Part 3

सुरेन्द्र: “ ११ कक्षा, ११ कक्षा पढ्नको लागि म काठमाण्डौ आएको थिए| हाम्रो पुर्खौली घर पोखरा हैन, नत्र पोखरामा नै  पढ़थिए होला| हाम्रो पुर्खौली घर बेसीसहर हो, सबैले काठमान्डौ जा भने, त्यसैले पनि हो ११ पढ्नको लागि काठमाण्डौ पुगे म| नया सहर, नया ठाउ, नया मान्छे, नया परिवेस अनि नया सोच| गाउले सोच, गाउले पहिरन, जिउने गाउले तरिका, पाखे सोच्थिए कतिले| हुन पनि त्यस्तै नै थिए म| अहिले सोच बदलिएको हो तर पनि आत्मा उही छ| आफ्नो तरिकाले बाच्नुलाइ पाखे भन्छन भने केहि गुनासो छैन मेरो|

काठमाण्डौमा, एउटा कोठा, कोठामा एउटा खात, एउटा स्टोभ, एक बोरा चामल, केहि भाडा अनि केहि लुगा| यहि थियो मेरो लागि काठमान्डौ सहर| बुवाले केहि पैसा पठाउनु हुन्थियो| कोठा भाडा, तरकारी, अनि कलेजको लागि पैसा ठिकै हुन्थियो| चामल, दाल गाउबाट नै पठाइदिनु हुन्थियो| नया ठाउ, साथि नबन्ने कुरै हुन्न, नया साथि बने| अहिले हो हाम्रो घरको अवस्था राम्रो भएको, ६ 7 बर्ष भयो होला| नत्र आर्थिक अवस्था जिर्ण नै भने पनि हुन्थियो| यस्तो अवस्थामा घरको दुख बुझेको छोराले बरु माटो खान्छ तर बाउ आमाले रगत पसिना गरि कमाएको पैसामा रमाउन खोज्दैन|

नया साथि बने| नया साथि, नया बानि, अनि नया परिवेश| कोहि म जस्ता थिए, कोहि म भन्दा धेरै भिन्न| साथिहरुसंग बसेर चिया पिउन पनि सोच्नु पर्थियो मैले| एक दिन चिया पिउदा, दुइ छाक तरकारी खान मिल्थिएन| पैसा नपुग्ने| यस्तै थियो| साथि छाड्न मन लागेन अनि केहि बानि पनि| केहि उपाय लगाउनु नै पर्ने थियो| केहि काम खोज्नु पर्ने भयो| काम खोजे, काम संगै एउटा नया बानी पनि| चुरोट र चियाको लतमा फसेको थिए| तलबको पैसा, चिया, चुरोट अनि खाजामा नै जान लाग्यो|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts