिजको मलाई आत्मग्लानी महसुस भएको छैन भने, के म स्वाभिमानी छु मेरो त्यो कार्यको लागि? जवाफ छैन म संग|  पुष्पा उनको बिहेबाट खुसि थिइनन् र म आफ्नो बिबाहबाट| त्यसैले हामि यो सम्बन्धमा गासियौ| हाम्रो सम्बन्धको हामीलाई आत्मग्लानी छैन तर गर्भ पनि छैन| यो सम्बन्धमा खुसि छ, हामी दुवैको खुसि अनि थोरै डर पनि, समाजको डर| हाम्रो सम्बन्धको बारे हामि दुइलाइ मात्र थाहा छ| अरुलाई शंखा होला तर त्यो शंकाले हामिलाइ केहि फरक पार्दैन|

मैले हाम्रो सम्बन्धको जिकिर गरे| अब सम्बन्ध सुरुवात कसरि भयो त्यो भन्छु| सम्बन्धको सुरुवात, मलाई मन पर्ने ठाउ पोखरामा भएको हो| मन पर्ने ठाउमा, मनले मन पर्ने मान्छे खोज्यो भन्दा फरक पर्दैन होला| महिनामा एक पल्ट भनौ या समय मिल्ने बित्तिकै, पोखरा पुग्थिए म| चुनाब आउने बित्तिकै नेता गाउ पसे जसरी नै, केहि खुसिको खबर आउने बित्तिकै पोखरा पुग्थिए| नेता जसरि नै म पैसा खर्च गर्थिए, अनि जब जित मेरो मनको हुन्थियो, अर्को चुनाब न आएसम्म पोखरा फर्किदैन थिए| यस्तै छ मेरो र पोखराको सम्बन्ध|

धरानमा हाम्रो मार्बलको नया सोरुम खुलेको खुसिमा म पोखरा पुगेको थिए| पोखरामा, साथि धेरै छन् मेरो| एक जना साथि लिएर नै पोखरा पुगेको थिए म| ६ 7 जना साथी, बारमा रम्दै थियौ| ६ 7 जना साथी रम्दै थियौ, ११ बजे सम्म म एक्लो मात्र बाकि भए| साथि भयो भने रक्सिमा पैसा अनि रक्सि, पानि जस्तै बग्ने रैछ| अरुको पैसामा पिएको रक्सि, रक्सि हैन पानि जस्तो पिउने साथीले, अनि खालि बोतल जसरि ढल्ने पनि| त्यसरी नै म एक्लो भएको थिए| एक पछी अर्को गरि साथिलाइ कोठामा पुर्याए अनि एक्लो बसी रक्सि पिउन लागे| 

रक्सि पिउदै नै थिए, एक्लै भए पनि रम्दै थिए, त्यत्तिकैमा पुष्पालाई देखे| उनि साथिहरुसंग थिइन्| पहिलो नजरमा माया बस्छ भनि मलाई पुरा बिस्वास छ, पहिले पनि धेरै पटक माया बसी सकेको छ, पहिलो नजरमा| कहिले मनमा माया भएर माया बसेको छ भने, कहिले गोजीमा पैसा भएर| मुल्य चुकाएको होस् या आर्जिएको, मेरो लागि माया भनेको माया हो| 

“यति धेरै गुलाफ बीच के म काडा हुन सक्छु?” पुष्पा अनि उनको साथि भएको ठाउमा पुगी, यति भनेको थिए| उनिहरुले नाइँ भनेनन्| त्यो दिन गफमा नै गयो| त्यो दिन पछी पुष्पाको कुनै साथि भेटेको छैन मैले तर म र पुष्पा सम्बन्धमा गासियौ| चाहिने नचाहिने कुराको चर्चा कति धेरै गरे अनि सम्बन्धको बारे यति थोरै| के गर्नु, आउन्न मलाई बयान गर्न, व्यक्त गर्न आउदैन, लेखक परिन म| यसरि नै हाम्रो माया बसेको थियो|  एक अर्काको बारे हामिलाइ सबै थाहा छ, त्यहि पनि केहि संकोच लागेन मायामा फस्दा| ल यहि हो हाम्रो सम्बन्ध, धेरै भन्न खोजे भने, एउटा कुरा नै दुइ तिन पल्ट भन्ने छु मैले| 

मैले भनेको चिया पसल पनि आयो| धन्न बेलैमा कहानी भनेर भ्याएछु| नत्र चिया पिउदै कहानी भन्दा मेरो जिब्रो लड़बदिन्थियो| चिया रसभरी जस्तै गुलियो चाहिने मलाई| 8 बजेको छ, अनि म चिया पिउदै छु| जाडो महिनामा तातो चियाको गिलास समात्दा स्वर्ग पुगेको अनुभव हुन्छ, झन् चिया पिउदा त….| चियाको केहि चुस्की लिदै थिए, छेउमा एउटा मान्छे एक्लै बसेको देखे| आफु जोली मान्छे, बोल्नलाइ धेरै सोच्ने गरेको छैन| यति सानो जीवनमा सोच्नलाई किन यति धेरै समय दिनु|

म: “गाडी पर्खेर बस्नु भएको?”

व्यक्ति: “गाडी पर्खेर बसेको भन्दा पनि, म जादै गरेको गाडी बिर्ग्रियो| अर्को गाडी आउछ कि भनि पर्खेर बसेको|”

म: “कहाँ सम्म जानु पर्ने हो?”

व्यक्ति: “आजलाइ काठमाण्डौ हो|”

म: “हजुरलाइ अप्ठेरो लाग्दैन भने, म पनि काठमान्डौ जादै छु| मेरो गाडीमा जाने भए हिड्नुस|”

एकछिनको गफगाफ पछी  सुरेन्द्र जी पनि मसंग जान राजि हुनु भयो| साची उहाको नाम सुरेन्द्र हो है|  सुरेन्द्र जनकपुर जिल्ला प्रशाशनमा कार्यरत रैछन, नासु रैछन| घर पोखरा, अहिले सरुवा काठमान्डौ भएको| त्यसैले काठमाण्डौ जादै छन् सुरेन्द्र| 

“ तपाई चाही किन काठमाण्डौ जादै हुनुहुन्छ?” आफ्नो बारेमा बताएपछी मेरो बारेमा सोध्दै हुनुहुन्छ|

“ हजुरलाइ के ढाट्नु| केहि काम बनेको खुसियालीमा, पोखराको नानि अनि पानिमा रम्न जादैछु|” चिनेको मान्छेसंग भन्दा, नचिनेको मान्छेलाइ आफ्नो सत्यता भन्न सजिलो हुने|
“बिहे भइसक्यो हैन हजुरको?” सुरेन्द्रको प्रश्न मुस्किल प्रश्न हो तर मेरो लागि हैन|

म: “बिहे भयो भन्दैमा जीवन जिउन छाड्ने हो त? यौन भनेको घुम फिर जस्तै हो, जति धेरै शरीरमा गर्यो, त्यति रमाइलो|” 

सुरेन्द्र: “म पनि एक पल्ट गंगा पुग्नु पर्छ सोच्दै थिए तर तपाइको सोच सुने पछी मैले पनि केहि पाप गरेछु जस्तो लागेन| साची यो मोबाइल चार्ज गरिदिनु न| अन्तिम भेटको अन्तिम चिनो दिएकि हो मेरो प्रियसिले|”

हामि दुवैको सोच अनि चरित्र मिल्दो रैछ| बिहे पछिको सम्बन्ध गल्ति हैन सोच्ने म मात्र हैन, सुरेन्द्र जि को सोच पनि मिल्दो जुल्दो रैछ| यसरि नै गफ हुदै गयो| गफ किशोरअवस्थाको हुदै छ| रक्सिसंग सितन, अनि गफसंग गित, यति भए के चाहिन्छ जीवनमा| मैले गित बजाए| गितको केहि बोल पछी सुरेन्द्रजी मुक्सुराउनु भयो| यो गितको पछाडी केहि कहानी छ, सुन्न इच्छुक भए म| गित थियो, योगेश्वर अमात्यको “क्या बोर भयो”|

“सुरेन्द्र जी, मुस्कुराउनु भयो त| यसरि मन मनै खुसि हुन् मिल्दैन नि|” निर्धक्क भएर प्रश्न गरे|

सुरेन्द्र: “ खासै केहि हैन| केहि याद आयो, पुराना पलहरु आखा अगाडी आइदिए|”
थोरै कर गरे अनि एउटा नया सिलसिला सुरु भयो, हरेक गीतमा आफ्नो केहि कहानी भन्ने| यदि छ भने, छैन भने कसरि भन्नु| सुरुवात सुरेन्द्र जी बाट|

सुरेन्द्र: “ ११ कक्षा….

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts